नेपाली काँग्रेसका नेता डा. रामशरण महतले
काम चलाउ सरकारलाई बजेट ल्याउने कुनै नैतिक अधिकार नभएको बताउनुभएको छ ।
महतले राष्ट्रपतिले कमचलाउ सरकारको पत्र थमाइसकेकाले दलहरुवीचको सहमतिमा
मात्रै वजेट ल्याउनु पर्ने वताउनुभयो ।
नेपालमा नेपाल विद्यार्थी संघले नयाँ
आन्दोलनको घोषणा सार्वजनिक गर्न राजधानीमा आइतवार रिपोर्टस क्बल नेपालमा
आयोजित पत्रकार सम्मेलनमा महतले भन्नुभयो,’ राष्ट्रपति महोदयले समेत काम
चलाउ सरकार भनेर दलहरुबीच सहमतिको आधारमा जटिल परिस्थितिको निकास निकाल्न
आदेश दिईसकेको अवस्थामा पदमुक्त सरकारले अन्य दलहरुको सहमति, सुझावबिना
बजेट ल्याउने अधिकार छैन ।’
महतले भन्नुभयो,’ अहिले माओवादी र मधेशी
मोर्चा सत्ता कब्जा गर्नकै लागि अध्यादेशबाट बजेट ल्याउने तयारीमा छन्, तर
राष्ट्रिय सहमतिबिना नयाँ बजेट ल्याउने कल्पना नगरे हुन्छ, सम्भावना छैन ।’
राजा ज्ञानेन्द्रले काम चलाउ सरकार र जन प्रतिनिधिविहीन अवस्थामा सत्ता
कब्जा गरेको स्मरण गराउँदै डा. महतले माओवादी सत्ता कब्जा गर्न पटक-पटकको
प्रयासबाट चुक्दै आयो, अहिले पनि सरकार र जनप्रतिनिधि नभएको अवस्थामा सत्ता
कब्जा गर्न खोजेको आरोप लगाउनुभयो ।
नेविसंघद्धारा आन्दोलनका कार्यक्रम सार्वजनिक
नेपाली काँग्रेस निकट विद्यार्थी संगठन
नेपाल विद्यार्थी संघले कामचलाउ सरकारले ल्याउने तयारी गरेको बजेट, चुनावको
घोषण, सरुवा-वढुवा लगायतका कार्यको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा
गरेको छ । नेपाल विद्यार्थी संघका कार्यवहाक अध्यक्ष क्षितिज भण्डारीले काम
चलाउ सरकारले ल्याउने तयारी गरेको बजेट, चुनाव गर्ने, सरुवा-बढुवा,
नेविसंघ काम चलाउ सरकारको सबै निर्णयको विरोधमा आन्दोलन गर्न लागेको
वताउनुभयो ।
प्रधानमन्त्रीलाई एयर पोर्ट घेरेर विदेश
भ्रमण जानबाट रोक्ने समेत चेतावनी दिनुभयो । नेपाल विद्यार्थी संघले
असंवैधानिक प्रधानमन्त्रीको राजीनामासहित राष्ट्रिय सहमतिको सरकार निर्माण
नभएसम्म ७५ जिल्ला र विदेशमासमेत एक साता लामो आन्दोलनको नयाँ कार्यक्रम
सार्वजनिक गरेको हो ।
संघले जेठ २९ गते विहान ८ बजे भक्तपुर
क्याम्पसमा श्रद्धाञ्जली सभा, साँझ ५ बजे कोटेश्वरमा प्रधानमन्त्रीको
पुत्ला दहन, ३० गते देशव्यापी अनशन -काठमाडौंको शान्ति बाटिकामा), ३१ गते
विहान अधिराज्यभर हस्ताक्षर अभियान, साँझ ५ बजे बानेश्वर चौकबाट नाङ्गो
जुलुस, ३२ गते विहान ९बजे चक्का जाम ल क्याम्पसमा प्रधानमन्त्रीको पुत्ला
दहन, साझ ४ बजे पेन्टिङ र हाँस्यव्यग्य र अषाढ १ गते साँझ ५ बजे पाटनमा
कोणसभाको कार्यक्रम सार्वजनिक गरेको छ ।
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले नयाँ बजार गोलीकाण्डमा पक्राउ
परेका दुवै कार्यकर्तालाई साधारण सदस्यबाट समेत निलम्बन गरेको छ।
विज्ञप्तिमा घटनाका मुख्य अभियुक्त मनोज खत्रीलाई तत्काल पक्राउ गरी
हदैसम्मको कारबाही गर्न माग गरेको छ। गोली प्रहार गर्ने खत्री फरार छन्।
अनेरास्ववियुले विज्ञप्ति जारी गर्दै पक्राउ परेका अस्कल स्ववियु
उपसभापति तथा केन्द्रीय सदस्य वीरबहादुर राउत र क्याम्पस कमिटीका सदस्य
