प्रहरीले फागुन १९ गते नेविसंघका पूर्व सहमहामन्त्री सचित शर्मा, शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेत, नेविसंघका नेता राकेश विक्रम शाही, लिलाबहादुर खड्का र जोन खड्कालाई स्वयम्भूबाट हतियारसहित पक्राउ गरेको थियो |’ र यही प्रकरण मा नेविसंघका अध्यक्ष रञ्जित कर्णले केहि दिन अघि मात्र, आफूलाई कानुनको पहरेदार ठान्ने रमेश खरेल आफू नै गैरकानूनी बाटोमा हिँडेका छन्, उनलाई तत्काल कानुनको कठघरामा ल्याई कारवाही गर्नुपर्छ ’भनि अविब्यक्ति दिनुभएको थियो र केहि दिन पछि मात्र नेविसंघका अध्यक्ष र सभासद् समेत रहनु भएका रञ्जित कर्ण संग मैले पुनः कुराकानी गर्दा हामि सक्दो रुपमा प्रहरीलाई सघाउछौ र रमेश खरेल ज्यू एकदम इमान्दार मान्छे हुनुहुन्छ भन्नु भयो , म त एकैछिन त बडो अचम्म मा परे,,,,र उहा ले यो पनि भन्नु भएको छ कि नेविसंघका नेताहरु यदी दोषी ठहरिए उनिहरुलाई नेविसंघको साधारण सदस्य बाट पनि हटाइदिने घोषणा गर्नुभएको छ .........मेरो एफ.एम.९३.५ मेगाहर्ज को प्रस्तुति कार्यक्रम १० मिनेट र कार्यक्रम कलेजका कुरा संग नेविसंघका अध्यक्ष र सभासद् समेत रहनु भएका रञ्जित कर्ण संग गरेको थप कुराकानी ...........
)
नेपाल चिकित्सक संघले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै ईमर्जेन्सी सेवा सूचारु राख्ने जनाउँदै सरकारबाट बल प्रयोग भए सामूहिक राजिनामा गर्ने चेतावनी दिएको छ ।मंगलबार नेपाल चिकित्सक संघका महासचिव डा. मुक्तिराम श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतले दिएको आदेशलाई उच्च सम्मान गर्दै अत्यावश्यक स्वास्थ्य सेवाहरु ईमरजेन्सी सेवाबाट प्रदान गर्न गराउन नेपाल चिकित्सक संघ सम्बन्धित सबैमा हार्दिक आहृवान गर्दछ ।’सर्वोच्च अदालतले हिजो संघ अध्यक्ष अन्जनी झासहित १५ जनाको नाममा अन्तरिम आदेश जारी गर्दै आदेश प्राप्त भएको १ घण्टा भित्र स्वास्थ्य सेवा सूचारु गर्न निर्देशन दिएको हो । संघले अनशनरत डा. गोविन्द केसीको समर्थनमा देशभर स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको थियो ।‘आमरण अनसनमा बसेका प्रा. गोविन्द के.सी.को जीवन रक्षार्थ गरिएका सम्पूर्ण प्रयासहरुबाट स्वास्थ्य सेवामा पर्न जाने असुविधाप्रति संघ गहिरो दुःख व्यक्त गर्दछ,’ श्रेष्ठको वक्तव्यमा भनिएको छ, ‘उक्त कदमबाट सिर्जना हुने कुनै पनि अपि्रय कार्यको जिम्मेवारी नेपाल सरकार नै हुने नेपाल चिकित्सक संघको ठहर छ ।
चिकित्सहरुको आन्दोलनका कारण देशभरीका स्वास्थ्य संस्था ठप्प भएपछि बिरामीहरु मर्कामा परेका छन् । आमरण अनसनमा बस्नु भएका डा गोविन्द केसीको मागमा समर्थन जनाउँदै चिकित्सकहरुले आज बिहान ६ बजेदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गराएका छन् । सरकारले आमरण अनशनमा बसेका प्राध्यापक डा. केसीले राखेका माग बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले आजदेखि देशभरको स्वास्थ्य सेवा ठप्प पार्ने घोषणा गरेको हो । हिजो साँझको निर्णयअनुसार आज दिउँसो १ बजेसम्म माग पुरा नभए अनिश्चितकालिन आन्दोलन हुने भएको छ । बैठकपछि जारी विज्ञप्तिमा सरकारलाई २४ घन्टे अल्टिमेटम दिए पनि सुनुवाइ नगरेकाले बाध्य भएर कठोर कदम चाल्नुुपरेको जनाइएको छ । अस्पतालमा भर्ना भएका सयौ विरामी उपचार नपाएपछि अस्पताल छोड्न बाध्य भएका छन् । बिरामीहरुले आन्दोलन फिर्ता लिन माग गरिरहेका छन् । यसैबीच ३१ जना चिकित्सकले संघले गरेको निर्णयमा असहमति जनाएका छन् । उनीहरूले छुट्टै विज्ञप्ति जारी गर्दै जनताको स्वास्थ्य सेवा पाउने र प्राणरक्षा गर्ने अधिकारमाथि खेलवाड गर्ने निर्र्णयप्रति असहमति जनाएका हुन् ।
