The Nepali Congress, CPN-UML, Baidya faction of the UCPN (Maoist),
Madhesi Janadhikar Forum Nepal and some fringe parties are preparing to
float a no-confidence motion to topple the incumbent government.
These parties engaged in signature collection and inter-party discussions on Saturday. The signature campaigners, however, seem less confident that the motion will legally replace the current
Baburam Bhattarai-led government. Leaders say the bid to table a no-confidence motion was aimed at giving a message to the prime minister that he is indeed in minority and therefore should step down immediately.
According to NC leader Chandra Bhandari, his party has collected signatures from almost all of 114 lawmakers for a vote of no confidence. During a meeting with NC President Sushil Koirala, Maoist Vice-chairman Baidya claimed that he could provide signatures of some 100 lawmakers from his party to unseat the government.
But the Parliamentary Party meeting of the CPN-UML on Saturday witnessed heated debate after PP leader Jhala Nath
Khanal asked the lawmakers to
put their signatures on a blank sheet of paper. The lawmakers mainly from the Janajati background said the move was swim against the whim.

संविधानका विवादित विषयमा प्रमुख
दलहरूबीच आइतबार मध्यरात सम्ममा सहमति नजुटे संविधानसभाबाट नयाँ संविधान
पाउने जनताको चाहनामाथि तुषारापात हुनेछ । दलहरूका आ–आफ्नै अडानका कारण
संविधानसभाको भविष्य नै संकटमा परेको छ ।
शनिबार मध्यरातिसम्म छुट्टाछुट्टै र
सामूहिक छलफलमा व्यस्त प्रमुख दलका शीर्ष नेताहरूले कुनै निकास दिन सकेनन् ।
उल्टै उनीहरू आरोप–प्रत्यारोपमा उत्रिएका छन् । छलफलमा सहभागी नेताहरूकै
अनुसार आइतबार मध्यरातिसम्म कुनै चामत्कारिक निर्णय नभए संविधानसभा विघटन
हुने पक्काजस्तै भइसकेको छ ।
मधेसी
मोर्चासहित प्रमुख चार दलबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा राति भएको
छलफलमा पनि दलहरूले आ–आफ्नै अडान दोहोर्याए । दिउँसो भएको छलफलपछि
उपप्रधानमन्त्री तथा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले त मुलुक भयावह
संकटको बाटोतर्फ लागेको घोषणा नै गरे । ‘उस्तै परे अब संविधानसभाको
बैठकसमेत बस्न नसक्ने अवस्था आएको’ उनले पत्रकारलाई सुनाए ।
राति भएको छलफलमा माओवादी र मधेसी
मोर्चाले एकल जातीय पहिचानसहितका १० प्रदेश बनाइनुपर्ने अडान राखे ।
मोर्चाले तराईमा दुई प्रदेश बनाउन राखेको अडानलाई माओवादीले पनि पूर्ण
समर्थन जनायो । कांग्रेस–एमालेले भने एकल जातीय पहिचानका आधारमा राज्य
पुन:संरचना गर्न नसकिने पुरानै अडान दोहोर्याए । बालुवाटारबाट बाहिरिँदा
माओवादी र मोर्चाका नेताहरूले कांग्रेस–एमाले संविधानसभा विघटन गर्न
लागिपरेको आरोप लगाए । कांग्रेस र एमालेले माओवादी सत्ता कब्जा गर्ने
योजनामा लागेको र मोर्चाले त्यसमा सहयोग पुर्याइरहेको जिकिर गरे ।
