
आज पुस १ गते । यस दिनलाई नेपालका ‘प्रजातन्त्रवादी’हरु कालो दिनका रुपमा लिने गर्छन् । २००७ देखि ०१५ सालसम्मको लामो संक्रमणकालपछि आम निर्वाचन भई वीपी कोइरालाको नेतृत्वमा जननिर्वाचित सरकार बनेता पनि ०१७ साल पौष १ गते तत्कालीन राजा महेन्द्रले ‘कु’ गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए । त्यो सत्ता आफ्नो हातमा फर्काउन कांग्रेसलाई ३० वर्ष लाग्यो ।संयोगले अहिले फेरि जननिर्वाचित प्रधानमन्त्रीलाई हटाएर चुनाव हारेका व्यक्तिलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिद्वारा तोकिएको समयसीमा पनि पुस १ कै भोलिपल्ट सकिँदैछ । र, नेपाली कांग्रेस आफैं संसदीय व्यवस्थालाई धुलिसात् पार्दै बाबुराम भट्टराईलाई नयाँ वीपी कोइराला बनाउन कम्मर कसेर लागिपरेको छ ।
०१७ साल पुस १ गते थापाथलीमा नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको प्रथम अधिवेशन प्रधानमन्त्री वीपी कोइरालाद्वारा उद्घाटन गर्ने कार्यक्रम थियो । दुई तिहाइ बहुमत प्राप्त दलका प्रधानमन्त्री तरुण दलको कार्यक्रममा भाग लिइरहेका बेला दिउँसो साढे ११ बजे साही सेनाका लेफ्टिनेन्ट जनरल सुरेन्द्रबहादुर शाह र बि्रगेडियर जनरल समराज कुँवर नेतृत्वको टोलीले कार्यक्रमस्थलमै पुगेर ‘महाराजधिराजबाट तुरुन्त आउनू भन्ने बोलावट भएको छ’ भन्दै प्रधानमन्त्री वीपी कोइराला, गृहमन्त्री सूर्यप्रसाद उपाध्याय, निर्माणमन्त्री गणेशमान सिंह र सभामुख कृष्णप्रसाद भट्टराईलाई सभास्थलबाटै लिएर गए । त्यसपछि सभामुख, प्रधानमन्त्री, गृहमन्त्री सबैलाई ‘तपाईहरु हिरासतमा हुनुहन्छ’ भन्ने जानकारी गराइयो ।केही मन्त्री र उपमन्त्रीहरु थापाथलीको सभास्थलबाटै भागे भने केही पक्राउ परे । उपप्रधानमन्त्री सूवर्णसमशेर उपचारको बाहनामा केही दिन अगावै भारतको कोलकाता गएका थिए । भरतसमसेर जबरा र बेनीबहादुर कार्कीले विदेश जान टिकट काटेका थिए, तर उनीहरु राजाको दर्शनका लागि दरबार जानेक्रममा दरबार अगाडिबाट समातिए । सभासम्मेलन गर्न नपाउने भनी गृहमन्त्रालयका नाममा विज्ञप्ति जारी भयो । राजदरबार अगाडिको सडकमा पुस १६ सम्म कफ्र्यू लगाइयो । नेताहरुको गिरफ्तारीलाई व्यापक बनाइयो ।
प्रधानमन्त्री र मन्त्रीहरुलाई पक्राउ गरिसकेपछि तत्कालीन राजा महेन्द्रले दिउँसो साढे ३ बजे नारायणहिटीबाट देशबासीका नाममा सम्बोधन गरे । उनको सम्बोधनमा भनिएको थियो-
‘आगे प्यारा प्रजा गैह्र के यथोचित