उच्च माध्यमिक शिक्षा परिषदले आज कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । गएको जेठमा भएको परीक्षामा ४ लाख ३५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएकोमा जम्मा ४० प्रतिशत अर्थात १ लाख ९९ हजार ९ सय ८७ विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ १ लाख ४९ हजार ७९ जना र आंशिकतर्फबाट ५० हजार ९ सय ८ विद्यार्थी उत्तीर्ण भएका हुन् । झण्डै ६० हजार विद्यार्थी एउटा विषयमा फेल भएका छन् । एक विषयमा फेल हुने विद्यार्थी फागुन २५ गते मौका परीक्षा दिन पाउने उच्च माध्यमिक शिक्षा परिषद्ले जनाएको छ ।
उच्च माध्यमिक शिक्षा परिषदले गत जेठ महिनामा सञ्चालन गरेको कक्षा ११ को परीक्षाको नजिता शुक्रबार सार्वजनिक गर्ने भएको छ। परीक्षामा ४ लाख ३५ हजार १८ जना विद्यार्थी सहभागी थिए। जसमध्ये नियमिततर्फ दुई लाख ६५ हजार ४ सय ५७ र आंशिकतर्फ एक लाख ६९ हजार ४ सय ५७ विद्यार्थी सहभागी थिए।परीक्षा सञ्चालन भएको लामो समय बितिसक्दा पनि नतिजा सार्वजनिक नभएको भन्दै विद्यार्थी तथा अभिभावकले गुनासो गर्दै आएका थिए।परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०६९ सालको एसएलसीको नतिजा मंगलबार सार्वजनिक गरेको छ । प्रकाशित नतिजाअनुसार यस वर्ष ४१ दशमलव ५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले आज दिउसो सवा ३ बजे नतिजा सार्वजनिक गरेको हो । २०६९ सालको एसएलसी परीक्षामा कुल पाँचलाख ११ हजार सहभागी भएका थिए ।
यसवर्ष पोहोरको भन्दा उतीर्णदर घटेको छ । पोहोर ४७ दशमलव १६ प्रतिशत विद्यार्थी उतीर्ण भएकोमा यसवर्ष ४१ दशमलव ५७ प्रतिशत विद्यार्थी मात्र पास भएपरीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट
www.soce.gov.np , शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np , शिक्षा विभागको www.doe.gov.np , र नेपाल टेलिकमको
www.slc.ntc.np हेर्न सकिन्छ । यस्तै नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने कार्यालयले जनाएको छ । यस्तै नेपाल टेलिकमको १४००, बिभिन्न संघसंस्थाको ५००१, २७२२, ५५६६, २३३३, ४९४९ र ५२२५ मा एसएमस गरेर पनि नतिजा थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसैबीच एसएलसीमा दुई विषयमा अनुतीर्ण हुने परीक्षार्थीको लागि साउन २० देखि २७ गतेसम्म पुरक परीक्षा सञ्चालन गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।का छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमित तर्फ ४ लाख ३ हजार ९ सय ३६ मध्ये १ लाख ६७ हजार ९ सय ३५ जना पास भएका छन् ।यसमध्ये विशिष्ट श्रेणीमा १६ हजार ९ सय २४, प्रथम श्रेणीमा ७६ हजार १ सय ६५, द्वितीय श्रेणीमा ६९ हजार ८ सय ३० र तृतीय श्रेणीमा ५ हजार १६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै एक्जाम्पटेडतर्फ १लाख ७ हजार २ सय २९ मध्ये ८ हजार ३ सय १८ जना पास भएका छन् । एक्जाम्पटेडमा बिशिष्ट श्रेणीमा कोहीपनि उतीर्ण भएका छैनन् । प्रथम श्रेणीमा एकसय १७, द्वितीय श्रेणीमा ५ हजार ८ सय ४८ र तृतीय श्रेणीमा २ हजार ३ सय ५३ जना पास भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस बर्षको एसएलसी परीक्षाको नतिजा आज ३:३० बजे सम्ममा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा तयारीको लागि बसेको परीक्षा समितिको बोर्ड बैठक सकिएको छ । र अर्को बैठक फेरी बस्ने तयारी भैरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका उपनियन्त्रक प्रलाद अर्यालले जानकारी दिनुभयो |
