भारतको पाँच दिने भ्रमणमा रहेका राष्ट्रपति डा रामबरण यादवले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिनु भएको छ । भारतका राष्ट्रपतिको निवासमा भएको दुई मुलुकका राष्ट्रपति विचको भेटवार्ताको क्रममा राष्ट्रपति यादवले मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिएको नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलाले जानकारी दिनुभयो । जवाफमा भारतीय राष्ट्रपतिलेसमय मिलाएर आफू नेपाल आउने जानकारी दिदै नेपाल भ्रमणमा आउन आफू उत्सुक भएको बताउनु भएको थियो । भेटवार्तामा भारतीय राष्ट्रपतिले नेपालको राजनीतिक गतिरोध लम्बिनुको कारण, सहमतिको अवस्था, निर्वाचन, नेपालको शान्ति र स्थायित्वको विषयमा जिज्ञासा राख्नुभएको थियो । उहाँले भारत शान्त र स्थीर नेपालको पक्षमा रहेको भन्दै सहमतिमा निर्वाचन हुनु पर्नेमा जोड दिनुभयो । जवाफमा राष्ट्रपति यादवले दलहरु सहमतिको नजिक रहेको निर्वाचनको विषयमा एक मत रहेको भन्दै छिट्टै सहमति बन्ने विश्वास ब्यक्त गर्नुभएको थियो । राष्ट्रपति यादवसँग वुधवार नै भारतीय काग्रेस आईका महामन्त्री जनार्दन द्विबेद्वीले समेत भेटवार्ता गरेर नेपालको राजनीतिक अवस्था, सहमति, निर्वाचन लगायतका विषयमा चासो राख्नुभएको छ ।
माडीका स्र्थानीयबासीले गराएको माडीको यातायात बन्द खुलेको छ । बस्तीमा प्रवेश गर्ने जंगली हात्ती नियन्त्रणका लागि माथिल्लो निकायसम्म दबाब दिने आश्वासन पाएपछि यातायात खुलाउन स्थानीयबासिन्दा सहमत भएका हुन् । शनिबार राति कल्याणपुर गाविसमा जंगली हात्तीले ५ वटा घर भत्काएपछि कल्याणपुर गाविसका ३ वटा वडाका बासिन्दा फेरी विरोधमा उत्रिएका हुन् । उनीहरुले हात्ती आतंकको विरोधमा आज भरतपुर–माडी–ठोरी सडकखण्डमा सवारी चल्न दिएका थिएनन् । आतंक मच्चाउने ध्रु्रवे हात्ती नियन्त्रणमा लिनुपर्ने, भत्किएको घरको क्षतिपुर्ती पाउनुपर्नेलगायतका माग राखेर उनीहरुले यातायात बन्द गरेका थिए । यसैबीच जंगली हात्ती धु्रवेको खोजी कार्य भईरहेपनि अझै फेला पार्न सकिएको छैन । निकुञ्जका प्राविधिक, पशु चिकित्सक, निकुञ्जका सेना र प्रकृति संरक्षण कोषका कर्मचारी दिनरात खटेपनि कुनै उपलब्धि हात पार्न सकेका छैनन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आतंंक मच्चाइरहेको जंगली हात्ती धु्रवेको नियन्त्रणमै केन्द्रित बन्न चितवन निकुञ्जलाई निर्देशन दिएको छ ।राष्ट्रपति डाक्टर रामवरण यादवले सहमतिका लागि ६ बुदे लिखित धारणा सार्वजनिक गर्नु भएको छ । बिहान आफ्नै निवासमा सर्वदलीय बैठक मार्फत राष्ट्रपति यादवले सहमतिका लागि आफ्नो लिखित धारणा सार्वजनिक गर्नु भएको हो । बैठकमा आफ्नो लिखित धारणा सार्वजनिक गर्दै राष्ट्रपति यादवले आफु भारतभ्रमणबाट फर्कनु अघि सहमति गर्न आग्रह गर्नु भएको छ । पाँचौ पटक आफूले दिएको पाँच दिनको समयसीमा यही पुस ७ गते