रबिन्द्र गौतम,
दिल्लीमा दामिनिको बलात्कार पछि महिला हिंसा विरुद्धका चर्का नाराले देश तथा विदेश तात्न थाल्यो र नेपालको झापाको दमकमा एक युवती सामुहिक बलात्कारको सिकार बन्न पुगिन| बैदेशिक रोजगार बाट फर्किएकी सीता राइ "नाम परिवर्तन "एयेरपोर्ट मा लुटीईन आखिर चारै तिर एक्कासी महिला हिंसा किन बढ्यो ? एसको कारण के? एक ठाउमा घटना भयो भनेर ए हामीले नि गर्नु हुन्छा भनेर यो घटना भएको हो या चेतना जागरूप भएर घटना बाहिर आयो.चेतना जगरुओ भएको भए किन बलात्कार भयो त? किन हिँसा गरेता?न अनि चेतना जगरूप नभएको भए केहि कुरा बाहिर आएको थिएन आहिले सबैतिर किन आयो? के आज सम्म कसैले कसलाई बलात्कार गरेको थिएन होलाता? के पत्यार लाग्दो प्रस्न हो यो? अह पक्कै पनि हैन |आज सम्मत जति हिँसा भए पनि बाहिर आउन सकेको थिएन त्यसैले हामीलाई थाहा नभएको हो| तर पछिल्लो समयमा महिला हिंसाले रेडियो टेलिभिजन,विभिन्न अखबारहरु अनि गाऊ-सहर दन्दनी बालेको छ | आखिर के हो महिला हिँसा ? यो किन हुन्छा ? भारत कि २३ बर्सिय दामिनी{वास्तविक नाम ज्योति सिङ्ग पाण्डे'} को प्रेमी संग फिल्म हेरेर फर्कदै गरेको बेलामा सामुहिक रुपमा बलात्कार गरियो| दुइ छाक हात मुख जोड्न गाह्रो भएकै कारण अर्कैको पासपोर्ट मा विदेश पुगेर फर्किएकी सीता राई को एरपोर्ट मै दुर्वेबहर गरियो र अस्मिता लुटियो,झापामा एक युगल जोडी चियाको बोट संगै माया साटासाट गरिरहेको बेला प्रेमीलाई निर्घात कुटपिट गरेर रात भरि उनलाई लुटियो | किन???....
के आफ्नो प्रेमी संग फिल्म हेर्न जान पाउने अधिकार दामिनिको थिएन?सीता राईले आफ्नो पेट पल्नको लागि बिदेशमा गएर दुख गरेर कमाउनु उनको रहर थियो? गल्ति त उनले गरेकी थिईन अर्कैको पासपोर्ट लिएर तर उनलाई त्यो सजाए दिने काम अदालत को थियो सोधपुछ अदालतले गर्थ्यो एअरपोर्टका कर्मचारी र पुलिसले हैन| अनि चिया बगानमा गएर प्रेमी प्रिमिका माया प्रेमका कुरा गर्न पाउदैनन? बिचरा के गल्ति गरेका थिए र तिनीहरुले?,,,,,,,,,
हुन त बिचरा भन पनि आफैमा लाग लगेर औछ मलाई किनकि मैले सबै कुरा यी घटना भए पछि मात्र लेख्न सिके| मैले महिला हिंसाको बारेमा पहिला नै किन लेखिन? यी घटना भए पछि मात्र तपाइको मुख बाट ति वाक्य निस्के होलान च... च...,कस्ता पनि हुन्छन है मान्छे त्येस्ता लै त मार्न पाए पनि हुन्थ्यो | हो त्येही सोचले भएको हो महिला हिँसा | येदि तपाइले यी घटना हुनु भन्दा पहिले नै केहि गरेको भए यो घटना हुन्थ्यो? विभिन्न अखबार,रेडियो,टेलिभिजन ले यस बारेमा घच्घह्चाई रहेको भए आज यस्तो हुने थिएन होला |अलि गतिलो नीति नियम कानुन बनेको भए यस्तो हुने नै थिएन|आज दिनकै घटना भैरहेको छ , चेलीको अस्मिता पल पलमै लुटीइरहेकोछ, यहा आफ्नै दाजुभाइले आफ्नै दिदीबहिनीलाई जबर्जस्ति गरिरहेकाछन | जे हुनु भैसकेपछि भने विभिन्न संघ सस्थाहरुले बिरोध गर्दै भुस्याहा कुकुर झैँ बाटोमा निस्केर भुकिरहेका छन्|
के आफ्नो प्रेमी संग फिल्म हेर्न जान पाउने अधिकार दामिनिको थिएन?सीता राईले आफ्नो पेट पल्नको लागि बिदेशमा गएर दुख गरेर कमाउनु उनको रहर थियो? गल्ति त उनले गरेकी थिईन अर्कैको पासपोर्ट लिएर तर उनलाई त्यो सजाए दिने काम अदालत को थियो सोधपुछ अदालतले गर्थ्यो एअरपोर्टका कर्मचारी र पुलिसले हैन| अनि चिया बगानमा गएर प्रेमी प्रिमिका माया प्रेमका कुरा गर्न पाउदैनन? बिचरा के गल्ति गरेका थिए र तिनीहरुले?,,,,,,,,,
हुन त बिचरा भन पनि आफैमा लाग लगेर औछ मलाई किनकि मैले सबै कुरा यी घटना भए पछि मात्र लेख्न सिके| मैले महिला हिंसाको बारेमा पहिला नै किन लेखिन? यी घटना भए पछि मात्र तपाइको मुख बाट ति वाक्य निस्के होलान च... च...,कस्ता पनि हुन्छन है मान्छे त्येस्ता लै त मार्न पाए पनि हुन्थ्यो | हो त्येही सोचले भएको हो महिला हिँसा | येदि तपाइले यी घटना हुनु भन्दा पहिले नै केहि गरेको भए यो घटना हुन्थ्यो? विभिन्न अखबार,रेडियो,टेलिभिजन ले यस बारेमा घच्घह्चाई रहेको भए आज यस्तो हुने थिएन होला |अलि गतिलो नीति नियम कानुन बनेको भए यस्तो हुने नै थिएन|आज दिनकै घटना भैरहेको छ , चेलीको अस्मिता पल पलमै लुटीइरहेकोछ यहा,आफ्नै दाजुभाइले आफ्नै दिदीबहिनीलाई जबर्जस्ति गरिरहेकाछन|जे हुनु भैसकेपछि भने विभिन्न संघ सस्थाहरुले बिरोध गर्दै भुस्याहा कुकुर झैँ बाटोमा निस्केर भुकिरहेका छन्| पत्रकारहरु सामुहिक बलात्कार अनि महिला हिँसा भन्दै कलम घुमाइरहेकछन् अनि रेडियो टी.भी ले निर्बाद रुपमा खिकिरहेका छन् के अब यो सबै गरेर एक लुयिय्की नारी पहिलेकी जस्तै हुन्छिन ?लुतिय्को अस्मिता फर्कनछ उनको ? जे भयको छ त उनलाई भएको छ ,पिडा छ त उनि संग छ .नौटंकी गर्दै बिदेसी पैसा खेलाउन पल्केका हरुले प्रधानमन्त्री निवास अगाडी गएर थाल ठटाएर नाटक किन देखाउनु? अनि मिडियाले पनि फलानो ले फलानोलाई यस्तो गर्यो उस्तो गर्यो भनि किन खोक्नु?महिला हिँसा विरुद्ध को काम गर्थे भने त सिता राइ लुटीनु भन्दा पहिले नै कुन महिलालाई कसले के गर्दै छ भनेर किन थाहा पाएनन? अनि राज्य ले किन गतिलो कानुन बनाउन सकेन? अब भन्नुस दोषी को?बलात्कार गर्ने हो? उ पनि दोषी हो तर उसको लिङ्ग नै काटेर फलदिने अब?कि उसलाई मृत्युदण्ड दिनु पर्छ ?महिला हिंसा विरुद्ध काम गर्दै हिड्ने भनौदा हरुले बनाइदिय्को लिङ्ग होर काट्नु पर्छ भन्ने? अनि तिनीहरु को हुन् मृत्युदण्ड दिनु पर्छ भनि हुकुम लगाउने? जे दण्ड दिन्छ त सरकार ले दिन्छ ....मैले महिला अधिकारबादी को उछितो काड्न खोजेको हैन यी सबैको कुनै तुक नभयको मात्र भनेको हु|
दिनदिनै राम्रा छोरी चेली दिदीबहिनीहरु असुरक्षित बन्दै गैरहेकाछन कहिँ कतै कसैले केहि गरि पो हाल्ने हो को भनेर त्रासै त्रासमा बस्नु परेको अवस्था छ |मानब अधिकार कर्मीहरुले भने धर्ना र नारा बाजी गर्दै नौटंकी देखाइरहेकाछन,पराइले दुर्वेबहर गर्न खोज्दा आफु गएर बचाउनु पर्ने ठाउमा पराइ बाट उम्केर आफ्नो घर आएकी चेलीलाई आफ्नै दाजुभाई भन्न पनि लाज लाग्ने हरुले लुटीरहेका छन् यहा | अनि नेता त्यसमा धुखा मनाउ गर्दैछन,ध्यानाकर्सन जनाउदैछन ,अनि महिला अधिकारकर्मीहरु थाल बोक्दै सडक तताउछन |
अहिले १,२ ओटा हिंसा बाहिर आएको मात्रै हो यस्ता कयौ घटना दूरदराज मा रहेका महिला माथि अनि कयौ सहर र राजधानीका गल्लि गल्लि मा दिनदाहदै भैरहेका छन्
वास्तबमा भन्नु पर्दा महिला हिँसा हुनुमा दोषी हामी नै हौ |हाम्रो सोचले गर्दा यस्ता हिंसा हुन्छन,अनि अर्को कुरा पनि के तपाइलाई थाहा छ? हाम्रा बाउ बाजेका पालामा यस्ता कुनै हिंसा भएको सुन्नु भएको छ?छैन | किनकि त्यति बेला आफ्नो सस्कृति परम्परा बाट टाढा रहन पाइन्थेन ,मैले कुसस्कार र अन्धबिस्वास अगाल्नु भन्न खोजेको भने हैन तर पछिमी सस्कृति भित्रिनु भएन मात्र भन्न खोजेको हु|
तपाइलाई थाहा छ एउटी नारी अहिले जति छोटो बस्त्र लगाउछिन उनि उनको नजरमा त्येतिकै राम्रो देखिन्छिन र आफुले त्येसैमा महिला अधिकार प्राप्त गरेको भ्रममा रमाउछिन |तर उनलाई थाहा छैन कि आफु माथि हुने हिँसा को कारण पनि त्येही हो भनेर| एक चोटी सोचौ त ,,एक महिला छोटो बस्त्र पहिरिएर बस मा यात्रा गर्दै छिन हाम्रो समाजका जो सुकै मानब अधिकार सम्बन्धि पाठ सिकाउने गुरु किन नहोस ती महिला लाइ तल देखी माथि सम्म एक झलक हेर्न भ्याईहाल्छ |तर त्यही नारी ले आफ्नो सरिर राम्रो संग धकेकी छिन भने जस्तो सुकै कुदृस्टी ले हेर्ने व्यक्ति ले पनि उ प्रति नकारात्मक सोच बनाउन सक्दैन|हो एक मुख्य कारण यो पनि हो महिला हिंसाको |
भगवानका पाला मा पनि दुसासनले द्रौपदी को साडी तानी दुर्वेवाहर गर्न खोज्दा कृष्ण ले बचाएका थिए| कृष्ण ले किन त्यसो गरे त? १६,१०८ गोपिनी बनाउदै हिडेका कृष्णले पनि त तमासा हेरेर बसेको भए हुन्थ्यो त तर उनले त्यसो गरेनन...... एक चोटी सोचौत?....कलि युगमा पनि एक नारि आफ्नो धर्म,कर्तब्य,सस्कार र विश्वास लाइ आत्मसाथ गर्दै हिडीरहेकिछिन र उनलाई कसैले दुर्वेवाहर गर्न खोज्दै छ भने हजारौ कृष्णहरु आएर दुर्वेवाहर गर्ने विरुद्ध खानिदैनन होला त?