जनताले छानेका प्रतिनिधिहरुले नै देशप्रति ज्यादा जिम्मेवारी महसुस गरी प्रजातन्त्रको जग मजबुद हुने वातावरण पैदा गर्दछ र देशमा स्थिरता आई विकास द्रुत गतिले हुन्छ भन्ने विश्वास लिई करिब दुई वर्षअघि देशमा आम चुनाव गराएको सबैमा विदितै छ । फलस्वरुप नेपाली कांग्रेस बहुमतमा आयो र जनताको विश्वास प्राप्त गरेको पार्टीलाई नै संविधान अनुसार शासनभार सुम्पी देशप्रतिको जिम्मेवारीको हिस्सेदार बनाउन पाउँदा अत्यन्तै सन्तोष लाग्नुको साथै केही वर्षदेखि देशमा भएको अस्थिरताले हामीमा पैदा गरेको चिन्ता हटाउनु पनि स्वभाविकै कुरा भएको थियो ।
त्यसपछि देशमा घटेको परिस्थितिको अध्ययन गरी हामीबाट समय-समयमा जनप्रतिनिधिहरु र सरकारमा रहेका व्यक्तिहरुलाई समेत कर्तव्यबाट च्युत नहुने संकेत गरेको कुरा पनि सबैले बुझेकै हुनुपर्छ । प्रजातन्त्र पद्दतिअनुसार छानिएका प्रतिनिधिहरुद्वारा जनता र सरकारको वीचमा भएको भ्रमात्मक वातावरणसमेत सुल्झाई राष्ट्रको हित र विकास गर्ने पूरा कोसिस हुनेछ भन्ने सबैले आशा एवं विश्वास राखेका थिए, तर ठीक त्यसको उल्टो प्रजातन्त्र पद्धतिको आडमा राष्ट्र र जनतालाई एकातिर पन्छाई व्यक्तिगत र दलगत स्वार्थपूर्ति गर्नका लागि अधिकार प्रयोग गरियो ।ऐन कानूनको मर्यादा नराखी छिटो छरितो र योग्य बनाउने नाममा यो मन्त्रिमण्डलले देशको प्रशासनयन्त्र निश्त्रिmय र आधारहीन बनाउने चेष्टामा लाग्यो । अधिकार दुरुपयोग हुँदा भ्रष्टाचार बढ्नुको साथै अनेकानेक भ्रान्ति पैदा गराई प्रशासनयन्त्रमा पनि शिथिलता उत्पन्न भई देशमा शान्ति सुरक्षा कायम राख्न यो मन्त्रिमण्डल विल्कुल असमर्थ भएकोले र अराष्ट्रिय तत्वहरुले धेरै मात्रामा प्रोत्साहन पाई राष्ट्रिय एकतामासमेत बाधा पुर्याउने वातावरण आउन लागेको पनि कसैमा नछिपेको तथा वैत्रानिक विश्लेषण र वस्तुस्थितिको अध्ययनविना कोरा सिद्धान्तका आधारमा उठाइएको आर्थिक कमदहरुले समाजमा चाहिने परिवर्तनको सट्टाजनतामा अशान्त र दुषित वातावरण मात्र पैदा गरेकोले, राष्ट्रको हित तथा प्रजातन्त्रकै निमित्त पनि देशमा यस्तो स्थिति धेरै समयसम्म रहन दिनु उचित नभएकोले देशको एकता, राष्ट्रियता र सार्वभौमिकता बचाउने, देशमा अमनचैन कायम राख्ने र देशलाई कुनै कारणबाट पनि बिग्रँदो स्थितिबाट बचाउने अन्तिम जिम्मेवारी पनि हामीमै भएकोले, उपरोक्त वातावरण हटाई शान्ति सुरक्षा कामय राख्ने र देशलाई संक्रमण स्थितिबाट बचाउन विशेष व्यवस्थाको जरुरत पर्न आएकोले तथा देश र जनताको हितलाई मात्र ध्यानमा राखी संविधानको धारा ५५ को अधिकार प्रयोग गरी यो मन्त्रीमण्डल र संसद्का दुबै सदनहरुसमेत हामीबाट आज यो घोषणाद्वारा विघटन गरिबक्सेका छौं । कुनै नयाँ व्यवस्था गर्न केही समय लाग्ने हुँदा अर्को व्यवस्था नभएसम्म मुलुकको शासनभार हामीबाटै स्वयं ग्रहण गरिबक्सेका छौं
कांग्रेस आफैं महेन्द्रपथमा ?