सकिए पनि दलहरुबीच राष्ट्रिय सरकार गठन बारे कुरा मिल्न नसकेपछि राष्ट्रपतिले छैठौ पटकको समय दिनुभएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपतिले आज दिएको पाँच दिने समयसीमा यही पुस १४ गते सकिनेछ । राष्ट्रपति यादवले बिहान विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुलाई बोलाएर राजनीतिक र संवैधानिक जटिलता लम्बिदै गएको भन्दै दलहरुले सहमति गर्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको थियो ।
६ बुदे लिखित धारणामा राष्ट्रपति यादवले मुलुकको राजनीतिक अवस्था दलहरुबीचको सहमतिको समिक्षा पनि गर्नु भएको थियो । ६ बुदे धारणामा राष्ट्रपतिले २०७० साल वैशाखभित्र नयाँ निर्वाचन गर्न आग्रह गरिएको छ । अदालतमा मुद्दा बढ्दै गएको र न्यायाधीश रित्तिदै गएको तथा निर्वाचन आयोग खाली हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपतिले सबै समस्या समाधानका लागि सहमति आबश्यक भएको बताउनु भएको राप्रपाका अध्यक्ष पशुपति शमसेर राणाले बताउनुभयो । समस्या झन बढ्दै गएको छिटो सहमति गर्नु प¥यो राष्ट्रपतिको गम्भीर आग्रह थियो बैठक पछि नेताहरुले भनेका छन् सम्वोधनका क्रममा राष्ट्रपतिले धारा ३८(१) अनुसार सहमतीय सरकार र्निमाणको आह्वान जारी नै रहने पनि बताउनु भएको थियो । बैठकमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री बाबुराम भट्टराई, सबै दलका शीर्ष नेताहरुको सहभागिता थियो ।
राष्ट्रपतिसँगको छलफलपछि एमाले अध्यक्ष झलनाथ खनालले सहमतिको विकल्प नभएको र देश सहमतिमा जाने बताउनुभयो । उहाँले राष्ट्रपति भारत भ्रमणनबाट फर्किनुअघि सहमति हुने पनि दावी गर्नुभयो । बाबुराम भट्टराईले पनि यो मुलुकको ठेक्का लिन नसक्ने भएकाले सहमति गर्नुको विकल्प छैन एमाले अध्यक्ष खनालले भन्नुभयो । काङ्ग्रेसका सभापति सुशील कोइरालले सहमतिका लागि प्रयास रहेको र सहमति हुनेमा आशावादी रहेको बताउनुभयो । उहाँले सहमति नभए काङ्ग्रेस शान्ति पूर्ण आन्दोलनमा जाने पनि बताउनुभयो । काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले मुलुक अनिश्चयमा फस्दै गएको बताउनुभयो । चारबर्ष सम्म संविधान दिन सकेनौ, लामो समय सम्म सहमति हुन सकेन अहिले राष्ट्रपतिले पनि प्रधानमन्त्री दिन सक्नु भएको छैन पौडेलले भन्नुभयो ।
आज विश्वका अनेकौँ राष्ट्रहरूमा क्रिस्चियनहरूले धर्मको नाममा सम्राज्य स्थापना गर्दै छन् । पैसाको बलमा अफ्रिका र अरबभित्र पसेर कैयौँ देशको विखण्डन र लुट मच्चाएका छन् । अहिले दक्षिणपूर्वी एसियालाई क्रिस्चियनकरण गर्नमा पश्चिमी देशहरू नै खनिएका छन् । सन् २०१२ को क्रिसमस आउँदै छ । यस अवस्थामा हामी नेपालबाट क्रिस्चियनहरूलाई सकारात्मक बाटो लिएर आफ्नो उद्गम अर्थात् आफूलाई जन्माउने आमालाई चिन्न अनुरोध गर्दछौँ । आक्रोशित भएर तथ्य प्राप्त हुँदैन । शिव, बुद्ध, क्राइष्टले ध्यानमग्न नभई सत् बाटो फेला पारेका होइनन् । यसको लागि क्रिस्चियनहरूले हामी को हौँ, हाम्रो उद्गम कहाँ हो भन्ने सोचेर मात्र धर्मलाई सम्मान दिन सक्नुपर्दछ । एक भारतीय विद्वान एस्.