‘माओवादी र मोर्चाले एकल जातीय आधारमा
तराईमा दुईसहित १० प्रदेश बनाउन भने, हामी(एमाले र कांग्रेस)ले एकल जातीय
आधारमा कुनै पनि हालतमा प्रदेश बनाउन सकिँदैन भन्यौँ,’ बैठकपछि एमाले
अध्यक्ष झलनाथ खनालले सौर्यसँग भने । आइतबार बिहान पुन: बैठक बस्ने उनले
बताए ।
स्रोतका अनुसार बैठकमा माओवादी र मोर्चाका
नेताहरूले उच्चस्तरीय राज्य पुन:संरचना आयोगको १० प्रदेशको प्रस्तावमा
सहमति हुन नसके संविधानसभाको विषयगत समितिले तयार गरेको १४ प्रदेशको
प्रस्तावमा जान सकिने जनाएका थिए । तर, उनीहरू एकल जातीय पहिचानका आधारमा
पुन:संरचना गर्नुपर्ने अडानमा भने कायमै रहे, जसलाई कांग्रेस–एमालेले ठाडै
अस्वीकार गरे ।
सीमा सुरक्षाका लागि खटिएका भारतीय सीमा
सुरक्षा बल एसएसपीको ज्यादतीलाई प्रतिकार गर्दा नेपालीलाई समेत भारत
प्रवेशमा रोक लगाएका छन् । शुक्रबार साँझ भारतीय बजार बैरगनियामा युवतिलाई
दुरव्यवहार गरेको विरोधमा स्थानियबासी एसएसवीको प्रतिकारमा उत्रिएका थिए ।
स्थायिनवासीले चारै तिरबाट क्याम घेरा गरि
प्रदर्शन गर्दा एसएसबीले चलाएको गोली लागि एक भारतीय नागरिकको ज्यान समेत
गएको खबर आजको सौर्य दैनिकले छापेको छ । स्थानियले चारै तिरबाट घेरेर
ढुंगामुढा प्रहार गर्दा उनीहरुले प्रतिकार स्वरुप ५ सय राउण्ड गोली हानेका
थिए ।
स्थानिय प्रशासनको आदेशलाई समेत नटेरी
स्थानियबासी माथि ज्यादति बढाउको भन्दै एसएसबीलाई हटाउन माग गदै
स्थानियबासीले आन्दोलन गरेका थिए । भारतीय क्षेत्रमा तनाव बढेपछि शनिबार
रौतहटको मुख्य नाका गौर भन्सारमा पनि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको
उपस्थिति बाक्लो बनाईएको थियो । सुरक्षा सतर्कताका लागि भन्दै
सुरक्षाकर्मीहरुले नेपालीलाई भारत जान पनि रोक लगाएका थिए ।
संविधानसभाको कार्यकाल सकिएपछिको सम्भावित
खतरालाई मध्यनजर गरी नेपाली सेना तयारी अवस्थामा बसेको छ । सैनिक
मुख्यालयको निर्देशनमा मुलुकभरका सैन्य निकाय तैनाथ भएका हुन् ।
सैनिक मुख्यालयले केहीदिन अघिमात्र
सम्भावित खतराको मध्यनजर गर्दै खतराको संकेत सहित पत्राचार गरी मातहतका
निकायलाई तयारी रहन निर्देशन दिएको थियो ।
सैनिक मुख्यालयले केहीदिन अघिमात्र
सम्भावित खतराको मध्यनजर गर्दै खतराको संकेत सहित पत्राचार गरी मातहतका
निकायलाई तयारी रहन निर्देशन दिएको थियो ।
सैनिक मुख्यालयका एक बरिष्ठ अधिकारीका
अनुसार ‘सुरक्षा स्थिति निकै खबर भयो र दुवै प्रहरी ( नेपाल प्रहरी र
सशस्त्र प्रहरी ) को नियन्त्रण भन्दा बाहिर गएको अवस्थाको स्थिति सेनाले
समाल्नुपर्छ भनेर तयारी अवस्थामा बसेको बताएका छन् ।
सोही कारण सहितको पत्र सम्पूर्ण सैन्य इलाकामा पठाई सकेको उपत्यका बाहिरका एक पृतनापतिले बताएको खबर आजको राजधानी दैनिकले छापेको छ ।
पछिल्लो समयमा विभिन्न जातीय संगठनहरुले
आफनो माग राखेर बन्द हड्ताल गर्नुका साथै आफुखसी प्रदेश घोषणा गर्ने होडलाई
सेनाले गम्भिर रुपमा लिएको स्रोतको भनाई छ । सोही आधारलाई विश्लेषण गरी
सम्भावित दुर्घटना रोक्न सेना तयारी अवस्थामा बसेको सैनिक अधिकारीहरुले
बताएका छन् ।
