अहिले चर्चामा आएकी नायिका सुस्मा कार्कीलाई हेर्न दर्शक को खुब भिड लाग्ने गरेको छ चलचित्र मन्दिर हरुमा,'नेपालीहरू बाहिरी दुनियाँसँग यौनका विषयमा छिःछिः र दुर-दुर गर्छन्, भित्र भने यौनबाहेक केही सोच्दैनन्।' यो कुरा नायिका सुष्मा कार्कीलाई पनि लाग्न थालेको छ। के दर्शक हरु सुस्माको हट सिन हेर्न मात्र आएका हुन त? कि सुस्मा को कि सुस्माको अभिनय राम्रो भएर? त्यो त दर्शकलाई नै सोध्नु पर्छ।
तर साप्ताहिक पत्रीका सँग कुराकानी गर्दै के भन्छिन त् सुस्मा ?
तर साप्ताहिक पत्रीका सँग कुराकानी गर्दै के भन्छिन त् सुस्मा ?
सुष्मा कार्की राम्री कि हट ?आफ्ना बारेमा के कमेन्ट गरौं, त्यो त अरूले गर्ने हो।
तैपनि ?
दर्शकका लागि हट, मलाई चिन्नेहरूका लागि चुलबुली प्यारी सुष्मा।
यसरी दोहोरो चरित्र निर्वाह गर्न पाइन्छ त ?
कला मेरो प्यासन हो। मलाई दर्शकहरूले जुन रूपमा हेर्न चाहनुहुन्छ, त्यो मैले दिनैपर्छ।
बेडसिन पनि ?
हो।
किन यति सार्हो खुलेको ?
बाहिर जति सार्हो हल्ला छ, त्यति सार्हो चाहिँ होइनन्। यस्ता हल्ला कहिले पत्रकारहरूले चलाइदिन्छन्, कहिले म आफैं चलाउँछु।
कसरी ?
पत्रिकालाई केही न केही त मसला चाहियो, पत्रकारले 'लहै सुष्मा, तिम्रा बारेमा म यस्तो लेख्दैछु' भन्नुहुन्छ। मेरो नाइँ भन्ने बानी छैन। त्यसैले छापिन्छ। कहिलेकाहीँ आफ्ना बारेमा पत्रिकामा नयाँ कुरा आओस् भनेरै आफैं गसिपका विषय दिन्छु।
कहिले अधर चुम्बन, कहिले बेडसिन कहिले निर्देशकसँगको खटपटजस्ता विवाद आउनुको कारण यही हो ?
हुँदै नभएको कुरा त आउने होइनन्। कहिलेकाहीँ थोरै बढाइचढाइ हुन्छ, त्यति हो।
फरक पहिचान बनाउन यसो गरेको हो ?
समयको माग भएर।
कहिलेकाहीँ आवश्यकताभन्दा बढी चर्चा भयो भन्ने लाग्दैन ?
जब मान्छेहरूले मलाई नेगेटिभ रूपमा हेर्छन्, त्यो बेला लाग्छ।
कस्तो नेगेटिभ ?
सबै हिरोइन पैसा लिएर सेक्स गर्छन्, सबैको कसै न कसैसँग सेक्स भिडियो बनेको छ भनेर सोच्ने दर्शकहरू धेरै रहेछन्। यस्ता कुरा मनमा राख्ने मान्छेको कमेन्ट सुन्दाचाहिँ शुद्ध कलाकार भएर बाँच्न गाह्रो छ भन्ने लाग्छ।
त्यस्तो सोच राख्ने दर्शकहरूको संख्या कति पाउनुभयो ?
प्रत्येक महिना दुई-चार जना। कसैले फोनमा कसैले भेटमा र कसैले बाहिरफेर यस्ता कुरा गर्छन्। त्यसैले पनि मैले आफ्नो पुरानो मोबाइल नम्बर परिवर्तन गरें। पहिले म सबैको कलाकार हुँ, किन प्रशंसकहरूलाई अबोइड गरौं भन्ने लाग्थ्यो। अहिले आफ्नो घेरा सीमित बनाएकी छु।
त्यस्तो कुनै फ्यान, जसले सबैभन्दा पीडादायी कुरा गर्यो ?