कल्याणरमण भन्छन्– हिन्दूवाद भनेको बौद्धिक जागरणको ढुकुटी हो । यसैबाट मुस्लिम र क्रिस्चियन धर्मको प्रादुर्भाव भएको हो । जिसस क्राइस्टकी आमा हिन्दू थिइन् । जिसस पनि हिन्दू संस्कारबाट उठेका हुन् । जिसस क्राइस्ट पछि उठेको टाइटल हो– ग्रीकको हिब्रु भाषाबाट बनेको । नेपालका खोजकर्ता विद्वान डा. स्वामी प्रपन्नाचार्यले वेदमा के छ भन्ने पुस्तकमा लेखेका छन्– ‘हजरत इशाको जन्म भारतको हिन्दू परिवारमा भएको हो । ल्फोरेन्समा इशाकी आमा मेरीको मूर्ति राखिएको छ । मेक्मिलन गिर्जाघरमा पनि मेरीयमको त्यस्तै मूर्ति राखिएको छ । इशाकी आमाको मूर्ति हिन्दू रानी–महारानी जस्तो साडी–गुन्युँ लगाएको र निधारमा हिन्दूहरूले लगाउने टीका लगाएको छ । हिन्दू परिवारमा इशाले जन्म लिएको बारेमा कतिपय पाश्चात्य विद्वानहरूको पनि यही मत छ ।जर्मनीको म्युनिखको चित्रघरमा जिसस क्राइस्टको सन्यासी महात्माको भेषमा निधारमा तिलक–टीका लगाएको मूर्ति छ । ल्फोरेन्सको मूर्तिमा इशाले हिन्दू ब्राह्मणको झैँ जनै धारणा गरेका छन् । रोममा पोप धर्मगुरुको भेटिकन राजमहलमा रहेको एउटा चित्रमा इशाले टाउकोमा टुप्पी र धोती लगाएको साधु भेषको मूर्ति छ । नेपालमा ६ वर्ष बसेर योगसाधना र बुद्धदर्शन सिकेकाले क्राइस्टलाई निरंकुश अन्धा धर्मभिरु सत्ताले इजरायलमा किला ठोकेर मारिएको अवस्थामा वैदिक योगका प्रतापले मरेको जस्तो अभिनय गरेर गाडिएको चिहानबाट उठेर यसु भारततिर लागेको र पछि उनको मृत्युपछि कास्मिरमा राखिएको यसुको समाधि देख्न सकिन्छ । इशा १३ वर्षदेखि ३० वर्षसम्म धार्मिक शिक्षा लिनका लागि हिन्दू सन्यासीको भेषमा नेपाल र भारतमा आएका र काशी, जगन्नाथ, विहार, नालन्दा आदिमा वैदिक धर्मशास्त्र पढ्ने गरेका तथ्यहरू छन् । नेपालमा लुम्बिनी कपिलवस्तु, आदि हेर्दै तिब्बतको दक्षिणमा पर्ने कुम्भकर्ण गौरीशंकर, माउन्ट एभरेस्टसँग साक्षात्कार गरेको कुरा भविष्य पुराणको प्रसंग सम्पादनमा संस्कृत भाषामा उल्लेख गरिएको छ ।
यसु १२,१३ वर्षको अवस्थामा ब्यापारीहरूसँग भारत आए । केही दिन राजस्थानका जैनमुनीसँग बिताए । त्यसपछि काशी, जगन्नाथपुरीमा वेदको अध्ययन गरे । भारतमा बसेर उनले योग साधनाबाट सिद्धि प्राप्त गरे । यसुले वैदिक हिन्दू सनातन धर्मबाट सिकेर प्रेम, उपकार, करुणा र दयाको शिक्षा लिएका हुन् । उनले लेखेका ग्रन्थहरूमा वेदलाई सम्मान गरेको पाइन्छ । उनी व्रम्हा, विष्णु, महेश्वर र ॐ मा विश्वास गर्थे । ॐ को अपभ्रंस ‘आमेन’ हो । यसुका पाण्डुलिपी फ्रान्सको समिट विश्वविद्यालयमा पढ्न सकिन्छ ।’ चर्चहरूमा पादरी, पास्टरहरूले जन्म मृत्यु, न्वारन, विवाहको रीति हिन्दू परम्परा जस्तै गर्छन् । इजरायलमा यहुदीहरूले राष्ट्रिय झण्डा र चिह्नमा हिन्दू भगवती सरस्वतीको षड्कोणको चिह्न राखेका छन् । सन् १८३५ तिर लर्ड मेकाले र सन् १८५६ मा पादरी काल्डवेलले भारतमा साम्राज्य स्थापना गर्नका लागि हतियार प्रयोग गरेर क्रिस्चियन धर्म लाध्न हिन्दू संस्कृति छिन्नभिन्न पार्ने कार्य गरेकोले क्रिस्चियन धर्मप्रति हिन्दूहरू रुष्ट बनेका हुन् ।