परीक्षाको नतिजा www.meronepalnews.blogspot.com मा हेर्न सकिने छ । त्यस्तै परीक्षा नियन्त्रणको कार्यालयले पनि विभिन्न वेवसाईट, एसएमएसबाट परीक्षाफल हेर्ने सुविधा मिलाइएको छ । जस अन्तर्गत शिक्षा मन्त्रालयको वेवसाईट www.moe.gov.np शिक्षा विभागको www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको www.soce.gov.np र नेपाल टेलिकमको slc.ntc.np अन गरेर नतिजा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि परीक्षाफल थाहा पाउन सकिने छ ।
परीक्षाको नतिजा www.meronepalnews.blogspot.com मा हेर्न सकिने छ । त्यस्तै परीक्षा नियन्त्रणको कार्यालयले पनि विभिन्न वेवसाईट, एसएमएसबाट परीक्षाफल हेर्ने सुविधा मिलाइएको छ । जस अन्तर्गत शिक्षा मन्त्रालयको वेवसाईट www.moe.gov.np शिक्षा विभागको www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको www.soce.gov.np र नेपाल टेलिकमको slc.ntc.np अन गरेर नतिजा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि परीक्षाफल थाहा पाउन सकिने छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव स्थगित भएको छ। विश्वविद्यालयका पदाधिकारीहरु र चार राजनीतिक विद्यार्थी संगठनका प्रतिनिधिहरुबीच भएको छलफल पछि स्ववियू चुनाव स्थगित भएको नेविसंघका नेता वलदेव तिमिल्सिनाले जानकारी दिनुभएको छ। स्ववियू चुनाव जेठ २३ गते हुँदै थियो भने आज चुनावको लागि मनोनयन हुँदै यसपटकको स्ववियू चुनाव खेताला विद्यार्थी प्रकरणका कारण समेत चर्चा र विवादमा रहँदै आएको छ।उता पूर्वमा स्ववियु निर्वाचनलाई पूर्ण समानुपातिक प्रणाली अपनाएर गर्नुपर्ने माग राख्दै आह्वान गरिएको बन्दका कारण पूर्वका नौ जिल्लाको शैक्षिक संस्थाका साथै जनजीवन समेत प्रभावित भएको छ। स्ववियु निर्वाचनलाई समावेशी लोकतान्त्रिक प्रणाली र पूर्ण समानुपातिक प्रणालीअन्तर्गत लैजानु पर्ने आफ्नो पुरानो अडानलाई दोहोर्याउँदै आह्वान गरिएको बन्दका कारण लिम्बुवान क्षेत्रमा पूर्ण प्रभाव परेको छ। मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषद्अन्तर्गतका विद्यार्थी सङ्गठन र लिम्बुवानका विभिन्न पार्टीले आह्वान गरेको बन्दका कारण अरूण पूर्वका नौ जिल्ला सङ्खुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम, ताप्लेजुङ र पाँचथर जिल्लामा बन्दको प्रभाव परेका हुन्।स्ववियु निर्वाचनकै पूर्व सन्ध्यामा आएर धरानको महेन्द्र बहुमुखी क्याम्पसमा एमाओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी तथा नेविसङ्घ र अनेरास्ववियुबीच तीन दिनअघि भएको झडपका कारण धरानमा चारवटा क्याम्पसमा तालाबन्दी गरिएको छ। महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस र पिण्डेश्वर संस्कृत क्याम्पसमा तालाबन्दी भएका कारण ती क्याम्पसमा स्ववियु निर्वाचन हुने परिस्थिति प्रतिकूल हुन पुगेको छ।
यसैबीच
स्ववियू निर्वाचन सुनिश्चितताको माग गर्दै विद्यार्थीहरु राजधानीको विभन्न क्याम्पस अगाडी प्रदर्शनमा उत्रिएका छन। स्ववियूको चुनावको मिति स्थगित भएपछि विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन।
राजधानीको प्रदर्शनी मार्ग स्थित आर आर क्याम्पस, घण्टाघर नजिकै रहेको रहेको त्रिचन्द्र र बागबजारमा रहेको पद्म कन्या क्याम्पस अगाडी नेविसंघका विद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन।
उता