मुकेश नेपालीलाई साधारण सदस्यबाट निलम्बन गरेको जनाएको हो।
आफ्नै संगठनका नेता र कार्यकर्ता पेस्तोल चलाएर घाइते भएपछि महासचिव किशोरविक्रम मल्लले जारी गरेको विज्ञप्तिमा सरकार शान्ति सुरक्षा प्रदान गर्न पूर्ण असफल भएको आरोप लगाइएको छ।
नयाँ बजारस्थित राउतको कोठामा शुक्रबार बिहान खत्रीले पेस्तोल चलाउने तरिका सिकाउँदा(डेमो गर्दा) अस्कलको प्रारम्भिक कमिटीका उपाध्यक्ष बसन्त शाहीलाई गोली लागेको थियो।
अनेरास्ववियुले प्रहरी अनुसन्धानमा सहयोग गर्न र 'राजनीतिक प्रभाव' नपरोस् भनेर साधारण सदस्यताबाट निलम्बन गरेको जनाएको छ।
गम्भीर घाइते शाहीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ।

प्रहरीले काठमाडौंको चाल्नाखेलबाट हाल सम्मकै ठूलो परिमाणमा लागू औषध बरामद गरेको छ ।लागू औषधसँगै प्रहरीले सो कारोबारमा संलग्न पाँच जनालाई पनि नियन्त्रणमा लिएको छ । लागू औषध नियन्त्रण कानून कार्यान्वयन इकाई नयाँबानेश्वरबाट खटिएको अप्रेशन समूहले लागू औषध चरेश (चिप्पड) २ हजार ६ सय ४० किलोग्राम सहित ५ जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर जिल्ला सरिखेत पलासे–२ घर बताउने २९ बर्षीय हस्त बहादुर रुम्बा, २१ बर्षीय चन्द्र बहादुर गोले, सोही गाविस–७ घर बताउने २८ बर्षीय कुमार लामा, मकवानपुर जिल्ला मनहरी–५ घर बताउने २९ बर्षीय तिर्थ बहादुर राई र सोही गाविस–३ घर बताउने २२ बर्षीय बीरे लामा रहेका छन् ।
उनीहरुलाई प्रहरीले सेतीदेवी गाविस–९ चाल्नाखेलबाट ८८ वटा सेतो प्लाष्टिकको बोरा भित्र प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा उक्त चरेश (चिप्पड) सहित फेला पारेको थियो ।
बरामद अवैध लागू औषध चरेश (चिप्पड) हाल सम्म पक्राउ परेको चरेशहरु मध्ये कै सवैभन्दा ठूलो परिमाण भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरु विगत लामो समयदेखि लागू औषध कारोवारमा संलग्न रहेको भन्दै प्रहरीले उनीहरुले स्थलमार्ग हुँदै भारत लगायत अन्य मुलुकहरुमा कारोवार गर्ने गरेको जनाएको छ ।
उता, मकवानपुरको मनहरी–७, ज्यमिरेबाट प्रहरीले आजै ६० किलो गाँजा बरामद गरेको छ ।
गाँजा सहित डाँडाखर्क गाविस–४ बस्ने ४३ बर्षीय गौरीशंकर मोक्तान, ३३ बर्षीय ईन्द्रबहादुर थिङ, ३० बर्षीय प्रताप सिंह थिङ र अक्कल बहादुर थिङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
"फेरी राजा आउछन कि क्याहो? तपाइलाई के लाग्छ ............?" आफुलाई राजाबादी दावी गर्ने कमल थापाहरुले नागार्जुनमा रहेका
ज्ञानेन्द्रलाई नारायणहिटीमा पुर्नस्थापना गर्ने बताइरहँदा पूर्व
राजाबादीहरु अनलाइनमा सक्रिय देखिएका छन् ।
राजाबादीहरुले चलाएका दुईवटा वेबसाइटले यतिखेर राजसंस्था पुर्नबहालीका पक्षमा माहौल बनाइरहेका छन् । नेपाल रोयल डटकम र नेपालको आवाज नामक ब्लग साइटमा राजाबादीहरुले राजसंस्था पुर्नबहालीका लागि उपर्युक्त अबसर रहेको मात्र बताएका छैनन, संबिधानसभा बिघटन गरेर माओवादीलाई परास्त गर्न कांग्रेस एमाले सफल भएको समेत उद्घोष गरेका छन् ।
