प्रहरीले फागुन १९ गते नेविसंघका पूर्व सहमहामन्त्री सचित शर्मा, शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेत, नेविसंघका नेता राकेश विक्रम शाही, लिलाबहादुर खड्का र जोन खड्कालाई स्वयम्भूबाट हतियारसहित पक्राउ गरेको थियो |’ र यही प्रकरण मा नेविसंघका अध्यक्ष रञ्जित कर्णले केहि दिन अघि मात्र, आफूलाई कानुनको पहरेदार ठान्ने रमेश खरेल आफू नै गैरकानूनी बाटोमा हिँडेका छन्, उनलाई तत्काल कानुनको कठघरामा ल्याई कारवाही गर्नुपर्छ ’भनि अविब्यक्ति दिनुभएको थियो र केहि दिन पछि मात्र नेविसंघका अध्यक्ष र सभासद् समेत रहनु भएका रञ्जित कर्ण संग मैले पुनः कुराकानी गर्दा हामि सक्दो रुपमा प्रहरीलाई सघाउछौ र रमेश खरेल ज्यू एकदम इमान्दार मान्छे हुनुहुन्छ भन्नु भयो , म त एकैछिन त बडो अचम्म मा परे,,,,र उहा ले यो पनि भन्नु भएको छ कि नेविसंघका नेताहरु यदी दोषी ठहरिए उनिहरुलाई नेविसंघको साधारण सदस्य बाट पनि हटाइदिने घोषणा गर्नुभएको छ .........मेरो एफ.एम.९३.५ मेगाहर्ज को प्रस्तुति कार्यक्रम १० मिनेट र कार्यक्रम कलेजका कुरा संग नेविसंघका अध्यक्ष र सभासद् समेत रहनु भएका रञ्जित कर्ण संग गरेको थप कुराकानी ...........
)
काठमाडौँ, ३० साउन - सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का नवनिर्वाचित अध्यक्ष मोहन चापागाईँले अकोराबबाट रेडियो हरु बाहिरिनु स्ववाभिक नभएको बताउनुभएको छ | मेरो एफ एम ९३.५ मेगाहर्ज को कार्यक्रम सालिन संबाद मा कुराकानी गर्नुहुदै उहाले कुनै पनि एक राजनीतिक दललाई साथमा नलिई अगाडी बढ्न नसकिने पनि प्रष्ट पर्नु भयो |सामुदायिक रेडियो अनि विज्ञापनको प्रसङ्ग उठाउदा उहाले आफुले गाउमा भैसी हराएको सुचना समेत प्रशारण गरेको र १८ दिन पछि सो भैसी भेटिएको दाबि समेत गर्नु भयो |सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को पाँचौ राष्ट्रिय अधिवेशनले मोहन चापागाईँको नेतृत्वमा नयाँ कार्यकारिणी समिति चयन गरेको थियो,
अधिकांश पदमा सर्वसम्मती जुटेको भनिएपनि नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीबीच पद बाँडफाँड भएको छ । आइतबार नै चुनाव हुने कार्यतालिका रहेपनि भागबन्डा नमिल्दा सोमबार रातिमात्र चुनावी प्रकृया थालिएको थियो| राजनीतिक दलहरुको चरम दवाव पछि (अकोराव) बाट झण्डै एक दर्जन रेडियोहरुले सदस्यता परित्यागको घोषणा गरेका थिए |
अधिकांश पदमा सर्वसम्मती जुटेको भनिएपनि नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीबीच पद बाँडफाँड भएको छ । आइतबार नै चुनाव हुने कार्यतालिका रहेपनि भागबन्डा नमिल्दा सोमबार रातिमात्र चुनावी प्रकृया थालिएको थियो| राजनीतिक दलहरुको चरम दवाव पछि (अकोराव) बाट झण्डै एक दर्जन रेडियोहरुले सदस्यता परित्यागको घोषणा गरेका थिए |
[पाँचौ अधिवेशनले चयन गरेको नयाँ कार्यकारिणी समिति यसप्रकार छः]
अध्यक्षः मोहन चापागाईँ (रेडियो लुम्बिनी, रुपन्देही)
वरिष्ठ उपाध्यक्ष : किशोरजंग थापा (रेडियो गोरखा, गोरखा)
उपाध्यक्ष (जनजाति) : अर्जुन राई (मकालु रेडियो)
उपाध्यक्ष (दलित) : शिवजी गायक (रेडियो जागरण, रुपन्देही)
उपाध्यक्ष (महिला) : यमकुमारी केसी (रेडियो म्याग्दी)
उपाध्यक्ष (मधेसी) : तुलसीराम यादव (रेडियो कपिलबस्तु, कपिलबस्तु)
महासचिवः गोविन्द देवकोटा (रेडियो नारायणी, वीरगञ्ज)
सचिवः अर्जुन गिरी (रेडियो तुल्सीपुर, दाङ)
कोषाध्यक्षः सुवास खतिवडा (रेडियो धादिङ)
क्षेत्रीय संयोजक
पूर्वाञ्चलः राजेन्द्र किराती (रेडियो जनसन्देश, ……..)