०१७ सालमा जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरिएको घाऊ ३० वर्षपछि मात्रै पुर्न सकेको नेपाली कांग्रेस यतिबेला जनता र संसदले बनाएको प्रधानमन्त्रीलाई ‘सर्वसत्तावादी’को संज्ञा दिँदै राष्ट्रध्यक्षलाई उकासेर प्रधानमन्त्री हटाउने अभियानमा सरिक भएको छ । यतिमात्रै होइन, कांग्रेस नेता सुशील कोइरालाले सार्वजनिक भाषणहरुमा वर्तमान सरकारलाई राणा र पञ्चायतकालसित तुलना गर्दै सरकारविरोधी संघर्षलाई ‘लोकतन्त्रको लडाइँको संज्ञा दिने गर्नुभएको छ । एमाले नेताहरुको पनि यसमा समान धारणा रहेको छ ।
जनताको मतका आधारमा सबैभन्दा ठूलो पार्टीको नेतृत्व रहेको र संविधानसभाबाट बहुमतका आधारमा निर्वाचित सरकारलाई राष्ट्रपतिबाट असंवैधानिक बाटोबाट अपदस्थ गराई चुनाब हारेका व्यक्तिलाई पुस १ कै भोलिपल्ट प्रधानमन्त्री बनाउँदा नेपालमा लोकतन्त्रको मर्यादा कसरी रहला ? जवाफ दिने पालो फेरि नेपाली कांग्रेसलाई आएको छ ।
onlinekhabar.com
Kareena's Halkat jawani is having positive effects on her beau, actor Saif Ali Khan. He is such a fan of the song that he exercises with the peppy number in the background.
Saif is very excited (about Heroine). He liked the first promo everyone has been talking about the dialogues, but he is very supportive. He actually runs on the treadmill with the song (Halkat jawani) on , so I am making him run and lose some weight," the 31-year-old said here.Kareena spoke on the sidelines of the launch of the title track of Heroine, directed by Madhur Bhandarkar. The movie releases Sep 21. Meanwhile, asked about her marriage plans, Kareena said: "We are not giving that topic so much importance, but you all are. Right now there is no time to think about it. I have been promoting the film, there is some sort of event (all the time). Because of that, we don't even have any time to think about it.
सरकारले उच्च प्राथमिकतामा राखेको काठमाडौँ-हेटौंडा सुरुङ मार्ग निमार्ण आगामी कात्तिकबाट सुरु हुने भएको छ ।
सरकारले निजी क्षेत्रलाई आयोजना निर्माणमा लागि अनुरोध गरेबमोजिम काम अगाडि बढाउन लागिएको हो । केही समय पहिले मात्रै आयोजनाको स्थलगत अध्ययन सम्पन्न भएको हो । काठमाडौँ, भिमफेदी, कुलेखानी, सिस्नेरी हुँदै मकवानपुरको हेटौंडा जोड्ने सुरुङमार्ग बनाउने काम आउँदो कात्तिकदेखि सुरु हुने नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले जनाएको छ ।सरकारले सुरुङमार्ग निर्माण गर्न निजी क्षेत्रलाई जिम्मा दिएपछि नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले काम सुरु गरेको हो । हेटौंडाबाट भिमफेदीसम्म २१ किलोमिटरको सडक, तीन किलोमिटरको सुरुङ र कुलेखानीबाट काठमाडौँसम्म २४ किलोमिटरको सडक निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष कुशकुमार जोशीले जानकारी दिनुभयो । अहिले काठमाडौँ, भिमफेदी, कुलेखानी हुँदै हेटौंडा पुग्ने सडक मार्ग करिब ८० किलोमिटर लामो छ भने सुरुङमार्ग निर्माण भइसकेपछि ४८ किलोमिटरमा झर्नेछ ।
