नवलपरासीको गैँडाकोटस्थित रानीखोलामा सामूहिक चुम्बन खाने चार जना विद्यार्थी स्थानीय सरस्वती निकेतन विद्यालयका पूर्वविद्यार्थी भएको पुष्टि भएको छ । चार जोडी विद्यार्थीले सामूहिक चुम्बन गरिरहेको भिडियो यु–टयुबमार्फत सार्वजनिक भएको थियो ।
सरस्वती निकेतनले बुधबार पत्रकार सम्मेलन गरी यस घटनामा विद्यालयको नाम मुछिएकोप्रति दु:ख व्यक्त गरेको हो । विद्यालयले घटनामा संलग्नमध्ये कुनै पनि विद्यार्थी हाल अध्ययनरत नरहेको जनाएको छ । ‘चार जना केही पहिलेका विद्यार्थी हुन्, अरू वरिपरिका विद्यालयका छन् तर हाम्रो नाम जोडेर प्रचारबाजी भएकोमा हामी दु:खी भएका छाँै,’ सरस्वती निकेतनका प्रिन्सिपल भरतबन्धु कँडेलले भने ।
भिडियोमा देखिनेमध्ये दर्शना गुरुङ र कविता गोतामेलाई कक्षा १० मा पढ्दापढ्दै अश्लील क्रियाकलापमा लागेको भनेर विद्यालयले निष्काशन गरेको प्रिन्सिपल कँडेलले जानकारी दिए । त्यस्तै किस्मत गुरुङ र अजित भुजेलले गत साल एसएलसी सकेर विद्यालयबाट गएको उनको भनाइ छ । भिडियोमा देखिएका रजिना कुमाल, टेकबहादुर, रोजिना थापा, दुर्गा नाम गरेकाहरू अन्य विद्यालयका रहेको सरस्वती निकेतनले जनाएको छ ।
स्थानीय समुदायले स्कुले विद्यार्थीले यसरी सामूहिक चुम्बन गरेको भिडियो सार्वजनिक हुनुलाई अश्लीलताको पराकाष्ठा भनेका छन् । दृश्यमा रानीखोलाको किनारका ढुंगामाथि किशोर–किशोरीले चुम्बन गर्दै कसले लामो समयसम्म गर्न सक्ने भनी प्रतिस्पर्धा गरिएको देखिन्छ । हाल विद्यालयसँग असम्बन्धित बिद्यार्थीहरूको भिडियोमा नाम जोडेर यु–टयुबमा सार्वजनिक गरिएकोमा सरस्वती निकेतनले कानुनी उपचारका लागि उजुरी गर्ने जनाएको छ । ‘हाम्रो विद्यालयको नाम जोडेर किन सार्वजनिक भयो, हामी यसबारे कानुनी लडाइँ लड्छाँै, साइबर अपराधको मुद्दा दर्ता गर्ने तयारी गर्दै छाँै,’ प्रिन्सिपल कँडेलले भने ।
सरस्वती निकेतनले बुधबार पत्रकार सम्मेलन गरी यस घटनामा विद्यालयको नाम मुछिएकोप्रति दु:ख व्यक्त गरेको हो । विद्यालयले घटनामा संलग्नमध्ये कुनै पनि विद्यार्थी हाल अध्ययनरत नरहेको जनाएको छ । ‘चार जना केही पहिलेका विद्यार्थी हुन्, अरू वरिपरिका विद्यालयका छन् तर हाम्रो नाम जोडेर प्रचारबाजी भएकोमा हामी दु:खी भएका छाँै,’ सरस्वती निकेतनका प्रिन्सिपल भरतबन्धु कँडेलले भने ।
भिडियोमा देखिनेमध्ये दर्शना गुरुङ र कविता गोतामेलाई कक्षा १० मा पढ्दापढ्दै अश्लील क्रियाकलापमा लागेको भनेर विद्यालयले निष्काशन गरेको प्रिन्सिपल कँडेलले जानकारी दिए । त्यस्तै किस्मत गुरुङ र अजित भुजेलले गत साल एसएलसी सकेर विद्यालयबाट गएको उनको भनाइ छ । भिडियोमा देखिएका रजिना कुमाल, टेकबहादुर, रोजिना थापा, दुर्गा नाम गरेकाहरू अन्य विद्यालयका रहेको सरस्वती निकेतनले जनाएको छ ।