एकपटक मध्यरातमा फोन आयो। म मस्त निद्रामा थिएँ। पहिलो पटक सायद उठाउन सकिन। फोन उठाएपछि उसले राम्रो कुरा गर्यो। कुरा गर्दै जाँदा 'म तिमीलाई एक रातको १ लाख रुपैयाँ दिन्छु, प्लिज' भन्न थाल्यो। अनि त मेरो होस हवास उड्यो। त्यसअघि फेसबुकमा दुई लाखको अफर आएको थियो।
त्यस्ता नकारात्मक फोन वा सार्वजनिक टिप्पणीका बारेमा तपाईंको धारणा के छ ?
१-२ लाख सानो रकम होइन। आखिर सुष्मामा केही त छ, जसले मान्छेलाई आकषिर्त गरिरहेको छ। उहाँहरू सबै मेरा फ्यान नै हो भन्ने लाग्छ। यत्ति हो, उहाँले मेरो आकर्षणलाई प्रेममा होइन, सेक्सका रूपमा लिनुभयो। पर्दा वा पत्रिकाका पानामा देखिने बोल्ड क्यारेक्टर यथार्थमा त्यस्ता हुँदैनन् भन्ने कुरा उहाँहरूले नबुझ्नु भएको हो।
वक्षस्थलमा टाटु खोपाउनुभएको छ, अनि त्यसलाई राम्रैसँग प्रदर्शन गर्नुहुन्छ, त्यसैले पो हो कि ?
त्यो टाटुमा गुलाफको फूल पनि छ। त्यो पनि त हेर्नुपर्यो नि।
के हो त्यसको अर्थ ?
म हट छु, तर गुलाफको फूलजस्तै कोमल।
सूर्यको तातोसँग गुलाफको फूल त्यसै पनि ओइलिनु पर्ने, होइन र ?
अलि विरोधाभास लाग्न सक्छ। टाटु बनाउने बेलामा मैले म बाहिर सूर्यजस्तै र भित्र गुलाफजस्तै छु भन्न खोजेकी थिएँ। बुझाइ मान्छेपिच्छे फरक हुँदो रहेछ।
तपाईंले आफ्नो वक्षस्थललाई नै किन यति महत्व दिनुभएको ?
वक्षस्थल मेरो सेक्स सिम्बोल मात्र हो। मलाई त आफ्ना ओठ र आँखा मन पर्छन्।
कलाकारितामा कहाँसम्म पुग्ने योजना बनाउनुभएको छ ?
बलिउडसम्म।
केही प्रयास गर्नुभयो कि सपना मात्रै हो ?
प्रयास गरिरहेकी छु। हिन्दी सिनेमाकी पाश्र्व गायिका सपना अवस्थीसँग सरसल्लाह गरेर अघि बढिरहेकी छु। आफ्नो पोर्टफोलियो बनाइरहेकी छु। हेरौं, कतिसम्म सफल भइन्छ।
आइटम डान्सर नै बन्ने ?
कलाकारको वर्ग हुँदैन। त्यो त भाग्य र निर्देशकले दिने भूमिकामा भर पर्ने कुरा हो।
लभ ब्रेक भएपछि काममा निकै सक्रिय हुनुभयो, प्रेमले कलाकारितालाई असर गर्दो रहेछ, हो ?
म ब्रेक भैसकेको प्रेमको कुरा गर्न चाहन्न। मैले यो विषयमा धेरै कुरा गरिसकें।
मैले प्रेमपछिको अवस्था जान्न चाहेको हो।
अँ फरक पर्दो रहेछ। अरूलाई टाइम दिनु नपर्ने, अरूको हस्तक्षेप सहनु नपर्ने जस्तो लाग्यो। मानिस जुन लाइफ बाँच्छ त्यसैमा रमाउनु पर्यो नि, होइन ?