विश्वका धर्महरूको उद्गम कहाँबाट भएको भन्ने कुरामा केन्द्रित भएर जिसस क्राइस्ट र क्रिस्चियन धर्मको बारेमा उठ्न गएका वैचारिक मतभिन्नताको ऐतिहासिक तथ्यको आधारमा विश्लेषण गर्ने प्रयास गरियो भने धर्मभित्रका तथ्य उजागर हुन्छन् । तर, क्रिस्चियनहरूले आफ्नो उद्गम कहाँबाट भएको हो, हामी को हौँ बुझ्न चाहेका छैनन् । तर, सत्यलाई लुकाएर लुक्दैन । वैदिक हिन्दू सनातन धर्म सभ्यताको उद्गम हो । वैदिक हिन्दू सनातन धर्म पञ्चदेवका उपासक हुन्छन् । ॐकार जगत् नै वैदिक हिन्दू पञ्चदेवका उपासक हुन् । मान्छेलाई संकट परेको बेलामा गणेश, देवी, सूर्य, शिव, विष्णुको पूजा अपरिहार्य ठानिन्छ । वैदिक सनातन हिन्दू धर्मको आडमा रहेर हामी एकले अर्कोका सम्मान गछौँ । हामी नेपाललाई हिन्दू तथा बौद्ध राज्यको रूपमा स्थिर रहिरहेको हेर्न चाहान्छौँ, किनकि नेपाल यी दुवै धर्महरूको उद्गम हो । हिन्दू धर्मभन्दा धेरै पछि जन्मिएका धर्महरू– मुस्लिम, क्रिस्चियन हुन् । नेपालका हिन्दू र बौद्धहरू अत्यन्त उदार छन् । उनीहरू चाहे क्रिस्चियन होस् वा मुस्लिम् आदर गर्छन् ।
नेपालमा मुसलमानहरूप्रति हिन्दू र बौद्धको कुनै चित्त दुखाइ छैन । किनकि, मुसलमानहरू आफ्नो धर्म मान्छन् र हिन्दू तथा बौद्धप्रति सम्मान गर्छन्, आक्रमक हुँदैनन् । त्यसैले हामी मुसलमानप्रति आक्रोशित छैनौँ । तर, क्रिस्चियनहरूप्रति नेपालमा हिन्दूहरू सशंकित र आक्रोशित छन् ।
इसाई धर्म प्रचारकहरू भने आपसमा झगडा गर्ने ठूलो सानो भन्ने भेदभादको दृष्टिकोणबाट ग्रसित छन् । हिन्दूदेखि आफूहरूलाई पृथक देखाउन हिन्दूले लगाउने टीका नलगाउने, सिंदुर पोते हटाउने, पूजाआदि नगर्ने वैदिक, बौद्ध, हिन्दू आचारसंहिता जलाउने, मूर्ति भए फोड्ने कार्य गरेर क्रिस्चियन धर्मले अहिले धार्मिक आतंकवादको रूप लिएको छ । वैदिक परम्परा त्याग्ने, क्रिस्चियनहरूले लोभ लालच, राज्य शक्ति हत्याउने कुटिल दाउमा लागेर यसुको भावना विपरीत अधर्मको बाटो अपनाउँदै छन् । यो अत्यन्त घातक कुरा हो । नेपालमा केही समयदेखि अज्ञानताले इसाई मिसनको पैसामा बिकेर इसाई बन्न पुगेकाहरूले आफ्नै पहिचान माथि तिरस्कार गरिरहेका छन् । यसरी हिन्दू धर्म र संस्कृतिलाई विश्वका धेरै विद्वानहरूले ठूलो सम्मान गरेका छन् । यसरी यसुु को थिए, उनी कहाँ, कुन धर्मबाट प्रभावित थिए र क्रिस्चियन धर्मको उद्गम कहाँ हो भन्ने कुराको अध्ययन गरेर अनुसन्धानात्मक रूपले प्रस्तुत गरेको