मौसमी फ्लूले प्रकोपको रुप लिन लागेपछि अमेरिकाको न्यूयोर्कमा सार्वजनिक स्वास्थ्य संकट घोषणा गरिएको छ । २० हजार भन्दा बढी बिरामी परेपछि न्यूयोर्कका गर्भनर एन्ड्रयू क्यूमोले संकटकालको घोषणा गर्नुभएको हो । स्वास्थ्य संकटको स्थिती घोषणा भएसंगै राज्यमा मेडिकल सन्चालकले पनि १८ वर्ष मूनिका बालबालिकालाई खोप दिने अनुमति पाएका छन् । यसअघि अस्पतालमा बाहेक अरु ठाउँमा बालबालिकालाई खोप लगाउन रोक लगाईएको थियो । गर्भनर क्यूमोले बढी भन्दा बढी नागरिकलाई खोपको पहुँचमा पुर्याउनका लागि सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको थियो । डिसेम्बर शुरु भएलगत्तै देखिएको फ्लू अहिले अमेरिकाका ४७ राज्यमा प्रकोपका रुपमा देखिएको छ ।
काठमाडौंमा विस्तार गरिएका सडक मर्मतको काम तीव्र पारिएको छ । सडक मर्मतको काममा सरकारले निरन्तर अनुगमन गरेपछि अहिले व्यवस्थित रुपमा काम शुरु गरिएको छ । मर्मत गर्नुपर्ने सडकमा सम्बन्धित ठेकेदार कम्पनीले सडक निर्माण भईसक्ने समय, लागत लगायतको विवरण सहित बोर्ड राखेका छन् । विस्तार गरिएका ठाउँमध्ये कृष्णपाउरोटी ज्ञानेश्वर सडक मात्रै मर्मत तथा पुनर्निर्माण सम्पन्न भईसकेको छ । कालिकास्थान–न्यूप्लाजा र सानेपा–कुपण्डोल सडक पनि कालोपत्रे गरिसकिएको छ । तर बिजुलीका पोल सार्ने लगायतका काम अझै पनि बाँकी छ । माईतीघर–तिनकुने, ज्ञानेश्वर–गौचरन लगायतका सडकमा बिजुलीका पोल सार्ने, ढल विच्छ्याउने, सडक किनारमा वाल लगाउने, माटो सम्याउने काम भईरहेको छ । धुम्बाराही पिपलबोट सडकमा मर्मतको काम भईरहेकाले झण्डै एक महिनादेखि ठूला गाडी प्रवेश गर्न नदिईएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्तै बानेश्वर शंखमूल सडकमा पनि मर्मत भएकाले चारपांग्रे गाडी चल्न रोक लगाईएको छ । यसबाहेक काम भईरहेका अरु कुनै पनि सडकमा गाडीको आवतजावत प्रभावित भएको छैन । सडक विभागले वर्षा लाग्नु अघि नै मुख्य सडकको मर्मत तथा पुनर्निर्माण भईसक्ने बताएको छ ।
बालबालिकालाई दादुरा र रुबेला बिरुद्धको खोप लगाउने समय थपिएको छ । सरकारले मध्यमाञ्चल र पूर्वाञ्चलका बालबालिकालाई एक महिनाको समयमा खोप लगाईसक्ने योजना बनाएपनि पूरा नभएपछि समय थप गरिएको हो ।
माघको पहिलो हप्तासम्ममा खोप अभियान सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको मंसिर २९ गतेदेखि सरकारले तेस्रो चरणको खोप अभियान थालेको थियो । बाल स्वास्थ्य महाशाखाको खोप शाखा प्रमुख गिरिराज सुवेदीका अनुसार लालितपुर, काभ्रे र तराईका केही जिल्लामा खोप लगाउन बाँकी छ । स्थानीयबासिन्दाको सहयोग मिलेकाले पहिलो र दोस्रो चरणको खोप अभियान भन्दा तेस्रो चरणमा खोप लगाउने वातावरण सहज भएको सुवेदीले बताउनुभयो । एक महिनामा दुई अञ्चलका ३५ जिल्लाका ९५ प्रतिशत भन्दा बढी क्षेत्र समेटिएको उहाँले जानकारी दिनुभयो । अहिलेसम्म ३५ लाख बालबालिकाललाई खोप लगाइएको छ । यो चरणमा ५४ लाख बालबालिकामा खोप पुर्याउने सरकारको लक्ष्य छ ।
