'रुद्राक्ष'

प्रायः प्रेम कथामा आधारित नेपाली चलचित्र हेरिरहेका दर्शकले आज शुक्रबारदेखि प्रदर्शन हुने चलचित्र 'रुद्राक्ष' बाट नयाँ स्वाद पाउनेछन्। ने पाल नृत्यकार संघका अध्यक्ष दिनेश पाख्रिनले निमाण गरेको यो चलचित्र सस्पेन्स, थ्रिलर तथा एक्सन प्रधान छ। हिन्दू संस्कृतिमा अत्यन्त  महत्व राख्ने रुद्राक्षको शक्ति कतिसम्म सशक्त हुनसक्छ भन्ने कथामा आधारित यो चलचित्रमा राते काईंलाका रूपमा लोकप्रिय सुनील थापा  केन्द्रीय भूमिकामा छन्। चलचित्रका निर्देशक गोकुल राईले थापालाई हिन्दी चलचित्र  'अग्निपथ' का खलनायक सञ्जय दत्तको जस्तै गेटअपमा  प्रस्तुत गरेका छन्। दुई सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका थापाले 'रुद्राक्ष' पहिलो पटक सबैभन्दा डरलाग्दो गेटअपमा प्रस्तुत  भएको बताएका छन्। देशव्यापी प्रदर्शन हुने यो चलचित्रमार्फत नायक रोहित कुमारले डेब्यु गरेका छन्। चलचित्रमा रोहितसँगै अनु शाह, जिया  केसी, रमेश इङनाम, सुनील थापा, दिनेश पाखि्रन, मोहन निरौला, उदय सुब्बा, मोनिका दाहाल आदि कलाकारले अभिनय गरेका छन्। चलचित्र  प्रदर्शन हुनुअघि जारी गरिएका प्रोमो तथा पोस्टरहरूले एक प्रकारको कौतूहलता जगाएको छ।  चलचित्रमा विकास चौधरीको संगीत निर्देशन छ भने गीतहरू शंकर अधिकारी घायलले रचना गरेका छन्। केशवकुमार अधिकारीले छायांकन  गरेको यो चलचित्रमा दिनेश पाखि्रनको नृत्य निर्देशन  छ। देशभरिका करिब ६० वटा सिनेमा हलमा प्रदर्शन हुने यो चलचित्रको पटकथा-संवाद  प्रकाश पुरीले तयार पारेका हुन्। चलचित्रमा तीन वटा गीत छन् जसमा शिव परियार, दीपक लिम्बू, सन्तोष लामा, माण्डवी त्रिपाठी तथा ऋतु  लामाको पाश्र्व गायन छ। ...

'दबंग-२'

चलचित्र 'दबंग' को सफलताले सलमान खानको करियरको ग्राफलाई शिखरमा पुर्‍याएको थियो। 'दबंग' पछि सलमानले अभिनय गरेका प्रायः  सबै चलचित्रले राम्रो व्यापार गरे। उनका प्रशंसकहरूलाई उनले अभिनय गर्ने चलचित्रको...

Blog Archive

Sports

RSS

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको