नेपाल चिकित्सक संघले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै ईमर्जेन्सी सेवा सूचारु राख्ने जनाउँदै सरकारबाट बल प्रयोग भए सामूहिक राजिनामा गर्ने चेतावनी दिएको छ ।मंगलबार नेपाल चिकित्सक संघका महासचिव डा. मुक्तिराम श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतले दिएको आदेशलाई उच्च सम्मान गर्दै अत्यावश्यक स्वास्थ्य सेवाहरु ईमरजेन्सी सेवाबाट प्रदान गर्न गराउन नेपाल चिकित्सक संघ सम्बन्धित सबैमा हार्दिक आहृवान गर्दछ ।’सर्वोच्च अदालतले हिजो संघ अध्यक्ष अन्जनी झासहित १५ जनाको नाममा अन्तरिम आदेश जारी गर्दै आदेश प्राप्त भएको १ घण्टा भित्र स्वास्थ्य सेवा सूचारु गर्न निर्देशन दिएको हो । संघले अनशनरत डा. गोविन्द केसीको समर्थनमा देशभर स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको थियो ।‘आमरण अनसनमा बसेका प्रा. गोविन्द के.सी.को जीवन रक्षार्थ गरिएका सम्पूर्ण प्रयासहरुबाट स्वास्थ्य सेवामा पर्न जाने असुविधाप्रति संघ गहिरो दुःख व्यक्त गर्दछ,’ श्रेष्ठको वक्तव्यमा भनिएको छ, ‘उक्त कदमबाट सिर्जना हुने कुनै पनि अपि्रय कार्यको जिम्मेवारी नेपाल सरकार नै हुने नेपाल चिकित्सक संघको ठहर छ ।
चिकित्सहरुको आन्दोलनका कारण देशभरीका स्वास्थ्य संस्था ठप्प भएपछि बिरामीहरु मर्कामा परेका छन् । आमरण अनसनमा बस्नु भएका डा गोविन्द केसीको मागमा समर्थन जनाउँदै चिकित्सकहरुले आज बिहान ६ बजेदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गराएका छन् । सरकारले आमरण अनशनमा बसेका प्राध्यापक डा. केसीले राखेका माग बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले आजदेखि देशभरको स्वास्थ्य सेवा ठप्प पार्ने घोषणा गरेको हो । हिजो साँझको निर्णयअनुसार आज दिउँसो १ बजेसम्म माग पुरा नभए अनिश्चितकालिन आन्दोलन हुने भएको छ । बैठकपछि जारी विज्ञप्तिमा सरकारलाई २४ घन्टे अल्टिमेटम दिए पनि सुनुवाइ नगरेकाले बाध्य भएर कठोर कदम चाल्नुुपरेको जनाइएको छ । अस्पतालमा भर्ना भएका सयौ विरामी उपचार नपाएपछि अस्पताल छोड्न बाध्य भएका छन् । बिरामीहरुले आन्दोलन फिर्ता लिन माग गरिरहेका छन् । यसैबीच ३१ जना चिकित्सकले संघले गरेको निर्णयमा असहमति जनाएका छन् । उनीहरूले छुट्टै विज्ञप्ति जारी गर्दै जनताको स्वास्थ्य सेवा पाउने र प्राणरक्षा गर्ने अधिकारमाथि खेलवाड गर्ने निर्र्णयप्रति असहमति जनाएका हुन् ।
स्वाईन फ्लूका कारण योजना आयोगका सह सचिव भवकृष्ण भट्टराईको निधन भएको छ । स्वाईन फ्लूका कारण ज्यान गुमाउने भट्टराई नै पहिलो व्यक्ति भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ । अमेरिका भ्रमणमा जानु भएका सह सचिव भट्टराई भ्रमणकै क्रममा बिरामी पर्नु भएको थियो । अमेरिकाबाट नेपाल फर्किने बित्तिकै काठमाण्डुको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तीन पटक ल्याव परिक्षण गर्दा भट्टराईलाई स्वाईन फ्लू भएको प्रमाणित भएको नर्भिक अस्पतालका प्रवक्ता आरपी मैनालीले बताउनु भयो ।
झापाको मेचीनगर र दमक नगरपालिका डेंगीको उच्च जोखिममा रहेको देखिएको छ । बाल जागरण मन्च मेचीनगरको सहकार्यमा मेची बस व्यबसायी संघ मेचीनगर र नाईट चेस क्लब काँकरभिट्टाको सहयोग तथा नेपाल मेडिकल भोलियन्टर्स सोसाईटी "डाक्टर साथीको" संयोजन मा शुक्रबार मेचीनगरमा भएको अन्र्तरक्रियामा, बिज्ञहरुले प्रस्तुत गरेको तथ्याङ्कले जिल्लाका यी दुईवटा नगरपालिका उच्च जोखिममा रहेको देखाएको हो ।डेंगीरोग अनुसन्धानकर्ता डाक्टर सूर्य पराजुलीले प्रस्तुत गर्नुभएको तथ्याङ्कमा ईपिडेमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन २०१३ मा ७ सय भन्दा बढि डेंगी संक्रमित प्रमाणित भई सकेको उल्लेख छ । जसमध्ये झापा जिल्लामामात्र १ सय ९४ जना फेला परेका थिए । कुल संक्रमित मध्ये मेचीनगर नगरपालिकामा ८३ र दमक नगरपालिकामा ५८ जना रहेको डाक्टर पराजुलीले बताउनु भयो । डेंगी शिक्षा अभियान २०१३—२०१४ को तथ्याङ्क अनुसार नेपालमा पहिलो पटक सन २००४ मा एकजना जापानी स्वयमसेविकामा सक्रमण देखिएको डेंगीले दुईबर्षपछि नेपालमा महामारीको रुप लिएको थियो ।सन २००६ मा १ सय ४० जना संक्रमित भएको अनुमान गरिएकोमा ३२ जनामा डेंगी पुष्टि भएको तथ्याङ्कमा उल्लेख छ । प्रस्तुत तथ्याङ्कमा त्यो बर्ष ४ हजार ५३७ जनामा डेंगी संक्रमण भएको अनुमान गरिएकोमा ९ सय १७ जनामा डेंगी संक्रमित भए
को पुष्टि भएको र पाँचजनाको डेंगीकै कारण मृत्यू भएको उल्लेख छ । सन २००७ मा २७, २००८ मा १० , २००९ मा ३० जनामा संक्रमण भएको बताईएको छ । सन २०११ मा करिब १ हजार १ सय ९२ जनालाई डेंगी संक्रमण भएको अनुमान गरिएकोमा २ सय २४ जनामा डेंगी संक्रमित प्रमाणित भएको र सन २०१२ मा डेंगी संक्रमण नेपालका बिभिन्न ठाउँमा फाटफुटट् देखिर्दै जादा ७२ जनामा फेला परेको अनुसन्धानले देखाएको डेंगी रोग अनुसन्धानकर्ता डाक्टर पराजुलीले बताउनु भयो।
को पुष्टि भएको र पाँचजनाको डेंगीकै कारण मृत्यू भएको उल्लेख छ । सन २००७ मा २७, २००८ मा १० , २००९ मा ३० जनामा संक्रमण भएको बताईएको छ । सन २०११ मा करिब १ हजार १ सय ९२ जनालाई डेंगी संक्रमण भएको अनुमान गरिएकोमा २ सय २४ जनामा डेंगी संक्रमित प्रमाणित भएको र सन २०१२ मा डेंगी संक्रमण नेपालका बिभिन्न ठाउँमा फाटफुटट् देखिर्दै जादा ७२ जनामा फेला परेको अनुसन्धानले देखाएको डेंगी रोग अनुसन्धानकर्ता डाक्टर पराजुलीले बताउनु भयो।
तलगंगा आखा प्रतिष्ठान को नया दर्ता साखाको कम्प्युटर बिग्रिएर टोकन सिस्टम नचलेपछि आज बिहान करिव २ घण्टा सम्म आखा जाच गर्न गएका बिरामीले सास्ती खेप्नु परेको छ । बिहान ८ बजे देखि नया नाम दर्ता कार्य सुरु गरिनु पर्नेमा १० बजे सम्म पनि सुरु नहुदा करिव २०० जना नया बिरामीहरुलाई समस्या परेको हो,टोकन सिस्टमनै नचले पछि १० बजे देखि मुखले नै टोकन नम्बर बोलाउदै दर्ता सुरु गरिएको थियो।बिरामीले के भएको हो भनि सोध्दा त्यहा बसेका सहयोगीहरुले कम्प्युटरलाई चिसो लागेको भन्दै जबाफ दिएका थिए। पुरानो दर्ता कार्य भने सुचारु नै थियो तर ८ बजे देखि सुरु भनिएता पनि १५(२० मिनेट ढिला गरि सुरु गरिएको थियो।खास के भएर त्यस्तो समस्या आएको हो भनि बुझ्न जादा त्यहा बसेका सेक्युरेटी अफिसर आर बि रानाले सबै खुलाउन चाहेनन् उनले भने ुकम्प्युटर मा सानो समस्या आएको हो एकैछिन मा हुन्छु। तर बिहानको दर्ता समय अवधि भरिनै टोकन सिस्टम मा समस्या देखिएको थियो। जाच गराउन गएका केहि बिरामीले भने जहिले पनि एक एक निहु बनाएर अस्पतालले लापरबाही गर्ने गरेको गुनासो पनि गरे।


अमेरिकाको क्यालिफोर्नियामा चिकित्सकहरुले एक ‘अपत्यारिलो’ शल्यक्रिया सम्पन्न गरेका छन् । चिकित्सकहरुले पहिलो पटक आमाको गर्भमै रहेको शिशुको सफल शल्यक्रिया गरेका हुन् ।
चिकित्सकहरुले एक ‘अंगुर’मा परीक्षण पश्चात २५ साताको एक भ्रूण शिशुको शल्यक्रिया गरेर उक्त क्षेत्रमा एक नयाँ रेकर्ड बनाएका हुन् । बेलायती समाचार एजेन्सी ‘डेली मेल’का अनुसार चिकित्सकहरुले ११ सेन्टिमिटर लघु सुई, तार र बेलुनको मद्दतले उक्त भ्रूणको मुटुको शल्यक्रिया गरेका हुन् ।
शिशु पूर्ण रुपमा विकसित नभएको र शिशुको मुटु ‘ओखर’को आकारमा भएको अवस्थामा उक्त शल्यक्रिया निकै मुस्किल भएको चिकित्सकहरुले बताएका छन् । उनीहरुले उक्त शल्यक्रिया गर्न कयौं चुनौति समेत आइपरेको बताएका छन् ।समाचारका अनुसार उक्त शिशुको मुटुको एक ‘भल्ब’ एकदमै कम विकासित अवस्थामा थियो । जुन एक दुर्लभ रोगको सुरुवाती अवस्था भएको जनाइएको छ । सोही करण चिकित्सकले आमाको गर्भमै उक्त रोग निर्मुल गर्ने निर्णय गरेका थिए ।यो खबर hamrakura.com मा प्रकाशित छ |
चिकित्सकहरुले एक ‘अंगुर’मा परीक्षण पश्चात २५ साताको एक भ्रूण शिशुको शल्यक्रिया गरेर उक्त क्षेत्रमा एक नयाँ रेकर्ड बनाएका हुन् । बेलायती समाचार एजेन्सी ‘डेली मेल’का अनुसार चिकित्सकहरुले ११ सेन्टिमिटर लघु सुई, तार र बेलुनको मद्दतले उक्त भ्रूणको मुटुको शल्यक्रिया गरेका हुन् ।शिशु पूर्ण रुपमा विकसित नभएको र शिशुको मुटु ‘ओखर’को आकारमा भएको अवस्थामा उक्त शल्यक्रिया निकै मुस्किल भएको चिकित्सकहरुले बताएका छन् । उनीहरुले उक्त शल्यक्रिया गर्न कयौं चुनौति समेत आइपरेको बताएका छन् ।समाचारका अनुसार उक्त शिशुको मुटुको एक ‘भल्ब’ एकदमै कम विकासित अवस्थामा थियो । जुन एक दुर्लभ रोगको सुरुवाती अवस्था भएको जनाइएको छ । सोही करण चिकित्सकले आमाको गर्भमै उक्त रोग निर्मुल गर्ने निर्णय गरेका थिए ।यो खबर hamrakura.com मा प्रकाशित छ |