स्थानीय समुदायले स्कुले विद्यार्थीले यसरी सामूहिक चुम्बन गरेको भिडियो सार्वजनिक हुनुलाई अश्लीलताको पराकाष्ठा भनेका छन् । दृश्यमा रानीखोलाको किनारका ढुंगामाथि किशोर–किशोरीले चुम्बन गर्दै कसले लामो समयसम्म गर्न सक्ने भनी प्रतिस्पर्धा गरिएको देखिन्छ । हाल विद्यालयसँग असम्बन्धित बिद्यार्थीहरूको भिडियोमा नाम जोडेर यु–टयुबमा सार्वजनिक गरिएकोमा सरस्वती निकेतनले कानुनी उपचारका लागि उजुरी गर्ने जनाएको छ । ‘हाम्रो विद्यालयको नाम जोडेर किन सार्वजनिक भयो, हामी यसबारे कानुनी लडाइँ लड्छाँै, साइबर अपराधको मुद्दा दर्ता गर्ने तयारी गर्दै छाँै,’ प्रिन्सिपल कँडेलले भने ।
झन्डै दुई महिनाअघि भएको भनिएको सो घटनालगत्तै इलाका प्रहरी कार्यालय गैँडाकोटले पक्राउ गरी छानबिन गरेको भन्दै विद्यालयले भिडियो सार्वजनिक हुनुमा प्रहरी पनि जिम्मेवार रहेको आरोप लगाएको छ । उनीहरू र उनीहरूका अभिभावक कोही आफ्नो सम्पर्कमा नरहेको विद्यालयको भनाइ छ । भिडियोबारे पहिल्यै जानकारी भए पनि विद्यालयको नाम जोडिएको हाल मात्र थाहा पाएपछि स्पष्टकरण दिन पत्रकार सम्मेलन गर्नुपरेको प्रिन्सिपलले सुनाए । सरस्वती निकेतन व्यवस्थापन समितिका अध्यक्ष टोलनाथ घिमिरे, अभिभावक शिक्षक संघका अध्यक्ष रामनाथ तिमिल्सिना, भूपू विद्यार्थी मञ्चका अध्यक्ष कृष्ण कँडेल र विद्यार्थी इकाइ समितिका सभापति रवि थापाले संयुक्त विज्ञप्ति जारी गर्दै यथार्थ विवरण पत्ता लगाई दोषीलाई कारबाही गर्न प्रशासनसँग माग गरेका छन् ।सौर्य दैनिकले यो खबर छापेको छ
यू टियूवको भिडियो ..(क्लिक गर्नुस) http://www.youtube.com/watch?v=RfAcfKAzDLQ
काठमाडौं महानगरपालिकाले राजधानीका पुराना भित्री सहरमा डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधन निषेध गर्दै ब्याट्रीबाट चल्ने सवारीसाधन चलाउने तयारी गरेको छ । महानगरपालिकाले न्युरोड, धर्मपथ, खिचापोखरी, सुन्धारा, इन्द्रचोक, असन लगायतका पुराताŒिवक र पर्यटकीय सहरमा पहिलो पटक विद्युतीय बस चलाउने तयारी गरेको हो । इन्धनबाट चल्ने सवारीसाधनले वायु तथा ध्वनि प्रदूषण बढाएकाले विद्युतीय बस चलाउन लागेको उसको तर्क छ । महानगरपालिकाले चिनियाँ कम्पनीद्वारा उत्पादित विद्युतीय सवारी चलाउने तयारी गरेको हो ।