यो विचारलाई सबैपक्षबाट मनन् गर्ने कार्य गरियोस् । हामी हिन्दूहरू इजरायललाई विश्वको एक मात्र यहुदी राज्यको सम्मान गर्छौ । अत: त्यसरी नै क्रिस्चियन मिसनहरू र क्रिस्चियनले विश्वको एक मात्र पवित्र हिन्दूस्थल नेपालको सम्मान गर्ने काम गरुन् र हामी हिन्दूहरूबाट क्रिस्चियनप्रतिको नकारात्मक सोचाइमा परिवर्तन ल्याउने कार्य होस् । क्रिस्चियनहरूले आफ्नो उद्गम नबिर्सिउन् । विश्वमा शान्ति स्थापनाका लागि हामी सबैले सहअस्तित्व र सबै धर्मप्रति एकअर्काले आधार गर्नसक्ने वातावरण बनाऔँ। ‘वसुधैव: कुटुम्बकम् ।’
copy www.souryadaily.com[subuchar]
बलिउडकी नवनायिका सन्नी लियोन पहिलो बलिउड फिल्म जिस्म टू को सफलतासँगै अहिले आफ्नो दोश्रो फिल्म रागिनी एमएमएस टू को छायांकनमा व्यस्त छिन् ।लो पर्दाको फिल्म तथा आइटम नम्बरमा उनको व्यस्त सेड्युलका बीच सन्नीलाई न्यू इयर इभेन्टहरुमा समेत महंगा प्रस्ताव आएका छन् ।समाचार अनुसार सन्नी लियोनलाई अहिले भारतका विभिन्न सहरमा आयोजना हुने नयाँ वर्षका उत्सव तथा समारोहहरुमा निम्तो थाप्दा थाप्दै हैरानी छ । उनले नयाँ वर्षको अवसरमा आयोजना गर्न लागिएका इभेन्टका लागि विभिन्न होटेलले गरेको निम्तोलाई एक पछि अर्को गर्दै अस्विकार गरिरहेपनि दिल्लीमा आयोजना हुन लागेको एक विशेष कार्यक्रममा भने सहभागिता जनाउने भएकी छिन् ।उक्त न्यू इयर इभेन्टमा सन्नी बलिउडको केही आइटम नम्बरमा नाच्नेछिन् । उनको त्यो छोटो नाच निकै महंगो छ । अर्थात् उनले त्यहाँ कम्मर मर्काए बापत १ करोड भारु पारिश्रमिक पाउने भएकी छिन् । उनले आफ्नो उक्त पर्फमेन्सका लागि तयारी समेत सुरु गरिसकेकी बताइएको छ ।
onlinekhabar.com
बलिउड सुपरस्टार सलमान खानले सधै सामना गर्नुपर्ने प्रश्नर हो: बिहे कहिले गर्ने ? ४६ वर्षका यी हिरोसँग बलिउडका थुप्रै हिरोइनहरुको नाम जोडियो र तोडियो पनि। कैटरिना कैफसँग सम्वन्ध टुटेपछि यी हिरोको कुनै हिरोइनसँग नाम जोडिएको छैन जवकी फिल्ममा उनी अझ सक्रिय रहँदै आएका छन्।
तर यिनै हिरोले रजत शर्माको आप के अदालत कार्यक्रममा बोल्दै भने, 'मेरो विरुद्धमा अदालतमा रहेको मुद्दाको फैसला सुनाएपछि मैले बिहेबारे सोच्नेछु।'इन्डिया टिभीको लोकप्रिय कार्यक्रममा पुगेका सलमानले हरिणलाई गोली हानी हत्या गरेको मुद्दा फैसला हुन बाँकी छ। हम साथ साथ है नामक फिल्मको सुटिङको क्रममा सन् १९९९ मा उनले हरिणमाथि गोली हानेको आरोप छ भने २००२ मा उनको गाडीले किचेर एक जनाको ज्यान गएको थियो। यी दुबै मुद्दाको उनले तारिख भोगिरहेका छन्।
प्रतिबन्धित भारतीय एक हजार र पाँच सय दरको रुपैयाँसहित सिरहा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