काठमाडौ, जेष्ठ १७ -आज मे ३१ तारिख अर्थात विश्व धूमपानविरुद्वको दिवस, नेपाल लगायत विश्वभरमा बिभिन्न कार्यक्रम गरी यो दिवस मनाइदै छ । सन् १९८७ देखि यो दिवस मनाउन लागिएको हो । सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवद्र्वन तथा प्रयोजनमा प्रतिबन्ध लगाउँ भन्ने नाराकासाथ सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरुले बिभिन्न कार्यक्रम गर्दैछन् । नेपालमा भने सुर्तीजन्य पदार्थको सेवनबाट प्रत्येक दिन ४६ जनाको मृत्यु हुने गरेको तथ्याङ्कहरुले देखाएका छन् । विश्व स्वास्थ्य सङ्गठनले चुरोट, विँडी, सिगार पाइप हुक्का, पानपराग, खैनी लगायतका सुर्तीजन्य पदार्थका कारण वार्षिक १७ हजारभन्दा बढि मानिसको ज्यान जाने गरेको बताएको छ । कुल जनसङ्ख्याको ३७ प्रतिशत अर्थात साढे ९८ लाख नेपाली सुर्तीजन्य पदार्थको प्रयोगकर्ता रहेको उल्लेखगर्दै विश्व स्वास्थ्य सङ्गठनले प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको उल्लेख गरेको छ । महिलाको बढ्दो सेवन दरले विश्वकै बढि धूमपान गर्ने महिलाको सूचीमा नेपाल परेको छ ।
विश्व मिर्गौला दिवस स्वास्थ्यका क्षेत्रमा क्रियाशिल विभिन्न संस्थाहरुले कार्यक्रमको आयोजना गरेका छन् । जीवनका लागि मृगौला उपचार भन्ने नाराका विश्व मिर्गौला दिवस मनाउन लागिएको हो । नेपालमा सन २००६ सालदेखि मात्रै यो दिवस मनाउँदै आइएको छ । मानव शरीरको महत्वपूर्ण एवम् संवेदनशील अङ्ग मिर्गौलाको समयमै पहिचान र उपचारमा हेलचेक्र्याइँ गरेकै कारण समस्या बढ्दै गएको छ । मिर्गौला रोग कम गर्न, धूमपान र मध्यपान नगर्ने, तौल बढ्न नदिने, पानी बढी पिउने, १५ मिनेट बिहान हिँड्डुल गर्ने, स्वस्थकर खाना खाने, समयमै सुत्नेबानी गर्नाले यसको जोखिम कम गर्न सकिने वरिष्ठ मिर्गौैला रोग विशेषज्ञ ऋषिकुमार काफ्लेको भनाई छ । पछिल्लो जनगणनाअनुसार कूल जनसङ्ख्याको १० प्रतिशत अर्थात् २६ लाख मानिस मिर्गौला रोगको जोखिममा छन् ।
राष्ट्रिय मिर्गौला उपचार केन्द्र वनस्थलीले मिगौला दिवसको अवसर पारेर चैत १ गतेदेखि विपन्न वर्गका मिगौला रोगीहरुलाई निःशुल्क डाईलोइसिस सेवा उपलब्ध गराउने भएको छ । विश्व मिगौैला दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय मिर्गौला उपचार केन्द्रले दिनप्रतिदिन बढ्दै गएका मिर्गौला रोगीहरुको अवस्थालाई मध्यनजर गरी सेवा उपलब्ध गराउने घोषणा गरेको जनाएको छ । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गएको वर्ष केन्द्रले साढे ३६ हजार सेसन डाइलाइसिस गरेकोमा आउने वर्षदेखि वर्षको ४० हजार रोगीहरुको निशुल्क डाइलाइसिस गर्ने जानकारी पनि दिइयो । कार्यक्रममा राष्ट्रिय मिर्गौला उपचार केन्द्रका अध्यक्ष कृष्णप्रसाद आचार्यले केन्द्रले अब आप्mनै भवन निर्माण गरेर अत्याधुनिक तरिकाबाट स्तरीय सेवा दिने पनि बताउनुभयो । डाइलाइसिस गर्न महिनाको ३५ हजार खर्च लाग्ने उपचार जो कोहीले गर्न नसक्ने भएकाले मिर्गौला रोगीको सङ्ख्या घटाउन वर्षमा एक पटक आवश्यक जाँच गराउनुपर्ने सुझाव पनि कार्यक्रममा दिइयो । मिर्गौला पीडित सोनाम लामा (साथी) ले आफूले पाएको दुःख अरुले नपाउन भन्नका लागि समय समयमा रगत र पिसाब जचाउन आग्रह गर्नुभयो ।
एपेन्डिसाइटिस एउटा आकस्मिक अवस्था हो । यसमा एपेन्डिक्स भन्ने अङ्ग सुन्निएको अवस्थामा हुन्छ । कहिलेकाहीँ त फुटिसकेको पनि हुन सक्छ । एपेन्डिक्स मानव शरीरमा पेटभित्र दाहिने कम्मरको अलि माथि सानो आन्द्रा र ठूलो आन्द्रा जोडिएको भागको पछाडिपट्टि रहेको अङ्ग हो । यसको उपचार हुन नसके एपेन्डिक्स फुटेर पेरीटोनाइटिस भएर मृत्यु हुने गरेको पाइन्छ । सन् १८८६ मा रेगीनाल्डले पहिलोपल्ट एपेन्डिसाइटिसका बारेमा तथ्य बाहिर ल्याएको पाइन्छ ।
कारणहरु
एपेन्डिक्स एउटा पाइपजस्तो अङ्ग हो । यसको ल्युमेन बिस्तारै विभिन्न कारणहरुबाट बन्द हुन थाल्छ र यो सुनिन्छ । सुन्निएपछि यसले एपेन्डिक्सको भित्तामा चाप दिन्छ । जुन चापका कारण भित्तामा रहेका रगतका नसाहरु बन्द हुँदै जान्छन् र पीप जम्न थाल्छ । यस्तो अवस्थामा पनि एपेन्डिक्सलाई अपरेशन गरी ननिकालिएमा यो फुट्न जान्छ, जसको कारण संक्रमण रगतको माध्यमबाट सम्पूर्ण शरीरमा फैलिएर मानिसको मृत्यु हुन्छ। एपेन्डिसाइटिस पश्चिमी मुलुकमा बढी देखिएको छ । यसको कारण पश्चिमा देशहरुमा मासुको बढी प्रयोग हुन सक्ने वैज्ञानिकहरु बताउँछन् । वंशाणुगत रुपमा पनि एपेन्डिसाइटिस हुने सम्भावना बढी हुने गरेको पाइन्छ ।
