बिहे भएर घर आएको रात दुलाहा सुतेको कोठा नचिन्दा बेहुलीले अर्कै युवकसँग रात बिताउनु परेको छ |यो खबर हो चीनको । आफ्नो दुलाहा सुतेको कोठा जाने बेलामा भुलबस उनी अर्कै कोठामा छिरिन् । रातभर सोही कोठामा सुतेको युवकसँगै सुतेपछि बिहान पख उज्यालो भएपछि मात्र उनले त्यो युवक आफ्नो लोग्ने नभएको भनेर थाहा पाइन् ।समाचार अनुसार गुआंग्जी प्रान्तस्थित नापो क्षेत्रमा यस्तो घटना भएको हो । हुआंग थर भएकी ती युवती बिहे गरेर लोग्ने घर गएकी थिइन् ।लोग्नेको घरमा पार्टीको आयोजना गरिएको थियो र पार्टीमा धेरै मानिस समेत आएका थिए । रात परेसँगै सुत्ने तरखर भयो । उनी सुत्नुभन्दा पहिले बाथरुम गइन् । बाथरुमबाट फर्किँदा उनले आफ्नो खोपी भएको कोठा भन्ठानेर अर्कै कोठामा छिरिन् । उनलाई त्यो आफ्नो खोपी नरहेको र त्यहाँ आफ्नो लोग्नेको साथी सुतेको कुरा थाहा थिएन । त्यहाँ आफ्नै लोग्ने सुतेको होला भनि ढुक्कसाथ उनी पसिन् र सुतिन् । बिहानपख ब्यँझिनासाथ उनले बल्ल त्यो केटा आफ्नो लोग्ने नभएको चाल पाइन् र चिच्याउँदै कोठाबाहिर निस्किइन् ।ती महिला गुहार माग्दै र आफुमाथि बलात्कार भएको भन्दै रुँदै कराउँदै बाहिर निस्किएकी थिइन् । साथीकी बेहुलीसँग रात बिताउन पाएर मख्ख भएका रुआन नामका युवक भने आफुले कुनै अपराध नगरेको बताउँदै थिए । तर सबै गाउँलेले ती युवकले जानीजानी बेहुलीसँग सुतेको भन्दै २० हजार युआन क्षतिपूर्ति दिनुपर्ने निर्णय गरे । युवकले भने आफुसँग त्यत्रो पैसा नभएको र आफुले कुनै कसूर नगरेको भन्दै पैसा तिर्न मानेनन् । बलात्कृत भएँ भन्ने नव विवाहित युवती र उनको लोग्नेले त्यो विषयमा पुलिसमा उजुरी गरे । स्थानीय एक अदालतमा मुद्दा पनि चलाएयो र अदालतले साथीको बेहुलीसँग रात बिताउने ती युवालाई सफाइ दियो |
अमेरिकाको लस एन्जल्समा एक ट्वाइलेट रेष्टुरेन्ट संचालनमा आएको छ । म्याजिक रेष्टरुम क्याफे नामको उक्त रेष्टुरेन्ट अमेरिकाको पहिलो शौचालय रेष्टुरेन्ट हो । उक्त रेष्टुरेन्टका सबै चिजबिज तथा खानेकुरा शौचालयकै अवधारणामा आधारित छन् । तर त्यो साँच्चीकै शौचालय भने होइन अर्थात् त्यहाँ दिसापिसाब भने गरिँदैन र दिशा गर्ने भाँडोमा बस्ने र खाने गरिन्छ ।अझ रोचक कुरा त के भने त्यहाँका खानाका परिकारका नाम पनि घिनलाग्दा अर्थात् दिसा पिसाबकै प्रकार छन् । सुनौलो लिँडे भात, कालो लिँड, गन्हाउने लिँड, दुइ नम्बरको रगते जस्ता नाम दिइएको छ खानेकुरालाई । त्यहाँ खानेकुरा पनि ट्वाइलेटमै प्रयोग हुने भाँडोमा पस्किइन्छ र कमोटमाथि बसेर खानुर्छ ।चिनीया व्यवसायी यो यो ली ले उक्त शौचालय रेष्टुरेन्ट खोलेका हुन् । त्यस्तै ट्वाइलेट रेष्टुरेन्टले चीन र ताइबानमा निकै लोकप्रियता कमाएपछि उनले अमेरिकामा पनि खोलेका हुन् । लस एन्जल्सको यो ट्वाइलेट रेष्टुरेन्ट अक्टोबर ११ का दिनदेखि विधिवत रुपमा संचालनमा आएको छ तर यसको औपचारिक विशेष उद्घाटन यो महिनाको अन्त्यतिर हुने बताइएको छ ।