तैपनि थाकेको बेला माया गर्ने मान्छेको आवश्यकता त परिहाल्छ नि, पर्दैन र ?
मेरा ४ जना कजन हुनुहुन्छ। मामा-माइजू तथा भाइहरूले पनि उत्तिकै प्रेम गर्छन्। प्रेम गर्न ब्याइफ्रेन्ड नै चाहिन्छ भन्ने रहेनछ।
ब्याइफ्रेन्डले गर्ने माया र अरुले गर्ने मायामा एउटै हो र ?
एउटै हो, केही फरक छैन। ब्याइफ्रेन्डले गर्ने माया विवाहपछिका लागि साँचौला नी, हुँदैन ?
तपाईंजस्ती खुला नायिकाले ब्याइफ्रेन्डको मायालाई विवाहपछि साँच्ने कुरा सुन्दा कतिले पत्याउलान् ?
जति सुकै खुला हुन खोजे पनि म बस्ने यहि नेपाली समाज हो। समाजले के भन्छ भन्दा पनि घर परिवारले के भन्छन् भन्ने कुरा मलाई महत्वपूर्ण लाग्छ। साप्ताहिक यति लोकपि्रय छ कि मेरो फ्यानहरूको हातमा मात्र पुग्दैन, मेरो घरभित्र पनि पुग्छ। साथीभाइसँग गर्ने कुरा र सार्वजनिक गर्ने कुरा फरक पार्नै पर्यो नि।
यो ग्लामरस जीवनपछिको भविष्यको कल्पना गर्नुहुन्छ ?
गर्छु नि। मलाई पनि एउटा हेन्डसम केटा होस्, जसले अब धेरै काम गर्यौं, विवाह गरेर बसौं भनोस् भन्ने लाग्छ। आखिर एक दिन त मैले चलचित्र छाड्नैपर्छ। अँ राम्रो कलाकार बन्ने सपना पूरा नभै चाहिँ विवाह गर्दिनँ।
.jpg)
अन्तरवार्ता
साप्ताहिक पत्रीका बाट साभार् गरिएको
तितो सत्यबाट एकाएक चर्चामा आएकी कलाकार दीपाश्री निरौलाले विहीबार आफ्नो ३७ औं जन्मदिन मनाइन् । एका विहानै उठेर संकटा मन्दिर पुगेकी दीपाले भगवानसँग के मागीन त ? दीपाले सुनाइन-’आफुसँग भएका सबै नराम्रा कुरा हटाएर राम्रो मान्छे बन्न सकौं भनेर मागें ।’
बेलुकी लाजीम्पाटको एक क्याफेमा दीपाले तितो सत्य र गाईजात्रे युनिटसँग जन्मदिन मनाइन् । कलाकारहरु दीपकराज गिरी, निर्मल शर्मा लगायतले उनलाई शुभकामना दिए । दीपाले जन्मदिनमा तीन पटक केक काटेकी छिन् ।बिहे गर्न ढिला नभएको दलिल पेश गर्दै दीपाले अहिले ४५ कटेपछि बिहे गर्ने फेसन चलेको बताइन् ।
तर उनलाई अब बिहे गर्नुपर्छ भन्ने चै लाग्न थालेको छ। सधैजसो तीजमा व्रत बसेपनि राम्रो पति पाउँ भनेर अहिलेसम्म नमागेको दीपाले दावी गरिन् । तर, यसपटक भगावनसँग राम्रो पति पाउँ भनेरै व्रत वस्न लागेको खुलासा गरिन् । ‘सधै जसो करिअरकै बिषयमा मागें, यसपटक राम्रो श्रीमान पाउँ भन्दै व्रत वस्ने तयारीमा छु’-दीपाले भनिन् । श्रीमानचाहिं उनलाई धन र मन भएको भएको चाहिएको बताइन्