प्रकारहरुसाधारणतया रोगका लक्षणहरु देखा पर्ने समयको आधारमा एपेन्डिसाइटिसलाई दुई प्रकारमा विभाजन गर्नु उपयुक्त हुन्छ । एकमा एपेन्डिक्स सुन्निने क्रम बिस्तारै हुन्छ, जुन पछि आफै ठीक भएर पनि जान सक्छ । यसको फुट्ने सम्भावना अत्यन्त कम रहन्छ भने प्रकार दुईमा एपेन्डिक्स सुन्निने क्रम अन्यन्त तीव्र हुन्छ, जुन चाँडै फुट्ने गर्दछ ।
लक्षणहरु
१। दुखाइः नाइटोवरिपरिबाट शुरु भएको दुखाइ बिस्तारै दाहिने कम्मरको माथि सर्न थाल्छ । २। उल्टी हुनुः एक वा दुईपटक उल्टी हुन सक्छ । ३। साधारणतया १०० डिग्री फरेनहाइटसम्मको साधारण ज्वरो देखिन्छ । ४। कहिलेकाहीँ पिसाबमा रगत देखिन पनि सक्छ । ५। कब्जियत, झाडापखाला अत्यन्त न्यून देखिन्छ ।
परीक्षण
स्वास्थ्यकर्मीहरुले विभिन्न चिकित्सकीय परीक्षण गरेर एपेन्डिसाइटिस भए–नभएको पत्ता लगाउनुहुन्छ ।अल्ट्रासाउन्ड, एक्स–रे, सिटी स्क्यान रोग पत्ता लगाउन सहयोगी हुन्छन् ।विभिन्न किसिमका स्कोरिङ प्रणाली प्रयोग गरी रोगको अवस्था पत्ता लगाइन्छ । यसले एलभाराडो ज्यान्सकी आदि ।
उपचार पद्धति
यदि बिरामी २४–४८ घण्टाभित्र आएमा शल्यक्रिया गरी एपेन्डिक्सलाई निकाल्ने काम गरिन्छ तर ४८ घण्टापछि आएमा साधारणतया शल्यक्रिया गरिँदैन । यस्तो अवस्थामा बिरामीको उपचार अर्कै विधिबाट गरिन्छ भने ६–८ हप्तापछि बिरामीको शल्यक्रिया गर्ने गरिन्छ ।
जटिलता
समयमै उपचार हुन नसक्दा एपेन्डिक्स फुटेर संक्रमणको कारण मानिसको मृत्यु पनि हुन सक्दछ । शल्यक्रियापश्चात् कसै–कसैमा दिसाजन्य पदार्थ आइरहन्छ । यसलाई फिकल फस्टुल भनिन्छ । यसको उपचार गाह्रो हुन्छ ।सारांश
पेट दुखाइलाई सधैं साधारण पेट दुखाइमात्र सम्झनुभएन । यो एपन्डिसाइटिस पनि हुन सक्दछ । ‘ए, पेट त दुखेको हो नि’ भनेर औषधि पसलबाट दुखाइ कम गर्ने औषधिले दुखाइ तत्कालै त कम गर्ला तथापि एपेन्डिक्स फुटेमा मानिसको मृत्यु पनि हुन सक्छ । त्यसर्थ, आफ्नो स्वास्थ्यप्रति आफै जिम्मेवार हुनुपर्दछ ।
सम्भोगका बेला महिला पुरुष दुबैको चरम आनन्द अर्थात् क्लाइमेक्सको अवधि निकै छोटो हुन्छ । महिलाको हकमा यस्तो क्लाइमेक्सको अवधि अर्थात् अर्गाज्म ६ देखि दश सेकेण्ड सम्मको मात्रै हुन्छ ।
तर मन मिल्दो पार्टनर तथा उपयुक्त विधि अपनाउन सकेमा महिलाको यस्तो चरम आनन्द लगातार चार महिनासम्म लम्बाउन सकिने रहेछ ।बेलायती यौन मनोविज्ञ तथा प्रशिक्षक निकोल डेडोनका अनुसार चरम आनन्दको योगा लिएमा महिलाले लगातार चार महिनासम्मै यौन उत्तेजनाको अनुभुति प्राप्त गर्न सक्छन् । यो योगाई उनले अर्गाज्मिक मेडिटेसन अर्थात् ओम भन्ने नाम दिएकी छन् । यसरी लगातारको यौन उत्तेजनाले महिलाको यौन जिवन त सुखी हुन्छ नै सामाजिक जिवन पनि सक्रिय बन्छ ।
सुस्त सम्भोग : महिलाको चरम आनन्दको कला नामक पुस्तकका लेखिका निकोलका अनुसार वास्तवमा चरम आनन्द भनेको सरीरले आनन्द प्राप्त गर्ने तथा आनन्दप्रति प्रतिक्रिया जनाउने क्षमता हो । चरम आनन्द केवल यौनिक आनन्द सँग मात्र सम्बन्धित नहुने भन्दै उनले यो समग्र मनोवैज्ञानिक शान्ति तथा सक्रियताको माध्यम समेत भएको बताउँछिन् । सम्भोगका बेला महिलालाई चरम आनन्द प्राप्त गर्न निकै कठीन हुने मान्यतालाई खण्डन गर्दै उनले योगाको माध्यमबाट चरम यौनिक सन्तुष्टी तथा यौनिक सक्रियता प्राप्त गर्न सकिने बताउँछन् । यसको लागि महिलाले सम्भोगका बेला महिलाले अरु कुरामा ध्यान नलैजानु आवश्यक छ र पार्टनर पुरुषले पनि महिलामै आफुलाई समर्पित गराउनुपर्छ ।
स्लो सेक्स अर्थात् सुस्त सम्भोगमा समर्पण आवश्यक हुने भन्दै उनले यौनिक योगाको फाइदा अनुभुत गर्न पार्टनरबीचको अधिक सामिप्यता अनिवार्य हुनुपर्ने बताउँछिन् । वास्तवमा संकोचको पर्दा च्यातेर आनन्दको अनुभुति गर्ने र पश्चातापलाई त्यागेर एक अर्कामा समर्पित हुन सकिएमा सम्भोगका अधिक आनन्द प्राप्त गर्न सकिने उनको भनाइ छ ।
डा। सूर्य पराजुली .