पुरुषहरुमा मोटोपना बढ्दै गएपछि पुरुषका स्तनको आकार समेत बढ्दै गएको र छाति निकै लत्रिँदै गएपछि दुइजना बेलायती डिजाइनरले पुरुष ब्रा को डिजाइन गरेका छन् ।
यसले मोटे केटाहरुको छातिलाई कस्नेछ र वक्षस्थल लत्रिन दिनेछैन ।
एस भुन्नु र रिकी रोबिन्सनले बनाएको यो पुरुष ब्रा को मूल्य निकै चर्को छ । यसको मूल्य बेलायतमा २९.९९ पाउण्ड तोकिएको छ । यो ब्रा लाई खुकुलो र कसिलो दुबै रुपमा लगाउन सकिनेछ ।
यो पुरुष ब्रा को नाम फुंकीबोड मसल टप्स राखिएको छ । यसले पुरुषमा मोटोपनाबाट थपिएको तनाव कम गर्ने र आत्मविश्वास वृद्धि गर्ने दाबी भुन्नुको छ ।
यसले मोटे केटाहरुको छातिलाई कस्नेछ र वक्षस्थल लत्रिन दिनेछैन ।
एस भुन्नु र रिकी रोबिन्सनले बनाएको यो पुरुष ब्रा को मूल्य निकै चर्को छ । यसको मूल्य बेलायतमा २९.९९ पाउण्ड तोकिएको छ । यो ब्रा लाई खुकुलो र कसिलो दुबै रुपमा लगाउन सकिनेछ ।
यो पुरुष ब्रा को नाम फुंकीबोड मसल टप्स राखिएको छ । यसले पुरुषमा मोटोपनाबाट थपिएको तनाव कम गर्ने र आत्मविश्वास वृद्धि गर्ने दाबी भुन्नुको छ ।
सायद यो घटना विश्वमापहिलोपटक भएको हुनुपर्छ किकुनैपनिमहिलाले साढे ६ महिनाको अन्तरालमा दुइवटा बच्चापाइन् । त्यो पनि सामान्यबच्चा । यो अनौठो घटना बेलायतमा घटेको हो । बेलायतकी ३१ वर्षकीमहिला सेडी बुडेनले यस्तो चमत्कार गरेकीहुन् ।
बुडेनले छोरा जन्माएको तिनहप्तामै फेरी अर्को गर्भ बोकेपछि यस्तो सम्भवभएको हो । बिहे गरेपछिलामो समयसम्मबच्चानहुँदाचिन्तित सेडीले पहिले एउटा छोरा जन्माइन् । छोरा जन्मेपछिउनको परिवारमाखुसी छायो र उनीआफै पनिनिकै खुसीभइन् । तर यहीँ खुसीकाबिचमा एक दिनउनीझसंग भइन् । बच्चापाएको ३ हप्ता पछि नै उनको पाठेघरमाअर्को गर्भ रहे । उनले शंकालागि प्रेग्नेन्सी टेष्ट गरिन् । परिक्षणमा पोजेटिभ देखियो ।
उनलाईअझै विश्वास लागेन र डाक्टरकोमागइन् । डाक्टरले पनिउनीगर्भवतीभएको पुष्टि गरे । गर्भ रहेको २६ हप्तामाउनले छोरी साइनालाई जन्मदिइन् । यो अहिलेसम्मकै सबैभन्दाकम समयको गर्भ रहेको र छोटो समयमाजन्मिएको बच्चा रहेको बताइएको छ ।