जसमा चालकसहित १४ जना अट्छन् । पहिलो चरणमा तीन सवारी चलाउने लक्ष्य छ । त्यो सफल भए ठमेलमा पनि विस्तार गरिने महानगरको योजना छ । सो बसको साढे १३ लाख रुपैयाँ पर्ने महानगरपालिकाले जनाएको छ । उसले बालुवाटारस्थित नेभी ट्रेड लिंकमार्फत सवारी खरिद गर्ने योजना बनाएको छ । यो विद्युतीय सवारी ८ देखि १० घन्टासम्म बिजुलीबाट चार्ज गर्नुपर्छ । एकचोटि चार्ज भएको सवारीले ७० किलोमिटरको माइलेज दिने कम्पनीको दाबी छ । सो विद्युतीय सवारी धुवाँ ननिकाली गुड्नुका साथै आवाज पनि कम हुने नेभी ट्रेड लिंकका विजयमान शेरचन बताउँछन् ।
‘गाडीको आवाज यति कम हुन्छ कि गुडेकै थाहा हुन्न,’ विद्युतीय सवारीबारे उनले भने, ‘सञ्चालन खर्चमा समेत इन्धन सवारीको तुलनामा एकतिहाइ कम पर्छ ।’ ‘पुराताŒिवक तथा पर्यटकीय क्षेत्र व्यवस्थापनअनुरूप हामीले विद्युत्बाट चल्ने सवारी सञ्चालन गर्ने तयारी गरेका हौं,’ महानगरपालिकाका कार्यकारी प्रमुख केदारबहादुर अधिकारीले भने, ‘यसका निम्ति व्यवसायीहरूसँग छलफल सुरु भएको छ ।’
महानगरपालिकाले विद्युतीय सवारीसाधन सञ्चालनमा आएपछि इन्धनबाट चल्ने सवारीसाधनलाई विस्थापित गर्ने भएको छ । स्थानीयवासीका हकमा भने महानगरपालिकाले परिचय–पत्र प्रदान गर्ने भएको छ । ‘विद्युतीय बस सञ्चालनमा आएपछि इन्धनबाट चल्ने सवारीसाधन प्रतिबन्ध गर्नेछौं, स्थानीयका हकमा भने परिचय–पत्र प्रदान गरिनेछ, परिचय भएका सवारीसाधनलाई मात्र चल्न दिइनेछ,’ कार्यकारी प्रमुख अधिकारीले भने । महानगरपालिकाले पर्यटकीय क्षेत्रमा पैदलयात्रीको संख्या बढाउने लक्ष्य पनि राखेको छ ।
न्युरोड, खिचापोखरी, इन्द्रचोक, असनजस्ता ठाउँमा सवारी पार्किङ समस्या जटिल छ । हाल त्यहाँ कालोपत्रे सडकमाथि नै पार्किङ गर्ने गरिएको छ । तर, अब सवारीवालाले आफ्नो सवारीभित्र लान नपाउने भएपछि भित्री पार्किङ समस्या घट्ने महानगरपालिकाको दाबी छ । महानगरपालिकाले काठमाडौं मल, सिभिल मल र रत्नपार्कलाई पार्किङको वैकल्पिक उपाय भनेको छ । खबर राजधानी दैनिकले छापेको छ
सिमेन्ट तथा चूनजन्य पदार्थका लागि बोरा लेमिनेसन गर्नुपर्ने सरकारी निर्णय हाल कार्यान्वयन नगर्न, नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश कमलनारायण दासको एकल इजलासले नियम नबनाई ठाडो आदेशद्वारा बन्देज लगाउने सरकारी निर्णय सुविधा र सन्तुलनको दृष्टिले उपयुक्त नदेखिएकाले अन्तिम आदेश नभएसम्मका लागि सरकारी सूचना कार्यान्वयन नगर्न, नगराउनका लागि अन्तरिम आदेश जारी गरेको हो ।वातावरण मन्त्रालयले २०६९ जेठ १५ को राजपत्रमा जनताको स्वास्थ्यसँग जोडिएको भन्दै तीन महिनाभित्रै सिमेन्टका बोरा लेमिनेटेड हुनुपर्ने सूचना जारी गरेको थियो।
सरकारी निर्णयअनुसार सिमेन्ट बोरा लेमिनेटेड बनाउन आर्थिक हिसाबले गाह्रो हुने भन्दै त्यसलाई रोक्नुपर्ने माग गर्दै अग्नि सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक ताराप्रसाद पोखरेलले भदौ ११ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