यहा त उही लक्ष्मी रुपी नारी अस्लिलता फैलाउन खप्पिस भैरहेकी छिन,अस्लिल चलचित्र खेल्न माहिर बनिरहेकी छिन,अनि जति छोटो बस्त्र पहिरियो उनको महिला अधिकार पनि त्यति नै उचो हुने भ्रमको खेति गरिरहेकी छिन |अनि महिला अधिकारकर्मीहरुले पनि हामी स्वतन्त्र हुन पाउनु पर्छ भन्दै आफ्नो हक माग्दै उफ्री रहेकाछन|
ति महिला दिदि अनि आमाहरुले किन बुझेनन कि हाम्री छोरी चेलीहरुलाई पछिमी सस्कृतिहरुले अँगालो हाल्दै कुदिरहेको छ भन्ने कुरा,अनि किन बुझेनन् कि एक मायाको नाटक गर्दै लक्ष्मी समान पबित्र छोरीको ति कोमल अंगमा पापै पापले भरिएको फलाम को मुस्लो समान हातले निमोथिरहेको छन भन्ने कुरा? त्यसलाई टुलुटुलु हेरेर बस्ने अनि त्यो महिला स्वतन्त्रता हो भन्ने? खै त बुझेको नारी को हुन् भन्ने कुरा ?..... हो यही कारणले भयको हो महिला हिँसा ...
महिला हिँसा विरुद्ध आन्दोलन गर्ने,बन्द हड्ताल गर्ने,थाल,कुचो अनि पकाउने भाडा बोक्दै हिड्नु भन्दा पनि आफ्नो घर समाज गाउ बाट एक महिला भनेको को हो? र उनको दायित्व के हो?धर्म के हो?त्यो बुझ्नु आवस्यक छ | र राज्य ले पनि अस्मिता लुटीसकेपछि उनको अस्मिता बापतको रकम दिने होइन गतिलो नियम कानुनको व्यवस्था गर्नु पर्छ | जनचेतना जगाउनु पर्छ,दूरदराज मा गुम्सिएर बसेका महिला अगाडी बढ्न उज्यालो बाटो देखाउनु पर्छ | अनि मात्र महिला हिँसा कम गर्न सकिन्छ| हिँसा गर्नेको लिङ्ग काट्नु पर्छ भन्दै छोटो छोटो बस्त्र लगाएर उफ्रिने अनि प्रधानमन्त्री निवास अगाडी बसेर थाल ठोकदैमा महिला हिँसामा कमि आउन सक्दैन |
तपाइले कहिल्यै जनावरमा हिँसा भएको सुन्नु भएको छ ? महिला जनावर बलात्कारको सिकार बनेको थाहा पाउनुभएको छ ? हामी त पृथ्वी को सर्वश्रेष्ठ प्राणि खै त?हामी त पशु समान पनि रहेनछौ त?हिँसा का कुरा गरिरहदा यहा महिला भन्दा पुरुस बादी दोषी देखिन्छ चाहे उसले गल्ति गरेको होस् या नगरेको होस् यो किन?के महिलालाई चाहि योनइच्छा हुदै हुदैन?सुनेको छु यसमा पुरुस भन्दा महिला कयौ गुना बढी हुन्छन रे खाएर जे होस् यसले निकै प्रभाव परिरहेको हुन्छ महिला र पुरुस को भिन्नतामा |हो यही हो मुख्य कारण हिम्साको |पुरुषले यस्तो गर्यो उस्तो गर्यो, किन यो सब ? के महिलामा केहि चाहाना हुदैन?,,,,युवा वर्ग को भनाइ सापटी लिएर भन्नु पर्दा त अझ एक प्रेमीले प्रेमिकालाई फोन गरेर राख्ने बेलामा उसले प्रेमिका लाइ चुम्बन खाएन भने उ प्रेमी संग रिसाउछे ,अनि मोटर साइकलमा बस्दा प्रेमीको सासै रोकिने गरि समाउन नपाए उसले नेपालको लोडसेडिंग झैँ बनाउछे प्रेमलाई | मैले अन्त्य मा किन पनि यो कुरा निकालेको हु भने हाम्रो सोचलाई परिवर्तन गर्नु पर्यो के महिला के पुरुस सबै बराबर ठान्नु पर्यो,चेतना जगरूप सबैमा हुनु पर्यो,पछिमी सस्कृति भित्रिनु भएन,महिला आधिकार बादी हु भन्दै ठुला कुराहरु गर्नु भएन,महिला र पुरुस बीच भिन्नता होइन सकारात्मक सोचको बिकाश हुनु पर्यो र राज्य ले गतिलो कानुन बनाउनु पर्यो अनि बल्ल हिंसाहरु न्यूनीकारण हुन सक्छन |
घनश्याम खड्का,
दिल्लीको झल्को दिनेगरी बुधबार दमकमा एउटी युवती सामूहिक बलात्कारको सिकार भइन् । फरक यति थियो, दिल्लीकी दामिनी प्रेमीसँग सिनेमा हेरेर र्फकंदा बसभित्र लुटिइन् । दमककी दामिनी प्रेमीसँग चियाका बुटामा प्रेमको एकाग्रता सँगाल्दा लुटिइन् ।
बलात्कारको यति जोडतोडसाथ विरोध, प्रदर्शन र भत्र्सना भइरहँदा दमकमा ती युवतीलाई प्रेमीबाट खोसेर रातभरि लुट्ने कुकाम भयो । भोलिपल्ट राजधानीमा ६ वर्षकी बालिका र १३ वर्षकी किशोरी बलात्कृत भए । अलि अघि भोजपुरकी युवतीको अस्मिता र पैसा अध्यागमनवालाहरूले लुटे ।
यी त भए सञ्चारमाध्यमका आँखा पुग्दा दुनियाँले पत्तो पाएका घटना । गाउँका
दूरदराजमा, सहरका अँध्यारा गल्लीमा, ठूला महल र गगनचुम्बी भवनहरूमा कति
चेलीको अस्मिता खरानी भइरहेको होला हरेक दिन ! कति सीता राई र दामिनीहरूको
अस्मिता संसारले लुटिरहेको होला हरेक क्षण ! हिसाब लगाउन असम्भव छ !
बलात्कारलाई घृणा गर्दा हामी भन्छौं कस्तो पाशविक घटना ! यो टिप्पणी र निन्दा सर्वथा भ्रमपूर्ण छ । भ्रमपूर्ण मात्रै होइन, पशुहरूप्रति घृणापूर्ण पनि छ । पशुहरू यौनकर्ममा स्वच्छन्द जरुर हुन्छन् तर बलात्कार तिनले कहिल्यै गर्दैनन् । हो, तिनमा मान्छेमा जस्तो काव्यिक प्रेमको उत्सर्ग छैन तर मान्छेमा जस्तो बलात्कारको निकृष्ट चेष्टा पनि छैन । 'ध्रुवे' जतिसुकै उद्दण्ड किन नहोस्, उसले कहिल्यै कुनै ढोईको बलात्कार गरेको छैन । कुनै जनावरले कहिल्यै बलात्कार गरेको सुन्नुभएको छ तपाईंले ? कमिलादेखि हात्तीसम्म, ह्वेलदेखि गँगटासम्ममा यौनको कार्यव्यापार छ । तर यो विशाल ब्रह्माण्डमा मान्छेबाहेक बलात्कारी जीव अर्को छैन । तब हामी बलात्कारलाई किन पाशविक भनिरहेका छौं ?