विद्यार्थी संगठनहरु विच विवादका कारण रोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल गराउन माग गर्दै ठमेलमा रहेको सरस्वती क्याम्पसका विद्यार्थीले रिले अनशन सुरु गरेका छन्। विहिवारबाटै क्याम्पस प्रशासन अगाडी विद्यार्थीहरुले अनशन सुरु गरेको नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य लाओस राईले जानकारी दिनुभयो।
यता
( तोकिएकै मितिमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको माग गर्दै राजधानीको पद्म कन्या क्याम्पसमा केही विद्यार्थीहरु रिले अनसन बसेका छन् । नेपाल विद्यार्थी संघकी शोभा भण्डारीको नेतृत्वमा ६ जना विद्यार्थीहरु बिहीबार बिहानबाट अनसन थालेका हुन् ।
एसएलसी परीक्षाको पहिलो दिन म्याग्दीमा १७ परीक्षार्थी अनुपस्थित
आजदेखि सुरु भएको एसएलसी परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा म्याग्दीमा शान्ति पूर्णरुपमा सकिएको छ । म्याग्दीमा नियमिततर्फ १ र एक्जेम्टेडतर्फ १६ जना गरि १७ जना परीक्षार्थीहरु अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालय म्याग्दीले जनाएको छ । जिल्लामा कुल २ हजार एकसय ३२ जना विद्यार्थी थिए ।
एसएलसीको पहिलो दिनमै सल्यानमा तीनजना परीक्षार्थी कारवाहीमा
एसएलसी परीक्षाको पहिलो दिन आज सल्यानमा तीनजना परीक्षार्थी कारवाहीमा परेका छन् । शङ्खमुल उच्च माविमा रहेको परीक्षा केन्द्रबाट अमर्यादित क्रियाकलाप गरेको भन्दै तीनजना परीक्षार्थीलाई कारवाही गरिएको हो । उपसचिव भगवान पौडेलसहितको टोलीले अनुगमन निरीक्षणको क्रममा चिट फेला पारेपछि उत्तर पुस्तिका नियन्त्रणमा लिइएको केन्द्राध्यक्ष जितबहादुर भण्डारीले जानकारी दिनुभयो । अन्य परीक्षा केन्द्रमा भने आजको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी रामवन्धु सुवेदीले जनाउनुभयो
गार्ड खटिएका एक शिक्षक निष्कासन
आजबाट सुरु भएको एसएलसी परीक्षामा चिट चोराएको आरोपमा भोजपुरको उत्तरी कुदाककाउले केन्द्रमा गार्ड खटिएका एक शिक्षकलाई निष्कासन गरिएको छ । आज भएको अङ्ग्रेजी विषयको परीक्षामा चिट चोराउँदै गरेको अवस्थामा जिल्ला शिक्षा कार्यालयबाट खटिएको अनुगमन टोलीले फेला पारी ति शिक्षकलाई निष्कासन गरेको हो । निष्कासनमा परेका शिक्षकलाई शिक्षा ऐनअनुसार कारवाही गरिने जिल्ला शिक्षा अधिकारी योगराज भट्टराईले जानकारी दिनुृभयो । कुदाककाउले केन्द्रमा बाहेक अरु सबै केन्द्रमा मर्यादित रुपमा परीक्षा सम्पन्न भएको जिल्ला शिक्षा अधिकारीले जानकारी दिनुभएको छ । भोजपुरमा यस वर्षको एसएलसीमा नियमित र आंशिक दुवैतर्फ गरी ५ हजार ८९ जना विद्यार्थी सामेल भएका छन् भने १८ वटा केन्द्र निर्धारण गरिएको छ ।
अनियमितताको आरोपमा सर्लाहीमा एक एसएलसी परीक्षा निरीक्षक बर्खास्त ।।
अनियमितता गरेको आरोपमा सर्लाहीमा एक जना एसएलसी परीक्षा निरीक्षक कार्वाहीमा परेका छन् । सदरमुकाम मलंगवास्थित श्रीमती कृष्णादेवी उच्च मावि परीक्षा केन्द्रमा कार्यरत निरीक्षक मनोज रायलाई बर्खास्त गरिएको हो । अगर्वा उच्च माविका शिक्षक रायलाई अनियमितता नगर्न पटक पटक सचेत गराउँदा पनि अटेर गरेपछि हेटौडाबाट आएको क्षेत्रीय शिक्षा निर्देशनालयको टोलीले बर्खास्त गरेको जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माले जानकारी दिनुभयो । यो घटनाबाहेक सर्लाहीका अरु सबै परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा आज पहिलो दिनको एसएलसी परीक्षा सम्पन्न भएको उहाँले बताउनुभयो । उहाँका अनुसार सर्लाहीमा ३० वटा परीक्षा केन्द्र निर्धारण भएका छन् । जिल्लाका कूल १० हजार ५ सय परीक्षार्थीले एसएलसी दिइरहेका छन्
