यसअघि उनले १ सय मिटर र ४ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए । यस्तै २६ दशमलव ९ सेण्केण्डमा २ सय मिटर दौडदै स्वर्ण जितेकी प्रमिलाले पनि यसअघि महिला १ सय र ८ सय मिटर दौडमा स्वर्ण जितेकी थिईन् । पुरुषको २ सय मिटरमा पश्चिमाञ्चलका विमल बस्नेतले रजत र मध्यमाञ्चलका रोशन पाण्डेले काश्य जिते ।
आवेग र चर्को नारा दिएर मात्र संघीय राज्य नपाइने उनले बताए । 'एक मधेस प्रदेश असम्भव छ,' नेपालगन्जमा बिहीबार अन्तर्राष्ट्रिय आदिवासी थारु युवा सम्मेलनको उद्घाटन गर्दै उनले भने, ‘त्यो कुरा क्रान्तिकारी नारा लगाउने मधेसी नेतालाई पनि थाहा छ । ठीक त्यसैगरी सिंगो तराई एक थरुहट प्रदेश पनि सम्भव नभएको गच्छदारले बताए ।
राज्य पुनःसंरचना आयोगको प्रतिवेदन पनि विवादमा तानिएकाले सबैले स्वीकार्ने व्यावहारिक राज्यको सीमाकन हुनुपर्ने बताए । 'हिमाल, पहाड र तराई-मधेसका सबै जाति, धर्म र समुदायलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्नुपर्छ'- गच्छदारले भने,- राष्ट्रिय अखण्डता जोगाउन सबै जातजाति, भाषा र पहिचान स्विकार्नुपर्छ ।थरुहट तराई पार्टीका अध्यक्ष लक्ष्मण थारुले मधेस र मधेसी शब्दको आलोचना गरेका थिए । 'थारुलाई मधेसी बनाउने समावेशी विधेयक २२ गतेभित्र नसच्चाइए आन्दोलनमा उत्रिन्छौं,' थारुले भने, ‘थारुलाई मधेसी बनाउने षडयन्त्रमा सरकार लागेको छ ।’
राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगमको जहाजका हराएका पांग्रा नयाँ दिल्लीमा फेला परेको छ । गत नोभेम्बरयता हराएको भनिएका दुईवटा पांग्रा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक उडानको क्षेत्रमा मंगलबार फेला परेको हो ।बोइंग ७५७ विमानका ती पांग्रा बिहीबार काठमाडौं पुर्याइएको छ । 'टर्मिनल थ्रीस्थित आन्तरिक उडान क्षेत्रको बे नम्बर ३१ मा एयर इण्डियाको ट्र्लीमा दुवै पांग्रा भेटिएको हो' निगमकी दिल्ली एयरपोर्ट व्यवस्थापक स्नेह गौरले ईकान्तिपुरसँग भनिन् ।
पांग्रा भेटिएपछि एयर इण्डियाका ड्युटी म्यानेजरले आफूलाई फोन गरी जानकारी दिएको उनले बताइन् । अगाडिको (नोज विह्ल) एक र पछाडिको (बियरिंग विह्ल) एक गरी दुईवटा पांग्रा तीनमहिनायता हराएको थियो ।
भविश्य महापुराणको उद्घाटन गर्न बिराटनगर आएका पूर्व राजा ज्ञानेन्द्रले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मुलुक, राष्ट्रियता र प्रजातन्त्र खतरामा परेको बताउनु भयो । ‘मैले सुरुदेखि नै यी तीन कुरामा जोड दिँदै आएको थिए, आज आए तीनै जोखिममा परे’ रत्ना होटलमा करिव ३ मिनेट सञ्चारकर्मीहरुसँग एकोहोरो सम्वाद गर्नु भएका पूर्व राजा ज्ञानेन्द्रले भन्नुभयो-’मुलुक नै नरहे हामी नेपाली कसरी रहने ?’