यसो हो भने मान्छेमा मात्रै किन हुन्छ बलात्कार ? किन लुटिन्छन् नारी ? विवेकशील भनिएको मानिसलाई के भएको हो ? आधुनिक मनोविज्ञानका जन्मदाता सिग्मन्ड फ्रायडले यस सम्बन्धमा विशद खोज गरेका छन् । उनी भन्छन् 'मानिसमा यौनको चरम दमन छ । तथाकथित सभ्यता, समाज र नैतिकताको परिधिभित्र बस्नु छ मान्छेलाई । दुनियाँमा अधिकांश काम मान्छे आफ्नो मर्जीले गर्न सक्छ । खाने, सुत्ने, हिँड्ने वा विश्राम गर्नेजस्ता जीवनका आधारभूत कर्म हुन् कि सिनेमा हेर्ने, पौडी खेल्ने, पहाड चढ्ने वा पुस्तक पढ्नेजस्ता बुद्धिविलास वा मनोरञ्जनका काम । यी सबै गर्न कसैको सहमति र सहारा चाहिन्न मान्छेलाई । यी यस्ता काम हुन् जो व्यक्ति आफैं गर्न सक्छ, एक्लै पनि गर्न सक्छ । तर जीवनको आधारभूत पक्षमध्येको एउटा काम यौनका लागि चाहिँ एक्लै भएर चल्दैन । यौन मात्रै यस्तो चिज हो जो गर्न दोस्रो व्यक्तिको जरुरत पर्छ । जे अरूसँग माग्नुपर्छ त्यो भीख हो । जो अरूको सहारामा चल्छ, त्यो परनिर्भर हो । फ्रायडको खोजले भन्यो यौनका मामिलामा मानिस परनिर्भर छ, भिखारीजस्तो छ र छ अतृप्त । समाज, सभ्यता र नैतिकताको विकासले मान्छेलाई यौनको दमन गर्न विवश पार्यो । जे दमन गर्यो, त्यसैमा सारा ऊर्जा लगाउने मनको स्वभाव हुन्छ । यौनका मामिलामा मान्छेलाई भएको पनि यही हो भन्ने फ्रायडियन दर्शन समाज जति आधुनिक र शिक्षित भयो, उति नै सान्दर्भिक हुँदै गएको देखिन्छ ।
पशुपन्छीमा समाज, नैतिकता, सभ्यता केही पनि छैन । त्यसैले तिनमा यौनको बर्जना पनि छैन । वर्षमा एकपटक तिनको जीवनमा यौनको ऋतुकाल आउँछ । कुकुरको मनमा कात्तिकमा र कोइलीको मनमा वसन्तमा मात्रै यौनको उन्माद आउँछ भन्छन् । वर्षमा अरू याम यिनलाई यसको मतलबै हुँदैन । हरेक पुशपन्छीको जीवनमा वर्षमा एउटा मौसममा मात्रै यौनको कार्यव्यापार हुन्छ ।
तर मान्छेचाहिँ बाह्रै महिना, सातै दिन र चौबिसै घन्टा यौनका लागि तत्पर भइदिन्छ । बडा विकृत र जीर्ण छ मान्छे यस मामिलामा । यौनको यो भोक र अतृप्ति, यो भिखारीपन र क्षुधा बराबरी भए पनि महिलामा सहनशीलता प्रकृतिले नै असीम दिएको छ । पुरुष भने बडो उत्तेजक, अधीर र लुटाहा प्रवृत्तिको छ, त्यसैले बलात्कार पनि अपवादबाहेक पुरुषबाटै भएको छ ।
त्यसैले कुनै अँध्यारो गौंडा भेट्नु हुन्न, कुनै चियाको बुट्टामा जानु हुन्न, कुनै बसमा दामिनीलाई एक्लै फेला पार्नु हुन्न, कुनै अध्यागमनको अड्डामा सीता अलपत्र पर्नु हुन्न, बलात्कार गरिहाल्छ पुरुषले । यो पुरुषको अत्याचार रोक्ने उपाय ऐन, कानुन र धर्मशास्त्रका निर्जीव अक्षरहरूमा प्रशस्त छन् । तर ऐनको अक्षरले कसलाई रोक्दोरहेछ र !
'राज्यको नियमन बलियो र व्यवस्थित गर्नु नै मुख्य उपाय हो,' समाजशास्त्री चैतन्य मिश्र सुझाउँछन्, 'हाम्रो समाजमा महिला जहिल्यै शक्तिहीन छन्, शक्तिहीनलाई शोषण गर्ने सामन्ती प्रथा पनि हाम्रै समाजमा छ ।'
बलात्कार बलियाले निर्धामाथि गर्ने एउटा अत्याचार हो भन्ने उनको विश्लेषण सामाजिक कोणबाट ठीक जँच्छ । हुन पनि हो, शारीरिक गठनले नै पुरुष महिलाभन्दा बलिया हुन्छन्, उतिमाथि हाम्रो समाजमा महिला शक्तिमा पुगेका पनि छैनन् । युगदेखि चुलाचौकामा बसेका महिला भर्खर जागिर खान र स्कुल-कलेज जान पुरुषसरह हुन थालेका छन् । महिलाको उपस्थिति घरबाहिरका अरू धेरै ठाउँमा भएको छ । जहाँ तिनको सुरक्षा पुग्दैन, त्यहीं ती बलात्कृत हुन्छन् भन्ने मिश्रको विश्लेषणले पनि के भन्छ भने 'मौका पाउनेबित्तिकै पुरुषको दमित वासना सर्पजस्तो फणा फुलाएर उठ्छ र महिलाको अस्मितालाई डसिदिन्छ ।'
जसलाई हामी बलात्कारी भनिरहेका छौं, बलात्कार हुनुअघि ती यही समाजका सम्मानित सदस्य थिएनन् ? ती हामी माझकै मानिस होइनन् ? ती हाम्रै सामाजिक व्यवस्थाका उपज होइनन् ? प्रश्न यहीँनेर गर्नुपर्ने भएको छ । सबै पुरुष बलात्कारी छैनन् । कोहीचाहिँ किन भए ?
'यो एउटा रोग हो,' मनोचिकित्सक निराकारमान श्रेष्ठ भन्छन्, 'जसलाई लागेको छ, उसैले गर्छ ।' एकथरी मनोवैज्ञानिकले व्यक्तित्व विकासमा हुने बाधालाई यस्तो रोग ठानेका छन् जसलाई मनोविज्ञानको एउटा अंग्रेजी शब्दावलीले 'पर्सन्यालिटी डिसअर्डर' भन्ने गर्छ । त्यसो भए कस्ता मान्छेमा हुन्छ यो पर्सन्यालिटी डिसअर्डर ? 'जो असामाजिक प्रवृत्तिका हुन्छन्, जसलाई समाजको नियम र मर्यादा तोड्नमा मजा आउँछ', उनको विश्लेषण छ, 'जो परपीडक प्रवृत्तिका हुन्छन् ।'
साँचो हो, परपीडकले नै बलात्कार गर्न सक्छ । परपीडक त्यो हो जो अरूलाई पीडा पुर्याउन आनन्द मान्छ । किन अरूलाई पीडा पुर्याउन आनन्द मान्छ ? किनभने उसको जीवनमा प्रेम छैन । जसको जीवनमा प्रेम छैन, उसले गर्ने भनेको बलात्कार नै हो ।
घृणा र बर्बरताको सबभन्दा कुरूप रूप केही छ भने त्यो बलात्कार हो । आनन्द र उल्लासको सुन्दर फूल केही छ भने त्यो प्रेम हो । प्रेम र बलात्कार प्रतिध्रुवका दशा हुन् । जसको जीवनमा प्रेमको गंगा उत्रिएको छ, उसले बलात्कार गर्ने त परैको कुरा, एउटा पात चुँडेर फाल्ने कल्पना पनि गर्दैन । प्रेमभन्दा पुष्ट भोजन र ठूलो वैभव अर्को छैन । त्यसैले जसलाई प्रेमको अनुभव छ, उसलाई बलात्कार एउटा नारकीय कर्म लाग्छ । उसको सपनामा पनि बलात्कारको ख्याल आउँदैन ।
दुर्भाग्यवस मानिसमा प्रेमको मूल लुप्तप्रायः छ । जसलाई हामी प्रेम भन्छौं, त्यो साँचो अर्थमा प्रेम होइन । तथाकथित प्रेमी-प्रेमिका र पति-पत्नीबीचको सम्बन्ध बढीभन्दा बढी भए यौनको हो । सन्तहरू भन्छन्, 'मानिस जति प्रेमले रित्तो हुन्छ, उसको हृदय यौनको वासनाले उति उत्तप्त भइदिन्छ । यौनकै पूर्तिका लागि ज्यादातर मानिस प्रेम नामको झमेलामा पर्छन् ।' सिधै कसैलाई 'म तिमीलाई सम्भोग गर्छु' भन्यो भने प्रत्युत्तरमा गाला पड्कने निश्चित छ । तर 'म तिमीलाई प्रेम गर्छु' भन्दाचाहिँ ढिलो-चाँडो सम्भोगका लागि बाटो खुला हुन्छ । त्यसैले मानिस यौनको तीव्र आवेगलाई प्रेम भन्न विवश छ, अक्सर ।
यौनको यो घुमाउरो बाटोमा हिँड्न असफलहरूचाहिँ शरीरको भोक पूर्तिको तेस्रो बाटो रोज्छन् । बलात्कार त्यही बाटो हो । जीवनमा प्रेम नभएका, प्रेम गरेको भ्रान्ति पनि पाल्न नसकेकाका मनमा असीम आवेग हुन्छ । समाज, संस्कार र नैतिकताको साँघुरो परिधिमा बसुन्जेल ती यो आवेगलाई जसोतसो थामेर बसेका हुन्छन् । मनोवैज्ञानिकहरू यो अवस्थालाई ज्वालामुखीमाथिको बास भन्छन् । तर जब एकान्त र अँध्यारो भेटिन्छ, तब त्यो दमित वासनाको ज्वालामुखी अचानक विस्फोट भइदिन्छ । त्यस क्षण मान्छेको चेतना पराजित र मूच्छिर्त हुन्छ । मात्र वासनाले उसलाई दपेट्छ र नै बलात्कारजस्तो कुकृत्य मान्छे गर्छ । चेतनाले च्युत हुनु प्रेमले पनि च्युत हुनु हो । जसको हृदयमा प्रेम छैन, ऊ बलात्कार, हत्या र लुटपाट गर्न हिचकिचाउँदैन ।
बिजयकुमार ,
हिंसा निन्दनीय छ, चाहे त्यो नारीविरुद्ध होस् वा पुरुषका विपक्षमा गरियोस्
या कुनै तेस्रो लिङ्गी हिंसाको मारमा किन नपरोस् । नारीमाथि गरिएको हिंसा त
थप दण्डनीय छ, किनभने सामान्यतया नारी कोमलताको प्रतीक हो । कुनै पनि
कोमलतामाथिको अतिक्रमण दानवीय कर्म हो । नारी अस्मितामाथिको बलात्कार त्यो
दानवीय कर्मको पराकाष्ठा हो । यो सबका बाबजुद अनादिकालदेखि नारी
अस्मितामाथि कुनै न कुनै रूपले अतिक्रमण जारी छ ।
सीता राई प्रसंगमा एकछिनपछि, अहिले सुरुवात भगवान् रामकी पत्नी, राजर्षी जनककी सुपुत्री सीताबाट गर्न चाहन्छु । आफ्ना देवरले कोरेको लक्ष्मणरेखा काट्नेबित्तिकै रावणले सीतालाई अपहरण गरी लंका लग्यो । रावणले सीताको अपहरण त गर्यो तर शारीरिक रूपले शीलहरण गर्ने थप दुष्कर्म गरेन । नयाँदिल्लीको बसमा हालै दामिनीमाथि जे भयो, केही समयअघि बंगलौरमा एक नेपाली युवतीमाथि जे भयो, भर्खरै दमकमा जे भयो, त्यस्ता कुकृत्य गराउनेहरूसँग तुलना गर्दा मलाई आजभोलि रावण पनि थोरै दानव लाग्न थालेको छ । कमसेकम त्यस युगकी सीताप्रति, आफ्नो नियन्त्रणमा रहेकी सीताप्रति, रावणले पनि यो हदसम्मको हरामीपन प्रदर्शन गरेन, जुन हामी पछिल्ला दिनहरूमा देखिरहेका छौं ।