२० अर्बको लगानीमा निर्माण हुन लागेको सुरुङमार्ग निर्माणका लागि स्थानीय जनतालाई पनि निर्माणमा सहभागी गराउन सेयर जारी गरिने भएको छ । रासस

तीज विशेष कार्यक्रममा अतिथि बनेर पुगेका हमालले उपस्थित महिलाहरुसँगै कम्मर मर्काए र नाँचे । हमालसँग नाच्नका लागी महिलाहरुले पनि तछाडमछाड नै गरे। कार्यक्रमको सुरुवातदेखि नै विभिन्न गायक तथा गायीकाको भाकामा थपडी बजाउदै रमाएका हमालको मन थामिन सकेन ।अविवाहीत नायक राजेश हमाललाई यसपालीको तीज मझैले लागेको छ । आमा सरस्वती मुभिजले आयोजना गरेको तीज विशेष कार्यक्रममा हमाल कम्मर मकाई मकाई नाचेका हुन् ।यसपछि स्टेजमा उक्लीएर उनले आफ्नो नृत्यको रहरलाई पुरा गरेका हुन् । कार्यक्रममा नायक राजेश हमालले आफ्नो विहे नहुनको कारण पनि खोले । उपस्थित महिलाहरुलाई दिदी बहिनी भनेर सम्बोधन गरेपछि उनले भने, पुर्वदेखि पश्चिमसम्मका सबै महिलाहरुलाई दिदी बहिनी भनेकै कारणले होला मेरो हालसम्म बिहे हुन नसकेको । तर हमालले बिहे कहिले हुन्छ भनेर कुनै मिति भने खुलाएनन् ।सुन्न मा आएको छ बैशाख मा राजेश हमाल को बिहे हुँदैछ रे शायद बिहे गर्न लगेको केटी लाई चाँही दिदिबहिनी भनेका रहिन्छन क्यारे राजेश हमालले | जे होस् शुभकामना छ बिहेको .............
अन्लाईन खबर बाट लिइएको भिडियो.........
नेपालको सेन्सर बोर्डले बुधबार बलिउड फिल्म राज -३ हेरेको छ। वयस्कहरुका लागि मात्र अर्थात् ए सर्टिफिकेट दिइएको यो फिल्ममा नेपालको सेन्सर बोर्डले गीतमा रहेका चुम्बनका दृश्य काट्न निर्देशन दिएको छ।९ वर्षपछि विपासा वसु र इमरान हासमीको जोडी पर्दामा आएका छन्। यो विक्रम भट्टले निर्देशन गरेको फिल्म हो। हट जोडीकारुपमा चिनिएका यी दुईले बक्स अफिस कत्तिको तताउने हुन त्यो हेर्न बाँकी छ। तर, यो फिल्ममा विपासा र इमरान हासमीको किसमाथि कैची चलेको खबरले बलिउड भने तातेको छ।फिल्मको प्रवर्द्धन गर्नेक्रममा केही दिनअघि विपासाले यौनबारे खुलेरै बताएकी थिइनन्। उनले यौन सम्पर्क भइरहेका दृष्य दिन कुनै कठिनाई नहुने बताएकी थिइन्। हुन पनि विपासा र इमरान दुबै सेक्सकै कारण चर्चामा हुन्छन्। यी दुबैका अभिनयभन्दा दर्शकले बढी कति अंग प्रदर्शन र किस कस्तो भन्नेमा चासो राख्छन्। त्यसैले हुनुपर्छ इमरान र विपासबीचको डेढ मिनेट लामो किस तथा अन्य केही भागमा सेन्सर बोर्डले रोक चलाएको छ। ‘लभ मेकिङ’ सिनहरुसमेत काटिएपछि यो फिल्ममा के बाँकी होला? त्यो त फिल्म हेरिपछी नै थाहा होला|
माहा नाएक राजेश हमाल ले वैशाखमा
मा बिहे गर्ने भएका छन प्रेमिकाको नाम बताउन भने उनले इन्कार गरे। मैले बिहे गर्न लागेको केटी फिल्म क्षेत्रका भने होइनन्, उनले भने। वैशाखमा बिहे गर्ने सोच भए पनि प्रेमिकाले धोका दिने हो कि भन्ने चिन्ता चाहिँ उनमा रहेछ। त्यसैले उनले भने, बिहे हुने वा नहुने भन्ने विषय प्रेमिकामा पनि भर पर्छ। प्रेमिकाले धोका नदिए मात्र बिहे हुन्छ।