वडा प्रहरी लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाका अनुसार भारतबाट नेपाल भित्र्याउदै गरेको अवस्थामा शनिबार राति सिरहाको इनरुवा(८ बाट बी।आर। ४३( बी।२९६० नम्वरको मोटर साइकलसहित भारत बिहारको साहरसाका ३० वर्षीय विशाल यादव र २६ वर्षीय अशोक यादवलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रतिवन्धित पाँच सय र एक हजार दरका भारतीय ४ लाख ४४ हजार रुपैयाँ बरामद गरेको हो ।
उनीहरुको साथबाट एक हजार दरको एक सय थान, पाँच सय दरको ६ सय ८६ थान र एक सय दरको १४ थान गरी चार लाख ४४ हजार ४ सय नोट बरामद भएको हो । भारतीय नोटसहित उनीहरुको साथबाट एक सय ग्राम खैरो धुलो समेत बरामद भएको प्रहरीले जनाएको छ । भारतबाट मालसामान खरिद गर्ने र अन्य कामका जानेहरुले अहिले एक सयको एक सय ६० रुपैयाँ विनिमय दर भएपनि दलालहरुसँग साट्दा नेपाली बजारमा १ सय ६८ रुपैयाँसम्म लिने गरेको छ ।सिरहाको लहान, गोलबजार, मिर्चैया तथा सीमानामा जोडिएका बजारहरुमा दलालहरुले बढी मूल्यमा भारतीय रुपैयाको कारोबार गर्दै आएका छन् । भारतीय रुपैयाँ कारोवारका लागि भारतबाट त्यसरी रुपैया भित्रीएको हुन सक्ने व्यवसायीहरुको भनाइ छ ।
ekantipur.com
पाँचौ पटकको समय सीमाभित्र पनि दलहरुले सहमति गर्न नसकेपछि भावी योजनाको बारेमा राष्ट्रपति डाक्टर रामवरण यादवले अहिले दलहरुसँग छलफल गरिरहनु भएको छ । राष्ट्रपतिभवन शीतलनिवासमा केहीबेरअघि सुरु भएको बैठकमा प्रमुख तीन दललगायत मधेसी मोर्चाका शीर्ष नेताहरू सहभागी छन् । दलहरूले आ–आफ्ना अडान नछाडेपछि राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दिनुभएको पाँचौ पटकको समयसीमा पनि हिजो सकिएको छ । प्रमुख दलहरुसँगको छलफलबाट सम्भव नभएकाले राष्ट्रपतिले विघटित संविधानसभामा रहेका सबै दलहरूसँग सामुहिक छलफल गर्ने तयारी गर्नुभएको बुझिएको छ । आज बेलुकासम्म सबै दलसँग छलफल हुने राष्ट्रपतिका कानुनी सल्लाहकार सूर्य ढुङ्गेलले बताउनुभयो । भोलि भारत भ्रमणमा जानुअघि राष्ट्रपतिले मिलाउने हर प्रयत्न गर्नुहुनेछ ढुङ्गेलले भन्नुभयो ।
भारतको स्टार क्रिकेटर सचिन रमेश तेन्दुलकरले एक दिवसिय क्रिकेटबाट सन्यास लिएको घोषणा गुरेका छन् । मास्टर ब्लास्टरको नामले प्रचलित तेन्दुलकरले भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई एक पत्र पठाएर आफू अब एक दिवसिय क्रिकेट नखेल्ने घोषणा गरेका हुन् । सन् १९८९ मा पाकिस्तानविरुद्ध म्याच खेलेर एक दिवसिय क्रिकेटमा छिरेको उनी सन्यासको घोषण गरेपछि गत मार्च १८ तारिखका दिन बंग्लादेशमा पाकिस्तान विरुद्ध खेलेको म्याच नै उनको अन्तिम एक दिवसिय म्याच बनेको छ । जम्मा ४ सय ६३ एक दिवसिय म्याच खेलको तेन्दुलकरले ४९ शतक र ९६ अर्धशतकको मदतले एक दिवसिय म्याचमा १८ हजार ४ सय २६ रन बनाएका छन् । क्रिकेट जगतमा धेरै विश्व किर्तिमान आफ्नो नाममा कायम गर्न सफल तेन्दुलकरले यसअघि नै ट्वान्टी ट्वान्टी क्रिकेट नखेल्ने घोषणा गर्नुभएको थियो । उनी टेस्ट क्रिकेट म्याच भने खेल्ने छन् ।








