नेपाली चलचित्रका निर्माताको रोजाईको हिरो बनिराखेकै बेला भोजपुरी चलचित्रमा हाम फालेर भोजपरीमा पनि राम्रै चर्चा पाएका नायक बिराज भट्टले अब कुनै पनि कथा चोरीएको चलचित्रमा काम नगर्ने बताएका छन् ।
बिराजले अहिले सम्म आफुले नेपालमा खेलेका चलचित्र मध्य प्राय हिन्दी चलचित्रबाट चोरीएको भनि आरोप पनि लगाए । उनले अहिले सम्म चोरीएको चलचित्रमा काम गर्नु आफ्नो बाध्यता भएको र अव देखि कहिले त्यस्ता चोरीएका चलचित्रमा काम नगर्ने जनाएका छन् । केही दिन अगाडी इन्डियाबाट नेपाल आएका बिराजले पोखराको विग एफएमसंग टेलिफोन अन्र्तबार्तामा यस्तो कुरा बताएका हुन् ।
'मैले अहिले सम्म गरेका चलचित्रहरु प्राय हिन्दी चलचित्रबाट चोरीएका थिए र म बाध्य हुन्थेँ अब म चोरीएका चलचित्रमा काम गर्दिन', उनले भने, 'यदि राम्रो, मौलीक चलचित्रबाट प्रताव आएन भने म आफैँ चलचित्र बनाउँछु ।' त्यो बेला बाँच्नको लागी पनि निर्माताले जस्तो भन्यो त्यस्तै चलचित्रमा काम गर्नेु परेको उनको भनाई छ । अहिले आफुसंग पैसा भएको र अब पैसाकै लागी भनेर जस्तो पायो त्यस्तो चलचित्रमा काम नगर्नै र यदि राम्रो चलचित्रबाट प्रस्ताव आएन भने आफैले सिनेमा निर्माण गर्ने उनको भनाई थियो । सिनेमा कहिले बनाउने भन्ने कुरा भने उनले खुलाएनन् ।
बिराजले अहिले सम्म आफुले नेपालमा खेलेका चलचित्र मध्य प्राय हिन्दी चलचित्रबाट चोरीएको भनि आरोप पनि लगाए । उनले अहिले सम्म चोरीएको चलचित्रमा काम गर्नु आफ्नो बाध्यता भएको र अव देखि कहिले त्यस्ता चोरीएका चलचित्रमा काम नगर्ने जनाएका छन् । केही दिन अगाडी इन्डियाबाट नेपाल आएका बिराजले पोखराको विग एफएमसंग टेलिफोन अन्र्तबार्तामा यस्तो कुरा बताएका हुन् ।
'मैले अहिले सम्म गरेका चलचित्रहरु प्राय हिन्दी चलचित्रबाट चोरीएका थिए र म बाध्य हुन्थेँ अब म चोरीएका चलचित्रमा काम गर्दिन', उनले भने, 'यदि राम्रो, मौलीक चलचित्रबाट प्रताव आएन भने म आफैँ चलचित्र बनाउँछु ।' त्यो बेला बाँच्नको लागी पनि निर्माताले जस्तो भन्यो त्यस्तै चलचित्रमा काम गर्नेु परेको उनको भनाई छ । अहिले आफुसंग पैसा भएको र अब पैसाकै लागी भनेर जस्तो पायो त्यस्तो चलचित्रमा काम नगर्नै र यदि राम्रो चलचित्रबाट प्रस्ताव आएन भने आफैले सिनेमा निर्माण गर्ने उनको भनाई थियो । सिनेमा कहिले बनाउने भन्ने कुरा भने उनले खुलाएनन् ।
यसै सन्दर्भमा चैत्र ३ गते देखि रिलिज हुन लागेको सेक्सुअल साईको क्राईम कथामा आधारित सिनेमा चपली हाईटले पनि सेन्सरको एक चरण पार गर्दै एडल्ट सिनेमाका ट्याग पाएको छ । बेड सिनमा बोर्डको केही आपत्ति भएपनि सो बिषयलाई चपली हाईटले स्वीकार्दै दृश्यमा तलमाथी गर्ने प्रतिबद्धता जनाएको छ भने सम्बादमा विप हानिदिएको निर्माता अर्जुन कुमारले जानकारी गराए ।