उकालो लाग्न थालेको सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रम जारी छ । शुक्रबार पनि सुनको भाउ बढेर तोलाको ५८ हजार ९ सय रुपैंया पुगेको छ । बिहीबार सुन ५८ हजार ६ सय रुपैंयामा कारोबार भएको थियो । अघिल्लो दिन बुधबार सुनको मूल्य ५८ हजार ५० रुपैंया थियो । बुधबार नयाँ रेकर्ड बनाएको सुनको भाऊले बिहीबार पनि रेकर्ड तोड्यो । शुक्रबार पनि बिहीबारको रेकर्ड तोडेर भाऊ अहिलेसम्मै उच्च बिन्दूमा पुगेको छ । चाँदी पनि यसैगरी बढ्दै गएको छ । चाँदीको भाऊ शुक्रबार तोलाको ११ सय रुपैंया छ ।
उपेन्द्र यादव अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम, नेपालको भ्रातृ संगठनका एक नेताको आज बिहान साढे ११ बजे गोली हानी हत्या गरिएको छ। मधेसी कारखाना श्रमिक फोरम, नेपालका महासचिव रामशंकर मण्डललाई वीरगञ्ज १४ मा भारतीय नम्बरप्लेटको मोटरसाइकलमा आएका अज्ञात बन्दूकधारीले गोली हानेका थिए। गोली लागी ४० वर्षीय मण्डलको घटनास्थलमै मृत्यु भएको थियो। हाल उनको शवलाई नारायणी क्षेत्रीय अस्पतालमा राखिएको छ।वडा प्रहरी कार्यालय, बिर्ताका प्रहरी निरीक्षक सुजन जोशीका अनुसार कृषि सामाग्री कम्पनीको क्षेत्रीय कार्यालयमा मल लिन गएका मण्डललाई कार्यालय परिसरमै गोली हानिएको थियो।

फक्रेका बक्षमाथि सूर्यआकारको ट्याटु खोपेकी सुष्माले त्यसको प्रर्दशन पनि बडो उदारताका साथ गर्छिन् ।यस्ती हट नायिकालाई दर्शकले भने सेक्सको मामिलामा मात्र बुझेको सुष्माको गुनासो छ । ‘सबै हिरोइन पैसा लिएर सेक्स गर्छन, सवैको कसै न कसैसँग सेक्स भिडियो बनेको छ भनेर सोच्ने दर्शकहरु धेरै रहेछन’- शुक्रबार प्रकाशित साप्ताहिकलाई अन्तर्वाता दिंदै सुष्माले भनिन- कसैले फोन गरेर, कसैले भेटमा र कसैले बाहिरफेर यस्ता कुरा गर्छन् ।’त्यही सोंचका कारण सुष्मालाई रातको लाखौं रुपैयाँ दिन्छु मसँग सुत्न आइजा भन्दै प्रस्ताव राख्ने रहेछन् । ‘एकपटक मध्यरातमा फोन आयो, म मस्त निद्रामा थिएँ, फोन उठाएपछि उसले सुरुमा राम्रो कुरा गर्यो, कुरा गर्दै जाँदा एक लाख रुपैयाँ दिन्छु प्लीज भन्न थाल्यो ।’- त्यसपछि मेरो होस हवास उड्यो, फेसबुकमा दुई दिन्छु भन्ने प्रस्ताव पनि आएको थियो ।’ सुष्मा भन्छिन- ‘१-२ लाख सानो रकम हैन, आखिर सुष्मामा केही त छ जसले मानिसलाई आर्कषिर्त गरिरहेको छ । तर पर्दा वा पत्रिकामा बोल्ड क्यारेक्टर यथार्थमा त्यस्ता हुँदैनन भन्ने उहाँहरुले बुझ्नुभएन् ।’बक्षस्थलमा बनाइएको सूर्यभित्र गुलाफ भएपनि त्यसलाई मान्छे त्यति ध्यान नदिएकोमा सुष्माको गुनासो छ ।
दुई महिनासम्म उतारचढाव रहेको सुनको भाऊले बुधबार फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार। मंगलबारको तुलनामा साढे ३ सय रुपैंयाँले बढेर सुनको भाउ