जुन राक्षसी बीभत्सताका साथ दिल्ली सहरभित्रै गुडिरहेको बसमा दामिनीमाथि बस ड्राइभरसहित छ जनाले पालैपालो बलात्कार गरे, त्यो सुनेर रावण पनि लज्जित भयो होला । अक्षरमा लेख्दा पनि मलाई बडा मुस्किल भइरहेछ... भोग्दा त्यो युवतीलाई कस्तो भयो होला... बलात्कारपछि त्यो युवतीको शरीरमा फलामको छड घुसाइयो र मरेतुल्य बनाएर उसलाई सडकमा फालियो । भारतमा नसकिएपछि सिंगापुरका चिकित्सकले पनि दामिनीको ज्यान जोगाउन सकेनन् । ती युवती र उनका परिवारजनको पीडा शब्दमा अनुवाद गर्न सकिँदैन । स्वजनहरूको मनमा कस्तो चोट लागेको होला त्यसको कल्पना मात्रले मन स्तब्ध हुन्छ । स्तब्धताको त्यो तीव्रतालाई लेखनमा उतार्न मेरो क्षमताभन्दा बाहिरको कुरा हो । तर शब्दमा व्यक्त गर्न सकिँदैन भनेर चुप लागेर बस्ने कुरा पनि आउँदैन । भारतमा हजारांैहजार मानिसहरू यस विषयमा सडकमा ओर्लिएका छन् । तिनै सचेत नागरिकहरूको दबाबमा भारत सरकारले अपराधीहरूमाथि बलात्कारको मात्र होइन, हत्याको अभियोग दर्ता गरेको छ । भारतमा बलात्कारसम्बन्धी कानुनलाई कडा बनाएर मृत्युदण्डको स्तरमा पुर्याउन जनदबाब बढ्दो छ ।
अब सीता राई प्रसंगमा सर्न चाहन्छु । विषयको गाम्भीर्यता मलाई बोध गराएकोमा कान्तिपुर मिडिया ग्रुपका सहकर्मी विदुषी र प्रतिभाप्रति अनुग्रहित छु । बडा भावुक स्वरमा प्रतिभाले भनी, 'सर ! नारीविरुद्ध हिंसाको शारीरिक पीडा त आफ्नो ठाउँमा छँदैछ, त्यसको मानसिक पक्ष झनै डरलाग्दो छ । हिंसाबाट पीडित महिलाको मानसिकता, उसको आत्मबल, उसको अन्तरमन र उसको समस्त व्यक्तित्वमा जुन घाउहरू उत्पन्न हुन्छन्, ती घाउहरूको सम्झनाबाट निस्कन सजिलो हँुदैन ।'
म प्रतिभाको भावलाई पूरै त अनुभूत गर्न सक्दिनँ, धेरथोर बुझ्नमात्र सक्छु । जति बुझ्न सक्छु, त्यसका भरमा भन्न सक्छु, कथंकदाचित पीडित शरीरका घाउहरू पुरिए पनि मनका घाउहरू पुरिन सहज छैन ।
हामी पुरुषहरूका कृत्यले गर्दा नारीले के-कस्तो नर्क भोग्नुपर्छ भन्ने विषयमा अलिकति पनि संवेदनशीलता पुरुष समाजमा आउनेबित्तिकै स्थितिमा केही गुणात्मक सुधार हुनेछ । जब म यसो भन्दैछु, कृपया भ्रम नपरोस् कि नारीविरुद्ध हिंसाका निम्ति पुरुषहरूमात्र जिम्मेवार छन् । कतिपय अवस्थामा नारीको दुःखकष्ट बढाउन अरू कोही नभएर नारीहरू स्वयं जिम्मेवार छन् । छोराछोरीमा विभेद गर्ने, बुहारी र छोरीमा फरक गर्ने नारीहरू पनि दोष-भागबाट मुक्त हुन सक्दैनन् । किनभने त्यस्ता कर्म पनि नारीविरुद्ध हिंसाकै मोटा-मसिना अंश हुन् । तर यो आलेखको मूल विषयलाई छरिन नदिन म त्यस्ता 'स्वः वंशनाशी दुष्ट' महिलाहरूको प्रसंगलाई पर राख्न चाहन्छु । त्यस विषयमा चर्चा कुनै अर्को दिन ।
सीता राईको पृष्ठभूमि हेरौं । पहिलो कुरा, आफ्नै देशमा काम गरिखाने अवसर भएको भए उनी खाडी मुलुकतिर लाग्ने नै थिइनन् । दोस्रो तथ्य, तीस वर्षमुनिका महिलाहरूलाई खाडी मुलुकमा काम गर्न जान सरकारी बन्देज नलगाइएको भए सम्भवतः उनले अर्काको नामको पासपोर्ट बोक्ने नै थिइनन् । धेरैलाई थाहा छैन होला, खाडीमा जो महिला काम गर्न जान्छन् या त तिनीहरू उमेर बढाइएको नक्कली पासपोर्टमा जान्छन् या भारतको बाटो भएर जान्छन्, ताकि 'उमेर प्रावधान' को तगारोले उनीहरूको रोजीरोटीको बाटो नछेकोस् ।
केही दिनअघि विदुषीले नबताउन्जेल मलाई यो थाहा थिएन कि नेपालबाट खाडी मुलुकमा जान तीस वर्षमुनीका महिलाहरूलाई सरकारी प्रतिबन्ध छ रे । यो तीस वर्षको सीमारेखा केका आधारबाट राखिएको हो ? के तीस वर्षमुनिका महिला खाडीमा असुरक्षित र तीस वर्षमाथिका सुरक्षित हुन्छन् भन्ने अनुमान नै यो सीमारेखाको आधार हो ? यो 'उमेरशास्त्र' को बुद्धिमानी वा मूर्खतामा म आज अल्झन चाहन्नँ । आजको दिनमा यो देशले यस प्रकरणमा सोच्न र निर्णय गर्नुपर्ने केही मूलभूत मुद्दाहरू राख्न चाहन्छु ।
१) सीता राईजस्ता नेपाली नारीहरूले नक्कली पासपोर्ट बोक्नुपर्ने अवस्था किन आयो ? भारतको बाटो खाडी पस्न बाध्य महिला कति छन् ? तीमध्ये कति जना खाडी जाने वा र्फकने बेलामा अध्यागमन कर्मचारीहरूको फन्दामा पारेर लुटिन बाध्य हुन्छन् ? आफ्ना चेलीबेटीहरूलाई दुई छाक जुराउन नसक्ने समाजले खाडी जाने उमेरमा कानुनी हदबन्दी लगाउनु कति हदसम्म नैतिक हो ? कति हदसम्म न्यायिक हो ? पछिल्ला दुई प्रश्नको उत्तर दिन नसक्ने समाजलाई घटनापछिको मसाने वैराग्य प्रदर्शित गर्न अथवा यस सम्बन्धमा गोहीका आँसु चुहाउन शोभा दिँदैन ।
गरिब देशहरू समस्या धेरै भएरमात्र गरिब भएका हुँदैनन्, अपितु समस्याको जरोमा नपुगेर हाँगाबिँगामै अल्झेर, सतही तर्क संवादको जालोमा अल्भिmने सांस्कृतिक रोगका कारण पनि पछारिएका हुन्छन् । आजको दिनमा देशमा जुन अस्तव्यस्तता र पागलपन देखिएको छ, त्यसका निम्ति इमानदार आत्मनिरीक्षणको आवश्यकता छ । लेखक मञ्जुश्री थापाले बडा गहिरो अर्थ लुकेको ट्वीट गरेकी रहिछन्, 'इमान्दारिताको अभावमा सबै कुरा पागलपनझैं देखिन्छन्, तर तिनीहरू पागल होइनन् । तिनीहरू त केवल बेइमान हुन्, पुअर नेपाल !'
मैले बुझेसम्म नेता नेताजस्तो नभएपछि, चिन्तक चिन्तकजस्तो नभएर पर्चा लेखक, प्रचारकजस्ता भएपछि, गैरसरकारी नेता र नेत्रीहरूको जीवन मध्यम स्तरका व्यापारीभन्दा वैभवशाली भएपछि, एक यस्तो समाज निर्मित हुँदो रहेछ, जहाँ मानिसले सद्देलाई पागल र पागललाई सद्दे देख्न थाल्छ ।
२) मानिसलाई नखाएको बिख लगाउन पाइँदैन । सीता राईले नक्कली पासपोर्ट बोकेर जे-जति गल्ती गरिन्, त्योबापत उनले के-कति सजाय पाउनुपर्ने वा नपर्नेसम्बन्धी फैसला गर्ने अधिकार अदालतलाई मात्र थियो । विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारी र प्रहरीको रोहवरमा जुन घिनलाग्दो काम भएको छ, त्यस्तो खाले अपराध त्यहाँ संगठित रूपमै चलिरहेको त थिएन ? वा अझै चलिरहेको त छैन ? भन्ने विश्वास जनमानसमा दिलाउन त्यहाँ जनताले देख्ने गरी तत्काल कारबाही अपेक्षित छ ।
३) विदुषी भन्दै थिइन्, 'यस्तो कुकृत्य त्यहाँ पहिलोपटक भएको हो भन्न सकिँदैन । पहिला फेला नपरेकामात्र हुन्, यस्तो कुकाम गर्नेहरू । नजाने कति सोझासाझालाई पहिला पनि लुटिसकेका होलान् । यस्तो लुट पचाउन सकिन्छ भन्ने मानसिकता बलियो भएपछि अपराधीहरूले झन् प्रोत्साहन पाउँछन् । त्यसकारण पनि पीडितलाई न्याय दिलाउन जरुरी छ ।' हो, सीता राईलाई न्याय दिलाउन जरुरी यसकारण पनि छ, किनभने त्यसले एउटा यस्तो नजिरको काम गरोस्, ताकि भविष्यमा यस्ता कुकृत्य गर्नुअघि अपराधीलाई हेक्का रहोस्, फुत्कन सम्भव छैन । अपराधी कठोरतापूर्वक दण्डित हुनेछ । पाप गरे भने दण्डले अवश्यमेव आफूलाई प्रतीक्षा गरिरहेको हुनेछ भन्ने भययुक्त चेतनाले भविष्यमा अपराधको सम्भावनालाई न्यून गर्न सहयोग गर्नेछ ।
४) बलात्कारसम्बन्धी कानुनलाई थप कडा बनाउन आवश्यक छ । तर यसो गर्दा नारीविरुद्ध हिंसाको झूटो मामिला दर्ज गरेर पुरुषलाई ठूलो झन्झट र बदनामीको जालोमा पार्न सक्ने सम्भावना र प्रवृत्तिविरुद्ध पनि त्यही अनुपातको कडा कानुन आवश्यक छ । पश्चिमा देशहरूमा पुरुषलाई झूटो र कपोकल्पित आरोप लगाउने बढ्दो प्रचलन र नेपालमा समेत त्यस्ता केही आरोपहरू अदालतबाट समेत झूटो प्रमाणित भइसकेका नजिर आजको भावावेशमा बिर्सन मिल्दैन । इतिहासको शिक्षा र वर्तमानको जटिलताबीच हामीले भविष्यको गोरेटो खोज्नै पर्छ । एक यस्तो गोरेटो जसले नारीविरुद्ध हिंसाको लडाइँमा कोसेढुंगाको काम गर्न सकोस् ।
म प्रधानमन्त्री महोदयलाई बलात्कारसम्बन्धी प्रसंगमा थप कडा कानुनका निम्ति अध्यादेश जारी गराउनेतर्फ पहल गर्न र सम्माननीय राष्ट्रपति महोदयलाई सो पहललाई मूर्तरूप दिन आग्रह गर्दछु । यस्तो अध्यादेशको पक्षमा सारा देश उभिनेछ । हामी सबैलाई थाहा छ, नारीविरुद्ध हिंसाको परिवेश ज्यादै फराकिलो छ, शारीरिक बलात्कार त त्यसको एक पक्षमात्र हो । तर यो सबैभन्दा घृणित पक्ष हो । यो अध्यादेश ल्याइयो भने सीधा सन्देश जानेछ- नयाँ नेपालमा बलात्कारजस्तो कुकर्मको दुस्साहस गर्नेलाई बाँकी जीवन जेलमा बस्न तयार हुनुपर्नेछ । प्रधानमन्त्री महोदय ! कुनै नतिजा ननिस्कने राजनीतिक बैठकहरूमा समय बर्बाद गर्नुको साटो यो अध्यादेश ल्याउने तयारी गर्नुस् ।
मलाई विश्वास छ, यस मामिलामा सीता माताको पावनभूमि धनुषाधामका सुयोग्य पुत्र राष्ट्रपति रामवरण यादवको पूर्ण सहयोग प्राप्त हुने नै छ । यो पुण्य कर्म गरेबापत सीता माताले तपाईंहरूलाई आशीर्वाद दिनेछिन्, सीता राईको दुःखमा मलम लाग्नेछ, देशभरिका सबै नारीले धन्य-धन्य भन्नेछन् । सबै न्यायप्रेमी नरहरूले जय जयकार गर्नेछन् । बिर्सनै नहुने सत्य के हो भने- 'दुनियाँको हरेक नरभित्र नारीका अंशहरू रहेका हुन्छन् र प्रत्येक नारीभित्र नर लुकेको हुन्छ ।' नरनारीमा एकअर्काप्रतिको यो संवेदनशीलता पूर्ण रूपले फलित भएको दिन हिंसा आफैं बिलीन हुनेछ । यो स्तरको समझदारी हाम्रो समाजमा पूर्णरूपले विकसित हुन अझै केही समय लाग्ने हुनाले हाललाई केही वैकल्पिक कानुनी, सामाजिक, आर्थिक र राजनीतिक मार्गहरूको खोजी अनिवार्य छ । अबेर नगरौं शुभष्य शीघ्रम !
