बलिउडका नम्बर वान अभिनेता सलमान खानको पछिल्लो फिल्म एक था टाइगरले पाकिस्तानमा अड्चन बेहोर्नुपरेको छ । यो फिल्मको ट्रेलरलाई पाकिस्तान सरकारले प्रतिबन्ध लगाएपछि पाकिस्तानमा यो फिल्म नै...
मुखमैथुन यौन आनन्द प्राप्त गर्ने एक उपाय हो । यौनको विषयमा समाजमा
खुल्लापन बढ्दै जाँदा तथा पार्टनरहरुबीच यौन सम्बन्धमा सहजता थपिँदै जाँदा
मुखमैथुन सम्भोग प्रक्रियाको एक अंग बन्दै गएको विभिन्न अध्ययनहरुले समेत
देखाएका छन् ।
यौनसुखका लागि प्राकृतिक सेक्स जस्तै मुखमैथुन जस्ता प्रक्रियाहरु समेत
प्रयोग हुन्छन् । मुखमैथुनबाट यौन आनन्दमा वृद्धि त हुन्छ नै तर यदि
सावधानी नअपनाउनेहो भने त्यसले गम्भीर तत्कालिन तथा दीर्घकालीन असर पूराउन
सक्छ । कतिपयमा योनी र लिंगबीचको मिलनबाट हुने यौन सम्पर्कबाट मात्र यौनरोग
सर्ने तर मुखमैथुनबाट यौनरोग नसर्ने भएकाले मुखमैथुन स्वास्थ्यका दृष्टिले
पूर्णरुपमा सुरक्षित रहेको विश्वास तथा भ्रम हुन्छ । तर यस्तो सोँचाइ
पूर्णत गलत हो । सत्य कुरा के हो भने मुखमैथुनबाट पनि विभिन्न खालका यौनरोग
सर्ने सम्भावना उत्तिकै रहन्छ । यौनरोग भन्ने बित्तिकै एड्सलाई मात्र
सम्भिmने र अरु यौनरोगलाई गन्दै नगन्ने चलन पनि छ । तरपनि असुरक्षित यौन
सम्पर्कबाट एड्सबाहेक अरु त्यस्ता खतरनाक यौनरोग पनि लाग्छन् जसले मान्छेको
ज्यानै समेत लिन्छन् ।
मुखमैथुनबाट अन्य सामान्य यौनरोग जस्तै गोनोरिया तथा भिरिंगी जस्ता
खतरनाक रोग पनि सर्ने गर्छन् । कतिपयमा मुखमैथुनबाट एड्स सर्दैन भन्ने भ्रम
हुन्छ । तर यो गलत हो । यदि मुखमा कुनै घाउ छ, ओँठ वा जिब्रो फुटेर रगत
बगिरहेको छ भने त्यस्तो अवस्थामा एचआइभी संक्रिमतसँग गरिने मुखमैथुनबाट
एचआइभी सर्न सक्छ ।कतिपयमा यौनरोगको दीर्घकालीन असर हुँदैन भन्ने भ्रम हुन्छ । जसका कारण
उनीहरु असुरक्षित मैथुनका लागि सक्रिय बन्छन् ।