माघको पहिलो हप्तासम्ममा खोप अभियान सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको मंसिर २९ गतेदेखि सरकारले तेस्रो चरणको खोप अभियान थालेको थियो । बाल स्वास्थ्य महाशाखाको खोप शाखा प्रमुख गिरिराज सुवेदीका अनुसार लालितपुर, काभ्रे र तराईका केही जिल्लामा खोप लगाउन बाँकी छ । स्थानीयबासिन्दाको सहयोग मिलेकाले पहिलो र दोस्रो चरणको खोप अभियान भन्दा तेस्रो चरणमा खोप लगाउने वातावरण सहज भएको सुवेदीले बताउनुभयो । एक महिनामा दुई अञ्चलका ३५ जिल्लाका ९५ प्रतिशत भन्दा बढी क्षेत्र समेटिएको उहाँले जानकारी दिनुभयो । अहिलेसम्म ३५ लाख बालबालिकाललाई खोप लगाइएको छ । यो चरणमा ५४ लाख बालबालिकामा खोप पुर्याउने सरकारको लक्ष्य छ ।
काठमाडौंको पशुपति मन्दिर क्षेत्रको मृगस्थलीमा आगलागी हुँदा एक बृद्धाको ज्यान गएको छ । ज्यान गुमाउने बृद्धाको सनाखत हुन सकेको छैन । मृगस्थली नजिकको गोरखनाथ मन्दिरसंगै रहेको सत्तलमा आगो लाग्दा १५ लाख रुपैंया बराबरको क्षती भएको प्रहरीले जनाएको छ । झण्डै २ घण्टा लागेको आगो प्रहरी र स्थानियबासिन्दाको प्रयासमा नियन्त्रणमा लिईएको थियो ।
प्रधानमन्त्री डा.बाबुराम भट्टराईले डोटीमा भएको बस दुर्घटनाप्रति चिन्ता र दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले दुर्घटनामा ज्यान गुमाएकाप्रति चिरशान्ति र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । घाइतेको उपचारमा पूर्ण प्राथमिकता दिन सम्बन्धित स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले आफ्नो काममा कुनै कमीकमजोरी हुन नदिन र तत्काल गर्नुपर्ने काममा सजगता र क्रियाशिलता अलवम्बन गर्न पनि स्थानीय प्रहरी र प्रशासनलाई निर्देशन दिनुभएको छ । देशमा सडक दुर्घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै प्रधानमन्त्रीले यस्ता घटनाको सत्यतथ्य पहिचान गर्न आफूले कार्यदल नै गठन गर्न समेत निर्देशन दिनुभएको निजी सचिवालयले उल्लेख गरेको छ ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल सुनिलले पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणको छानविन गरी कारवाही हुने भए शान्ति प्रक्रिया भंग हुने चेतावनी दिनु भएको छ । उहाँले द्धन्दकालमा भएका घटनाको छानविन गरिए द्वन्दकालमा सरकारको नेतृत्व गरेका एमाले र काँग्रेसका नेताहरु पनि तानिने चेतावनी दिनुभयो । पौडेलले भन्नुभयो,’आफै हस्ताक्षर गरेको विस्तृत शान्ति सम्झौताको विरोध गरे कहि पुगिदैन । शान्ति सम्झौताबाट टुङगिएका कुरा अहिले उठाएर शान्ति सम्झौता भंग गर्ने षडयन्त्र भईरहेको छ ।’ द्धन्दकालको घटनाको सत्य निरुपण तथा मेलमिलाप आयोगबाट घटनाको छानविन गरL मिलाउनु पर्ने भन्दै उहाँले यसरी एक जनाको हत्याको घटनालाई लिएर विपक्षीहरुले आन्दोलन u/] सरकार चुप लागेर नबस्ने चेतावनी दिनुभयो । रिपोर्टर्स क्लब नेपालले आh राजधानीमा गरेको साक्षात्कारमा पौडेलले भन्नुभयो,’यसलाई लिएर विपक्षीहरु आन्दोलनमा उत्रिए घटना उत्तेजक हुन्छ । उनीहरुले आन्दोलन गरे हामी पनि चुप लागेर बस्दैनौ ।’माओवादी शान्ति प्रक्रियाप्रति प्रतिबद्ध भएकाले नै सेना समायोजन र हतियार ब्यवस्थापन गरेको दावी गर्दै उहाँले सम्झौता विपरित गतिविधी भए प्रधानमन्त्री र महान्याधिवक्ताले चुप लागेर बस्न नसक्ने पौडेलले बताउनुभयो ।