दिल्लीको झल्को दिनेगरी बुधबार दमकमा एउटी युवती सामूहिक बलात्कारको सिकार भइन् । फरक यति थियो, दिल्लीकी दामिनी प्रेमीसँग सिनेमा हेरेर र्फकंदा बसभित्र लुटिइन् । दमककी दामिनी प्रेमीसँग चियाका बुटामा प्रेमको एकाग्रता सँगाल्दा लुटिइन् ।
बलात्कारको यति जोडतोडसाथ विरोध, प्रदर्शन र भत्र्सना भइरहँदा दमकमा ती युवतीलाई प्रेमीबाट खोसेर रातभरि लुट्ने कुकाम भयो । भोलिपल्ट राजधानीमा ६ वर्षकी बालिका र १३ वर्षकी किशोरी बलात्कृत भए । अलि अघि भोजपुरकी युवतीको अस्मिता र पैसा अध्यागमनवालाहरूले लुटे ।
यी त भए सञ्चारमाध्यमका आँखा पुग्दा दुनियाँले पत्तो पाएका घटना । गाउँका
दूरदराजमा, सहरका अँध्यारा गल्लीमा, ठूला महल र गगनचुम्बी भवनहरूमा कति
चेलीको अस्मिता खरानी भइरहेको होला हरेक दिन ! कति सीता राई र दामिनीहरूको
अस्मिता संसारले लुटिरहेको होला हरेक क्षण ! हिसाब लगाउन असम्भव छ ! बलात्कारलाई घृणा गर्दा हामी भन्छौं कस्तो पाशविक घटना ! यो टिप्पणी र निन्दा सर्वथा भ्रमपूर्ण छ । भ्रमपूर्ण मात्रै होइन, पशुहरूप्रति घृणापूर्ण पनि छ । पशुहरू यौनकर्ममा स्वच्छन्द जरुर हुन्छन् तर बलात्कार तिनले कहिल्यै गर्दैनन् । हो, तिनमा मान्छेमा जस्तो काव्यिक प्रेमको उत्सर्ग छैन तर मान्छेमा जस्तो बलात्कारको निकृष्ट चेष्टा पनि छैन । 'ध्रुवे' जतिसुकै उद्दण्ड किन नहोस्, उसले कहिल्यै कुनै ढोईको बलात्कार गरेको छैन । कुनै जनावरले कहिल्यै बलात्कार गरेको सुन्नुभएको छ तपाईंले ? कमिलादेखि हात्तीसम्म, ह्वेलदेखि गँगटासम्ममा यौनको कार्यव्यापार छ । तर यो विशाल ब्रह्माण्डमा मान्छेबाहेक बलात्कारी जीव अर्को छैन । तब हामी बलात्कारलाई किन पाशविक भनिरहेका छौं ?
यसो हो भने मान्छेमा मात्रै किन हुन्छ बलात्कार ? किन लुटिन्छन् नारी ? विवेकशील भनिएको मानिसलाई के भएको हो ? आधुनिक मनोविज्ञानका जन्मदाता सिग्मन्ड फ्रायडले यस सम्बन्धमा विशद खोज गरेका छन् । उनी भन्छन् 'मानिसमा यौनको चरम दमन छ । तथाकथित सभ्यता, समाज र नैतिकताको परिधिभित्र बस्नु छ मान्छेलाई । दुनियाँमा अधिकांश काम मान्छे आफ्नो मर्जीले गर्न सक्छ । खाने, सुत्ने, हिँड्ने वा विश्राम गर्नेजस्ता जीवनका आधारभूत कर्म हुन् कि सिनेमा हेर्ने, पौडी खेल्ने, पहाड चढ्ने वा पुस्तक पढ्नेजस्ता बुद्धिविलास वा मनोरञ्जनका काम । यी सबै गर्न कसैको सहमति र सहारा चाहिन्न मान्छेलाई । यी यस्ता काम हुन् जो व्यक्ति आफैं गर्न सक्छ, एक्लै पनि गर्न सक्छ । तर जीवनको आधारभूत पक्षमध्येको एउटा काम यौनका लागि चाहिँ एक्लै भएर चल्दैन । यौन मात्रै यस्तो चिज हो जो गर्न दोस्रो व्यक्तिको जरुरत पर्छ । जे अरूसँग माग्नुपर्छ त्यो भीख हो । जो अरूको सहारामा चल्छ, त्यो परनिर्भर हो । फ्रायडको खोजले भन्यो यौनका मामिलामा मानिस परनिर्भर छ, भिखारीजस्तो छ र छ अतृप्त । समाज, सभ्यता र नैतिकताको विकासले मान्छेलाई यौनको दमन गर्न विवश पार्यो । जे दमन गर्यो, त्यसैमा सारा ऊर्जा लगाउने मनको स्वभाव हुन्छ । यौनका मामिलामा मान्छेलाई भएको पनि यही हो भन्ने फ्रायडियन दर्शन समाज जति आधुनिक र शिक्षित भयो, उति नै सान्दर्भिक हुँदै गएको देखिन्छ ।
पशुपन्छीमा समाज, नैतिकता, सभ्यता केही पनि छैन । त्यसैले तिनमा यौनको बर्जना पनि छैन । वर्षमा एकपटक तिनको जीवनमा यौनको ऋतुकाल आउँछ । कुकुरको मनमा कात्तिकमा र कोइलीको मनमा वसन्तमा मात्रै यौनको उन्माद आउँछ भन्छन् । वर्षमा अरू याम यिनलाई यसको मतलबै हुँदैन । हरेक पुशपन्छीको जीवनमा वर्षमा एउटा मौसममा मात्रै यौनको कार्यव्यापार हुन्छ ।
तर मान्छेचाहिँ बाह्रै महिना, सातै दिन र चौबिसै घन्टा यौनका लागि तत्पर भइदिन्छ । बडा विकृत र जीर्ण छ मान्छे यस मामिलामा । यौनको यो भोक र अतृप्ति, यो भिखारीपन र क्षुधा बराबरी भए पनि महिलामा सहनशीलता प्रकृतिले नै असीम दिएको छ । पुरुष भने बडो उत्तेजक, अधीर र लुटाहा प्रवृत्तिको छ, त्यसैले बलात्कार पनि अपवादबाहेक पुरुषबाटै भएको छ ।
त्यसैले कुनै अँध्यारो गौंडा भेट्नु हुन्न, कुनै चियाको बुट्टामा जानु हुन्न, कुनै बसमा दामिनीलाई एक्लै फेला पार्नु हुन्न, कुनै अध्यागमनको अड्डामा सीता अलपत्र पर्नु हुन्न, बलात्कार गरिहाल्छ पुरुषले । यो पुरुषको अत्याचार रोक्ने उपाय ऐन, कानुन र धर्मशास्त्रका निर्जीव अक्षरहरूमा प्रशस्त छन् । तर ऐनको अक्षरले कसलाई रोक्दोरहेछ र !