मध्यमाञ्चलः होम पाठक (शैलुङ एफएम, ……….)
पश्चिमाञ्चलः भूमि चापागाईँ (विजय एफएम, नवलपरासी)
मध्यपश्चिमाञ्चलः इमानसिंह भारती (रेडियो प्युठान, प्युठान)
सुदुरपश्चिमाञ्चलः रमेश जोशी (रेडियो सुदुरआवाज, डडेल्धुरा)
सदस्यहरुः
खुलाः
शंकर धामी (रेडियो नयाँ नेपाल, दार्चुला)
पिताम्बर सिग्देल (रेडियो तमोर, …….)
लक्षमण खड्का (हाम्रो रेडियो, ………)
नेत्रकुमार केसी (रेडियो हिमाल, बाँके)
दिनेशकुमार थपलिया (रेडियो ध्रुवतारा, चितवन)/ लिला खनाल (रडियो सरगम, झापा) (बराबर मत ल्याएकाले आधाआधा कार्यकाल काम गर्ने)
दलितः भुवन सिंह (रेडियो मान्डवी, ………)
मधेसीः अजयकुमार यादव (रेडियो तराई, ……..)
सुनिलकुमार साह (समग्र एफएम, ……..)
महिलाः इन्दु बस्नेत (रेडियो गणतन्त्र राप्ती, दाङ)
प्रेमकुमारी घले (रेडियो मर्स्याङदी)
जनजातिः
महावीर राना (रेडियो लिस्ने आवाज, ……..)
बन्दना दनुवार (रेडियो उदयपुर, उदयपुर)
निवर्तमान अध्यक्ष मिनबहादुर शाही पदेन (रेडियो कर्णाली, जुम्ला)
लेखासमिति
संयोजकः तुला अधिकारी (कृष्णसार एफएम, बाँके)
सदस्यः सरोज पौडेल (कृषि रेडियो, धादिङ), शालिकराम शर्मा (रेडियो शारदा, सल्यान)
मेरो एफ एम ९३.५ मेगाहर्ज को कार्यक्रम सालिन संबाद मा गरिएको कुराकानी यस्तो छनवनायिका सुरबी जैन बिष्ट यतिबेला चर्चामा छिन् । सिनेमा क्षेत्रमा लागेकासँग प्रेम र विवाह दुवै नगर्ने बताएकी सुरबीले गोविन्द राईले निर्देशन गरेको चलचित्र नागबेलीमा पनि अभिनय गरेकी छिन उनि संग ले गरेको यो कुराकानी ..................
मलाई पहिलेदेखि नै सिनेमा खेल्ने इच्छा थियो । बेलायतमा पढाई सकेर नेपाल आएपछि केही म्युजिक भिडियोमा काम गर्छु भन्ने थियो । तर एकाएक ‘समय’मा अफर आएपछि नाई भन्न सकिन र खेलें ।
· कस्तो पाउनु भयो त सिनेमा नगरी ?
यो क्षेत्रमा नआउँदा त मैले छ्या भन्थें । तर जब यो नगरीमा आएँ, साह्रै राम्रो लाग्यो । कम पैसा र सामान्य प्रविधिमा पनि हामी धेरै सशक्त सिनेमा निर्माण गरिरहेका छौं ।· सिनेमामा लाग्दा परिवारबाट कत्तिको अड्चन आएको थियो ?
मेरो परिवारले म यो क्षेत्रमा आउँछु भन्ने सोचेको थिएन । तर मैले जब सिनेमा खेल्छु भने सबै अचम्ममा परें । कसैले पनि खेल भनेनन् । तर पछि मैले कन्भिन्स गराएर काम गरें ।
· ‘समय’मा कस्तो भूमिका छ ?
म कलेजमा पढ्ने बोल्ड युवतीको भूमिकामा छु । केटा र केटीबीच कुनैपनि भिन्नता नदेख्ने युवतीको भूमिका मैले निर्वाह गरेको छु ।
· ‘समय’मा त थुप्रै उत्तेजक दृश्य दिनुभएको छ, हैन ?
प्रोमोमा देखिएको दृश्य मेरो नभएर अर्को एक नायिकाको हो । तर मैले बिक्कीसँग सामान्य सिन दिएको छु ।
· त्यस्तो दृश्य दिन गाह्रो भएन रु
२० जना मानिसको अघि हात समातेर किस खान त गाह्रो हुन्छ नि । सुरुवातमा बिक्की र अर्की एक नायिकाले खुलेर टङ किस, बेड सिन दिएकाले म डराएको थिएँ । मैले पनि यस्तै दृश्य दिनुपर्ने हो की भन्ने डर मलाई थियो । तर पछि सबैले सम्झाएपयिछ अघि सरें ।
· सिनेमा हेरिसकेपछि कस्तो लाग्यो त?