समयमै दिसा नहुनु वा दिसा हुँदा गाह्रो हुनु र कडा प्रकारको दिसा आउनुलाई कब्जियत वा दिसा गोटा पर्नु भनिन्छ । यस समयमा आउने कडा प्रकारको दिसामा साधारणतया भन्दा पानीको मात्रा कम पनि हुन्छ । कब्जियत वा दिसा गोटा पर्नु भनेको रोग होइन तर लक्षण हो । सामान्यतय शरीरको अन्य समस्याहरु जस्तो पाचन प्रणाली र पाचन प्रक्रियाको सम्बन्धमा मानिसको कम ध्यानाकर्षण हुने भएकोले नियमित रुपमा दिसा भएको छ वा छैन भनेर पनि थाहा नहुने अवस्था हुन्छ । यदि कुनै व्यक्तिले ३ दिनसम्म लगातार दिसा गरेको छैन अथवा दिसा गर्ने समयमा दुखेको वा गाह्रो भएको अनुभव गरेको छ भने त्यसलाई कब्जियत भएको बुझिन्छ ।
कारणहरु
अनियमित रुपममा दिसा गर्ने बानी, कडा प्रकारका खानाहरु खानु, रेसादारयूक्त खानाहरु रोटी, मकै, ढिडो, सागसब्जी तथा फलफुलहरु कम खानु, गर्भावस्था, झोल पदार्थ कम खानु, लामो समयसम्म औषधीको सेवन गर्नु, व्यायामको कमी, लामो समयको पखालाको कारणले शरीरमा पानी सकिनु वा कम हुनु, इन्टेस्टाइनल अब्सट्रक्सन तथा पेट र आन्द्रा सम्बन्धि कुनै रोग हुनु, मानसिक तनाब, आन्द्राको क्षयरोग तथा क्यान्सर हुँदा दीर्घकालीन रुपमा कब्जियत हुन सक्ने हुन्छ
विज्ञहरुका अनुसार निर्वस्त्र भएर सुत्नाले व्यक्तिको स्वास्थ्यमा धेरै फाइदा पुग्छ । निर्वस्त्र सुताई व्यक्तिको शारीरिक मात्र नभएर मानसिक स्वास्थ्यका लागि समेत उपयोगी हुने बताइन्छ । विज्ञहरुका अनुसार महिलामा यौन रोगको जोखिम कम गर्न निर्वस्त्र सुताइ निकै फलदायी हुन्छ । खासगरी गुप्तांगमा हुने विभिन्न खालका संक्रमणको खतरा कम गर्न र गुप्तांग स्वस्थ राख्नका लागि निर्वस्त्र रुपमा सुत्नु आवश्यक हुने विज्ञहरुको ठम्याइ रहेको छ । निर्वस्त्र रुपमा सुत्दा महिलाको गुप्तांग हुने ढुसी तथा ब्याक्टेरियाको संक्रमण नियन्त्रण हुन्छ ।निर्वस्त्र सुत्नुको अर्को फाइदा भने मिठो निद्रा पर्नु हो । निर्वस्त्र सुताइले तपाइँलाई निद्राका बेला सितलता प्रदान गर्छ जसका कारण तपाइँलाई अझ गहिरो र मीठो निद्रा पर्छ ।
रातमा सुत्दा लुगा लगाएर सुत्ने बानीले व्यक्तिको सुन्दरतामा समेत असर पूराउँछ । विज्ञहरुका अनुसार सुत्दाखेरी लुगा लगाउने वा बढि न्यानो भएर सुत्दा मानिसको सरीरबाट मेलाटोनिन र ग्रोथ हर्मोनको उत्पादन कम हुन्छ । यस्तो हर्मोनको उत्पादन कम हुनु भनेको व्यक्तिमा छिटै बुढयौलीका लक्षण देखिनु हो । निर्वस्त्र सुत्नाले व्यक्तिको सरीरबाट यस्ता हर्मोनको उत्पादन बढि हुन्छ, जसका कारण बुढयौलीका लक्षणमा न्यूनिकरण मात्र होइन छाला र कपालको सुन्दरतामा पनि वृद्धि हुन्छ ।निर्वस्त्र भएर सुत्नुको अर्को फाइदा पनि छ । त्यो के भने मोटोपन घटाउनका लागि समेत निर्वस्त्र सुताइ कामयावी हुन्छ । राम्रो निद्रा नपर्दा कोर्टिसोल हर्मोनको उत्पादन बढि हुने र यो हर्मोनका कारण व्यक्तिलाई बढि भोक लाग्ने भएकाले धेरै खाने र सोही कारण मोटोपन बढ्छ । तर निर्वस्त्र सुत्दा पर्ने मीठो निद्राका कारण यो हर्मोनको मात्रा घट्न गई भोकमा सन्तुलन वा नियन्त्रण आउँछ जसका कारण मोटोपन नियन्त्रणमा समेत सघाउ पुग्छ ।निर्वस्त्र सुत्ने बानीले व्यक्तिमा आत्मविश्वासको लेभलमा पनि वृद्धि गर्ने विज्ञहरु बताउँछन् ।निर्वस्त्र सुत्ने मानिसले लुगा लगाएर सुत्नेले भन्दा बढि यौनसुख प्राप्त गर्छन् र उनीहरुको यौन जिवन पनि सफल बन्छ । जब दम्पतीहरु निर्वस्त्र रुपमा ओछ्यानमा सुत्छन् तब दुबैको नांगो छालाको स्पर्शले दुबैमा लभ हर्मोन भनिने अक्जीटोसिनको उत्पादन बढाउँछ । यसले व्यक्तिलाई सम्भोगका लागि सक्रिय बनाउँछ र इच्छा जागृत गर्छ अनि एक अर्कामा आकर्षण बढाउने काम गर्छ ।
onlinekhabar.com
सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ ।
मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन् । सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ । बढी तौल भएका व्यक्तिकालागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ ।
सुन्तलाको फल मात्र होइन बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ । सुन्तलामा रहेका विभिन्न सुक्ष्म पौष्टिक तत्व भिटामिन ए, बी र सीले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउँछन् । बिरामी भएको व्यक्तिलाई खान मन नलाग्दा सुन्तलाको थोरै रस खुवाँउदा खानामा रुची बढ्छ । सुन्तलाको छोक्रामा प्रसस्त मात्रामा फाइबर पाइन्छ । यसले पेट सफा राख्न मद्दत गर्छ ।बालबालिकालाई झाडा पखालाले सताएको समयमा सुन्तलाको रस थोरैथोरै गरेर दिइयो भने बिरामीको शरीरलाई चाहिने पानीलगायत अन्य तत्वको आपूर्ति हुन्छ । गिँजाबाट रगत बग्ने समस्यामा पनि सुन्तला लाभदायक हुन्छ । त्यस्तै सुन्तलामा रहेको क्याल्सियमले दाँतलाई स्वस्थ र मजबुत बनाउँछ ।