दलहरुबीच सहमति नभए पनि संधिवानसभा
सचिवालयले ३६ भाग र ३ सय ११ धारा बनाई नयाँ संविधानको प्रारम्भिक
मस्यौदालाई अन्तिम रुप दिएको छ । दलहरुबीच सहमति भएको सबै विषयलाई समेटेर
सचिवालयको टोलीले शनिबार राती प्रारम्भिक मस्यौदा तयार पारेको छ ।
संविधान जारी गर्ने दिन आज आईसक्दा पनि
विवादित विषयममा दलहरुबीच सहमति हुन नसक्दा पनि सचिवालयको टोलीले आफ्नो काम
पुरा गरी दलहरुले चाहेमा संविधान जारी हुन सक्ने अवस्था तयार पारेको
स्रोतले बताएका छ ।
राजनीतिक दलहरुबीच भएको सहमतिलाई आधार
मानी तयार गरिएको संविधानको मस्यौदामा संघीष्ताका विषयमध्येमा प्रदेशको
संख्या, सीमांकन र नामांकन उल्लेख गरिएको छैन् ।
पहिलो स्थानमा प्रस्तावना राखी नेपालको
संविधानको मस्यौदा नाम दिईएको छ । मस्यौदा १ सय ३८ पृष्ठको रहेको छ ।
दलहरुबीच सहमति भई मस्यौदालाई संवैधानिक समितिले विधेयकको रुपमा संविधानसभा
सचिवालयमा दर्ता गरी संविधानसभा बैठकमा टेवल गरेपछि निर्णयार्थ प्रस्तुत
गरी दुई तिहाईले पारित भएमा संविधान जारी हुनेछ ।
भाग १ मा प्रारम्भिक परिच्छेद, भाग २ मा
नागरिकता, भाग ३ मा मौलिक हक, कर्तव्य, भाग ४ मा नीति निर्देशक सिद्धान्त,
भाग ५ मा राज्यको स्वरुप र राज्य शक्तिको बाँडफाँड, भाग ६ मा संघीय
कार्यपालीका, भाग ७ मा प्रादेशिक कार्यपालीका, भाग ८ मा स्थानिय
कार्यपालीका र भाग ९ मा संघीय व्यवस्थापिकाको काम, कतव्य र अधिकार लगायत ३६
भाग तोकिएको छ भने अन्यमा अनुसुचि राखिएको छ ।
काठमाण्डौका १६ र बाहिरका ५ गरी २१ वटा
हलमा चलिरहेको चलचित्र ‘द लास्ट किस’ विरुद्ध यही सिनेमाको मुख्य नायिका
शोभिता सिंखडाले उजुरी हालेकी छिन् । उनले, चलचित्र विकास वोर्डका अध्यक्ष
गणेश भण्डारीलाई फोन गरेर आफुले पारिश्रमिक नपाएको वताएकी हुन् ।
‘द लास्ट किस’का निर्माताले आफुलाई सम्झौता बमोजिमको रकम नदिएको भन्दै
उनले विकास वोर्डका अध्यक्षलाई मौखिक रुपमा उजुरी गरेको थाहा भएको छ ।
शोभिताको उजुरी आएपछि अध्यक्ष भण्डारीले निर्माता युवराज खत्रीलाई फोन गरी
आफैमा यो कुरा मिलाउन भनेका थिए ।
शुक्रवारवाट प्रदर्शनमा आएको यो चलचित्रले पहिलो दिन नै १० लाख माथिको व्यापार गरेको छ । नायिकाको उजुरी परेपछि निर्माता खत्री तनावमा छन् । तर नायिका शोभिताले भने, आफुले लिखित उजुरी पनि दिन सक्ने वताउँदै भनिन्, सिनेमा चलिरहेको समयमा किन अप्ठ्यारोमा पारौँ भन्ने सोचेर मौखिक रुपमा मात्र जानकारी गराएकी हुँ ।
‘द लास्ट किस’का निर्माताले आफुलाई सम्झौता बमोजिमको रकम नदिएको भन्दै
उनले विकास वोर्डका अध्यक्षलाई मौखिक रुपमा उजुरी गरेको थाहा भएको छ ।
शोभिताको उजुरी आएपछि अध्यक्ष भण्डारीले निर्माता युवराज खत्रीलाई फोन गरी
आफैमा यो कुरा मिलाउन भनेका थिए ।शुक्रवारवाट प्रदर्शनमा आएको यो चलचित्रले पहिलो दिन नै १० लाख माथिको व्यापार गरेको छ । नायिकाको उजुरी परेपछि निर्माता खत्री तनावमा छन् । तर नायिका शोभिताले भने, आफुले लिखित उजुरी पनि दिन सक्ने वताउँदै भनिन्, सिनेमा चलिरहेको समयमा किन अप्ठ्यारोमा पारौँ भन्ने सोचेर मौखिक रुपमा मात्र जानकारी गराएकी हुँ ।
