धेरैजसो मामिलाहरूमा नपुंसकताको सुरुवात शीघ्रपतन अर्थात् वीर्य समयभन्दा पहिले स्खलित भइदिनाले हुन जान्छ। वास्तवमा यो यसको पहिलो खुड्किलो हो। यौन दुर्बलताको यो पहिलो खुड्किलो दाम्पत्य सुखको जगमा लागेको यो क्यान्सर रोगजस्तै हो, जुन सम्पूर्ण ढाँचालाई नै तहस-नहस गरिदिन्छ।

त्यस दम्पतीको सम्पूर्ण गृहस्थ जीवन खुकुलो भएर जान्छ र यसको समयमा उपचार गरिएन भने पुनः सञ्जीवनी पाउने कुनै सम्भावना हुँदैन।
शीघ्रपतन तीन किसिमले र तीनरूपमा हुन्छः-
१. लिङ्गमा उत्तेजना आएको तत्कालपछि नै वीर्य स्खलित भएर जानु।
२. योनीको लिङ्गसँग र्स्पर्श या साधारण घर्षण हुँदै वीर्य स्खलित भएर जानु।
३. लिङ्ग योनीमा प्रवेश गरेर घर्षण आरम्भ भएको एकैछिनमा वीर्य स्खलित भएर जानु।
धेरैजसो पत्नी जुन विवाहको केही दिनपछि मात्र आफ्नो पतिसँग सम्भोगमा अरुचि देखाउन थाल्छिन्, त्यसको कारण पनि यही दुर्बलता हो। वास्तवमा पति हुन योग्य व्यक्ति त्यही हो, जुन आफ्नी पत्नीको कामवासना जागृत गरेर उसलाई कामोत्तेजक बनाएर बढीभन्दा बढी समयसम्म ऊसँग सम्भोग गरेर उसलाई अति नै आनन्द प्रदान गर्ने क्षमता राख्छ। लाज नमानी चिकित्सकको उपचार सेवा लिएमा शीघ्रपतनको असन्तोष हटाउन सकिन्छ र सम्भोगको पूर्ण अवधिसम्म लिङ्गमा कडापन राख्दै आफ्नी पत्नीलाई चरम सुखसम्म पुर्याई मात्र स्खलित हुन सकिन्छ।
सम्भोगमा समर्थ बन्नका लागि निम्न कुराहरूमा ध्यान दिनु अनिवार्य छ। सम्भोग समर्थको योग विधि र उपायहरूः-