मकवानपुर जिल्लामा प्रहरीले २५ किलो लागूऔषध गाँजा सहित पाँच जनालाई पक्राउ गरेको छ ।मनहरीवाट झोलामा बोकेर ल्याएको गाँजा सहित हेटौंडा–१०, बसपार्कवाट उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा राक्सिराङ गाविसका राजकुमार थिङ, अशोक प्रजा, ज्ञानबहादुर प्रजा, रमेश प्रजा र प्रमोद प्रजा रहेको प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।
मकवानपुरको पश्चिम उत्तरका झण्डै एक दर्जन गाविस तस्करका लागि गाँजा उत्पादनमा उर्जाशील र महत्वपूर्ण क्षेत्रको रुपमा रहँदै आएको छ
soyrya daily ले यो खबर प्रकसित् गरेको छ
पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा विपक्षी दलसम्वद्ध १७ विद्यार्थी तथा युवा संगठनले २४ गतेको उपत्यका बन्द फिर्ता लिएका छन् । नौ विद्यार्थी संगठनको काठमाडौंमा बसेको बैठकले भदौं–२४ गतेको उपत्यका बन्दलाई सारेर भदौं–२७ गते नेपाल बन्द गर्ने निर्णय गरेका छन् । नेविसंघका प्रवक्ता युपी लामिछानेका अनुसार २४ गते वीपी जयन्ती र एमए प्रथम बर्षको परीक्षा भएकाले बन्दको कार्यक्रममा हेरफेर भएको हो ।यद्यपी विद्यार्थी संगठनहरुले भदौ–२७ गते उपत्यका बन्दको साटो नेपाल बन्दको कार्यक्रम तय गरेका छन् ।बैठकले २४ गते नेपाल आयल निगम घेराउ गर्ने, २५ गते प्रधानमन्त्रीको पुत्ला जलाउने, २६ गते मुलुक भरि मसाल जुलुस गर्ने कार्यक्रम तय गरेको प्रवक्ता लामिछानेले बताए ।
पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको निर्णय फिर्ता गर्न दबाव दिन विद्यार्थी संगठनहरुले संघर्ष गर्दै आएका छन् ।
एक दिनका लागि प्रधानमन्त्री बन्ने अवसर पाए ?
सबैभन्दा पहिला रातारात महँगिएको पेट्रोलको भाउ घटाउँथेँ । विस्तार भइरहेको सडक निर्माण कार्यलाई निरन्तरता दिन्थेँ । अनि, महिलाको हितमा काम गर्थें ।आकाशबाट जून र तारा लिन आए कोसँग जानुहुन्छ ?
म जून र तारालाई छाडेर घामको प्रतीक्षामा रहन्थेँ । जबसम्म घाम आकाशबाट लिन आउँदैन त्यति बेलासम्म कुरेर बसिरहन्छु ।
एक जनालाई चन्द्रमामा लिएर जान पाए कसलाई लैजाने ?
चन्द्रमामा पहिल्यै पुगेर आएका स्व. निल आर्मस्ट्रङलाई लिएर जान्थेँ । उहाँलाई लिएर जाँदा चन्द्रयात्रा सार्थक हुन्छ जस्तो लाग्छ ।
चेपाङ समुदायको उत्थानका लागि सरकारले तपाईंलाई सद्भावनादूत बनायो भने ?
सबैभन्दा पहिला चेपाङ समुदायलाई शिक्षित बनाउन लागिपर्छु । उनीहरूको उत्थानमा सहयोग पुग्ने किसिमका फिल्म निर्माणमा लाग्छु ।
चेपाङ समुदायमा घुलमिल हुँदा त्यही समुदायका कुनै युवासँग मायाप्रीति बस्यो भने ?
मायामा कुनै सीमा हुँदैन । समाज र परिवारकै अगाडि चेपाङ समुदायका केटासँग विवाह गर्छु ।
यस वर्षको तीजमा शिवजस्तै वर पाए बिहे गर्ने ?
शिवजीजस्तै वर पाए त सोच्नै पर्ला । तर, घाँटीमा सर्प नबेर्ने, भाङधतुरो नखाने, बाघको छालामा नसुत्ने केटो हुन पर्यो, पक्कै बिहे गरिन्छ ।
विवाहपछि पतिले सेक्स सम्बन्ध राख्न मानेनन् भने नि ?
नो कमेन्ट †




