जिल्ला अस्पताल बैतडीमा नियमित रुपमा कल्चर सेवा शुरु भएको छ । गतसालदेखि कल्चर सेवा शुरु भए पनि आवश्यक उपकरणको अभावमा सो सेवा नियमित रुपमा संचालन हुन सकेको थिएन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आवश्यक उपकरण प्रदान गरेपछि कल्चरसेवा शुरु भएको जिल्ला अस्पताल बैतडीका ल्याब टेक्निसयन ईश्वरी भुषालले जानकारी दिनुभयो । अञ्चल अस्पतालमा प्राप्त हुने सेवाहरुलाई जिल्ला अस्पताल मार्फत संचालन गर्नका लागि कल्चर सेवालाई नियमित गरिएको हो । बिरामीहरुलाई कुन प्रकारको औषधि प्रयोग गर्न उपयुक्त हुन्छ भन्ने कुराको पत्ता लगाउनका लागि कल्चर सेवा सुचारु गरिएको उहाँले बताउनुभयो । बैतडीमा कल्चर सेवालाई नियमित गर्ने क्रममा बैतडी पुग्नु भएका राष्ट्रिय जनस्वासथ्य प्रयोगशालाका माइक्रोबायोलोजिस्ट विष्णु उपाध्ययाले कल्चर सेवा शुरु भएकाले औषधिका कारण हुने प्रतिरोध नहुने बताउनुभयो । प्रयोगशालाको स्तरोन्नती गर्ने कार्यक्रम अनुसार जिल्ला अस्पताल बैतडीमा रहेको प्रयोगशालालाई उपकरण सहयोग गरिएको उहाँले बताउनुभयो । जिल्ला अस्पताल बैतडीमा कलेजो, मृगौलाको जाँचहरु नियमित रुपमा हुने उहाँले बताउनुभयो ।
Blog Archive
Join Us On Facebook
Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.
Text Widget
About Me
यो ब्लगको साथी बन्नु होस्
Categories
My Friend Blog List
Hello
Download
Online Friends
धेरैले पढ्नु भएको
-
झापाको मेचीनगर र दमक नगरपालिका डेंगीको उच्च जोखिममा रहेको देखिएको छ । बाल जागरण मन्च मेचीनगरको सहकार्यमा मेची बस व्यबसायी संघ मेचीनगर र न...
-
सम्पूर्ण जानकारी पाउन click गर्नुहोस गर्भावस्था जीवनको एक महत्त्वपर्ूण्ा र अत्यन्त ध्यान...
-
Rabi Khadka clinched the Ghanashyam Open golf title, finishing four strokes above Umesh Nagarkoti after both the RNGC professionals retu...
-
There’s no such thing as the purrrrfect Catwoman. The character’s background, dating back to her origins on television on the...
-
छोरा का कारण मनमा शान्ति नभएको भन्दै पूर्वरानी कोमल शाहले यसपटक आफ्नो जन्मदिन बाराको सिमरामा मनाउने भएकी छन् । जन्मदिन मनाउने क्रममा पू...
-
बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै भन्सार छलेर सामान ल्याउने गरेको फेला परेको छ । यहाँस्थित नोबल मेडिकल कलेजको एम्बुलेन्समा भन्सार...
-
घरजग्गा व्यवसायमा समस्या भए पनि नयाँ अपार्टमेन्ट तथा हाउजिङमा लगानी गर्नेहरू १० महिनायता बढेका छन् । सहरी विकास तथा भवन निर्माण विभाग डिभि...
-
नाग पंचमी श्रवण महिनाम शुक्ल पक्ष को पंचमी को दिन मनाइन्छ. यो श्रद्धा व विश्वास को पर्व हो. नाग लाइ धारण गर्ने भगवान भोलेनाथ...
-
मंगलबार आयोजना भएको एक कार्यक्रममा मोडल तथा नव नायिका शिल्पा पोख्रेल वार्डरोप मालफक्शनको शिकार भएकी छन् । काठमाण्डौमा बढ्दै गरेको जाडोमा पन...