राजधानीको बल्खुमा बधशालासहित माछा-मासुको होलसेल ‘बल्खु मिट मार्ट’ सञ्चालनमा आएको छ । मिट मार्टको मंगलबार अर्थमन्त्री शंकर प्रसाद कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । बल्खु कृषि तथा तरकारी बजार प्रालिले सञ्चालनमा ल्याएको मिट मार्टमा स्वच्छ तथा हाइजिनिक माछा, मासु र अण्डा उपलब्ध हुने बताइएको छ ।१६ वटा माछा-मासुका होलसेल पसलहरु रहेको मिट मार्ट ४ करोड लगानीमा सञ्चालनमा ल्याइएको कम्पनीले कार्यकारी निर्देशक रामकृष्ण कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार १ रोपनी क्षेत्रफलमा फैलिएको मिट मार्टमा अष्ट्रिच, कुखुरा र हाँसको मासु तथा अण्डाका साथै खसीको मासु, जिउँदा माछा, सी फुड्स लगायत उपलब्ध हुनेछ । मिट मार्टको आफ्नो व्यवस्थित बधशाला समेत रहेको छ । सबै भेराइटीहरु छुट्टा-छुट्टै रहने बजारका सल्लाहाकार गजेन्द्र विष्टले जानकारी दिनुभयो । मिट मार्टलाई सरकारले ३० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।यो समाचारonlinekhabar.com मा प्रकाशित छ |
मिट मार्टको उद्घाटन गर्दै अर्थमन्त्री कोइरालाले कृषिलाई व्यावसायिकरण नगरेसम्म विकास सम्भव नभएको स्पष्ट पार्नुभयो । सरकार उत्प्रेरक बनिदिएमा निजीक्षेत्र हरेक क्षेत्रमा लगानी गर्न उत्सुक रहेको उल्लेख गर्दै उहाँले मानव स्वास्थ्यको ख्याल गरेर निजीक्षेत्रबाट यस्ता काम हुनु आफैमा उपलब्धी भएको बताउनुभयो । मन्त्री कोइरालाले सहकारी अभियान, स्थानीय निकाय र वित्तीय संस्थाहरुका लागि पाठ भएको भनाइ राख्नु भयो । उहाँले भन्नुभयो- ‘कृषिमा लगानी गर्नु भनेको जोखिम मोल्नु हो भन्ने वाणिज्य तथा विकास बैंकहरु यसतर्फ आकषिर्त हुनुले पनि कृषिको महत्व बढ्दै गएको प्रष्ट भएको छ ।
पोखरामा चौथो पश्चिमाञ्चल क्षेत्रीय पुष्प व्यापार मेला आज पनि जारी रहेको छ । ‘पोखराको प्रकृति र सुन्दरतामा शान, पुष्प व्यवसायको प्रवद्र्धनमा वातावरणीय पहिचान’ भन्ने नारासहित फ्लोरीकल्चर एसोसिएशन नेपाल जिल्ला समिति कास्कीले मेला आयोजना गरेको हो । फागुन २९ गतेसम्म चल्ने मेलामा तीन सय प्रजातीका फूल र फूलका बिरुवाहरुको प्रदर्शनीमा राखिएको छ भने मेलामा १८ वटा स्टल रहेका छन् । मेलाको पहिलो दिन एक हजार दर्शकले अवलोकन गरेका छन् भने एक लाख ७५ हजार मूल्य बराबरको आर्थिक कारोबार भएको फ्लोरीकल्चर एशोसिएशन कास्की अध्यक्ष दयाकुमार द्धवाले जानकारी दिनुभयो । मेला पोखरा सभागृहमा जारी छ ।
मागको तुलनामा आपूर्ति बढेपछि पोल्ट्री व्यवसायमा लगानी गरेका देशभरका करिब ८ हजार कुखुरा पालक किसान पलायन भएका छन् । देशभरका कुखुरा पालक किसानहरूको संगठन राष्ट्रिय कुखुरा पालक किसान संघका अनुसार ७ देखि ८ हजार किसान यस पेसाबाट पलायन भएका छन् । 'देशभर १५ हजार हाराहारी किसान संघका सदस्य थिए,' संघका अध्यक्ष हेमचन्द्र शाहले भने, 'तर एक वर्षयता ७/८ हजार सदस्य अन्य पेसातर्फ लागेका छन् ।'संघका अनुसार बजार मागको दाँजोमा कुखुरा उत्पादन बढ्नु, बढ्दो लोडसेडिङ, फैलँदो बर्डफ्लु, ह्याचरी/पोल्ट्री उद्यमीहरूको एकाधिकार र जो पनि बिनाअध्ययन कुखुरापालनमै लागेका कारण यस पेसाबाट पलायन हुने बढेका हुन् । कुखुरा पालनबाट पलायन हुनेहरू तरकारी खेती, च्याउ खेती, व्यापार, पशुपालन, वैदेशिक रोजगारलगायत क्षेत्रमा सरेको संघको अनुमान छ ।'