न्यायाधीश कमलनारायण दासको एकल इजलासले सरकारी निर्णय मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म कार्यान्वयन नगर्न आदेश जारी गरेको हो।
नेपालमा लेमिनेटेड बोरा उत्पादन गर्ने एउटामात्र उद्योग भएको बताउँदै यो निर्णयले दर्जन सिमेन्ट उद्योग धराशायी हुने रिटमा थियो। सरकारको निर्णयले अन्तरिम संविधान, नागरिक अधिकार ऐन २०१२, औद्योगिक व्यवसाय ऐन, २०४९, प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन २०६३, वातावरण संरक्षण ऐन २०५३, उपभोक्ता संरक्षण ऐन २०५४को विपरीत भएको रिटमा उल्लेख छ।
रिटमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग मन्त्रालय र उद्योग विभागलाई विपक्षी बनाइएको छ।
सर्वोच्चको निर्णयअनुसार मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म व्यवसायीले लेमिनेसन नगरिएका बोरामै सिमेन्ट प्याकिङ गर्न पाउनेछन्। सरकारको निर्णयविरुद्धमा सिमेन्ट उत्पादक संघ र नेपाल उभन फ्रेबिक तथा स्याक्स उत्पादक संघले विरोध गरेका थिए।
उद्योगमन्त्री अनीलकुमार झाले केही दिनअघि भएको छलफलमा लेमिनेटेड बोरा तत्काल कार्यान्वयनमा नल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।
'उद्योगी व्यवसायीसँग छलफल नगरी लेमिनेटेड बोरा कार्यान्वयनमा ल्याउने निर्णय गरेर हामीले त्रुटि गर्यो,' उनले भनेका थिए, 'यो निर्णय तत्काल कार्यान्वयनमा आउँदैन।'
सिमेन्ट राख्ने उभन फेब्रिक बोरा उत्पादन गर्ने उद्योग अहिले १२ वटा छन्। यी उद्योगहरुमा पाँच अर्ब रुपैयाँ लगानी रहेको उद्योगीको दाबी छ। उनीहरुका अनुसार लेमिनेसन गरिएको बोरा उत्पादन गर्ने उद्योगका लागि कम्तिमा ६० करोड रुपैयाँ लगानी गर्नुपर्छ। त्यसको पूर्वाधार खडा गर्नमात्र १८ महिना लाग्छ।
पुरानो प्रविधिलाई एकैपटक विस्थापित गर्दा यो क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरी पाँच हजार कामदारको रोजगारी गुम्ने संघको दाबी छ।
प्लास्टिक लेमिनेसन भएको बोरा सामान्यभन्दा १५ प्रतिशत महँगो हुन्छ। नेपालमा वार्षिक ६ करोड बोरा सिमेन्ट माग छ। प्लास्टिक लेमिनेसन भएको बोरा उत्पादन गर्न अहिले नै पूर्वाधार खडा गर्न सम्भव नभएकाले सरकारी नीतिलाई खारेज गर्न व्यवसायीले माग गरेका थिए।
सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर ९१ दिनको समय दिएको थियो। व्यवसायीसहित उनीहरुका संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ लगायतले निर्णयको विरोध गर्दै खारेजीको माग गर्दै आएका थिए।