बजारमा पाइने कृतिम पेयपदार्थ भन्दा मौसम अनुसार पाइने फलफूल खानु स्वास्थ्यकालागि औषधि समान हो । सुन्तलाको बोक्रामा पनि पौष्टिक तत्व हुन्छ । सुन्तलाको बोक्रा सुकाएर मसिनो पारेर काटेर चिनीमा हालेर पकाएर बालबालिकालाई खुवाउनु निकै लाभदायक हुन्छ । त्यसैगरि सुन्तलाको बोक्रा सुकाएर धुलो पारेर अनुहारमा लगाउनाले अनुहारको छाला सफा र नरम हुन्छ । सुन्तलाको बोक्रा खान र अनुहारमा लगाउन पनि सकिन्छ । भोक वा तिर्खा लाग्दा विभिन्न किसिमका प्याकेटका खानेकुराको सट्टा सुन्तला खाँदा शरीर स्वस्थ हुन्छ र कब्जियत हुनबाट पनि बँचिन्छ । सुन्तलामा पाइने भिटामिन ‘सी’ले रुघाखोकी आदिबाट बँचाउछ । दिनहँु सुन्तलाको सेवन गर्ने गरेमा विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ । यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउन सक्छ । दम, ब्रोङकाइटिस, रुघाखोकी, ज्वरो र मुटुको रोगीलाई फाइदा पु¥याउँछ । त्यस्तै डण्डिफोर तथा खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाको सेवन लाभदायक मानिन्छ ।
छालाको हेरचाहः
onlinekhabar
चिसोमा छालालाई बढी हेरचाह गर्नुपर्छ । चिसोले सबैभन्दा बढी छातीमा असर गर्ने भएकाले शरीर ढाक्ने न्यानो लुगा लगाउनुपर्छ । सकेसम्म हातखुट्टा र अनुहार पनि ढाक्नुपर्छ । नाकमुख छोप्ने मास्क र गाला, कान तथा गला ढाक्ने टोपी लगाउनुपर्छ । हिँडडूल गर्दा चश्मा लगाउनु आँखाका लागि राम्रो हुन्छ । शरीरका अरु अंग ढाके पनि अनुहारको त्यति ख्याल गरिएको पाईंदैन । तर, अनुहारको पनि उत्तिकै हेरविचार गर्नुपर्छ ।
जाडोमा घाममा बस्ने तथा आगो या हिटर ताप्ने भएकाले शरीरभित्र पानीको मात्रा कम हुन जान्छ । त्यसकारण चिसोमा पानी लगायतका झोलिलो कुरा बढी सेवन गर्नुपर्छ । तर चिसो होइन, तातोमा जोड दिनुपर्छ । पानी पनि तताएर पिउनुपर्छ । खानेकुरा पनि तातो नै खानुपर्छ । तातो झोल र प्रोटिनयुक्त खानेकुरा खानु स्वास्थ्यका लागि राम्रो हुन्छ ।
योबेला चुरोट, बिडी, चिया कफी र मदिरा बढी सेवन गर्ने चलन छ । जुन स्वास्थ्यका लागि राम्रो होइन । यसले क्षणिक रुपमा तातो भएको जस्तो लागे पनि त्यस्तो हुँदैन । स्वास्थ्यलाई नकारात्मक असर गर्छ । चिया र कफीको मात्रा कम हुनु राम्रो हुन्छ । जाँडरक्सी र चुरोटबिडी त सेवन नै गर्न हुँदैन ।
आगो र हिटरको प्रयोग कमः
जाडोमा आगो ताप्नु राम्रो भए पनि हिटरले नकारात्मक असर पुर्याउन सक्छ । झ्यालढोका थुनेर हिटर बाल्न हुँदैन । एकछिन कोठा तताएर निभाउनुपर्छ । नत्र कार्बन मोनोअक्साईड ग्यासले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउनुका साथै मान्छेको ज्यानै जाने सम्भावना समेत हुन्छ । आगो पनि धेरै ताप्न हुँदैन । घाम ताप्नु सबैभन्दा उपयुक्त हुन्छ ।
चिसो र तातोको सन्तुलनः
चिसोबाट एकैपटक धेरै तातो पार्दा शरीरलाई बेफाइदा हुन्छ । त्यसैले धेरै चिसो भएको छ भने एकैपटक आगोको छेउमा जान हुँदैन । शरीरलाई बिस्तारै तातो बनाउनुपर्छ । तातोपानीले नुहाउनु राम्रो भए पनि पानीलाई शरीरले सहनसक्ने मात्र बनाउँदा राम्रो हुन्छ । अर्थात मन तातोभन्दा पनि कम तातो भएको पानी उपयुक्त हुन्छ ।
रुघाखोकीलाई औषधि हैनः
सामान्य रुघाखोकीका लागि औषधिभन्दा घरेलु उपचार नै राम्रो हुन्छ । तातोपानी, पानीको बाफ र झोल खानेकुराले रुघाखोकी निको पार्छ । रुघाखोकी लाग्दा सकभर बाहिर ननिस्कँदा राम्रो । निस्कनै परे रुमालले नाकमुख छोप्नुपर्छ । स्वस्थ मान्छेले रुघाखोकी लागेको मान्छेबाट टाढा बस्नुपर्छ । ज्वरो नै आयो भने स्वास्थ्य संस्थामा जाँच गर्न जानुपर्छ । रुघाखोकीका लागि मात्रै चाहिँ घरेलु उपचार नै उपयुक्त हुन्छ । तर, एकहप्ताभन्दा बढीरुघाखोकी लागिरहृयो भनेचाहिँ जाँच गराउन जानुपर्छ ।
धेरै पुरुषहरुको गुनासो हुन्छ, महिलाहरुको मन नै बुझ्न गाह्रो । त्यसैले कतिपय तन्नेरीले जोक गर्छन्, ‘केटीको चरित्र महादेवले त बुझेनन् भने तैँले के बुझ्लास् ।’
वास्तवमा हरेक व्यक्तिको मनोवैज्ञानिक अवस्था भिन्नभिन्न हुन्छ त्यसैले एकले अर्कोको मनको भावना बुझ्न कठीन नै हुन्छ । विभिन्न अध्ययनहरुले केही त्यस्ता कुरा पत्ता लगाएका छन् जो महिलालाई मन पर्छ । के हुन् त महिलालाई मन पर्ने कुरा ?