भक्तपुरको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिभिटी)
स्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट गएराति ५ लाख २३ हजार रुपैयाँ चोरी
भएको छ। सेफ बाहिर राखेको पैसा चोरिए पनि सेफ भने सुरक्षति रहेको प्रहरीले
बताएको छ। चोरी अभियोगमा प्रहरीले बैंककै सुरक्षागार्डलाई पक्राउ गरेको छ।
चोरले बैंकभित्र रहेको स्टिलको दराजभित्रको १०० भन्दा तलको नोटको बन्डल चोरेर लगेको हो। प्रहरीले बैंकका सुरक्षागार्ड काँडाघारी निवासी उत्तमबहादुर खत्रीलाई नियन्त्रिणमा लिई अनुसन्धान थालेको हो।
सेफ सुरक्षित रहेको र बाहिरको पैसा हराएको पाएपछि घटनामा बैंककै सुरक्षा गार्डको संलग्नता हुनेसक्ने शंका प्रहरीले गरेको छ। 'सेफ बाहिर राखेको पैसा चोरिएको हो', घटनाको पुष्टि गर्दै महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख नवराज ढकालले भने- 'अनुसन्धानका लागि गार्डलाई नियन्त्रणमा लिएका छौं।'
राति १० बजेदेखि ड्यूडीमा रहेका खत्रीले आज बिहान ५ बजे बैंक चोरी भएको प्रहरीलाई जानकारी गराएका थिए।
बयस्क फिल्मका कलाकारहरुले कण्डम लगाउनु पर्ने लस एन्जलसको कानुनलाई अमेरिकाको दुई ठूलो पोर्न कम्पनीले चुनौती दिएका छन् ।विविड इन्टरटेन्टमेन्ट र क्याफिल प्रोडक्सनले उक्त कानुन अमेरिकी संविधानको अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको दावी गर्दै अदालतमा मुद्दा दायर गरेका छन् । कण्डम नलाउने जन्मसिद्ध अधिकार भएको भन्दै विविडका संस्थापक स्टीवनले भनेका छन्(’यो कानुनलाई उल्टाउन म प्रतिवद्ध छु ।’ यो कानुन कार्यान्वयन भए आफूहरुको व्यापार चौपट हुने र गैरकानुनी ढंगले फिल्म बन्ने व्यवसायी तथा कलाकारहरु बताउँछन् । बेलायती पोर्न स्टार किरन ली भन्छन्(’घरमा पोर्न फिल्म हेर्नेहरु कण्डमका साथ पोर्न हेर्न रुचाउँदैनन् ।’
मेजर बी नामले परिचित उक्त कानुनलाई स्थानीय मतदाताले गत नोभेम्बरमा पारित गरेका थिए । यो कानून कार्यान्वयनपछि क्यालिफोर्नियामा बयस्क फिल्म बनाउन अनुपति लिँदा कलाकारले कण्डम लगाउने सर्त राखिन्छ । यो कानुनले बयस्क फिल्ममा काम गर्ने कलाकारहरुलाई एड्सबाट बचाउने एड्स हेल्थकेयर फाउण्डेसनले जनाएको छ
onlinekhabar.com
मोबाइल फोन अहिले आम सर्वसाधारणको पहुँचमा पुगेको छ। मोबाइलले आममानिसको
जीवनशैली परिवर्तन गरेको छ। मोबाइल प्रविधिको अहिलेको बढ्दो विकास हेर्दा
लाग्छ, कुनै दिन मानिसले कल्पनासमेत नगरेका कुरा यसले सम्भव बनाइदिनेछ।