'राज्यको नियमन बलियो र व्यवस्थित गर्नु नै मुख्य उपाय हो,' समाजशास्त्री चैतन्य मिश्र सुझाउँछन्, 'हाम्रो समाजमा महिला जहिल्यै शक्तिहीन छन्, शक्तिहीनलाई शोषण गर्ने सामन्ती प्रथा पनि हाम्रै समाजमा छ ।'
बलात्कार बलियाले निर्धामाथि गर्ने एउटा अत्याचार हो भन्ने उनको विश्लेषण सामाजिक कोणबाट ठीक जँच्छ । हुन पनि हो, शारीरिक गठनले नै पुरुष महिलाभन्दा बलिया हुन्छन्, उतिमाथि हाम्रो समाजमा महिला शक्तिमा पुगेका पनि छैनन् । युगदेखि चुलाचौकामा बसेका महिला भर्खर जागिर खान र स्कुल-कलेज जान पुरुषसरह हुन थालेका छन् । महिलाको उपस्थिति घरबाहिरका अरू धेरै ठाउँमा भएको छ । जहाँ तिनको सुरक्षा पुग्दैन, त्यहीं ती बलात्कृत हुन्छन् भन्ने मिश्रको विश्लेषणले पनि के भन्छ भने 'मौका पाउनेबित्तिकै पुरुषको दमित वासना सर्पजस्तो फणा फुलाएर उठ्छ र महिलाको अस्मितालाई डसिदिन्छ ।'
जसलाई हामी बलात्कारी भनिरहेका छौं, बलात्कार हुनुअघि ती यही समाजका सम्मानित सदस्य थिएनन् ? ती हामी माझकै मानिस होइनन् ? ती हाम्रै सामाजिक व्यवस्थाका उपज होइनन् ? प्रश्न यहीँनेर गर्नुपर्ने भएको छ । सबै पुरुष बलात्कारी छैनन् । कोहीचाहिँ किन भए ?
'यो एउटा रोग हो,' मनोचिकित्सक निराकारमान श्रेष्ठ भन्छन्, 'जसलाई लागेको छ, उसैले गर्छ ।' एकथरी मनोवैज्ञानिकले व्यक्तित्व विकासमा हुने बाधालाई यस्तो रोग ठानेका छन् जसलाई मनोविज्ञानको एउटा अंग्रेजी शब्दावलीले 'पर्सन्यालिटी डिसअर्डर' भन्ने गर्छ । त्यसो भए कस्ता मान्छेमा हुन्छ यो पर्सन्यालिटी डिसअर्डर ? 'जो असामाजिक प्रवृत्तिका हुन्छन्, जसलाई समाजको नियम र मर्यादा तोड्नमा मजा आउँछ', उनको विश्लेषण छ, 'जो परपीडक प्रवृत्तिका हुन्छन् ।'
साँचो हो, परपीडकले नै बलात्कार गर्न सक्छ । परपीडक त्यो हो जो अरूलाई पीडा पुर्याउन आनन्द मान्छ । किन अरूलाई पीडा पुर्याउन आनन्द मान्छ ? किनभने उसको जीवनमा प्रेम छैन । जसको जीवनमा प्रेम छैन, उसले गर्ने भनेको बलात्कार नै हो ।
घृणा र बर्बरताको सबभन्दा कुरूप रूप केही छ भने त्यो बलात्कार हो । आनन्द र उल्लासको सुन्दर फूल केही छ भने त्यो प्रेम हो । प्रेम र बलात्कार प्रतिध्रुवका दशा हुन् । जसको जीवनमा प्रेमको गंगा उत्रिएको छ, उसले बलात्कार गर्ने त परैको कुरा, एउटा पात चुँडेर फाल्ने कल्पना पनि गर्दैन । प्रेमभन्दा पुष्ट भोजन र ठूलो वैभव अर्को छैन । त्यसैले जसलाई प्रेमको अनुभव छ, उसलाई बलात्कार एउटा नारकीय कर्म लाग्छ । उसको सपनामा पनि बलात्कारको ख्याल आउँदैन ।
दुर्भाग्यवस मानिसमा प्रेमको मूल लुप्तप्रायः छ । जसलाई हामी प्रेम भन्छौं, त्यो साँचो अर्थमा प्रेम होइन । तथाकथित प्रेमी-प्रेमिका र पति-पत्नीबीचको सम्बन्ध बढीभन्दा बढी भए यौनको हो । सन्तहरू भन्छन्, 'मानिस जति प्रेमले रित्तो हुन्छ, उसको हृदय यौनको वासनाले उति उत्तप्त भइदिन्छ । यौनकै पूर्तिका लागि ज्यादातर मानिस प्रेम नामको झमेलामा पर्छन् ।' सिधै कसैलाई 'म तिमीलाई सम्भोग गर्छु' भन्यो भने प्रत्युत्तरमा गाला पड्कने निश्चित छ । तर 'म तिमीलाई प्रेम गर्छु' भन्दाचाहिँ ढिलो-चाँडो सम्भोगका लागि बाटो खुला हुन्छ । त्यसैले मानिस यौनको तीव्र आवेगलाई प्रेम भन्न विवश छ, अक्सर ।
यौनको यो घुमाउरो बाटोमा हिँड्न असफलहरूचाहिँ शरीरको भोक पूर्तिको तेस्रो बाटो रोज्छन् । बलात्कार त्यही बाटो हो । जीवनमा प्रेम नभएका, प्रेम गरेको भ्रान्ति पनि पाल्न नसकेकाका मनमा असीम आवेग हुन्छ । समाज, संस्कार र नैतिकताको साँघुरो परिधिमा बसुन्जेल ती यो आवेगलाई जसोतसो थामेर बसेका हुन्छन् । मनोवैज्ञानिकहरू यो अवस्थालाई ज्वालामुखीमाथिको बास भन्छन् । तर जब एकान्त र अँध्यारो भेटिन्छ, तब त्यो दमित वासनाको ज्वालामुखी अचानक विस्फोट भइदिन्छ । त्यस क्षण मान्छेको चेतना पराजित र मूच्छिर्त हुन्छ । मात्र वासनाले उसलाई दपेट्छ र नै बलात्कारजस्तो कुकृत्य मान्छे गर्छ । चेतनाले च्युत हुनु प्रेमले पनि च्युत हुनु हो । जसको हृदयमा प्रेम छैन, ऊ बलात्कार, हत्या र लुटपाट गर्न हिचकिचाउँदैन ।
बिजयकुमार ,
हिंसा निन्दनीय छ, चाहे त्यो नारीविरुद्ध होस् वा पुरुषका विपक्षमा गरियोस्
या कुनै तेस्रो लिङ्गी हिंसाको मारमा किन नपरोस् । नारीमाथि गरिएको हिंसा त
थप दण्डनीय छ, किनभने सामान्यतया नारी कोमलताको प्रतीक हो । कुनै पनि
कोमलतामाथिको अतिक्रमण दानवीय कर्म हो । नारी अस्मितामाथिको बलात्कार त्यो
दानवीय कर्मको पराकाष्ठा हो । यो सबका बाबजुद अनादिकालदेखि नारी
अस्मितामाथि कुनै न कुनै रूपले अतिक्रमण जारी छ । सीता राई प्रसंगमा एकछिनपछि, अहिले सुरुवात भगवान् रामकी पत्नी, राजर्षी जनककी सुपुत्री सीताबाट गर्न चाहन्छु । आफ्ना देवरले कोरेको लक्ष्मणरेखा काट्नेबित्तिकै रावणले सीतालाई अपहरण गरी लंका लग्यो । रावणले सीताको अपहरण त गर्यो तर शारीरिक रूपले शीलहरण गर्ने थप दुष्कर्म गरेन । नयाँदिल्लीको बसमा हालै दामिनीमाथि जे भयो, केही समयअघि बंगलौरमा एक नेपाली युवतीमाथि जे भयो, भर्खरै दमकमा जे भयो, त्यस्ता कुकृत्य गराउनेहरूसँग तुलना गर्दा मलाई आजभोलि रावण पनि थोरै दानव लाग्न थालेको छ । कमसेकम त्यस युगकी सीताप्रति, आफ्नो नियन्त्रणमा रहेकी सीताप्रति, रावणले पनि यो हदसम्मको हरामीपन प्रदर्शन गरेन, जुन हामी पछिल्ला दिनहरूमा देखिरहेका छौं ।
जुन राक्षसी बीभत्सताका साथ दिल्ली सहरभित्रै गुडिरहेको बसमा दामिनीमाथि बस ड्राइभरसहित छ जनाले पालैपालो बलात्कार गरे, त्यो सुनेर रावण पनि लज्जित भयो होला । अक्षरमा लेख्दा पनि मलाई बडा मुस्किल भइरहेछ... भोग्दा त्यो युवतीलाई कस्तो भयो होला... बलात्कारपछि त्यो युवतीको शरीरमा फलामको छड घुसाइयो र मरेतुल्य बनाएर उसलाई सडकमा फालियो । भारतमा नसकिएपछि सिंगापुरका चिकित्सकले पनि दामिनीको ज्यान जोगाउन सकेनन् । ती युवती र उनका परिवारजनको पीडा शब्दमा अनुवाद गर्न सकिँदैन । स्वजनहरूको मनमा कस्तो चोट लागेको होला त्यसको कल्पना मात्रले मन स्तब्ध हुन्छ । स्तब्धताको त्यो तीव्रतालाई लेखनमा उतार्न मेरो क्षमताभन्दा बाहिरको कुरा हो । तर शब्दमा व्यक्त गर्न सकिँदैन भनेर चुप लागेर बस्ने कुरा पनि आउँदैन । भारतमा हजारांैहजार मानिसहरू यस विषयमा सडकमा ओर्लिएका छन् । तिनै सचेत नागरिकहरूको दबाबमा भारत सरकारले अपराधीहरूमाथि बलात्कारको मात्र होइन, हत्याको अभियोग दर्ता गरेको छ । भारतमा बलात्कारसम्बन्धी कानुनलाई कडा बनाएर मृत्युदण्डको स्तरमा पुर्याउन जनदबाब बढ्दो छ ।
अब सीता राई प्रसंगमा सर्न चाहन्छु । विषयको गाम्भीर्यता मलाई बोध गराएकोमा कान्तिपुर मिडिया ग्रुपका सहकर्मी विदुषी र प्रतिभाप्रति अनुग्रहित छु । बडा भावुक स्वरमा प्रतिभाले भनी, 'सर ! नारीविरुद्ध हिंसाको शारीरिक पीडा त आफ्नो ठाउँमा छँदैछ, त्यसको मानसिक पक्ष झनै डरलाग्दो छ । हिंसाबाट पीडित महिलाको मानसिकता, उसको आत्मबल, उसको अन्तरमन र उसको समस्त व्यक्तित्वमा जुन घाउहरू उत्पन्न हुन्छन्, ती घाउहरूको सम्झनाबाट निस्कन सजिलो हँुदैन ।'
म प्रतिभाको भावलाई पूरै त अनुभूत गर्न सक्दिनँ, धेरथोर बुझ्नमात्र सक्छु । जति बुझ्न सक्छु, त्यसका भरमा भन्न सक्छु, कथंकदाचित पीडित शरीरका घाउहरू पुरिए पनि मनका घाउहरू पुरिन सहज छैन ।