ससर्ती हेर्दा नेपाल रोयल डटकम राजपरिवारका सदस्यले चलाएको जस्तो देखिन्छ भने नेपालको आवाज नामक साइटमा ज्ञानेन्द्र साहकै नाममा अपडेट गरिएको छ । पूर्व राजाका कुन तहका सहयोगीहरुले चलाएका हुन भन्ने स्पष्ट नपारिएपनि राजाबादीहरुले अहिले यी दुई साइटलाई रिफरेन्स दिएर कुरा गर्न थालेका छन् ।
नेपाल रोयल नामक साइटमा पूर्व राज परिवारका सवै सदस्यलाई बहालवाला राजसंस्थाकै हैसियतमा महाराजधिराज, बडामहारानी, युवराज र नबयुवराज भनेर संवोधन गरिएको छ । पूर्व राजपरिवारका सदस्यको जीवनीदेखि हिमानी ट्रष्टका गतिबिधिसमेत समेटिएको साइटमा नेपालको राजसंस्था संक्रमणकालमा रहेको उल्लेख गरिएको छ । माओवादी नियन्त्रित संबिधानसभाले नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गरेपनि धेरै नेपालीले राजतन्त्र भाग्य फैसला जनमतसंग्रहबाट हुनुपर्ने माग गरेको साइटमा उल्लेख छ ।
नेपालको आबाज नामक ब्लग साइटलाई ज्ञानेन्द्रको निजी ब्लगजस्तो गरि बनाइएको छ । उनको तस्वीर, उनकै सम्बोधन राखिएको साइटमा दैनिकजसो अपडेट गरिएको छ ।
साइटको जुन ८ तारिखको अपडेटमा संबिधानसभा भंग भएको परिप्रेक्षमा भनिएको छ-’एक हिसाबले हेर्दा देश चित्रबहादुर केसीको एजेन्डामा फर्किएको छ । चित्रबहादुर केसीले भने कांग्रेस र एमालेले माओवादी षड्यन्त्रलाई परास्त गरेर देश जोगाएको जस दिएका छन् । केसी, नारायणमान विजुक्छे र कोइराला, खनाल, नेपाल र ओलीले माओवादी र मधेसवादीको षड्यन्त्र चिर्दै देश जल्नबाट जोगाएका हुन् । यसपटकको कांग्रेस र एमाले नेतृत्वले देशलाई गृहयुद्धबाट जोगाएर आफूहरूलाई सही नेता साबित गरेका छन् ।’

भारतमा एक टेलिभिजन विज्ञापनले पछिल्ला दिनमा ठूलै विवादका सिर्जना गरेको छ ।
पुरुषहरुले कालो वर्णको भन्दा गोरो वर्णको छाला भएको योनी मन पराउँछन् भन्ने आशयको उक्त विज्ञापनले विवाद सिर्जना गरेको हो ।
यौनांग सफा गर्ने एक जेलको विज्ञापनमा यस्तो सामाग्री राखिएपछि त्यसको आलोचना भैरहेको छ ।
क्लिन एण्ड ड्राइ इन्टिमेट वास भनिएको उक्त प्रडक्टले योनीको छालाको रंग गोरो पार्ने र त्यस्तो योनी ब्वायप|mेन्डले मन पराउने विज्ञापनमा उल्लेख गरिएको छ ।
विज्ञापनमा एक पुरुषले अरु जेलले गुप्तांग धुने केटीलाई सुरुमा मन नपराएको र पछि सोही जेलले गुप्तांग धोएर गोरो पारेपछि उक्त पुरुषले मन पराएको देखाइएको छ ।
आलोचकहरुले यस्तो विज्ञापनले कालो वर्णका महिलाहरुको अपमान गरेको जिकिर गरेका छन् ।
पुरुषहरुले कालो वर्णको भन्दा गोरो वर्णको छाला भएको योनी मन पराउँछन् भन्ने आशयको उक्त विज्ञापनले विवाद सिर्जना गरेको हो ।
यौनांग सफा गर्ने एक जेलको विज्ञापनमा यस्तो सामाग्री राखिएपछि त्यसको आलोचना भैरहेको छ ।क्लिन एण्ड ड्राइ इन्टिमेट वास भनिएको उक्त प्रडक्टले योनीको छालाको रंग गोरो पार्ने र त्यस्तो योनी ब्वायप|mेन्डले मन पराउने विज्ञापनमा उल्लेख गरिएको छ ।
विज्ञापनमा एक पुरुषले अरु जेलले गुप्तांग धुने केटीलाई सुरुमा मन नपराएको र पछि सोही जेलले गुप्तांग धोएर गोरो पारेपछि उक्त पुरुषले मन पराएको देखाइएको छ ।
आलोचकहरुले यस्तो विज्ञापनले कालो वर्णका महिलाहरुको अपमान गरेको जिकिर गरेका छन् ।
जुनसुकै अन्तराष्ट्रिय प्रतियोगितामा आफ्नो देशले बाजी मारोस् भन्ने
