नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले राष्ट्रपतिले संविधानको पुस्तक पूजा गरेर बस्न नमिल्ने बताउनु भएको छ ।नेपाल
निजामती कर्मचारी युनियन पश्चिमाञ्चल क्षेत्रीय भेलाको शनिबार पोखरामा
उद्घाटन गर्दै पौडेलले राष्ट्र अस्तव्यस्त भएको बेला संविधानको संरक्षक
भनेर पूजा गरेर बस्न उचित नहुने बताउनु भयो । राष्ट्रपति डा. रामवरण यादवले
अब संसदीय प्रणालीको मान्यताअनुरुप अब नयाँ प्रधानमन्त्री दिनु पर्ने
उहाँको भनाई थियो ।संसद् नभएको बेला राष्ट्रपति मात्रै देशको
एउटा आशाको केन्द्र रहेको भन्दै उहाँले कसैले पनि बोल्ने ठाउँ नराखीकन
राष्ट्रपतिका विशेषज्ञहरुले छलफल गरेर अघि बढ्नु पर्ने बताउनु भयो ।
नयाँ दिल्लीमा सामूहिक बलात्कार भएकी एक छात्राका युवकमित्रसँग अन्तर्वार्ता लिइ प्रसारण गरेको भनी हिन्दी भाषाको जी न्युज च्यानलमाथि भारतीय प्रहरीले शनिबार अदालतमा एक मुद्दा दायर गरेको जानकारी...
तत्कालीन नेकपा माओवादीले २०६१ साउन २७ गते अपहरण गरी हत्या गरेका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका आरोपी ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा द्धारी...
एमाले अध्यक्ष झलनाथ खनाल ले एमाओवादीले मुलुकमा आफ्नो सर्वसत्तावाद लाद्ने कोसिस गरिरहेकाले राष्ट्रिय सहमति हुन नसकेको आरोप लगाएका छन् ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको सातौँ महाधिवेशनको शनिबार उद्घाटन
गर्दै अध्यक्ष खनालले सो पार्टीले कहिले संविधानसभा पुनःस्थापना र कहिले
स्वतन्त्र व्यक्तिका नाममा प्रधानमन्त्रीको प्रस्ताव ल्याएर सहमतिलाई
बिथोल्ने काम गरिरहेको आरोप लगाएका हुन् ।
‘एमाओवादीको बोलीको ठेगान छैन, बिहान एउटा कुरा गर्छ, बेलुकी अर्काे कुरा ।
ऊ अहिले पनि आफ्नो निरङ्कुशता लाद्ने कोसिस गरिरहेको छ,’ खनालले भने,
‘सहमति हुन नसकेकाले अब पार्टीले आन्दोलनको तयारी गरिरहेको छ र कलाकारहरूले
पनि आन्दोलनका गीतहरू तयार गर्नुहोला ।’
उनले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त परिवर्तनलाई सामाजिक र आर्थिक
क्षेत्रमा संस्थागत गर्न आवश्यक भएको भन्दै महिला हिंसाको विरुद्ध लाग्न
कार्यकर्ताहरूलाई निर्देश गरे ।
ekantipur.com
" HAPPY BIRTH DAY" 2U
बलिउडमा युवापुस्ता माझ लोकप्रिय नायिका दीपिका पादुकोणले शनिबार आफ्नो २६
औं जन्मदिन मनाएकी छिन् । सन् १९८६ मा डेनमार्कको कोपनहेनगमा जन्मिएकी
पादुकोणले चलचित्र ‘ओम शान्ति ओम’ मार्फत बलिउड नगरीमा आफ्नो पाइला राखेकी
हुन् । उनलाई
यही सिनेमाले फिल्मफेयरमा उत्कृष्ट नब अभिनेत्रीको अवार्ड समेत दिलाएको
थियो । उनले आफ्नो फिल्मी करिअर सुरु गर्नुअघि विज्ञापन र मोडलिङमा आफुलाई
उभ्याएकी थिईन् । दीपिका आज बलिउडको चर्चित नायिकाको रुपमा परिचित छिन् ।
उनको सन् २०१३ मा ४ सिनेमाहरु प्रदर्शनको तयारीमा छन् । दीपिका नायक रणबिर
कपुरसँगको प्रेम र रोमान्सले पनि केही समय अघि चर्चित थिईन् ।
नेपाली चलचित्रमा सेक्स र अश्लिलता हाबी भइरहेको समयमा फेरी अर्को यस्तै चलचित्रको निर्माण भएको छ । बाबु बलामीको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘युज’ मा यस्ता...