एसएलसीका बेला बिजुली नहँुदा घुर्काैलीका विद्यार्थी मर्कामा
एसएलसी परीक्षाका बेला गाउँमा बिजुली बन्द भएपछि सर्लाहीको घुर्काैली वडा नम्बर ४ का विद्यार्थी मर्कामा परेका छन् । स्थानीयका अनुसार घुर्काैली ४ स्थित चोकमा रहेको ट्रान्सफर्मर् बिग्रिएका कारण १० दिनेदेखि डेढ सय घरधुरीमा विद्युत अवरुद्ध भएको हो । पढ्नुपर्ने बेला बिजुली बाल्न नपाउँदा आफूहरुको पढाईमा बाधा पुगेको एसएलसीमा सहभागी स्थानीय परीक्षार्थीले गुनासो गरेका छन् । बिग्रिएको ट्रान्सफर्मर मर्मतका लागि प्राधिकरणले बल्ल आज लगेको तर कहिले बनाएर ल्याउने भन्ने कुनै निश्चित नभएको स्थानीय पवन खरेलले जानकारी दिनुभयो ।
चिट चोर्न नपाएपछि विद्यार्थी फर्किए ।।
परीक्षामा चिट चोरेरै भएपनि एसएलसी उत्तीर्ण गर्ने उद्देश्य लिएर बाहिरी जिल्लाबाट आएका सयभन्दा बढी विद्यार्थी त्यसै फर्किएका छन् । जसरी पनि परीक्षामा उत्तीर्ण गराउने भन्दै मोटो रकम लिएका ठेकेदार परीक्षाको मुखमा सम्पर्कविहीन भएपछि परीक्षा दिन आएकाहरु निन्याउरो मुख लगाउँदै घर फर्किन बाध्य भएका छन् । चितवन र मकवानपुरका गरी सयभन्दा बढी विद्यार्थीहरू आफू ठगीमा परेको भन्दै घर फर्किका हुन् । मकवानपुर र चितवनमा रहेका कोचिङ सेन्टर तथा ती सेन्टरमार्फत् सम्पर्क गराइएका दलालले प्रति विद्यार्थी १५ देखि २८ हजारसम्म असुलेर एसएलसी उत्तीर्ण गराउने ठेक्का लिएर रौहतट ल्याएका विद्यार्थी यसरी ठगीमा परेका हुन् ।
यो वर्षको एसएलसी परीक्षा बिहीबारदेखि सुरु हुँदै छ । सरकारले एसएलसीमा अनियमितता गर्नेलाई कडा कारबाही गर्ने जनाएको छ । निर्देशिकामा अनियमितता गर्नेलाई एक लाख जरिवानाका साथै ६ महिनासम्मको जेल सजायको व्यवस्था छ ।'परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०६८ अनुसार अनियमितता गर्ने कसैलाई बाँकी राखिने छैन,' शिक्षा मन्त्री दीनानाथ शर्माले मंगलबार अन्तरक्रियामा भने, 'चिट चोराउने, लेखेर/लेखाएर विद्यार्थीलाई अनियमितता गराउने शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारीदेखि परिचालित सुरक्षाकर्मी कसैलाई छाडिने छैन ।' मन्त्री शर्माले परीक्षाको गुणस्तरमा सरकारले सम्झौता नगर्ने उल्लेख गरे । परीक्षा नियन्त्रक खगराज बरालले तयारी पूरा भएको बताए । परीक्षा चैत १ देखि ९ सम्म बिहान ८ देखि ११ बजेसम्म हुनेछ । परीक्षामा नियमितर्फ ४ लाख ३० हजार ९७ र एक्जेम्टेडतर्फ १ लाख १७ हजार ६८ जना सहभागी हुँदै छन् । एक हजार ७ सय ८६ परीक्षा केन्द्र राखिएको छ । केन्द्रैपिच्छे केन्द्राध्यक्ष, २ हजार ६ सय ५५ सहायक केन्द्राध्यक्ष, २१ हजार ८ सय ९० निरीक्षक, ७ हजार २ सय ९७ सहयोगी र १७ हजार ८ सय ६० सुरक्षाकर्मी परिचालन हुने बरालले बताए ।
डोटीबाट एसएलसी ३६ सय परीक्षार्थी सहभागी हुने
भोलिदेखि सुरु हुने एसएलसी परीक्षामा डोटीबाट ३६ सय विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लामा रहेका ७१ सामुदायिक र ४ संस्थागत गरि कूल ७५ वटा विद्यालयका परिक्षार्थीहरु सहभागी हुने परीक्षाका लागि जम्मा ११ वटा परिक्षा केन्द्र तोकिएको छ । परीक्षाको सबै तयारी पनि पुरा भइरहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । यसैबीच डोटीको रामपुर परीक्षा केन्द्रमा केन्द्राध्यक्ष अम्बिकाप्रसाद पोख्रेलको अध्यक्षतामा आज बसेको बैठकले बुडर बजारमा मदिरा बेचविखनमा पूर्ण प्रतिबन्ध लगाएको छ भने स्थानीय कल्याण सिहं धामीको अध्यक्षतामा परीक्षा सहयोग समिति गठन गरेर टाढाका विद्यार्थीहरुका लागि सस्तो र सुलभरुपमा बसोबास र खानाको प्रबन्ध मिलाउने निर्णय पनि भएको छ ।