छिमेकी मुलुक भारत र चीनमा समेत प्लास्टिक लेमिनेसन भएको बोरामा सिमेन्ट प्याकिङ गर्न बाध्यता नभएको भन्दै नेपालमा लागु गर्नु आर्थिक दृष्टिले निकै बोझिलो हुने उद्योगीको भनाइ थियो।
राजधानीलगायतका सहरी क्षेत्रमा प्रशोधित पिउने पानीको उपभोग बढिरहेका बेला यसको गुणस्तर भने खस्कँदो छ। बोतल र जारका पानीमा गुणस्तर समस्यासँगै शरिरलाई हानी गर्ने किटाणुको मात्रा पनि बढिरहेको छ। पिउने पानीको आवश्यकता पूर्ति गर्न राजधानीसहित सहरी क्षेत्रमा खुलेका दर्जनौ उद्योगले पखाला लगाउने जीवाणु 'कोलिफार्म'सहितको पानी बेचिरहेका छन्।
उपभोग्य खाद्यान्न र पेयको गुणस्तर निमयमन गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको पछिल्लो परीक्षण अध्ययनले प्रशोधित पानीको गुणस्तर सबैभन्दा कमजोर देखाएको हो। विभागले गएको वर्ष गरेको परीक्षणले प्रशोधित पानीका संकलित नमुनामध्ये सबैभन्दा धेरै झण्डै ६६ प्रतिशत गुणस्तरहीन देखाएको छ।
तोकिएको गुणस्तर नपुगेका पानीमध्ये धेरैमा अधिकमात्रामा 'कोलिफार्म' भेटिएको छ। 'गुणस्तर नपुगेका पानीमध्ये धेरैमा अधिक कोलिफार्म र पिएच नपुगेको पाइएको छ,' विभागका खाद्य अनुशन्धान अधिकृत मदन कुमार चापागाईले भने, 'परीक्षणले पानीको गुणस्तर निक्कै कमजोर नै देखाएको छ।'
विभागको प्रतिवेदन अनुसार गएको वर्षभन्दा यसपाली गुणस्तरहीन पानीको दर बढेको छ। गत वर्ष संकलित नमुनामध्ये ५८ प्रतिशत मात्र पानी गुणस्तरहीन पाइएको थियो। यसअघिका परीक्षणहरुले पनि करिब ५० प्रतिशत प्रशोधित पानी गुणस्तरहीन देखाएको थियो।
गएको वर्ष विभागले गरेको परीक्षण अनुसार पानीपछि दूधको गुणस्तर कमजोर देखिएको छ। दूध र दूग्धजन्य वस्तुमा पनि 'कोलिफार्म'को मात्र भेटिएको छ। दूधमा यस्ता जीवाणु शुन्य हुनुपर्छ। धेरैमा यस्ता जीवाणुको मात्रा अधिक पाइएको छ। यसका साथै मापदण्ड अनुसार चिल्लो पदार्थ र एसएनएफ नपाइने दूध, दही पनि धेरै छन्। दूधका लागि सरकारले ३० प्रतिशत चिल्लो पदार्थको मापदण्ड तोकेको छ।
गएको वर्ष संकलित दूधका नमुनामध्ये ५३.५ प्रतिशत गुणस्तरहीन पाइएको छ। विभागका अनुसार घिउ र तेलको गुणस्तर पनि कमजोर छ। गएको वर्ष यस्ता वस्तुका संकलित नमुनामध्ये २६.८ प्रतिशत गुणस्तरहीन पाइएका छन्। घिउ र तेलमा भने आवश्यक मात्रामा समि्रश्रण नभएको पाइएको हो।
विभागको परिक्षणले चिनी, मह, नुन, चक्कलेट, अन्नबाट बनेका खाद्यान्न, मासु, फलफूल, तरकारी, बेसन, इनर्जी ड्रिङ्क्सलगायतमा पनि गुणस्तर समस्या रहेको देखाएको छ। विभागकी महानिर्देशक जीवनप्रभा लामाले जनशक्ति, स्रोत, साधन अभावमा प्रभावकारी अनुगमन नहुदा गुणस्तर समस्या आएको बनाइन्।