सेडी र डेनिस ६ महिनामै दुइबच्चापाएकोमानिकै खुसी छन् । दाजु बहिनीआजभोलि स्वस्थ रुपमाहुर्किरहेका छन् । साढे ६ महिनामाजन्मिएकायीदुइबच्चाले गिनिजबुकमानाम लेखाउने तयारी गरिरहेका छन् ।onlinekhabar.com मा खबर प्रकाशित छ |
एक टेलिभिजन प्रस्तोताले भित्री बस्त्र नलगाई सर्बियाली प्रधानमन्त्रीको अन्र्तवार्ता लिदा देखाइदिएकि छिन ।क्रोएसियन टेलिभिजनका लागि लिइएको अन्र्तवर्तामा एक मोडल प्रस्तोता हुन्छिन् । प्रधानमन्त्री आउनुअघि नै आफ्नो भित्री बस्त्र फुकालेर छोटो मिनी स्कर्ट लगाएकी मोडलले प्रधानमन्त्री भित्र छिर्नासाथ दुवै गालामा चुम्बन गर्छिन् ।प्रमलाई कुर्सीमा बसाएपछि उनले गम्भीर राजनीतिक कुराकानी थाल्छिन् । एउटा खुट्टामाथि अर्को खुट्टा खप्टाएर बसेकी ती मोडलले अन्तर्वाता लिने क्रममा खुट्टा खोल्छिन् । जतिबेला उनको भित्री बस्त्रले ढाक्नुपर्ने सवै चीज देखिन्छ । गम्भीर राजनीतिक बिषयमा जवाफ दिइरहेका सर्बियाली प्रधानमन्त्री छक्क पर्दै उनको दुर्लभ दृष्य हेरिरहेको टेलिभिजन फुटेजमा देखिएको छ ।
एक जना पुरुषले आफ्नी श्रीमतीलाई लिंगले प्रहार गरेको आरोपमा जेल सजाय भोग्नु परेको छ । श्रीमतीमाथि लिंगले प्रहार गर्नु महिला हिंसाको एक रुप भएको आरोपमा विचरा ती पुरुषले ५ दिन जेलको हावा खानुपरो।
यो घटना हाम्रो देशको भने होइन, अमेरिकाको हो । मेन सहरका फ्रेड थोमस नामका ६२ वर्षीय ती पुरुषले यौन सम्पर्क राख्न नमानेको निहुँमा आफ्नै श्रीमतीको जिउमाथि लिंग बजारेका थिए । ३९ वर्षीया ती महिलाल आफुमाथि लोग्नेले यौन हिंसा गरेको उजुरी दिइन् । ती पुरुषलाई पक्राउ गरी केरकार गर्दा श्रीमतीलाई लिंगले हानेको कुरा स्विकार गरे ।
अन्ततः उनलाई प्रशासनले ५ दिनको जेल सजाय सुनायो । घरेलु हिंसा तथा दुव्र्यवहारमा संलग्न भएको आरोपमा ती पुरुषलाई १ वर्षसम्म निगरानीमा समेत राखिएको छ । श्रीमतीलाई लिंगले प्रहार गर्ने काम दोहोराएमा कडा सजाय गरिने चेतावनी अधिकारीहरुले दिएका छन् । ती पुरुषका वकिलले भने ती महिलाले अनलाइनमा भेटिएका एक पुरुषलाई भेट्न पाकिस्तान जाने योजना बनाएपछि रिसाएर थोमसले श्रीमतीलाई झपारेको दाबी गरेका छन् ।
onlinekhabar.com
भारतका एक जना पुरुष १० महिनादेखि रुखमै बसिरहेका छन् । उनको घर नभएकाले रुखलाई नै घर मानेर बसिरहेका होलान् भन्ने तपाइँको अनुमान होला । तर होइन, घरजम गरेका ती पुरुषले श्रीमतीका कारण रुखमा दिनरात कटाउनु परेको हो । हुनत ती पुरुष आफ्नै बुद्धिले रुख बासमा गएका हुन् । वास्तवमा उनले आफ्नी श्रीमतीलाई माफी मगाउन अनौठो उपाय अपनाएका हुन् । श्रीमतीले आफुलाई ढाँटेपनि माफी नमागेको भन्दै उनी रिसाएर घरमा नबसी रुखमा बस्ने गरेका छन् ।