बुधबार तोलाको ५८ हजार ५० रुपैंया पुगेको हो। यसले गएको असार ७ गते नेपाली बजारमा कायम भएको ५७ हजार ७ सय रुपैंया तोलाको रेकर्ड तोडेको छ।अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिसँगै नेपाली बजारमा माग बढेपछि भाउ आकासिएको हो। अहिले अन्तर्राष्ट्रिय बजारमै भाऊ बढेकोले त्यसको असर नेपाली बजारमा पनि परेको संघले जनाएको छ । संघका अध्यक्ष तेजरत्न शाक्यका अनुसार सात वर्षदेखि अन्तर्राष्ट्रिय बजार बढिरहेको छ । सुरक्षित लगानी क्षेत्र मानिने सुनमा माग बढेपछि स्वतः भाउ बढ्छ । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिले पनि सुनको भाउलाई असर गर्छ । किनकी तेलको भाऊ बढ्दा सुन उत्पादनको लागत बढ्छ ।
अमेरिकाको न्यूयोर्कमा रहेको कोमेक्स हाउसको मूल्यको आधारमा स्थानीय बजारमा सुनको मुल्य निर्धारण हुन्छ । त्यहाँको मूल्य, भन्सार शुल्क र बैंक तथा व्यवसायीले लिने कमिशन जोडेर स्थानीय मूल्य निर्धारण गर्ने गरिएको संघको भनाई छ ।
सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्का जेल चलान भएका छन् । उनी अपरान्ह काठमाण्डौं जिल्ला अलालतमा उपस्थीत भएपछि कानुनी प्रकृया पुर्याएर जेल चलान गरिएको हो । जेल नगई पुनरावलोकन गर्न खोजेपनि अदालतले अस्वीकार गरेपछि खड्का जिल्ला अदालत काठमाडौंमा हाजिर भएका हुन् ।
जेल जानुअघि संचारकर्मीहरुसँग कुरा गर्दै खड्काले फैसला पूर्वाग्रही भएको र आगामी बैशाखमा हुने भनिएको चुनावमा उठन नदिन नियोजित तरिकाले फसाइएको दावी गरे ।
‘मलाई पूर्वाग्रही र अन्यायपूर्ण ढंगले फसाइएको छ । वैशाखमा हुने चुनावमा मलाई रोक्न योजनाबद्ध तरिकाले फसाइएको हो । खड्काले भने-’ दुई जना न्यायाधीशले भन्दैमा त्यो जनताको फैसला हुँदैन, त्यसमा जनबिश्वास पनि छैन । जेलबाट निस्केर जनअदालतमा जान्छु, जनताले नै मलाई न्याय दिनेछन् र जनताले नै भन्ने छन म भ्रष्ट हुँ कि हैन् ।’ सिंगो कांग्रेस र नेपाली जनता आफ्नो साथमा रहेको भन्दै उनले पुनरावलोकनबाट पनि न्यायको आश गरेको खुलाए । आफु पहिले पनि पटक-पटक जेल परेको भन्दै उनले अहिले जेल पर्नुलाई अनौठो नलिएको बताए ।
‘हिजो पनि मलाई विभिन्न मुद्धामा फसाइएकै हो’ खड्काले भने-’जेल मेरा लागि पवित्र घर हो, हिजो पनि छाती फुलाएर बसेको थिएँ आज पनि छाती फुलाएर बस्छु ।’