उनले गुणस्तर मापदण्ड पुरा नगर्ने उद्योग विरुद्ध खाद्य ऐन अनुसार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराएको जानकारी दिइन्। विभागले गएको वर्ष २ सय वटा उद्योग विरुद्ध मुद्दा दर्ता गराएको छ भने १ सय २३ वटा विरुद्ध मुद्दाको तयारी गरेको छ।
सबैभन्दा धेरै गुणस्तर समस्या देखिएको प्रशोधित पानी उद्योग सञ्चालकहरु भने आफुहरुले सुधार गरिरहेको दाबी गर्छन्। 'हामीले संघको तर्फबाट पनि पहल गरेर गुणस्तर सुधार गरिरहेका छौ,' नेपाल बोतल वाटर उद्योग संघका अध्यक्ष धर्मानन्द श्रेष्ठले भने, 'हामीले मात्र गरेर भएन, कडा अनुगमन पनि हुनुपर्यो।'श्रेष्ठले पानी उद्योगहरु 'जन्माएर पालन पोषण नगरि छाडिएका बच्चा' जस्तै भएको बताए। 'सरकारले जनतालाई खानेपानी वितरण गर्न सकेको छैन,' उनले भने, 'यसको फाइदा उठाउदै गुणस्तरहीन पानी उत्पादन गर्ने बढेका बढ्यै छन्, हेर्नुपर्ने निकायलाई मतलब छैन।' उनले अनुगमनलाई औपचारिकतामा सीमित नराखी प्रभावकारी बनाए यो समस्या कम हुने बताए।
डेरी उद्योग संघका पूर्व अध्यक्ष रामकुमार खड्काले पनि प्रभावकारी अनुगमन नहुदा र कारबाही कमजोर हुदा गुणस्तरहीन दूध उत्पादक बढेको बताए। 'फ्याट र एसएनएफ नै कम हाल्नेलाई त सरकारले डण्डा लगाउनु पर्यो नी,' उनले भने, 'कानुन प्रभावकारी कार्यान्वयन नहुदा यस्तो भएको हो।
नागरिक न्युज ले यो खबर छापेको छ

अभिनेत्री सञ्चिता लुइँटेल अस्पतालमा भर्ना भएकी छन् । केही दिनअगाडि मात्र दोस्रो सन्तानका रूपमा एक छोरीलाई जन्म दिएर घर फर्केको केही दिन बित्न नपाउदै लुइँटेल फेरि अस्पतालमा भर्ना भएकी छन् । मंगलबार दिउँसो उच्च रक्तश्राव भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।गत भदौ ४ मा उनले छोरीलाई जन्म दिएकी थिइन्। उनी भदौ ८ मा नर्भिकबाट डिस्चार्ज भएकी थिइन्। 'दिउँसो एक्कासी उच्च रक्तश्राव भएपछि डा. ज्योति अग्रवालको क्लिनिकमा लग्यौँ। उहाँकै सुझावमा तत्काल आइसियुमा लग्यौं,' सञ्चिताकी बहिनी सिवानी लुइटेलले भनिन्। अलिअलि हुँदै दिदीलाई अत्यधिक रक्तश्राप भएकाले अस्पतालमा ल्याएको हो । ‘दिदीको अवस्था बिग्रिए पनि नौ दिनकी बच्चीको अवस्था भने सामान्य नै छ,’ बैनी शिवानीले भनिन् । सिजेरियन (अप्रेशन ) बाट बच्चालाई नौ दिनअगाडि जन्म दिएकी लुइँटेल को अप्रेशन मा डाक्टरको केही कमजोरीका कारण समान छुट्न गएकाले यो अवस्था आएको हुनसक्ने परिवारले अनुमान गरेको छ ।
अभिनेता निखिल उप्रेती बुधबार दिउँसो काठमाडौं आइपुगेका छन्। उनी कामको सिलसिलामा मुम्बईमा थिए। 'औषधी चलाइरहेको हुँदा हिजोको तुलनामा स्वास्थ्यमा केही सुधार भएको छ। तत्काल डिस्चार्ज हुने अवस्था छैन,'उनले भनिन्।