हामी पुरुषहरूका कृत्यले गर्दा नारीले के-कस्तो नर्क भोग्नुपर्छ भन्ने विषयमा अलिकति पनि संवेदनशीलता पुरुष समाजमा आउनेबित्तिकै स्थितिमा केही गुणात्मक सुधार हुनेछ । जब म यसो भन्दैछु, कृपया भ्रम नपरोस् कि नारीविरुद्ध हिंसाका निम्ति पुरुषहरूमात्र जिम्मेवार छन् । कतिपय अवस्थामा नारीको दुःखकष्ट बढाउन अरू कोही नभएर नारीहरू स्वयं जिम्मेवार छन् । छोराछोरीमा विभेद गर्ने, बुहारी र छोरीमा फरक गर्ने नारीहरू पनि दोष-भागबाट मुक्त हुन सक्दैनन् । किनभने त्यस्ता कर्म पनि नारीविरुद्ध हिंसाकै मोटा-मसिना अंश हुन् । तर यो आलेखको मूल विषयलाई छरिन नदिन म त्यस्ता 'स्वः वंशनाशी दुष्ट' महिलाहरूको प्रसंगलाई पर राख्न चाहन्छु । त्यस विषयमा चर्चा कुनै अर्को दिन ।
सीता राईको पृष्ठभूमि हेरौं । पहिलो कुरा, आफ्नै देशमा काम गरिखाने अवसर भएको भए उनी खाडी मुलुकतिर लाग्ने नै थिइनन् । दोस्रो तथ्य, तीस वर्षमुनिका महिलाहरूलाई खाडी मुलुकमा काम गर्न जान सरकारी बन्देज नलगाइएको भए सम्भवतः उनले अर्काको नामको पासपोर्ट बोक्ने नै थिइनन् । धेरैलाई थाहा छैन होला, खाडीमा जो महिला काम गर्न जान्छन् या त तिनीहरू उमेर बढाइएको नक्कली पासपोर्टमा जान्छन् या भारतको बाटो भएर जान्छन्, ताकि 'उमेर प्रावधान' को तगारोले उनीहरूको रोजीरोटीको बाटो नछेकोस् ।
केही दिनअघि विदुषीले नबताउन्जेल मलाई यो थाहा थिएन कि नेपालबाट खाडी मुलुकमा जान तीस वर्षमुनीका महिलाहरूलाई सरकारी प्रतिबन्ध छ रे । यो तीस वर्षको सीमारेखा केका आधारबाट राखिएको हो ? के तीस वर्षमुनिका महिला खाडीमा असुरक्षित र तीस वर्षमाथिका सुरक्षित हुन्छन् भन्ने अनुमान नै यो सीमारेखाको आधार हो ? यो 'उमेरशास्त्र' को बुद्धिमानी वा मूर्खतामा म आज अल्झन चाहन्नँ । आजको दिनमा यो देशले यस प्रकरणमा सोच्न र निर्णय गर्नुपर्ने केही मूलभूत मुद्दाहरू राख्न चाहन्छु ।
१) सीता राईजस्ता नेपाली नारीहरूले नक्कली पासपोर्ट बोक्नुपर्ने अवस्था किन आयो ? भारतको बाटो खाडी पस्न बाध्य महिला कति छन् ? तीमध्ये कति जना खाडी जाने वा र्फकने बेलामा अध्यागमन कर्मचारीहरूको फन्दामा पारेर लुटिन बाध्य हुन्छन् ? आफ्ना चेलीबेटीहरूलाई दुई छाक जुराउन नसक्ने समाजले खाडी जाने उमेरमा कानुनी हदबन्दी लगाउनु कति हदसम्म नैतिक हो ? कति हदसम्म न्यायिक हो ? पछिल्ला दुई प्रश्नको उत्तर दिन नसक्ने समाजलाई घटनापछिको मसाने वैराग्य प्रदर्शित गर्न अथवा यस सम्बन्धमा गोहीका आँसु चुहाउन शोभा दिँदैन ।
गरिब देशहरू समस्या धेरै भएरमात्र गरिब भएका हुँदैनन्, अपितु समस्याको जरोमा नपुगेर हाँगाबिँगामै अल्झेर, सतही तर्क संवादको जालोमा अल्भिmने सांस्कृतिक रोगका कारण पनि पछारिएका हुन्छन् । आजको दिनमा देशमा जुन अस्तव्यस्तता र पागलपन देखिएको छ, त्यसका निम्ति इमानदार आत्मनिरीक्षणको आवश्यकता छ । लेखक मञ्जुश्री थापाले बडा गहिरो अर्थ लुकेको ट्वीट गरेकी रहिछन्, 'इमान्दारिताको अभावमा सबै कुरा पागलपनझैं देखिन्छन्, तर तिनीहरू पागल होइनन् । तिनीहरू त केवल बेइमान हुन्, पुअर नेपाल !'
मैले बुझेसम्म नेता नेताजस्तो नभएपछि, चिन्तक चिन्तकजस्तो नभएर पर्चा लेखक, प्रचारकजस्ता भएपछि, गैरसरकारी नेता र नेत्रीहरूको जीवन मध्यम स्तरका व्यापारीभन्दा वैभवशाली भएपछि, एक यस्तो समाज निर्मित हुँदो रहेछ, जहाँ मानिसले सद्देलाई पागल र पागललाई सद्दे देख्न थाल्छ ।
२) मानिसलाई नखाएको बिख लगाउन पाइँदैन । सीता राईले नक्कली पासपोर्ट बोकेर जे-जति गल्ती गरिन्, त्योबापत उनले के-कति सजाय पाउनुपर्ने वा नपर्नेसम्बन्धी फैसला गर्ने अधिकार अदालतलाई मात्र थियो । विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारी र प्रहरीको रोहवरमा जुन घिनलाग्दो काम भएको छ, त्यस्तो खाले अपराध त्यहाँ संगठित रूपमै चलिरहेको त थिएन ? वा अझै चलिरहेको त छैन ? भन्ने विश्वास जनमानसमा दिलाउन त्यहाँ जनताले देख्ने गरी तत्काल कारबाही अपेक्षित छ ।
३) विदुषी भन्दै थिइन्, 'यस्तो कुकृत्य त्यहाँ पहिलोपटक भएको हो भन्न सकिँदैन । पहिला फेला नपरेकामात्र हुन्, यस्तो कुकाम गर्नेहरू । नजाने कति सोझासाझालाई पहिला पनि लुटिसकेका होलान् । यस्तो लुट पचाउन सकिन्छ भन्ने मानसिकता बलियो भएपछि अपराधीहरूले झन् प्रोत्साहन पाउँछन् । त्यसकारण पनि पीडितलाई न्याय दिलाउन जरुरी छ ।' हो, सीता राईलाई न्याय दिलाउन जरुरी यसकारण पनि छ, किनभने त्यसले एउटा यस्तो नजिरको काम गरोस्, ताकि भविष्यमा यस्ता कुकृत्य गर्नुअघि अपराधीलाई हेक्का रहोस्, फुत्कन सम्भव छैन । अपराधी कठोरतापूर्वक दण्डित हुनेछ । पाप गरे भने दण्डले अवश्यमेव आफूलाई प्रतीक्षा गरिरहेको हुनेछ भन्ने भययुक्त चेतनाले भविष्यमा अपराधको सम्भावनालाई न्यून गर्न सहयोग गर्नेछ ।
४) बलात्कारसम्बन्धी कानुनलाई थप कडा बनाउन आवश्यक छ । तर यसो गर्दा नारीविरुद्ध हिंसाको झूटो मामिला दर्ज गरेर पुरुषलाई ठूलो झन्झट र बदनामीको जालोमा पार्न सक्ने सम्भावना र प्रवृत्तिविरुद्ध पनि त्यही अनुपातको कडा कानुन आवश्यक छ । पश्चिमा देशहरूमा पुरुषलाई झूटो र कपोकल्पित आरोप लगाउने बढ्दो प्रचलन र नेपालमा समेत त्यस्ता केही आरोपहरू अदालतबाट समेत झूटो प्रमाणित भइसकेका नजिर आजको भावावेशमा बिर्सन मिल्दैन । इतिहासको शिक्षा र वर्तमानको जटिलताबीच हामीले भविष्यको गोरेटो खोज्नै पर्छ । एक यस्तो गोरेटो जसले नारीविरुद्ध हिंसाको लडाइँमा कोसेढुंगाको काम गर्न सकोस् ।
म प्रधानमन्त्री महोदयलाई बलात्कारसम्बन्धी प्रसंगमा थप कडा कानुनका निम्ति अध्यादेश जारी गराउनेतर्फ पहल गर्न र सम्माननीय राष्ट्रपति महोदयलाई सो पहललाई मूर्तरूप दिन आग्रह गर्दछु । यस्तो अध्यादेशको पक्षमा सारा देश उभिनेछ । हामी सबैलाई थाहा छ, नारीविरुद्ध हिंसाको परिवेश ज्यादै फराकिलो छ, शारीरिक बलात्कार त त्यसको एक पक्षमात्र हो । तर यो सबैभन्दा घृणित पक्ष हो । यो अध्यादेश ल्याइयो भने सीधा सन्देश जानेछ- नयाँ नेपालमा बलात्कारजस्तो कुकर्मको दुस्साहस गर्नेलाई बाँकी जीवन जेलमा बस्न तयार हुनुपर्नेछ । प्रधानमन्त्री महोदय ! कुनै नतिजा ननिस्कने राजनीतिक बैठकहरूमा समय बर्बाद गर्नुको साटो यो अध्यादेश ल्याउने तयारी गर्नुस् ।
मलाई विश्वास छ, यस मामिलामा सीता माताको पावनभूमि धनुषाधामका सुयोग्य पुत्र राष्ट्रपति रामवरण यादवको पूर्ण सहयोग प्राप्त हुने नै छ । यो पुण्य कर्म गरेबापत सीता माताले तपाईंहरूलाई आशीर्वाद दिनेछिन्, सीता राईको दुःखमा मलम लाग्नेछ, देशभरिका सबै नारीले धन्य-धन्य भन्नेछन् । सबै न्यायप्रेमी नरहरूले जय जयकार गर्नेछन् । बिर्सनै नहुने सत्य के हो भने- 'दुनियाँको हरेक नरभित्र नारीका अंशहरू रहेका हुन्छन् र प्रत्येक नारीभित्र नर लुकेको हुन्छ ।' नरनारीमा एकअर्काप्रतिको यो संवेदनशीलता पूर्ण रूपले फलित भएको दिन हिंसा आफैं बिलीन हुनेछ । यो स्तरको समझदारी हाम्रो समाजमा पूर्णरूपले विकसित हुन अझै केही समय लाग्ने हुनाले हाललाई केही वैकल्पिक कानुनी, सामाजिक, आर्थिक र राजनीतिक मार्गहरूको खोजी अनिवार्य छ । अबेर नगरौं शुभष्य शीघ्रम !