संजय नामका ती पुरुषले आफ्नी तारा नामकी श्रीमतीलाई माफी मगाउन सकिन्छ की भनेर ९ महिनादेखि रुखमा बसेपनि अहिलेसम्म सफल हुन भने सकेका छैनन् । समाचार अनुसार वानारसीको रामगाउँका संजय र ताराबीच गएको वर्ष बिहे भएको थियो । बिहेपछि संजय जागिरको सिलसिलामा मुम्बइ गए । केही महिनापछि जब संजय छुट्टी मिलाएर घर फर्किए तब श्रीमतीको छिमेकी पुरुषसँग हिमचिम बढेको र लसपस भएको उनले देखे ।संजयले अर्कैसँग सल्केको ठहर गर्दै तारालाई गाली गरे । ताराले आफु सल्किएको कुरा अस्विकार गर्दै छिमेकीसँग कुरा गर्दैमा शंका नगर्न भनिन् । तर संजयले भने ताराले माफी नमागेसम्म आफुले स्वास्नीको रुपमा स्विकार नगर्ने अड्डी कँसे । उनीहरुको विवादले उग्र रुप लियो । माइतीपक्षका मानिस पनि जुटे । तर ताराले मरिगएपनि माफी माग्न नमानेपछि मार्च नौ तारेखका दिन संजय एकाएक एउटा अम्बाको रुखमा चढे अनि घोषणा गरेकी ताराले माफी नमागेसम्म उनी रुखबाट ओर्लिने छैनन् ।
बोटमा अम्बा छउञ्जेल त संजयले अरुले दिएको खाना खानै मानेनन् । तर जब रुखका अम्बा सकिए त भोकले सताउन थाल्यो र आमाले ल्याइदिएको खाना खान थाले । आफ्नो छोराले रुखबाट ओर्लिन नमानेको र जबरजस्ती ओरालेमा आत्महत्या गर्ने धम्की दिने गरेको संजयकी आमा बताउँछिन् । उनी रुखमै सुत्ने र त्यहीँ खाने गरेका छन् ।
onlinekhabar.com
बेलायतमा हालै एक अनौठो सर्वेक्षण भएको छ । जसमा दाबी गरिएको छ कि त्यहाँको
एक ओछ्यान १० वर्षमा ७ सय २० घरेलु झगडा र ४ सय ८० पटक सेक्स सम्बन्धित
गतिविधिको साक्षी बन्छ । यसबाहेक १० वर्षमा एक ओछ्यानबाट औसत ३ हजार ६ सय ५० ट्वीस र १४ हजार ६ सय टेक्स्ट म्यासेज गरिने गरिन्छ ।
अध्ययनले यो पनि देखाएको छ कि बेलायतीहरु १० वर्षमा मात्रै २ वर्ष र ८ महिना आफ्नो ओछ्यानमा सुत्ने गर्छन् । त्यस्तै यस समयमा ३ हजार ६ सय ४० पटक अंगालो मार्ने काम हुन्छ भने ४ हजार १ सय ६० पटक चुम्बन हुने गर्छ ।
डेलिमेलमा प्रकाशित रिपोर्ट बमोजिम बेलायतीहरु १० वर्षमा ३८ घण्टा ५० मिनेट फोनमा कुरा गरेर बिताउने गर्छन् भने ७० दिन भन्दा धेरै फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालहरुमा समय व्यतित गर्ने गर्छन् ।