म अझै पनि मेरो क्यारेक्टरमा खुल्न सक्थें जस्तो लागेको थियो । क्यामेराको एंगलका बारेमा नवुझेकाले पनि मैले ५० प्रतिशत मात्र दिन सके जस्तो लाग्यो ।
· तपाईंको ‘समय’का नायक बिक्कीसग अफेयर भन्ने सुनिन्छ नि?
त्यो एउटा हल्ला मात्र हो । किनकी सिनेमासँगै खेलेपछि, प्रमोशनमा हिँडेपछि कुरा त आइहाल्छ ।
· अफेयर चै छ कि छैन त कसैसँग ?
मेरो अहिले कसैसँग पनि अफेयर छैन । र म यो क्षेत्रको मानिससँग सम्वन्ध राख्दिन । किनकी म एकदमै नौटंकी केटी हुँ । यो क्षेत्रको मानिसले मलाई सम्हाल्न सक्दैन ।
· नौटंकी भनेको चाहिँ कस्तो हो त ?
मलाई साधारण मानिसले झेल्ने सक्छ जस्तो लाग्दैन । सिनेमा नगरीको मानिस त नौटंकी देखेर रमाइलो मान्छ । तर झेल्न सक्दैन ।
· अब कस्तो सिनेमा खेल्ने रहर हो त ?
चुलबुले भन्दा पनि सिरियस भूमिका गर्न सक्छु जस्तो लाग्छ मलाई । दिमागी रुपमा बिरामी मानिसको भूमिका गर्न मन छ ।
· आफूले आफूलाई कसरी मूल्याँकन गर्नुहुन्छ ?
म खुलेर शुरुवातमा कसैसग पनि बोल्न सक्दिन । तर जब म कसैसँग बोल्छु अरुलाई बोल्न नै दिन्न । म धेरैजसो रिजर्बमा बस्छु ।
· पहिलो प्रेम याद छ नि ?
फस्ट लभ त मेरो एसएलसी पढ्दा भयो । मेरो कक्षाको फस्ट व्याइले मलाई लभलेटर लेखेको थियो । तर त्यो लभ सामान्य रुपमा नै सकियो । केटाकेटी खेलेजस्तै भयो । एसएलसी सकिने अन्तिम दिनमा प्रपोज गर्यो, रिजल्ट आउँदा सकिएको थियो ।
· त्यसपछि कसैसँग प्रेम गरिएन?
कलेज पढ्दा एकजना केटासँग प्रेम गरें । २ बर्ष साथी भएपछि उसले प्रपोज गर्यो । तर पछि म पढ्नका लागि बेलायत पुगें । उसले यहाँ अर्कै युवतीसँग लभ गरेको सुनें । अहिले उ मैले गल्ती गरें भन्दै फोन गर्छ । तर म एकपटक धोका दिने मानिसलाई माफ गर्न सक्दिन ।
· खानेकुरा मिठो के पकाउनुहुन्छ ?
आलु परौठा, मिठो पकाउँछु ।
· कुन नायक साह्रै मन पर्छ ?
कर्मा मन पर्छ । उसको हाउभाउ, उसले एक्सप्रेस गर्ने तरीका मन पर्छ । उसँग एउटा सिनेमामा काम गर्न मन छ । तर मनैदेखि भन्दा मलाई आदित्यनारायण झासँग सिनेमामा रोमान्स गर्ने सपना छ ।
· मनपर्ने कुनै तीनजना नायक ?
सलमान खान, लिओनार्डो, जेम मलिक ।
· नेपालका तीनजना सेक्सी नायक ?
नेपालमा सेक्सी खालका नायक पनि छन् र । तर चपली हाइटका राज घिमिरे सेक्सी लाग्छ ।
· आफू चाहिँ कत्तिको सेक्सी छु जस्तो लाग्छ?
म जति मेकअप गरेपनि, जति कपडा लगाएपनि सेक्सी देखिन्न । कसैले सेक्सी भनेनन् ।
· आफनो कुन अंग सेक्सी लाग्छ?
आँखा चाहिँ एकदमै सेक्सी लाग्छ ।
कसैको घरको कुनै प्वाल चिहाएर हेर्नु भएको छ ?- अहिलेसम्म चिहाएको छैन । मलाई अर्काको चियोचर्चो गर्न मन पर्दैन ।
ट्वाइलेटमा बस्दा के सोच्नुहुन्छ ?