आज विश्वका अनेकौँ राष्ट्रहरूमा क्रिस्चियनहरूले धर्मको नाममा सम्राज्य स्थापना गर्दै छन् । पैसाको बलमा अफ्रिका र अरबभित्र पसेर कैयौँ देशको विखण्डन र लुट मच्चाएका छन् । अहिले दक्षिणपूर्वी एसियालाई क्रिस्चियनकरण गर्नमा पश्चिमी देशहरू नै खनिएका छन् । सन् २०१२ को क्रिसमस आउँदै छ । यस अवस्थामा हामी नेपालबाट क्रिस्चियनहरूलाई सकारात्मक बाटो लिएर आफ्नो उद्गम अर्थात् आफूलाई जन्माउने आमालाई चिन्न अनुरोध गर्दछौँ । आक्रोशित भएर तथ्य प्राप्त हुँदैन । शिव, बुद्ध, क्राइष्टले ध्यानमग्न नभई सत् बाटो फेला पारेका होइनन् । यसको लागि क्रिस्चियनहरूले हामी को हौँ, हाम्रो उद्गम कहाँ हो भन्ने सोचेर मात्र धर्मलाई सम्मान दिन सक्नुपर्दछ । एक भारतीय विद्वान एस्.कल्याणरमण भन्छन्– हिन्दूवाद भनेको बौद्धिक जागरणको ढुकुटी हो । यसैबाट मुस्लिम र क्रिस्चियन धर्मको प्रादुर्भाव भएको हो । जिसस क्राइस्टकी आमा हिन्दू थिइन् । जिसस पनि हिन्दू संस्कारबाट उठेका हुन् । जिसस क्राइस्ट पछि उठेको टाइटल हो– ग्रीकको हिब्रु भाषाबाट बनेको । नेपालका खोजकर्ता विद्वान डा. स्वामी प्रपन्नाचार्यले वेदमा के छ भन्ने पुस्तकमा लेखेका छन्– ‘हजरत इशाको जन्म भारतको हिन्दू परिवारमा भएको हो । ल्फोरेन्समा इशाकी आमा मेरीको मूर्ति राखिएको छ । मेक्मिलन गिर्जाघरमा पनि मेरीयमको त्यस्तै मूर्ति राखिएको छ । इशाकी आमाको मूर्ति हिन्दू रानी–महारानी जस्तो साडी–गुन्युँ लगाएको र निधारमा हिन्दूहरूले लगाउने टीका लगाएको छ । हिन्दू परिवारमा इशाले जन्म लिएको बारेमा कतिपय पाश्चात्य विद्वानहरूको पनि यही मत छ ।जर्मनीको म्युनिखको चित्रघरमा जिसस क्राइस्टको सन्यासी महात्माको भेषमा निधारमा तिलक–टीका लगाएको मूर्ति छ । ल्फोरेन्सको मूर्तिमा इशाले हिन्दू ब्राह्मणको झैँ जनै धारणा गरेका छन् । रोममा पोप धर्मगुरुको भेटिकन राजमहलमा रहेको एउटा चित्रमा इशाले टाउकोमा टुप्पी र धोती लगाएको साधु भेषको मूर्ति छ । नेपालमा ६ वर्ष बसेर योगसाधना र बुद्धदर्शन सिकेकाले क्राइस्टलाई निरंकुश अन्धा धर्मभिरु सत्ताले इजरायलमा किला ठोकेर मारिएको अवस्थामा वैदिक योगका प्रतापले मरेको जस्तो अभिनय गरेर गाडिएको चिहानबाट उठेर यसु भारततिर लागेको र पछि उनको मृत्युपछि कास्मिरमा राखिएको यसुको समाधि देख्न सकिन्छ । इशा १३ वर्षदेखि ३० वर्षसम्म धार्मिक शिक्षा लिनका लागि हिन्दू सन्यासीको भेषमा नेपाल र भारतमा आएका र काशी, जगन्नाथ, विहार, नालन्दा आदिमा वैदिक धर्मशास्त्र पढ्ने गरेका तथ्यहरू छन् । नेपालमा लुम्बिनी कपिलवस्तु, आदि हेर्दै तिब्बतको दक्षिणमा पर्ने कुम्भकर्ण गौरीशंकर, माउन्ट एभरेस्टसँग साक्षात्कार गरेको कुरा भविष्य पुराणको प्रसंग सम्पादनमा संस्कृत भाषामा उल्लेख गरिएको छ ।
यसु १२,१३ वर्षको अवस्थामा ब्यापारीहरूसँग भारत आए । केही दिन राजस्थानका जैनमुनीसँग बिताए । त्यसपछि काशी, जगन्नाथपुरीमा वेदको अध्ययन गरे । भारतमा बसेर उनले योग साधनाबाट सिद्धि प्राप्त गरे । यसुले वैदिक हिन्दू सनातन धर्मबाट सिकेर प्रेम, उपकार, करुणा र दयाको शिक्षा लिएका हुन् । उनले लेखेका ग्रन्थहरूमा वेदलाई सम्मान गरेको पाइन्छ । उनी व्रम्हा, विष्णु, महेश्वर र ॐ मा विश्वास गर्थे । ॐ को अपभ्रंस ‘आमेन’ हो । यसुका पाण्डुलिपी फ्रान्सको समिट विश्वविद्यालयमा पढ्न सकिन्छ ।’ चर्चहरूमा पादरी, पास्टरहरूले जन्म मृत्यु, न्वारन, विवाहको रीति हिन्दू परम्परा जस्तै गर्छन् । इजरायलमा यहुदीहरूले राष्ट्रिय झण्डा र चिह्नमा हिन्दू भगवती सरस्वतीको षड्कोणको चिह्न राखेका छन् । सन् १८३५ तिर लर्ड मेकाले र सन् १८५६ मा पादरी काल्डवेलले भारतमा साम्राज्य स्थापना गर्नका लागि हतियार प्रयोग गरेर क्रिस्चियन धर्म लाध्न हिन्दू संस्कृति छिन्नभिन्न पार्ने कार्य गरेकोले क्रिस्चियन धर्मप्रति हिन्दूहरू रुष्ट बनेका हुन् ।
विश्वका धर्महरूको उद्गम कहाँबाट भएको भन्ने कुरामा केन्द्रित भएर जिसस क्राइस्ट र क्रिस्चियन धर्मको बारेमा उठ्न गएका वैचारिक मतभिन्नताको ऐतिहासिक तथ्यको आधारमा विश्लेषण गर्ने प्रयास गरियो भने धर्मभित्रका तथ्य उजागर हुन्छन् । तर, क्रिस्चियनहरूले आफ्नो उद्गम कहाँबाट भएको हो, हामी को हौँ बुझ्न चाहेका छैनन् । तर, सत्यलाई लुकाएर लुक्दैन । वैदिक हिन्दू सनातन धर्म सभ्यताको उद्गम हो । वैदिक हिन्दू सनातन धर्म पञ्चदेवका उपासक हुन्छन् । ॐकार जगत् नै वैदिक हिन्दू पञ्चदेवका उपासक हुन् । मान्छेलाई संकट परेको बेलामा गणेश, देवी, सूर्य, शिव, विष्णुको पूजा अपरिहार्य ठानिन्छ । वैदिक सनातन हिन्दू धर्मको आडमा रहेर हामी एकले अर्कोका सम्मान गछौँ । हामी नेपाललाई हिन्दू तथा बौद्ध राज्यको रूपमा स्थिर रहिरहेको हेर्न चाहान्छौँ, किनकि नेपाल यी दुवै धर्महरूको उद्गम हो । हिन्दू धर्मभन्दा धेरै पछि जन्मिएका धर्महरू– मुस्लिम, क्रिस्चियन हुन् । नेपालका हिन्दू र बौद्धहरू अत्यन्त उदार छन् । उनीहरू चाहे क्रिस्चियन होस् वा मुस्लिम् आदर गर्छन् ।
नेपालमा मुसलमानहरूप्रति हिन्दू र बौद्धको कुनै चित्त दुखाइ छैन । किनकि, मुसलमानहरू आफ्नो धर्म मान्छन् र हिन्दू तथा बौद्धप्रति सम्मान गर्छन्, आक्रमक हुँदैनन् । त्यसैले हामी मुसलमानप्रति आक्रोशित छैनौँ । तर, क्रिस्चियनहरूप्रति नेपालमा हिन्दूहरू सशंकित र आक्रोशित छन् ।
इसाई धर्म प्रचारकहरू भने आपसमा झगडा गर्ने ठूलो सानो भन्ने भेदभादको दृष्टिकोणबाट ग्रसित छन् । हिन्दूदेखि आफूहरूलाई पृथक देखाउन हिन्दूले लगाउने टीका नलगाउने, सिंदुर पोते हटाउने, पूजाआदि नगर्ने वैदिक, बौद्ध, हिन्दू आचारसंहिता जलाउने, मूर्ति भए फोड्ने कार्य गरेर क्रिस्चियन धर्मले अहिले धार्मिक आतंकवादको रूप लिएको छ । वैदिक परम्परा त्याग्ने, क्रिस्चियनहरूले लोभ लालच, राज्य शक्ति हत्याउने कुटिल दाउमा लागेर यसुको भावना विपरीत अधर्मको बाटो अपनाउँदै छन् । यो अत्यन्त घातक कुरा हो । नेपालमा केही समयदेखि अज्ञानताले इसाई मिसनको पैसामा बिकेर इसाई बन्न पुगेकाहरूले आफ्नै पहिचान माथि तिरस्कार गरिरहेका छन् । यसरी हिन्दू धर्म र संस्कृतिलाई विश्वका धेरै विद्वानहरूले ठूलो सम्मान गरेका छन् । यसरी यसुु को थिए, उनी कहाँ, कुन धर्मबाट प्रभावित थिए र क्रिस्चियन धर्मको उद्गम कहाँ हो भन्ने कुराको अध्ययन गरेर अनुसन्धानात्मक रूपले प्रस्तुत गरेको यो विचारलाई सबैपक्षबाट मनन् गर्ने कार्य गरियोस् । हामी हिन्दूहरू इजरायललाई विश्वको एक मात्र यहुदी राज्यको सम्मान गर्छौ । अत: त्यसरी नै क्रिस्चियन मिसनहरू र क्रिस्चियनले विश्वको एक मात्र पवित्र हिन्दूस्थल नेपालको सम्मान गर्ने काम गरुन् र हामी हिन्दूहरूबाट क्रिस्चियनप्रतिको नकारात्मक सोचाइमा परिवर्तन ल्याउने कार्य होस् । क्रिस्चियनहरूले आफ्नो उद्गम नबिर्सिउन् । विश्वमा शान्ति स्थापनाका लागि हामी सबैले सहअस्तित्व र सबै धर्मप्रति एकअर्काले आधार गर्नसक्ने वातावरण बनाऔँ। ‘वसुधैव: कुटुम्बकम् ।’
copy www.souryadaily.com[subuchar]