धनकुटा जिल्लामा एक जना व्यापारीलाई भारतीय नागरिकले छुरा प्रहार गरेर घाईते बनाएका छन् ।
व्यापारको बिषयमा विवाद हुँदा धनकुटा बसपार्कमा भारत छाप्रा घर भएका ३० बर्षीय प्रमोदप्रसाद साहले गंगाराम विश्वकर्मालाई आज छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।गम्भीर घाईते तरहरा–२, सुनसरीका ६७ बर्षीय विश्वकर्माकोे जिल्ला अस्पताल धनकुटामा प्राथमिक उपचार भएको छ । उनलाई थप उपचारका लागि वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
छुरा प्रहार गर्ने भारतीय नागरिक साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सौर्य दैनिक् ले यो खबर छापेको छ
व्यापारको बिषयमा विवाद हुँदा धनकुटा बसपार्कमा भारत छाप्रा घर भएका ३० बर्षीय प्रमोदप्रसाद साहले गंगाराम विश्वकर्मालाई आज छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।गम्भीर घाईते तरहरा–२, सुनसरीका ६७ बर्षीय विश्वकर्माकोे जिल्ला अस्पताल धनकुटामा प्राथमिक उपचार भएको छ । उनलाई थप उपचारका लागि वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
छुरा प्रहार गर्ने भारतीय नागरिक साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सौर्य दैनिक् ले यो खबर छापेको छ
गत भाद्र ८ गते देशभर एकसाथ प्रदर्शनमा आएको राजु गिरी निर्देशित फिल्म बिन्दासले व्यापारिक सफलता पाएको छ । चलिरहेका अन्य फिल्म भन्दा यो फिल्मले राम्रो व्यापार गरेको वितरक तथा हल सञ्चालक बताउँछन् ।
सिङगल स्क्रिन यो फिल्मको ओपनिङ कलेक्सन जसरी आक्रमक थियो त्यसपछिका दिनमा पनि बिजनेश खासै तल झरेन । रिलिजको पाँचौ दिनसम्म आईपुग्दा फिल्मले ६० लाखको व्यापार गरेको बताईएको छ । अझै पनि कतिपय सिङगल स्क्रिनमा फिल्म हाउसफुलका साथ चलिरहेको बुझ्नमा आएको छ । राजधानीको कलंकी हलका म्यानेजर मदनमान शाक्यले आजको दिनसम्म पनि फिल्ममा दर्शकको ओईरो लागेको बताए । उनले भने, 'अचम्म लागिरहेको छ दर्शक यसरी ओईरिएको देख्दा
हाम्रा चितवन सहकर्मी श्याम सुन्दर गिरीले दिएको जानकारी अनुसार सो स्थानमा पनि फिल्मको बिजनेश आक्रमक नै छ । धरान सहकर्मी अर्पण ढकालले ओपनिङ राम्रो गरेको र अहिलेको बिजनेश सन्तोषजनक रहेको बताए । फिल्मको बिजनेश देखेर अहिले निर्माण युनिट निकै हौसिएको छ । तर, समिक्षात्मक रूपमा फिल्मले राम्रो प्रशंशा भने पाउन सकेन ।
युवाहरूको अझ बिशेषगरी कलेज पढ्दै गरेका युवाहरूको सेक्स प्रतिको धारणा र विकृतीलाई कथानमा उतारिएको भनिएको फिल्म बिन्दासमा शुष्मा कार्की, शुशान्त कार्की, अशोक फुयाल र रोशनी घिमिरेको मुख्य अभिनय रहेको छ । फिल्ममा अर्जुन पोखरेलको संगीत सुन्न सकिनेछ । फिल्मलाई मधुकुमार श्रेष्ठ र राजु केसीले निर्माण गरेका हुन् ।