पाल्पामा एसएलसीमा सहभागी परीक्षार्थीले अनिवार्य पोशाक लगाउनुपर्ने
एसएलसी परीक्षामा सहभागि पाल्पाका परिक्षार्थीहरुले अनिवार्यरुपमा पोशाक लगाउनु पर्ने भएको छ । सम्बन्धित विद्यालयको पोशाक लगाएर नगए परीक्षा दिन नपाउने गरी सबैलाई जानकारी गराइएको छ । यसपालीको परीक्षालाई अनुशासित र मर्यादित बनाउनका लागि पोशाकलाई अनिवार्य गरिएको जिल्ला शिक्षा कार्यालय पाल्पाका उपसचिव टिकाराम शर्माले बताउनुयभो । साथै परीक्षार्थीले ज्याकेट लगाउन तथा पछ्यौरा र सल ओढ्नसमेत नपाउने भनिएको छ ।
जुम्लाको एक केन्द्रमा एसएलसी परीक्षाको जिम्मा महिलालाई मात्र
जिल्लाका ११ वटा परिक्षा केन्द्रमध्ये कर्णाली माध्यमिक विद्यालय अनामनगर केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्षदेखि सबै निरीक्षकको जिम्मा महिलालाई दिइएको छ । केन्द्रध्यक्ष माध्यमिक विद्यालय अनामनगरका प्रधानाध्यापक कान्तिका सेजुवाल र सहायक केन्द्राध्यक्ष शिक्षिका तारा खत्री रहनुभएको छ । यो वर्षदेखि हरेक परीक्षा केन्द्रमा महिला शिक्षिका बढी सहभागी गराउने नीति लिएको जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ । यस वर्ष जुम्लाबाट करिब २६ सय विद्यार्थी सहभागी हुँदैछन् ।
जिल्ला शिक्षा कार्यालय जुम्लाले यही चैत १ गतेबाट सुरु हुने प्रवेशिका परीक्षा अवधिभर विषयगत शिक्षकलाई तालिममा समावेश गरिने निर्णय गरेको छ ।
प्रवेशिका परीक्षको समयमा परीक्षा केन्द्रमा अभिभावकको दबाबमा विषयगत शिक्षकले चिट चोराउने प्रविृत्तिलाई निरुत्साहित गर्न र परीक्षा केन्द्रको उचित व्यवस्थापन गरी विद्यार्थीले आफैँ पढेर परीक्षा दिने संस्कारको विकास गराउन जिल्ला शिक्षा कार्यालयले सो निर्णय गरेको हो ।
उक्त निर्णयअनुरुप अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकलाई तालिममा समावेश गराइने कार्यालयले जनाएको छ ।
निजी उच्चमावि र कलेजमा तोडफोड तथा बन्दको घटना बढ्न थालेपछि सोमबार शिक्षा मन्त्रालयमा सम्बन्धित पक्षबीच वार्ता भएको छ ।, यता अनेरास्ववियु क्रान्तिकारीले काठमाडौं, झापा र दाङमा गरी ५ वटा निजी स्कुलरकलेजमा तोडफोड गरेको छ ।शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले शिक्षा क्षेत्रमा बन्द हड्ताल नगर्न र बसेर आपसी समस्या समाधान गर्न सार्वजनिक अपिल गरेपछि वार्ताको वातारण बनेको हो ।उच्चमाध्यामिक विद्यालय सङ्घ ९हिसान० का महासचिव युवराज शर्माले आज आफूहरु वार्तामा बस्ने तय भए पनि आजै थप केही शिक्षालयमा तोडफोड भएकामा चिन्ता व्यक्त गरे ।महासचिव शर्माका अनुसार आज स्वयम्भूको ग्रिन कान्तिपुर, रविभवनको ज्ञानकुञ्ज र कोटेश्वरको ग्रामीण स्कुल, झापा र दाङका एक एक वटा उमावि तथा कलेजमा क्रान्तिकारीले भौतिक आक्रमण गरेको बताए ।
फाल्गुन १६ - आगामी चैत १ गतेबाट हुन एसएलसी परीक्षामा यो बर्ष १ हजार विद्यार्थीले परीक्षा दिन नपाउने भएका छन् । दोहोरो रजिस्ट्रेसन फारम भरेका नक्कली र प्रक्रिया नपुगेका परीक्षार्थीले परीक्षा दिन नपाउने भएका हुन् ।परीक्षाका लागि फारम भरेकामध्ये करिब २ सयले दोहोरो रजिस्ट्रेसन फारम भरेको, ९७ जना नक्कली विद्यार्थी भएको र पाँच सयको प्रक्रिया नपुगेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ । उपनियन्त्रक पल्हाद अर्यालका अनुसार मुलुकभरबाट परीक्षाका लागि आएका फारम रुजु गर्दा सो तथ्य फेला परेको हो ।दोहोरो रजिस्ट्रेसन भर्ने विद्यार्थीले परक्षिा अगाडी एक स्थानको फाराम एक स्थानबाट फिर्ता गरेमा त्यस्ता विद्यार्थीको परीक्षा रद्द नहुने भएको छ । दोहोरो रजिस्ट्रेसन फारम भएकाले फारम फिर्ता नगरी परीक्षा दिएमा दुई बर्षसम्म परीक्षामा समावेश हुन नपाउने व्यवस्था गरिएको छ । यस बर्ष मुलुकभरबाट ५ लाख ४७ हजार २ सय ५ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