- म ट्वाइलेटमा बस्दा मेरो बारेमा अरुले किन नराम्रो कुरा काट्छन् भनेर सोच्छु । बिशेषत पत्रकारहरुले मेरो बारेमा धेरै नराम्रो नभएका कुराहरु छापेका छन् । मेरो बदनाम गर्न खोजेका छन् । त्यसैले यी पत्रकारहरुले किन मेरो वारेमा नराम्रो छापिरहेका होलान् ? मैले उनीहरुको के बिगारेको छु ? भन्ने सोच्छु । खासमा म यस्तै यस्तै कुराले डिप्रेसनमा छु ।
कुनै युवकसंग भेट हुंदा सबैभन्दा पहिले कुन अंगमा आँखा जान्छ ?
- सबैभन्दा पहिले त अनुहारमै आँखा जान्छ ।
युवकको कुन कुराले तपाईलाई आर्कर्षित गर्छ ?
- बोलीले किनभने त्यो व्यक्ति कस्तो प्रकारको हो भन्ने कुरा बोलीबाट धेरै हदसम्म थाहा पाउन सकिन्छ ।
अहिले भर्खरै कसैलाई किस गर्नुपर्यो भने कसलाई गर्नु हुन्छ ?
- नो कमेन्ट ।
तपाईलाई कुन परिकार सबैभन्दा बढि मिठो बनाउन आउछ ?
- मैले टमाटरको अचार धेरै मिठो बनाउछु । तिल राखेको टमाटरको अचार धेरै मन पर्छ मलाई ।
अवको प्रधानमन्त्री बन्न लायक को छ ?
- राजनीतीमा त्यति चासो राख्दिन त्यसैले थाहा भएन ।
यदी तपाई अवको प्रधानमन्त्री बन्नु भयो भने सबैभन्दा पहिले के गर्नुहुन्छ ?
- सबैभन्दा पहिले राजीनामा दिन्छु किनकी मलाई राजनीती मन पर्देन । म राजनीतीलाई घृणा गर्छु ।
तपाईको बुझाईमा सेक्स के हो जस्तो लाग्छ ?
- मैले सेक्सलाई भोक संग तुलना गर्छु जसलाई भोक लाग्छ उसले गर्छ ।
सेक्सको अनुभव ?
- नो कमेन्ट
आफ्नो अनुहार कस्तो लाग्छ ?
- ठिकै लाग्छ नराम्री पनि छैन धेरै राम्री पनि छैन । आफुलाई ठिकै छु ।
तपाईलाई यो दुनियाँमा सबैभन्दा सेक्सी को लाग्छ ?
- कृष्ण भगवानकी पत्नी राधिका ।
-मानवमा को लाग्छ नी ?
- मानवको सन्दर्भमा त मैले सोचेकै छैन ।
मानिलिउ तपाई झुक्किएर पुरुषको शौचालयमा छिर्नुभयो अनि भित्र रहेका सबै पुरुषहरु आत्तिदै तपाई भए तिरै आए भने के गर्नुहुन्छ ?
- सरी भनेर बाहिर निस्कन्छु ।
Filmykhabar.com
Nepal’s no. 1 Aslesha Lissanevitch got hold of both the titles she had
contested after winning the U-16 girls’ singles while her brother,
Ivanhoe was barred from the same feat by Milan Rokka at national tennis
court Satdobato, Lalitpur on Saturday.
In the final day in the First Boris Lissanevitch Memorial Junior Open Tennis Championship, top ranked Lissanevitch, who already lifted the title of U-18 girls’ singles, demolished her familiar challenger Bibhuti Karki 6-3, 6-1 as her brother stumbled against Milan Rokka by
7-5, 6-4 in the U-18 boys’ singles in the tournament founded by their family to celebrate the contribution and dedication made by their late grandfather; Boris Lissanevitch in the development and popularity of the game in Nepal. Nevertheless, Ivanhoe and Bibhuti had something to celebrate as they had already won the title of U-16 boys’ and U-14 girls’ singles respectively.
Two national records were set in the tournament comprised of ten categories. The tournament also became ground breaking for Mahika Rana as she realised her maiden title in U-12 girls’ in her five years of tennis career.
In the final day in the First Boris Lissanevitch Memorial Junior Open Tennis Championship, top ranked Lissanevitch, who already lifted the title of U-18 girls’ singles, demolished her familiar challenger Bibhuti Karki 6-3, 6-1 as her brother stumbled against Milan Rokka by
7-5, 6-4 in the U-18 boys’ singles in the tournament founded by their family to celebrate the contribution and dedication made by their late grandfather; Boris Lissanevitch in the development and popularity of the game in Nepal. Nevertheless, Ivanhoe and Bibhuti had something to celebrate as they had already won the title of U-16 boys’ and U-14 girls’ singles respectively.
Two national records were set in the tournament comprised of ten categories. The tournament also became ground breaking for Mahika Rana as she realised her maiden title in U-12 girls’ in her five years of tennis career.



