बलिउडका नम्बर एक अभिनेता सलमान खानले आज बिहिबार आफ्नो ४७ औँ जन्मदिन मनाएका छन् । सन् १९६५ को डिसेम्बर २७ मा मध्यप्रदेशको इन्दोरमा जन्मिएका सलमानलाई जन्मदिनको उपलक्ष्यमा बलिउड सहकर्मी तथा लाखौँ फ्यानहरुले शुभकामना दिएका छन् । सलमानलाई जन्मदिनको बधाइ दिन उनको घरमा गन्यमान्य सेलिब्रेटी पुगे छन् भने उनको घर बाहिर शुभेक्षुकको ठूलै घुइँचो लाग्यो ।सन् १९८८ मा फिल्म बीवी हो तो ऐसी बाट बलिउडमा डेब्यू गरेका सलमानले अहिलेसम्म ८० भन्दा बढि बलिउड फिल्ममा अभिनय गरिसकेका छन् ।सलमान खानलाई जन्मदिनको शुभकामना दिँदै निर्माता करन जोहरले टि्वटेका छन्, जन्मदिनको शुभकामना…….आर्शिवादयुक्त वर्ष बनोस् । सोनाक्षी सिन्हाले पनि ह्याप्पी बर्थडे पान्डेजी भनेकी छिन् । त्यस्तै मल्लिका शेरावत तथा नेहा धुपियाहरुले पनि सलमानलाई टि्वटर मार्फत शुभकामना दिएका छन् ।यो वर्ष दुइ हिट फिल्म रिलिज भएका सलमानका लागि सन् २०१२ निकै फाप्यो । उनको फिल्म एक था टाइगरले २ अर्ब भारु भन्दा बढि कमाएर इतिहास रच्यो भने अहिले दबंग टू ले पनि राम्रै व्यापार गरिरहेको छ । त्यस्तै सलमान खानले फेसबुक अकाउण्ट खोलेको, बलिउडमा सबैभन्दा ठूला करदाता बनेको, नशा रोगबाट पीडित बनेर उपचारका लागि अमेरिका गएको जस्ता समाचारले पनि यो वर्ष निकै चर्चा पाए ।
Blog Archive
Join Us On Facebook
Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.
Text Widget
About Me
यो ब्लगको साथी बन्नु होस्
Categories
My Friend Blog List
Hello
Download
Online Friends
धेरैले पढ्नु भएको
-
Rakhi Sawant doesn't seem to stop harping about how she's the original item girl. In fact, not too ...
-
शनिबार भएको फाइनल खेलमा घरेलु प्रतिद्वन्द्वी सहारा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङलेउपाधिसँगै ३ लाख १ हजार रुपयाँ हात पारेको ...
-
नेपाल एकीकरणका सूत्रधार पृथ्वीनारायण शाहको २९२ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइदैछ । विसं १७९९ साल पुस २७ गते गोर्खामा जन्मिएक...
-
त्रिवि अस्पतालमा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा शान्तिपूर्ण प्रदर्शनमा सहभागी ४० जनालाई चिकित्सकलाई प्रहरी पक्राउ गरेको छ ...
-
माहा नाएक राजेश हमाल ले वैशाखमा मा बिहे गर्ने भएका छन प्रेमिकाको नाम बताउन भने उनले इन्कार गरे। मैले बिहे गर्न लागेको केटी फिल्म क्षेत...
-
नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएका छन | व्यवस्थापिका संसदमा हाल कायम रहेको ५७१ सभासद मध्ये ४०५ मत प्राप्...
-
उच्च माध्यमिक शिक्षा परिषदले गत जेठ महिनामा सञ्चालन गरेको कक्षा ११ को परीक्षाको नजिता शुक्रबार सार्वजनिक गर्ने भएको छ। परीक्षामा ४ लाख ३५ ह...
-
नेपाल चिकित्सक संघले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै ईमर्जेन्सी सेवा सूचारु राख्ने जनाउँदै सरकारबाट बल प्रयोग भए सामूहिक राजिनामा गर्...
-
Parineeti Chopra's next films will be with two Kapoors - Ranbir and Shahid. While Maneesh Sharma will dir...