फाल्गुन १६ - सिन्धुलीको पुरानो झागाझोली गाविस रहेको गणेश उच्च माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरु अज्ञात रोगका कारण कक्षा ६ को पठनपाठन केही दिनका लागि बन्द गरिएको छ । छात्राहरुमा एक्कासी टाउको दुखेर बेहोस हुने, काम्ने, रुने कराउने र बर्बराउने जस्ता लक्षण देख परेकोले पठनपाठनमा समस्या भएकाले पठनपाठन बन्द गरिएको विद्यालयले जनाएको छ । विगत ३ महिनादेखि अज्ञात रोग देखा परेको र केही दिनदेखि छात्राहरुमा रोगले छात्राहरुमा बिरामीको संख्या बढ्दै गएकाले पठनपाठन बन्द गरिएको विद्यालयका शिक्षक भरत लोप्चनले जानकारी दिनुभयो । अहिलेसम्म १० जना छात्राहरुमा यो लक्षण देखा परेको विद्यालयका शिक्षक लोप्चनले जानकारी दिनुभयो ।
फाल्गुन १६ - बागलुङमा क्रियाशील राजनीतिक दलका नेताहरुले विद्यालय शान्ति क्षेत्र घोषणा कार्यन्वयनका लागि नीतिगत तथा शैक्षिक सुधार गर्न पहल गर्ने लिखित प्रतिवद्धता जनाएका छन् । शिक्षामा देखिएको दलको दोहोरो नीतिलाई सुधार गर्दै जिल्लाका बिद्यालयलाई शान्ति क्षेत्रको रुपमा स्थापित गर्न आवश्यक भूमिका निर्वाह गर्ने उनीहरुले लिखित प्रतिवद्धता जनाएका हुन् । जिल्ला शिक्षा कार्यालय बागलुङको आयोजना, गाजा युवा क्लब र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान नेपालको संयोजन र सेभ द चिल्डे«ेनको सहयोगमा गरिएको जिल्ला संवादमा उनीहरुले प्रतिवद्धता जनाएका हुन् । दलकै आह्वानमा बन्द गरेका घटना नभएपनि भातृ संगठनको आव्हानमा हुने बन्द शैक्षिक क्षेत्रमा देखिएको विकृति र विसङ्गतिका विरुद्ध हुने भएकाले त्यसलाई स्वाभाविक रुपमा लिनुपर्ने बताइएको थियो भने सम्वादमा रहेका बन्दका बेला स्वास्थ्य क्षेत्र र एम्बुलेन्स जस्तै विद्यालयका गाडी र विद्यालयमा पठनपाठन निर्वाध रुपमा सञ्चालन गर्न दिने वातावरण बनाउन दलहरुलाई आग्रह गरेका छन् । प्रतिवद्धता पत्रमा एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले नेकपा–माओवादीका, राष्ट्रिय जनमोर्चाका र राष्ट्रिय जनशक्ति पार्टीलगायतका दलले हस्ताक्षर गरेका छन् ।
चितवनका विद्यार्थीहरुले अवदेखि शनिवार र सार्वजनिक विदाका दिन पनि भाडा दरमा सहुलियत पाउने भएका छन । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सर्वपक्षीय बैठकमा विद्यार्थी परिचय पत्रका आधारमा भाडा दरमा दिइने छुट शनिबार र अन्य सार्वजनिक विदाका दिन पनि दिन यातायात व्यवसायीहरु सहमत भएका हुन । बैठकले भाडा दरमा दिने सहुलियत सम्बन्धी व्यवस्थाको सूचना काउण्टरमा १ सातामा र सवारी साधनको अगाडि र पछाडि १ महिना भित्रमा टास गरीसक्नु पर्ने , नक्कली परिचय पत्र बनाउने कार्य नियन्त्रणका लागि सम्बन्धीत निकायबाट पहल गर्ने र नक्कली परिचय पत्र बनाउने निर्णय समेत गरेको छ ।
शिक्षक सेवा आयोगले शिक्षकका लागि खुलाएको आवेदन दिने समय एक हप्ता थप गरेको थियो । यसअघि एक महिनाका म्यादसहित भोलिसम्म आवेदन दिने समय भएकोमा एक हप्ता थपिएको आयोगले जनाएको छ । १७ वर्षपछि आयोगले खुला विज्ञापन गरेको र आवेदन दिनेहरुको भीड बढिरहेकाले सुविधा दिन भन्दै समय थपिएको आयोगले बताएको छ । फागुन ४ गतेदेखि भने दोब्बर दस्तुर बुझाएर एक हप्ता आवेदन दिन पाइने पनि आयोगले जनाएको छ ।