filmykhabar.com
नायिका वेनिशा हमाल बिरामी भएपछि नायक आर्यन सिग्देल हतार हतार अस्पतालमा भेट्न जान्छन् । बेनिशासँग प्रेममा मस्त डुबेका आर्यन आफ्नो प्रेमीका अस्पतालमा रहेको खबर सुनेपछि बल्खु स्थित वयोध्दा अस्पतालमा पुगेका हुन् ।
आर्यन अस्पतालको सोधपुछ शाखामा निक्कै चासो र चिन्ताको साथ प्रेमीकाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिईरहेका थिए । छोरीको अप्रेशन कस्तो हुने हो भन्ने चिन्ताले टोलाएकी वेनिशाको आमासँग आर्यन लामै समय कुरा गर्छन् ।
प्रस्तुत दृश्य वास्तवीक नभई एक चलचित्रको हो । नवल नेपालको निर्देशनमा तयार भईरहेको चलचित्र ‘महशुश’ को छायांकन स्थलमा वुधबार यस्तै दृश्य देखिएको थियो । चलचित्रमा नायिका वेनिशा हमाल आर्यनको प्रेमीकाको रुपमा देखिएकी छिन् । अस्पतालको ईमरजेन्सी कक्षमा वेनिशाको किड्नीको अप्रेशन भईरहेको हुन्छ । आर्यन अप्रेशनको जानकारी लिन प्रतिक्षारत छन् । कल्याण घिमीरेको निर्माणमा तयार भएको चलचित्र ‘महशुश’ को यो दृश्यलाई छायांकार दिव्य सुवेदीले क्यामेरामा कैद गरीरहेका थिए ।
चलचित्रमा नायिका केकी अधिकारीको पनि अभिनय छ । तर सर्ट नभएकाले नायिका अधिकारी सुटिङ स्थलमा उपस्थित भएकी थिईनन् । नवल र कल्याणले यसअघि श्रीमान नामक सिनेमा बनाएका थिए । व्यापारीक रुपमा सफल श्रीमान भन्दा महशुश अझ उत्कृष्ट बन्ने दावी निर्देशकको छ ।
युट्युवले नवलपरासी जिल्लाको गैंडाकोटका स्कुले केटाकेटीहरुको ‘किस’ गरेको भिडियोलाई हटाई दिएको छ ।
सो भिडियो हेर्न खोज्दा आज (बुधबार) विहान पाँच बजे नदेखिए पछि हटाईएको सूचना युवट्युवले राखेको थियो । ‘सरी, यो भिडियो हटाईएको छ,’ युवट्वले भनेको छ, ‘किन कि यसले युट्वको सर्त उलंघन गरेको छ ।’
भिडियोमा स्कुल पढ्ने उमेरका एक हुल केटाकेटी जोडी–जोडी भएर ‘टङ किस’मा लिप्त रहेका देखिन्छ ।
बालबालिकका आफन्त र प्रहरीको आग्रहमा युट्युवले ‘किस’ गरेको भिडियो हटाएको स्रोतको भनाई छ
सो भिडियो युट्युवबाट हटाए पछि केटाकेटीहरु र उनका अभिभावकलाई केही रात भएको छ
गैंडाकोटका उच्छृंखल बालबालिकाहरुले खोलामा गएर ‘चुम्बन प्रतियोगिता’ गरेर त्यसको भिडियो पनि खिचाएका थिए ।
भिडियो खिच्ने व्यक्ति भने बढी उमेरका लाग्छन् । उनी दृश्यमा आउँदैनन् । उनले प्रत्येक ४ जोडी बालबालिकालाई पालैपालो लामोभन्दा लामो समय ‘टङ किस’ गर्न उक्साएको भिडियोमा सुनिन्छ ।
किस गर्न नमान्नेलाई उनले दबाब नै दिएका छन् ।
सन् २०१२ अगस्ट–२५ को मितिमा सो भिडियो युट्युवमा पोस्ट भएको थियो । भिडियो सात मिनेट २४ सेकेन्डको थियो ।
sourya daily.com









