माओवादी कार्यकर्ताले दैलेखको 'हाम्रो तेस्रो आँखा' दैनिक र जिल्ला प्रशासन कार्यालयमा तोडफोड गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा माओवादी कार्यकर्ताहरुले गरेको आक्रमणबाट दुई जना कर्मचारी घाइते भएका छन्। कार्यालयमा आक्रमण गरी कम्प्युटर टेबल, कुर्सी र शिशाहरु तोडफोड गरेका छन्। आगजनी गर्न खोजे पनि विपक्षी दलका कार्यकर्ताहरुले प्रतिकार गरेपछि रोकिएको थियो। प्रतिकारमा आक्रमणकारीमध्ये ६ जना घाइते भएका छन्।माओवादी र विपक्षीबीच दुई पटक भएको झडपमा माउन्टेन टिभीका सञ्चारकर्मी कमल शर्मासहित केही घाइते भएका छन्।यसैबीच प्रधानमन्त्री बाबुराम भट्टराईसहित एमाओवादीका शीर्ष नेताहरु दैलेख पुगेका छन्। माओवादीले आमसभा गर्न लागेको ठाउँसम्म जाने बाटोमा पत्रकारहरुले सुतेर अवरोध गर्न खोजे पनि प्रहरीले उनीहरुलाई बल प्रयोग गरी हटाएका छन्। आज बिहान सदरमुकाममा उतारिएका २२ ट्रक वाइसिएल कार्यकर्ताहरुले सडकमा नाराबाजी गर्दै १० जना पत्रकारलाई डेकेन्द्रकै हालतमा पुर्याउने धम्की दिएको प्रत्यक्षदर्शीहरुले जनाएका छन्। वाइसिएल कार्यकर्ताहरुले खुकुरी र पेस्तोल देखाउँदै हिँडेको उनीहरुले बताएका छन्।
Blog Archive
Join Us On Facebook
Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.
Text Widget
About Me
यो ब्लगको साथी बन्नु होस्
Categories
My Friend Blog List
Hello
Download
Online Friends
धेरैले पढ्नु भएको
-
शनिबार भएको फाइनल खेलमा घरेलु प्रतिद्वन्द्वी सहारा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङलेउपाधिसँगै ३ लाख १ हजार रुपयाँ हात पारेको ...
-
Rakhi Sawant doesn't seem to stop harping about how she's the original item girl. In fact, not too ...
-
नेपाल एकीकरणका सूत्रधार पृथ्वीनारायण शाहको २९२ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइदैछ । विसं १७९९ साल पुस २७ गते गोर्खामा जन्मिएक...
-
माहा नाएक राजेश हमाल ले वैशाखमा मा बिहे गर्ने भएका छन प्रेमिकाको नाम बताउन भने उनले इन्कार गरे। मैले बिहे गर्न लागेको केटी फिल्म क्षेत...
-
त्रिवि अस्पतालमा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा शान्तिपूर्ण प्रदर्शनमा सहभागी ४० जनालाई चिकित्सकलाई प्रहरी पक्राउ गरेको छ ...
-
नेपाल चिकित्सक संघले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै ईमर्जेन्सी सेवा सूचारु राख्ने जनाउँदै सरकारबाट बल प्रयोग भए सामूहिक राजिनामा गर्...
-
डिभोर्सको कुरा गरेर केही दिन यता मिडियामा चर्चामा आएका यि दुई जोडिवीच वोलचाल नै नभएको १० महिना भएको थियो । तर मंगलवार पहिलो पटक यि दुईवीच...
-
The Ministry of Foreign Affairs on Friday summoned Indian Ambassador to Nepal Jayanta Prasad over a controversial political statement made...
-
नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएका छन | व्यवस्थापिका संसदमा हाल कायम रहेको ५७१ सभासद मध्ये ४०५ मत प्राप्...