यस वर्षदेखि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले पुनर्याेगपछि एसएलसी परीक्षाको उत्तरपुस्तिका हेर्न पाउने व्यवस्थालाई सरलीकृत बनाएको छ ।सबै विद्यार्थीले पुनर्योग गर्न पाऊँ भनेर सात सय रुपियाँ तिरे उत्तरपुस्तिका हेर्न पाउने व्यवस्था गरिएको परीक्षा उपनियन्त्रक प्रल्हाद अर्यालले जानकारी गराए । उपनियन्त्रक अर्यालले बिहीबार भएको एक कार्यक्रममा सूचनाको हकसम्बन्धी ऐनको व्यवस्थानुसार पुनर्याेगको व्यवस्थालाई सरलीकृत बनाइएको बताए ।
काठमाडौं, माघ १९--
उच्चशिक्षामा छात्रवृत्ति पाउने आशामा कतिपय निजी विद्यालयमा पढ्ने विद्यार्थीहरूले सरकारी विद्यालयबाट एसएलसी परीक्षामा दोहोरो रजिस्ट्रेसन गरेको पाइए त्यस्ता विद्यार्थीले परीक्षा दिन नपाउने भएका छन्।
त्यस्ता विद्यार्थीहरूले चालु वर्षका लागि गरेको रजिस्ट्रेसन स्वतः रद्द हुने व्यवस्था परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गरेको छ। 'एसएलसी परीक्षाको तयारी'बारे शिक्षा पत्रकार समूहद्वारा आयोजित छलफल कार्यक्रममा परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रल्हाद अर्यालले एसएलसी परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका दोस्रो संशोधन गरी नयाँ व्यवस्था गरिएको जानकारी दिए। गत वर्ष दुई हजार ८०० विद्यार्थीको दोहोरो रजिस्ट्रेसन देखिएको थियो।
यस वर्ष त्यस्तो रजिस्ट्रेसन भए/नभएको बारेमा अध्ययन भइरहेको भन्दै उपनियन्त्रक अर्यालले सो कार्यमा संलग्न विद्यालय र सम्बन्धित कर्मचारीलाई पनि कारवाही हुने बताए। उनका अनुसार त्यस्ता विद्यार्थीले रु. सात सय तिरेर सिधै नियन्त्रण कार्यालयमा उत्तरपुस्तिका हेर्न पाउँ भनी निवेदन दिन सक्नेछन्।
शिक्षाविद् डा तीर्थ खनियाँले परीक्षालाई प्राविधिक र प्रशासनिक बनाइएको टिप्पणी गर्दै गेसपेपर प्रतिबन्ध गरेर नियन्त्रण गर्नेतिरभन्दा मौलिक उस्तै खालको प्रश्नपत्र निर्माणको साटो चिट चोर्न नसके गरी प्रश्नपत्र बनाउन बनाउन सुझाव दिए।
उच्चशिक्षामा छात्रवृत्ति पाउने आशामा कतिपय निजी विद्यालयमा पढ्ने विद्यार्थीहरूले सरकारी विद्यालयबाट एसएलसी परीक्षामा दोहोरो रजिस्ट्रेसन गरेको पाइए त्यस्ता विद्यार्थीले परीक्षा दिन नपाउने भएका छन्।
त्यस्ता विद्यार्थीहरूले चालु वर्षका लागि गरेको रजिस्ट्रेसन स्वतः रद्द हुने व्यवस्था परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गरेको छ। 'एसएलसी परीक्षाको तयारी'बारे शिक्षा पत्रकार समूहद्वारा आयोजित छलफल कार्यक्रममा परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रल्हाद अर्यालले एसएलसी परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका दोस्रो संशोधन गरी नयाँ व्यवस्था गरिएको जानकारी दिए। गत वर्ष दुई हजार ८०० विद्यार्थीको दोहोरो रजिस्ट्रेसन देखिएको थियो।यस वर्ष त्यस्तो रजिस्ट्रेसन भए/नभएको बारेमा अध्ययन भइरहेको भन्दै उपनियन्त्रक अर्यालले सो कार्यमा संलग्न विद्यालय र सम्बन्धित कर्मचारीलाई पनि कारवाही हुने बताए। उनका अनुसार त्यस्ता विद्यार्थीले रु. सात सय तिरेर सिधै नियन्त्रण कार्यालयमा उत्तरपुस्तिका हेर्न पाउँ भनी निवेदन दिन सक्नेछन्।
शिक्षाविद् डा तीर्थ खनियाँले परीक्षालाई प्राविधिक र प्रशासनिक बनाइएको टिप्पणी गर्दै गेसपेपर प्रतिबन्ध गरेर नियन्त्रण गर्नेतिरभन्दा मौलिक उस्तै खालको प्रश्नपत्र निर्माणको साटो चिट चोर्न नसके गरी प्रश्नपत्र बनाउन बनाउन सुझाव दिए।