चाहना कसको हुँदैन र ? यद्यपि त्यस्तो चाहना व्यक्त गर्ने र आफ्नो देश वा
टीमको सपोर्ट गर्ने तरीका फरक फरक हुन्छ । कतिपयले आफ्नो देशका टोलीको
जर्सी लगाएर आफ्नो समर्थन जनाउँछन् र टीमलाई हौसाउँछन् । तर कोहीकोही पनि
आफ्नो देशको टीमलाई हौसाउन अजीब तरिका अपनाउँछन् ।यस्तै तरिका अपनाएकी छिन् जर्मनीकी एक मोडेलले । अहिले चलिरहेको युरोकप आफ्नो देशको जितोस् भन्ने कामनाका साथ जर्मन मोडेल माइकेला सेफरले निर्वस्त्र फोटोशूट गरेकी छिन् ।
चर्चित मोडेल माइकेलाले वक्षस्थलमा फुटबल जस्तै रंग तथा यौनांगमा राष्ट्रिय झण्डाको रंग पोतेर कामुक फोटोशूट गरेकी हुन् ।
सायद देशप्रेम छचल्किएर तथा फुटबलको ज्वरोले थलिएर यी मोडेलले लगाएका कपडा फुकालेर ढाक्नुपर्ने अंगमा रंग पोतेकी होलिन् ।
बेलायतका दुइ महिलाले विश्वकै सबैभन्दा वृद्ध दिदीबहिनीको रुपमा गिनिज
बुकमा नाम लेखाएका छन् । बेलायतको क्याम्बि्रजसर र लिंकनसरमा बसोबास गर्ने
डर्थी रिचर्ड र मर्जोरी रडलले यस्तो किर्तिमानी कायम गरेका हुन् ।
नर्थ ह्याम्पटमा जन्मेका उनीहरु मध्ये डर्थी १ सय ८ र मर्जोरी १ सय ५ वर्षका छन् । यी दुइको उमेर जोड्दा २ सय १३ वर्ष ३ महिना भन्दा बढि हुन्छ । मर्जरीको जन्म १९०७ को २१ अपि्रलमा भएको थियो भने डर्थीको जन्म १९०३ को डिसेम्बर १५ मा भएको थियो । स्मरण रहोस् डर्थी जन्मिनु मात्र २ दिनअघि राइट दाजुभाइले विश्वको पहिलो हवाइजहा उडाएका थिए ।
मर्जोरीले पहिलो विवाह सन् १९३२ मा जेम्स सँग गरेकी थिइन् । श्रीमानको मृत्यु भएपछि उनले दोश्रो विवाह गरिन् । त्यस्तै डर्थीले ऐनक नामका पुरुषसँग बिहे गरेकी छिन् ।
गिनिज बुकमा नाम लेखाएको खुसीयालीमा यी चिरन्जीवी दिदीबहिनीले मर्जोरीको घरमा उत्सव मनाएका छन् । स्मरण रहोस् गिनिज बुकले पहिलोपटक सबैभन्दा बूढा दिदीबहिनी शीर्षकमा रेकर्ड राखेको हो ।

Activists say Syrian troops have shelled the southern city of Daraa, killing at least 15 people.
The Britain-based Syrian Observatory for Human Rights and the Local Coordination Committees say dozens of people were also wounded in the shelling early on Saturday.
Daraa is the city where the uprising against President Bashar Assad's regime began in March last year.
The U.N. said several weeks ago that at least 9,000 people have been killed since the crisis began while Syrian activists say the violence has claimed the lives of more than 13,000 people.
The Britain-based Syrian Observatory for Human Rights and the Local Coordination Committees say dozens of people were also wounded in the shelling early on Saturday.Daraa is the city where the uprising against President Bashar Assad's regime began in March last year.
The U.N. said several weeks ago that at least 9,000 people have been killed since the crisis began while Syrian activists say the violence has claimed the lives of more than 13,000 people.