चलचित्र बिकास बोर्डमा सरेको सेन्सर बोर्डले चपली हाईटलाई 'ए' सर्टिफिकेटको दर्जा दिएपनि यो सिनेमाको अनुगमन फितलो होला भन्ने तर्कले बोर्डको सर्टिफिकेट प्रणालीमा फेरी एक पटक विभिन्न प्रश्न पनि उब्जाई दिएको छ । सर्टिफिकेट दिनका लागि मात्र दिईने अनुगमन नहुने परिपाटीले नेपालमा सिनेमा सर्टिफिकेटको भ्यालू नभएको हो । तर बोर्डले सदाको जस्तै यो सिनेमाको अनुगमन कडाई गर्ने बताएको छ तर लुट जसले 'ए' सिर्टिफिकेट पाए पनि सो सिनेमा हेर्न बाल दर्शक पनि हल सम्म पुगेका थिए । जुन दृश्य हेर्दा बोर्डको अनुगमन फितलो देखिएको थियो ।

साप्ताहिक रूपमा प्रकाश हुने शुक्रबार ट्याब्लेडले दुलाहा बन्न लायक केटा भेट्नुभएको छैन ? भनी गरेको प्रश्नमा सुमिनाले उत्तर दिदै भनेकी छिन्- 'मन मिल्ने एउटा साथी भेट्टाएको छु ।' यस्तै उसलाई दुलाहा नबनाउने भनी लगत्तै सोधिएको अर्को प्रश्नमा सुमिनाले भनेकी छिन्- 'भविष्यमा के हुन्छ त्यो अहिले कसरी भन्न सकिन्छ र ? तर, हामी अहिले असल साथी भएकोमा नै खुशी छौ ।'
सभामुख सुवासचन्द्र नेम्बाङ प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई भेटी शान्ति र संविधान निर्माण प्रक्रिया अघि नबढेकोमा गम्भीर चासो चिन्ता व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री निबास वालुवाटारमा शुक्रबार विहान भएको भेटमा सभामुख नेम्बाङले दलहरुले प्रतिवद्धता अनुसार शान्ति र संविधान निर्माण प्रक्रिया अघि नबढेकोमा चिन्ता व्यक्त गर्नु भएको हो ।
‘दलहरुले फागुन मसान्तसम्मको समय माग्नु भएको थियो तर, ५ दिनमात्र बाँकी हुँदा पनि कुनै निष्कर्ष निस्किएको छैन’ भेटपछि सभामुखले भन्नुभयो-’मैले प्रधानमन्त्रीलाई फुटबल चाँही खेल्ने, तर गोल नगर्ने भने जस्तो भयो भनेर भनेको छु ।’ सभामुख नेम्बाङले प्रमुख तीन दलको बैठक बस्न नसेककोबारे समेत चासो व्यक्त गर्नु भएको छ ।
जवाफमा प्रधानमन्त्री भट्टराईले फागुन महिनाभित्र शान्ति प्रक्रियाका आधारभूत काम सम्पन्न गरिछाड्ने बताउनु भएको छ । ‘उहाँले फागुन मसान्तसम्ममा शान्ति प्रक्रियाका काम पूरा गर्ने आफ्नो प्रतिजवद्धता अनुसार काम हुनेमा ढुक्क रहन भन्नु भएको छ’ नेम्बाङले भन्नुभयो-’प्रधानमन्त्रीले शान्ति प्रक्रियासँगै संविधान निर्माणको काम पनि अघि बढ्नु पर्नेपर्छ भन्नु भयो ।’ प्रधानमन्त्री भट्टराईले दलहरु आन्तरिक गृहकार्यमा रहेको भन्दै पर्सी तीन दलका शीर्ष नेताहरुको बैठक बस्ने सभामुखलाई जानकारी गराउनु भएको छ ।