लुम्बिनीमा बिहीबार 'लुम्बिनी-सगरमाथा शान्ति अभियान यात्रा- २०१२' लाई सम्बोधन गर्दै दाहालले भने, 'यो प्रक्रियालाई सफल गर्न सक्दा हाम्रो पिंढी नै गौरावान्वित हुने वाला छौं । हामीले यसलाई सफल पार्न सकेनौं भने निकै अप्ठ्यारो भूमरीमा पर्ने स्थितिमा पनि छौं ।'
दाहालले शान्ति प्रक्रिया अगाडि बढे पनि समस्याहरु उत्तिकै रहेको उल्लेख गरे । 'निश्चय नै शान्ति प्रक्रिया अगाडि बढेको छ तर केही समस्याहरु छन्, तर पनि यो प्रक्रिया निष्कर्षमा पुग्दैछ ।' उनले शान्ति र संविधानको कार्यभार पूरा गर्न तीन दलले लगातार छलफल गरिरहेको जानकारी दिए ।संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिका संयोजकसमेत रहेका दाहालले संविधान निर्माणमा पनि चुनौति रहेको बताए । 'तर पनि निष्कर्षमा पुर्याउनुको विकल्प राजनीतिक दल र नेताहरुका लागि छैन,' उनले भने, 'त्यसका लागि हामीलाई समयको दबाब पनि परेको छ ।'
अभिनेता भुवन केसीले निर्माण गरेको बहुप्रतिक्षित चलचित्र 'साथी म तिम्रो' भोली शुक्रबारबाट देशभरीका अधिकांश सिनेमा घरमा चल्दैछ । शिब रेग्मीले निर्देशन गरेको सो चलचित्रमा भुवन केसी, रेखा थापा, ऋचा घिमिरे, शिर्षक सापकोटा लगायतले अभिनय गरेका छन् ।
भुवन केसीको चलचित्र भने सिंगल रिलिज हो । किनकी भोली अन्य कुनै नेपाली चलचित्र रिलिज हुने छैनन् । त्यसैले पनि भुवनले निर्माण गरेका यस अघिका चलचित्र सफल भएकाले यो पनि सफल हुने अंकलन गरिएको छ ।
पछिल्लो समयमा प्रदर्शनमा आएका नेपाली चलचित्रहरुले दर्शक हलसम्म तानी रहेको बेला आउदो चैत्र ३ गते तीनै वटा नेपाली चलचित्रहरु एकसाथ प्रदर्शनमा आउने भएका छन् । फ्रेस चलचित्रको रूपमा चपली हाईट र उपत्यका बाहिर रिलिज भईसकेको दुई चलचित्र म तिम्रो भईसकें र सडक रिलिज हुने करिब निश्चित भएको छ ।
बेलाबेला बिबादित बन्दै पब्लिसिटी स्टण्ड पनि राम्रै पाएको चलचित्र चपली हाईटलाई दिपेन्द्र के. खनालले निर्देशन गरेका हुन् भने निर्माता अर्जुन कुमार हुन् । मायाप्रेम अनि सेक्सको बिषयलाई उठान गरेको चलचित्र चपली हाईटमा अमिर गौतम, बिनिता बराल र राज घिमिरेको मुख्य अभिनय रहेको छ र चलचित्र पनि यिनै तीन कलाकारको वरीपरी घुमेको छ ।
हामी जतिसुकै अराजक भएर बाँच्न खोजे पनि समाज भन्दा पर भाग्न सक्दैनौं । कतै न कतै सामाजिक मूल्य र मान्यताहरुले हामीलाई बाँधिरहन्छन् । न हामी त्यसलाई मान्न चाहन्छौ न भत्काउने सामर्थ्य नै राख्छौ ।
यो एउटा सुयोग नामक प्रतिनिधी पात्रको कथा हो ।
आम युवा जस्तै सुयोगले पनि जिन्दगीका सपनाहरु बुन्छ र एकदिन सपनाहरु पूरा हुने ध्येय राख्छ तर एकपछि अर्को गरि सपनाहरु तुषारापात भएपछि ऊ कसरी विक्षिप्त हुन्छ र त्यसको परिणतीको हद के सम्म हुन सक्छ ? आशाका किरणहरु बिलाउँदै गएपछि जिन्दगीले हुत्याएर कहाँ कहाँ पुर्याउँछ र सपना र खुशीको खोजमा ऊ कहाँ कहाँ कसरी भौतारिन्छ ? त्यो नै हो अपवाद ।
चितवनमा आफ्नै श्रीमति र सुसुरको कुटपिटवाट विहीवार विहान एक जनाको मृत्यु भएको छ । चितवनको गुञ्जनगर ६, मा रहेको ससुराको घरमा श्रीमतिसंगै बस्दै आएका वीरेन्द्रनगरका इन्द्रवहादुर थापाको ससुरा र श्रीमतिको कुटाईवाट मृत्यु भएको हो ।कुटाइबाट ज्यान गुमाएका थापाको शव उनकै ससुरा जङ्गु थापा मगर र श्रीमती विवह थापाले घरभित्र लैजाँदै गर्दा रङ्गेहात पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । पारिवारिक झगडा हुँदा आफूहरूले कुटपिट गरेको मृतककीश्रीमति र उनका ससुराले प्रहरी समक्ष वयान दिएका छन् । कुटपिट गर्ने दुवैलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।