१. महिलाहरुले चुम्बन तथा आलिंगन भन्दा सम्भोगलाई महत्व दिन्छन् । त्यसको विपरित पुरुषहरु भने चुम्बन तथा आलिंगनबाट बढि खुसी हुन्छन् । दाम्पत्य जीवनमा नियमित सम्भोगलाई महिलाले दाम्पत्य सुखको महत्वपूर्ण पाटोका रुपमा लिन्छन् । अर्थात् महिलाले आफ्नो पार्टनरबाट नियमित सम्भोगको अपेक्षा गरिरहेका हुन्छन् ।
२. पोर्न सामाग्री हेर्ने बानी धेरै महिलामा हुन्छ । तर एक अध्ययनले के देखाएको छ भने महिलाहरु प्राकृतिक सम्भोग -महिला-पुरुष) मा भन्दा पुरुष पुरुषबीचको समलिंगी सम्भोगका दृश्यहरु बढि हेर्न चाहन्छन् र त्यसैमा आनन्द लिन्छन् ।
३. महिलाहरु पुरुषको तुलनामा लामो समयसम्म चुम्बन गर्न चाहन्छन् । पुरुषहरु छिटो छिटो तर छोटो चुम्बनमा मन गर्छन् भने महिलाहरु ढिलो तर लामो समयसम्म ओँठ जोडिरहन चाहन्छन् ।
४.युवतीहरु अविवाहित भन्दा विवाहित पुरुषसँगको सम्बन्धमा बढि रमाउँछन् । त्यस्ता पुरुषहरुसँगको सम्बन्ध सुरक्षित हुने र पुरुष पाको हुने भएकाले युवतीहरुले सुरक्षित महसुस गर्छन् ।
५. युवतीहरु प्रेममा पागल हुने, सेन्स अफ ह्युमर भएको युवक मन पराउँछन् । आफुले प्रेम प्रस्ताव राख्ने झण्झट खासै गर्दैनन् र आफ्नो मनको राजाले नै हरेक कुराका लागि पहिला मुख खोलोस् भन्ने चाहन्छन् । अध्ययनले के देखाएको छ भने हरेक १० मा ६ जना युवतीहरु एक पटक चिनजान भएको केटासँग दोश्रोपटक भेट हुँदा जिस्किन चाहन्छन् ।
onlinekhabar.com
The way a child is reared is influenced by the culture, religious
beliefs and societal norms of the particular community into which the
child is born. Parents and families tend to follow what they have
observed being practiced for generations, and don’t often stop to
question the logic behind these practices. It can be reassuring to go
along with what you see others doing, rather than going the extra step
to do something different and risk being criticised for it. Most Nepali
families have several dos and don’ts when it comes to handling a
newborn, and these have become common irrespective of the religion and
ethnicity of such families, owing to the fact that various communities
have long co-existed in harmony in our country, and have naturally come
to share certain cultural beliefs over time.
It is, for example, a good practice to keep a newborn warm and wrapped up, to simulate the environment within the mother’s womb. But people tend to overdo this. Clothing the baby heavily in many layers and confining the child to a heated room can cause dehydration through sweating. Post-delivery, the mother and baby are usually kept in very warm rooms without proper ventilation because it is believed they will get sick from the cold air outside. And when visitors come into these poorly-ventilated premises, it is even more risky, particularly if they are carrying air-borne infections like a cough or a cold—the baby could easily get infected. And using coal heaters to warm the room could also lead to carbon monoxide poisoning if the rooms are not allowed enough access to fresh air.
It is, for example, a good practice to keep a newborn warm and wrapped up, to simulate the environment within the mother’s womb. But people tend to overdo this. Clothing the baby heavily in many layers and confining the child to a heated room can cause dehydration through sweating. Post-delivery, the mother and baby are usually kept in very warm rooms without proper ventilation because it is believed they will get sick from the cold air outside. And when visitors come into these poorly-ventilated premises, it is even more risky, particularly if they are carrying air-borne infections like a cough or a cold—the baby could easily get infected. And using coal heaters to warm the room could also lead to carbon monoxide poisoning if the rooms are not allowed enough access to fresh air.
Researchers on Thursday challenged a tenet of modern medicine that
higher levels of "good" cholesterol automatically boost cardiovascular
health.
In a study published in The Lancet, investigators said they found no evidence to back the belief that higher levels of high-density lipoprotein (HDL) cholesterol routinely reduce the risk of a heart attack.
High concentrations of HDL are one of the big markers for blood tests.
They are monitored as much as low levels of "bad" cholesterol (low-density lipoprotein, or LDL) as a yardstick of dangerously clogged arteries.
The paper used a method called mendelian randomisation to compare heart-attack risk among people who inherited known genetic variants that gave them higher HDL levels.
According to conventional wisdom, these individuals would have a lower risk of a coronary.
But the study, which looked at nearly 12,500 people with a history of a heart attack and over 41,000 otherwise healthy counterparts, found this was not always the case.
The results are important because of the use of drugs, sometimes inflicting side effects, which are administered to boost HDL cholesterol levels.
"These results show that some ways of raising HDL cholesterol might not reduce risk of myocardial infarction [heart attack] in human beings," said Sekar Kathiresan of Massachusetts General Hospital and Harvard Medical School.
"Therefore, if an intervention such as a drug raises HDL cholesterol, we cannot automatically assume that risk of myocardial infarction will be reduced."
In contrast, the study said "bad" cholesterol remained an accurate marker of cardiac risk.
Separately, a study, also carried in Thursday's Lancet, confirmed the benefits of LDL-lowering statins for protecting people with no previous history of cardiovascular disease.
In a study published in The Lancet, investigators said they found no evidence to back the belief that higher levels of high-density lipoprotein (HDL) cholesterol routinely reduce the risk of a heart attack.
High concentrations of HDL are one of the big markers for blood tests.
They are monitored as much as low levels of "bad" cholesterol (low-density lipoprotein, or LDL) as a yardstick of dangerously clogged arteries.
The paper used a method called mendelian randomisation to compare heart-attack risk among people who inherited known genetic variants that gave them higher HDL levels.
According to conventional wisdom, these individuals would have a lower risk of a coronary.
But the study, which looked at nearly 12,500 people with a history of a heart attack and over 41,000 otherwise healthy counterparts, found this was not always the case.
The results are important because of the use of drugs, sometimes inflicting side effects, which are administered to boost HDL cholesterol levels.
"These results show that some ways of raising HDL cholesterol might not reduce risk of myocardial infarction [heart attack] in human beings," said Sekar Kathiresan of Massachusetts General Hospital and Harvard Medical School.
"Therefore, if an intervention such as a drug raises HDL cholesterol, we cannot automatically assume that risk of myocardial infarction will be reduced."
In contrast, the study said "bad" cholesterol remained an accurate marker of cardiac risk.
Separately, a study, also carried in Thursday's Lancet, confirmed the benefits of LDL-lowering statins for protecting people with no previous history of cardiovascular disease.
A preliminary study links chemicals found in certain sunscreens to a
higher risk of endometriosis, but it’s too soon to say whether there’s
any reason for women to change their habits.
“This is way too early for prime time,” said Warren Foster, a professor in the department of obstetrics and gynecology at McMaster University, in Hamilton, Ontario, who studies how chemicals affect people.
In endometriosis, tissue that lines the uterus grows outside the
womb, leading to pain and infertility in some cases. Foster said the
causes of this common condition are fuzzy, and “nothing is proven as far
as chemicals are concerned.”
Even if the chemicals do boost the risk of endometriosis, the findings don’t specify how many more women might get the disease. Dermatologists consider sunscreen crucial in the prevention of skin cancer.
Still, the study authors write that their findings should inspire more research into a possible link. Research is especially important because the chemicals in question are found in other products such as moisturizers and lotions, said study co-author Kurunthachalam Kannan, a research scientist with the New York State Department of Health.
“This is something everybody should be concerned about,” Kannan said. “We are going to do more studies and look at many of the cosmetics and personal-care products containing these compounds to see what level people are exposed to every day.”
The chemicals, known as benzophenone-type UV filters, protect the skin from the ultraviolet rays of the sun and also mimic the effects of the female hormone estrogen. Previous research has shown that benzophenone-3, or BP-3, is absorbed into the bloodstream faster than other sunscreen agents, the authors noted.
In the new study, researchers examined urine from 625 women from California and Utah. Those diagnosed with endometriosis were more likely to have the highest levels of the chemical filters in their urine.
The study doesn’t confirm that the chemicals have anything to do with endometriosis, and its design didn’t allow the researchers to determine how much exposure might boost a women’s overall risk of developing endometriosis.
“This is way too early for prime time,” said Warren Foster, a professor in the department of obstetrics and gynecology at McMaster University, in Hamilton, Ontario, who studies how chemicals affect people.
In endometriosis, tissue that lines the uterus grows outside the
womb, leading to pain and infertility in some cases. Foster said the
causes of this common condition are fuzzy, and “nothing is proven as far
as chemicals are concerned.”Even if the chemicals do boost the risk of endometriosis, the findings don’t specify how many more women might get the disease. Dermatologists consider sunscreen crucial in the prevention of skin cancer.
Still, the study authors write that their findings should inspire more research into a possible link. Research is especially important because the chemicals in question are found in other products such as moisturizers and lotions, said study co-author Kurunthachalam Kannan, a research scientist with the New York State Department of Health.
“This is something everybody should be concerned about,” Kannan said. “We are going to do more studies and look at many of the cosmetics and personal-care products containing these compounds to see what level people are exposed to every day.”
The chemicals, known as benzophenone-type UV filters, protect the skin from the ultraviolet rays of the sun and also mimic the effects of the female hormone estrogen. Previous research has shown that benzophenone-3, or BP-3, is absorbed into the bloodstream faster than other sunscreen agents, the authors noted.
In the new study, researchers examined urine from 625 women from California and Utah. Those diagnosed with endometriosis were more likely to have the highest levels of the chemical filters in their urine.
The study doesn’t confirm that the chemicals have anything to do with endometriosis, and its design didn’t allow the researchers to determine how much exposure might boost a women’s overall risk of developing endometriosis.

