नेपाली सिनेमामा चुम्वन र वेड सिन राख्ने अनि कथावस्तु पनि त्यस्तै वनाउने प्रचलन वढ्दै गएको छ । यही, प्रचलनलाई पछ्याउदै चलचित्र ‘डर्टी लभ’को निर्माण भएको छ ।
पवन केसीको कथा तथा निर्देशनमा तयार भएको
यस चलचित्रमा प्रशस्त मात्रामा यस्ता सिन राखीएको छ । चलचित्रमा नायिका
निता पोखरेल र नव नायक रजित अधिकारीले प्रशस्त मात्रामा चुम्वन र वेड सिनका
दृश्य दिएका छन् । चलचित्रलाई वास्तविक वनाउने प्रयासका लागि यस्ता दृश्य
पनि वास्तविक नै खिचिएको भनाई निर्देशक केसीले राखेका छन् । २ वटा गीत
वाहेक अन्य सम्पूर्ण छायांकन सकिएको यो सिनेमाको सम्पादन पनि सकिएको छ ।
चलचित्रमा विहेदेखि घृणा गर्ने तर
सेक्सलाई शरीरको आवश्यकता मान्ने केटा र अनाथ केटीबीचको कथालाई समेटीएको छ ।
डर्टी लभमा यी दुई कलाकारका अलवा दिनेश दुलाल, सुष्मा सिं, तारा केसी,
श्याम श्रेष्ठ, ज्ञानु लामा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र
डर्टी लभमा एउटा आईटम गीत समेत रहेको छ ।
जेठ १४ आउन केही घन्टामात्र बाँकी रहँदा संविधान सभा रहेको नयाँ बानेश्वर
क्षेत्र तनावमय भएको छ। जनजाति महासङ्घको आयोजनामा विभिन्न जातीय समुदायले
धर्ना दिएका छन्। सवारी आवतजावत ठप्प छ। सँगै प्रहरीले उच्च सतर्कता
अपनाएको छ।
संविधान वरिपरि सयौंको सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। नयाँ बानेश्वरको शान्तिनगर क्षेत्रमा ताम्सालिङ समुदायले धर्ना दिएका छन् भने बुद्धनगर क्षत्रेमा तमुवानले धर्ना दिइरहेका छन्। त्यस्तै शङ्खमूल जाने बाटोमा थारु तथा किराती समुदायले धर्ना दिइरहेका छन्।
धर्ना बसेकाहरुले सरकार र जनजाति महासङ्घबीच भएको ९ बुँदे सहमति कार्यन्वयन गर्नुपर्ने मुख्य नारा लगाइरहेका छन्। त्यस्तै 'भ्रष्टाचारीलाई फाँसी दे', 'जातीय पहिचानसहितको सङ्घीयता कायम गर', जातीय सङ्घीयताबिनाको संविधान मान्दैनौं' लगतयका नारा लगाइरहेका छन्।
थारु सङ्घर्ष समितिका अध्यक्ष चन्द्रकुमार चौधरीले अबको संविधानमा थारुको पहिचानसहितको राज्य हुनुपर्ने अडान राखेका छन्। नागरिकन्युजले तपाईंहरुको माग पूरा नभए के गर्नुहुन्छ भन्ने जिज्ञासा राख्दा उनले भने- थारु पहिचानसहितको संविधान नभए हामीले त्यो संविधान मान्दैनौं र हामीले त्यस्तो संविधान जलाउने छौं।
त्यस्तै किरात सङ्घर्ष समितिका अध्यक्षले आफूहरुले नाजायज माग नराखेको र माग कुनै पनि हालतमा पूरा गर्नुपर्ने अडान राखेका छन्। अबको नयाँ संविधानमा जातीय पहिचानसहितको संविधान नल्याए सशक्तरुपमा आन्दोलन चर्काउने उनले बताए।

संविधानसभाको बैठक सूचना टाँसेर ५ बजेसम्मका लागि स्थागित गरिएको छ ।
संविधानसभा जारी हुनुपर्ने समय डेढ दिनमात्र बाँकी रहँदा पनि संविधानसभाको
बैठक बस्न सकेको छैन ।
संविधानसभा मात्र होइन । दलका शीर्ष नेताहरुले सहमति नभएको भन्दै विवाद समाधान उपसमिति र संबैधानिक समितिको बैठकसमेत राखेका छैनन् । शनिबार १२ बजेका लागि संविधानसभाको बैठक डाकिएको भएपनि त्यसलाई सूचना टाँसेर स्थागित गरिएको हो ।
छोटो सूचनाको आधारमा जुनसुकै बेला बैठक बोलाइन सक्ने भन्दै स्थागित गरिएको सूचना टाँसिएको छ ।