कृषिमा व्यवसायिकरण, खाद्य सुरक्षा र आय आर्जन भन्ने नाराका साथ आजदेखि पाँचौ राष्ट्रिय कृषि मेला सुरु हुँदैछ ।
काठमाडौंको भृकुटिमण्डपमा सञ्चालन हुने मेलाको आज दिउँसो प्रधानमन्त्री डाक्टर बाबुराम भट्राईले उद्घाटन गर्नुहुनेछ ।
नेपाल उद्योग बाणिज्य महासंघको आयोजनामा ३ दिनसम्म चल्ने मेलामा ४० भन्दा बढि जिल्लाका १ सय ५० वटा स्टलहरु रहनेछन् ।
मेलामा काठमाडौंमा पहिलोपटक रेन्बो ट्राउट माछाको प्रदर्शन तथा कृषि नीति तथा कृषिमा निजी क्षेत्रको भुमिका सम्बन्धि कार्यशाला गोष्ठि लगायतका कार्यक्रम हुने छ ।
लामो समययता नेपाली राष्ट्रिय फुटबल टिमले बिहीबार सर्वाधिक खराब प्रदर्शन गर्यो । प्यालेस्टाइनविरुद्ध बेहोरेको हारमा नेपाली खेलाडीको प्रदर्शन 'राष्ट्रिय जर्सी' को लायक थिएन । न त उनीहरूले एएफसी च्यालेन्ज कप र नेपालको प्रदर्शनलाई लिएर उत्साहित प्रशंसकहरूको भावनामा न्याय गर्न सके । प्रतियोगिताको पहिलो दिन दशरथ रंगशालामा भएको खेलमा बेहोरेको हारले नेपालको सेमिफाइनल पुग्ने समीकरण तुरुन्तै कठिन भएको छ । उता हल्चोक मैदानमा भएको खेलमा तुर्कमिनिस्तानले एक गोलले पछाडि परेको स्थिति उल्टाएर माल्दिभ्सलाई हरायो । नेपालको प्रदर्शनमा 'उत्साह, आत्मविश्वास र समर्पण' को स्पष्ट अभाव देखिन्थ्यो । त्यसको प्यालेस्टाइन टिमले पूर्ण फाइदा उठायो र खेलको दुवै छेउ एक/एक गोल गर्यो । खेल सुरु भएको चौथो मिनेटमै प्यालेस्टाइनले आला आतायाको गोलले अग्रता लियो ।
राजधानीको एक कलेजमा पढ्ने छात्राले झुण्डिएर आत्महत्या गरेकी छन् । काठमाडौं, बत्तिसपुतलीस्थित निम्स कलेजमा पढ्ने १८ वर्षीय समीक्षा गहतराजले होस्टल कोठाको पंखा झुण्ड्याउने सिलिङमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
महानगरीय प्रहरी प्रभाग, गौशालाका प्रहरी निरीक्षक अपिल बोहराले सिलिङमा सलको पासोमा झुण्डिएर आत्महत्या गरेको बताए । प्युठान, बिजुवाटार घर भएकी उनी तीन महिनादेखी होस्टलमा बसेर 'एचए' पढ्दै थिईन् । बुधबार दिउँसो साथीहरुसंग होली खेलेर गहतराज कोठामा फर्केकी थिईन् ।
उनीसँगै होस्टलको कोठामा बस्ने अर्की छात्रा भने होलीका लागि बिदामा घर गएको प्रहरीले जनाएको छ ।
सर्वोच्चका आदेश लागू गर्न माग
शिक्षक तथा कर्मचारी अधिकार पुनस्र्थापन अभियान तदर्थ समितिले अस्थायी शिक्षकका सम्बन्धमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । उसले शिक्षक र कर्मचारीको जारी आन्दोलन सर्वोच्चको निर्णयविपरीत...बिरामी बोक्ने एम्बुलेन्सले नै बोक्यो भन्सार छलेका सामान