खड्काले फैसला आफूलाई मान्य नभएपनि कांग्रेस लोकतन्त्र र कानुनी शासनमा विश्वास गर्ने भएकाले अदालतमा हाजिर भएको बताए । फैसला प्रजातन्त्रमाथिकै आक्रमण भएको भन्दै उनले प्रजतन्त्रबादीहरु कहाँ रहने छन् भनि सबैले सोंच्ने बेला आएको बताए । अहिले कांग्रेस कमजोर रहेपनि अन्ततः प्रजातन्त्रकै जित हुने भन्दै तरुण दल र नेवि संघलाई हिम्मत नहार्न आग्रह गरे ।अदालतमा उपस्थीत खड्काले ७५ लाख ८९ हजार २ सय ९७ रुपैयाँ बिगो बुझाएका छन् भने अब झण्डै १४ महिनामात्र जेल बस्नु पर्नेछ । उनी २०७० साल कार्तिक १४ गते छुट्ने छन् ।
फैसला भएको ६० दिनभित्र स्वयं अदालतमा उपस्थीत भएमा २० प्रतिशत सजाय र जरिवाना मिनाह हुने व्यवस्थाअनुसार खड्को सजाय कम भएको हो ।
काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा भएको आगलागी नियन्त्रणमा आएको छ , प्रहरीका अनुसार अण्डरग्रउण्डमा रहेको जेनेरेटरबाट आगलागी भएको हो । तीन वटा मदकल र प्रहरीको सहयोगमा झण्डै डेढ घण्टामा आगलागी नियन्त्रणमा आएको छ । बेसमेन्टमा आगलागी भएको हुनाले फैलिएन। सिटी सेन्टरका कार्यकारी निर्देशक राजकुमार बंकका अनुसार दिउसो १ बजेतिर भवनको तल्लो तलामा रहेको पार्किङ स्थलबाट आगलागी सुरु भएको थियो । भूइँतल्ला मुनि पार्किङमा क्षेत्रमा रहेको जेनरेटर तातेर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । आगलागीबाट पार्किङमा रहेका ४ वटा मोटरसाइकलमा क्षति पुगेको सेन्टरका सुरक्षागार्ड अनिल घिमिरेले जानकारी दिए । सिटी सेन्टरमा अत्याधुनिक व्यापारिक कम्प्लेक्स सहित बिग सिनेमाका तीनओटा हल छन् । यहाँ विभिन्न बहुराष्ट्रिय कम्पनीका शो रुमहरु छन् ।धुँवाले सिटी सेन्टरका सबै तल्लाहरु प्रभावित भएका छन्
राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले छिट्टै दलहरूबीच सहमति बन्न नसके मुलुकको राजनीतिमा भयङ्कर विष्फोट हुने चेतावनी दिनुभएको छ । सहमतिका लागि दबाब दिन रिपोर्टर्स क्लब नेपालले सुरु गरेको दबाब अभियान अन्तर्गत आज अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको पत्रकारहरुको टोलीसँगको कुराकानीमा थापाले लामो समयसम्म मुलुक यथास्थितिमा रहनै नसक्ने ठोकुवा गर्दै सकेसम्म दलहरूले छिटो सहमति गर्नुपर्ने बताउनुभयो । उहाँले गतिरोध अन्त्यमा राष्ट्रपतिको भूमिका परिस्थितिले टुङगो लगाउने भन्दै राष्ट्रपति चुप लागेर बस्ने अवस्था नरहेको धारणा बताउनुभयो । नेताहरुले व्यक्तिगत र दलगत स्वार्थलाई अगाडि राखेर सहमति खोजेकोले सहमति कायम हुन नसकेको भन्दै केही समयका लागि राष्ट्रिय स्वार्थलाई मात्र अगाडि राख्ने हो भने मुलुकले निकास पाउने उहाँको ठोकुवा छ । सहमतिको कुनै पनि विकल्प नरहेको बताउँदै थापाले अहिलेसम्म सहमतिको बाधक नेताहरु नै भएको आरोप लगाउनुभयो ।