बयस्क फिल्मका कलाकारहरुले कण्डम लगाउनु पर्ने लस एन्जलसको कानुनलाई अमेरिकाको दुई ठूलो पोर्न कम्पनीले चुनौती दिएका छन् ।विविड इन्टरटेन्टमेन्ट र क्याफिल प्रोडक्सनले उक्त कानुन अमेरिकी संविधानको अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको दावी गर्दै अदालतमा मुद्दा दायर गरेका छन् । कण्डम नलाउने जन्मसिद्ध अधिकार भएको भन्दै विविडका संस्थापक स्टीवनले भनेका छन्(’यो कानुनलाई उल्टाउन म प्रतिवद्ध छु ।’ यो कानुन कार्यान्वयन भए आफूहरुको व्यापार चौपट हुने र गैरकानुनी ढंगले फिल्म बन्ने व्यवसायी तथा कलाकारहरु बताउँछन् । बेलायती पोर्न स्टार किरन ली भन्छन्(’घरमा पोर्न फिल्म हेर्नेहरु कण्डमका साथ पोर्न हेर्न रुचाउँदैनन् ।’
मेजर बी नामले परिचित उक्त कानुनलाई स्थानीय मतदाताले गत नोभेम्बरमा पारित गरेका थिए । यो कानून कार्यान्वयनपछि क्यालिफोर्नियामा बयस्क फिल्म बनाउन अनुपति लिँदा कलाकारले कण्डम लगाउने सर्त राखिन्छ । यो कानुनले बयस्क फिल्ममा काम गर्ने कलाकारहरुलाई एड्सबाट बचाउने एड्स हेल्थकेयर फाउण्डेसनले जनाएको छ
onlinekhabar.com
१ सय ५० जना यौनकर्मी महिलाले जागिर गर्ने र एक दिनमा १ हजार पुरुषको यौनकेा भोक मेटाउने लक्ष्यका साथ अस्टियाको राजधानी भियनामा युरोपकै सबैभन्दा ठूलो वेश्यालय खुल्ने भएको छ ।उक्त सुविधासम्पन्न वेश्यालयमा डेढ सय जना सुन्दरी वेश्याहरुले दिनहुँ ग्राहकको चित्त बुझाउनेछन् । वेश्यालयभित्र सम्भोगको सुविधा त हुने नै छ त्यसका अलवा रेष्टुरेन्ट, ब्युटिपार्लर, जिमखाना तथा सैलुन समेत रहने बताइएको छ ।आफ्नो वेश्यालय चार तारे होटलभन्दा सुविधासम्पन्न हुने दाबी मालिकको छ । वेश्यालयमा सेवा दिने यौनकर्मी युवतीहरु समेत निकै सेक्सी तथा सुन्दर हुने उनी बताउँछन् ।डेढ सय ओछ्यान रहेको उक्त वेश्यालयमा चौबिसै घण्टा उपचार सेवा समेत उपलब्ध हुनेछ । वेश्यालयले सहरै भरी चौबिसै घण्टा ग्राहक ल्याउने र पूराउने सेवा समेत उपलब्ध गराउनेछ ।
वेश्यालयले समय समयमा विभिन्न खालका सेक्स महोत्सव तथा प्रदर्शनीको आयोजना गर्ने समेत बताएको छ । यद्यपि उक्त सुविधासम्पन्न विशाल वेश्यालय ठ्याक्क कुन ठाउँमा खुल्नेछ भन्ने कुरा भने बताइएको छैन । विरोध प्रदर्शन हुने डरले अहिले एकिन स्थान खुलासा नगरिएको भएपनि उद्घाटन हुने दिनमा ठूलै सरप्राइज दिने धोको त्यसका संचालकको छ ।
होन्डुरसका प्रहरीले हालै सुनको एके ४७ बन्दुक र चाँदीका गोली बरामद गरेपछि यो कुराको खुलासा भएको हो ।होन्डुरस प्रहरीले लागु औषध कारोबारीले प्रयोग गर्ने गरेका अनुमान गरिएको उक्त सुन लेपन गरिएको बन्दुक र दुइ वटा चाँदीका गोली हालै बरामद गरेको छ । उक्त बन्दुको मूल्य झण्डै ५० हजार अमेरिकी डलर पर्ने विश्वास गरिएको छ ।निकै कलात्मक उक्त बन्दुक एक लागु औषध कारोबारी जत्थाको आधार इलाकामा प्रहरीले संचालन गरेको सर्च अभियानका बेला फेला परेको हो । त्यस क्रममा अरु हतियार तथा विभिन्न पासपोर्ट समेत बरामद भए । बन्दुक निकै उत्कृष्ट डिजाइज तथा कालिगढी कलाको नमूना भएको प्रहरी प्रमुखको भनाइ छ ।