लगानी थोपरियो, सहरी क्षेत्रमा मासुको आपूर्ति बढ्यो तर बजारको आकार बढेन अनि धेरै किसान घाटामा गए फार्म बन्द गरी पलायन हुनुको विकल्प नै भएन,' ९ वर्षदेखि राजधानीको काभ्रेस्थलीमा हिमाल पोल्ट्री फार्म सञ्चालन गरिरहेका अध्यक्ष शाहले भने । पोल्ट्री क्षेत्रमा घाटा बढेपछि उनी अघिका संघका अध्यक्ष गोकर्ण घिमिरे पनि यस बेला नेपालबाटै पलायन भइसकेका छन् । 'गोकर्णजी जितफुरफेदीको फार्म बन्द गरी २ वर्षअघि नै नेपाल छाडेर न्युजिल्यान्डतिर लाग्नु भो,' शाहले भने ।संघले केही महिनाअघि सार्वजनिक गरेको अनुमानित तथ्यांकअनुसार देशभर पोल्ट्री क्षेत्रमा मात्रै ३५ अर्बभन्दा बढी लगानी छ । संघमा आबद्ध सक्रिय सदस्यहरू घट्दै गएपछि किसानले राजधानीको बालाजुमा राखेको केन्द्रीय कार्यालय ८ महिनायता बन्द गरेका छन् । '३ हजार रुपैयाँ बहालमा केन्द्रीय कार्यालय थियो, उनले भने ।धेरै साथीहरू पलायन भएपछि कार्यालय नै हटाइदियौं,' पलायन हुने क्रम नरोकिएको मूलपानीका अर्का किसान मीनबहादुर विश्वकर्माले बताए । 'दाना उद्योगी, डिलर, कोल्ड स्टोर र ह्याचरीहरूको मनोमानी छ, किसानले त प्रतिचल्लामा ४० रुपैयाँसम्म घाटा बेहोर्नुपरेको छ,' महिना दिनअघि आन्दोलनमा समेत उत्रिएका विश्वकर्माले भने, 'जसरी जग्गा कारोबार डुब्यो त्यसरी नै यो व्यवसायमा पनि संकट आएको छ, सरकारले हस्तक्षेप नगरे हजारौं किसानको लगानी डुब्ने छ त्यो सबै बैकको ऋण हो। किसानको लगानी डुबाउनमा कुखुरा ओसार्ने सवारीसाधन, खरिद गर्ने डिलर, कोल्ड स्टोर, चल्ला दिन ह्याचरी र कमसल भिटामिन बिक्री गर्ने एग्रोभेटको पनि भूमिका रहेको शाहले बताए । किसानका अनुसार डिलरले फार्ममै गई कुखुरा राति तौलिने, ओसार्ने ड्राइभर सहचालकले बीचबाटैमा कुखुरा गायब गर्ने, फिड उद्योगीले कमसल र बिग्रेको दाना बिक्री गर्ने, एग्रोभेटले विदेशी ब्रान्डमा नेपालमै तयार पारिएका कमसल औषधि र भिटामिन बिक्री गर्ने समस्या देखिएका छन् ।बजार नपाएपछि किसानहरू चल्लाको संख्या पनि घटाउँदै छन् । 'डेढ लाखसम्म चल्ला पाल्ने किसानले अहिले ६/७ हजार चल्ला हालेको सुनिरहेको छु,' उनले भने । कृषि विकास मन्त्रालयका अनुसार राजधानीमा सबैभन्दा धेरै कुखुरा पालन हुने क्षेत्र जितपुरफेदी, धर्मस्थली र काभ्रेस्थली हुन् । तर यी क्षेत्रमा हाल किसानका फारम घट्दै गइरहेका छन् ।
सुनचाँदीको भाउ सोमबार बढेको छ । छापावाल सुन आइतवारको तुलनामा प्रतितोला दुई सय रुपैयाँले बढेर सोमवार प्रतितोला ५८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । यसअघि आइतवार छापावाल सुन प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो ।यसैगरी तेजावी सुन पनि प्रतितोला २ सय रुपैयाँले नै बढेको छ । आइतवार ५७ हजार ५ सय ५० रुपैयाँमा कारोवार भएको तेजावी सुन सोमवार बढेर ५७ हजार ७ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा कुनै उचाढ चढाव नभएपनि नेपालमा बढेको भन्सार दरको प्रभाव सुनमा परेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।



+modified.jpg)