अरुमाथि अपशव्द बोल्ने, अश्लील शव्द बोल्ने वा गाली बेइज्जती गरेको आरोपमा कोही मानिस पक्राउ परेको कुरा सुनिएकै हो । तर के यस्तै आरोपमा चरा पक्राउ परेको कुरा कहिल्यै सुन्नुभएको छ ? सायद यो असम्भव जस्तो विषय सुन्ने कुरै भएन । न त चरा अपशव्द बोल्छ, न त यस्तो आरोञपमा चरालाई अभियुक्त झैँ पक्राउ नै गरिन्छ भन्ने स्भाविक मान्यता होला तपाइँको । तर तपाइँको यो मान्यतालाई गलत सावित गर्ने एक अनौठो घटना चीनमा घटेको छ ।
चीनको एक चिडियाखानाका अधिकारीहरुले चिडियाखाना आउने पर्यटकलाई अश्लील शव्द बोलेर हैरान पारेको आरोपमा एक डांग्रे अर्थात् सारौँ चरालाई पक्रिएका छन् । अपशव्द बोलेको आरोपमा पक्राउ गरिएको चरालाई एकल हिरासतमा राखिएको बताइएको छ ।मध्य चीनको उहान स्थित जिउफेंग चिडियाघरमा यस्तो घटना भएको हो । उक्त डंग्रे चरालाई चिडियाखानाले लालन पालन गरी बोल्ने तालिम दिएर पाहुनाको स्वागत गर्ने जिम्मा दिएको थियो । सुगालाई जस्तो बोल्न सिकाइएको उक्त मैना चरालाई चिडियाखानामा आउने पाहुनासँग मीठा सम्वाद गरी स्वागत गर्न अह्राइएपनि त्यो चराले एकाएक पाहुनाहरुलाई फोहोर तथा अश्लील शव्द बोलेर गाली गर्न थालेपछि चिडियाखानाका अधिकारीहरु नै अचम्ममा परेका थिए ।आफुहरुले उक्त चरालाई सभ्य भाषा सिकाएको भएपनि चिडियाखाना घुम्न आएका कतिपय उरन्ठेउला युवाहरुले बोलेको अश्लील शव्दको सिको चराले गरेको र सोही अश्लील शव्द बारम्बार बोल्ने गरेको अधिकारीहरुको दाबी छ ।
अश्लील शव्द बोल्ने क्रम बढेपछि उक्त चरालाई समातेर एक्लै पिञ्जडामा राखिएको छ, ता की यस्तो शव्द बोल्ने उसको बानी छुटोस् र उसको त्यस्तो बोली भाषा अरु चराले पनि नसिकून् ।
यो प्रजातिको चराको निकै तिक्ष्ण स्मरण शक्ति हुने र मान्छेको बोलीको सहजै नक्कल गर्न सक्ने भएकाले केही आगन्तुकले बोलेको अश्लील शव्दलाई टपक्क टिपेर बोलेको हुनसक्ने अनुमान अधिकारीहरुको छ । एक अधिकारीका अनुसार चिडियाघरमा आउने केही युवाहरुले उक्त चरालाई नजिकै गएर अश्लील शव्द सुनाएर बोल्न लगाउने गरेका थिए ।
अहिले त्यस चरालाई सभ्य भाषा बोल्न सिकाउन चिडियाखानका कर्मचारी जुटिरहेका छन् । खराब बोल्ने बानी नछुटेसम्म उक्त चरा थुनामुक्त हुनेछैन । चिडियाखाना व्यवस्थापनले त्यहाँभित्र रहेका तालिमप्राप्त पंक्षीहरुलाई अपशव्द नसिकाउन आग्रह गर्दै चिडियाघर भित्र ठाउँठाउँमा सूचना समेत टाँसेको छ ।









.jpg)