हाई टेक आइफोन, एन्ड्रोइड फोन, विन्डोज फोन, ब्लाकबेरीजस्ता स्मार्ट फोनले
यो सम्भव बनाउँदैछ। यसो हुनुमा यसमा प्रयोग गर्न मिल्ने मोबाइल एप्लिकेसन
पनि प्रमुख कारण हो। विदेशी एपहरूसँगै नेपालमा पनि यस्ता एपहरू निर्माण
गरिएका छन्, जसले यसका प्रयोगकर्तालाई प्रत्यक्ष सहयोग गर्दै आएका छन्। नेपाल लोडसेडिङ
नेपाली जनता लोडसेडिङको मारमा छन्। यसबाहेक बिजुली आउने-जाने कुरा निकै ख्याल गर्नुपर्छ। अब भने लोडसेडिङ तालिका आफ्नो मो बाइल फोनमै उपलब्ध हुनेछ। त्यसका लागि आफ्नो स्मार्ट फोन एन्ड्रोइड अपरेटिङ सिस्टम हुनु आवश्यक छ। लोडसेडिङको हैरानी भोगिरहेका नेपाली विद्युत् उपभोक्तालाई लक्षित गरी यो एपको निर्माण भएको हो। नेपाल लोडसेडिङ नाम राखिएको यो एप्समा लोडसेडिङका लागि विद्युत् प्राधिकरणले बनाएका सातवटै समूह र तिनका तालिकासमेत उपलब्ध गराइएको छ। प्रयोगकर्ताले आफ्नो समूहको तालिकालाई होम स्क्रिनका रूपमा पनि राख्न सक्छन्। लोडसेडिङको समय थपघट हुनासाथ नयाँ तालिका डाउनलोड गर्न सकिन्छ। यो एप्सले लोडसेडिङ सुरु भएपछि कति समयपछि बिजुली आउँछ र बिजुली आएपछि कति समयपछि लोडसेडिङ सुरु हुन्छ भन्ने जानकारीसमेत दिन्छ। यो एप्स अफलाइनमा समेत चल्छ। यो एप्सको साइज २ सय ९४ केबीमात्र छ। यसबाहेक एप्पलमा बत्ती आयो नामको लोडसेडिङ तालिकाको एप्लिकेसन छ, जसमा आइओएस ५ इन्स्टल भएको आइफोन, आइप्याड र आइपड आवश्यक छ।
नेपाली क्यालेन्डर
क्यालेन्डर सबैलाई चाहिन्छ। कर्मचारी, विद्यार्थी, व्यापारीलगायत विभिन्न पेसामा आबद्ध व्यक्तिहरूका लागि यो एप बढी आवश्यक छ। कुनै पनि मिति थाहा पाउन अब क्यालेन्डरको आवश्यकता रहेन। नेपाली पात्रो नामको एपले हामीलाई चाडपर्वका बारेमा पनि जानकारी दिन्छ, यसले नेपाली र अंग्रेजी मितिलाई एक-अर्कामा परिवर्तन गर्न पनि मद्दत गर्छ। यो एपको आउटपुट नोकिया मोबाइल फोनमा अझ राम्रो दे खिन्छ। यसबाहेक नेपाली पात्रो नामको पनि एप छ जसलाई नेपाली युनिकोड र अंग्रेजी भाषामा हेर्न सकिन्छ। यसमा पनि विक्रम संवत्, नेपाल संवत् र इस्वी संवत् कन्भर्ट गर्न मिल्छ।
नेपाली एफएम
नेपाली एफएम फ्री एप हो। नेपालका सबै एफएमका आवाज यो एप बाट जहाँबाट पनि सुन्न सकिन्छ। जति राम्रो अनि महँगो मोबाइल भए पनि त्यसमा एफएम रेडियो हुँदैन। त्यसले एफएम रेडियो सुन्ने व्यक्तिलाई खल्लो लाग्न सक्छ तर पनि यसको विकल्पमा नेपाली एफएम एउटा एप हो जसले एफएम रेडियो आफ्नो मोबाइलमा सुन्न सम्भव बनाउँछ। यसका लागि आइफोन अपरेटिङ सिस्टम ४ दशमलव १ भन्दा माथिको हुनुपर्छ र डाउनलोड भएपछि यसलाई बजाउन वाइफाइ वा थ्रीजी कनेक्सन पनि आवश्यक हुन्छ।
टाइप नेपाली
नेपाली टाइप लेख्न मिल्ने एप नै टाइप नेपाली एप हो। नेपाली टाइप गर्न यो एपले साथ दिन्छ। यसको सहयोगले सजिलै नेपाली फन्ट टाइप गर्न सकिन्छ। टाइप नेपाली एप यसकै लागि बनेको हो भन्दा फरक पर्दैन। आफ्नो एप स्टोरमा निःशुल्क डाउनलोड गर्न सकिने यो एपले इन्टरनेट चलाउँदा नेपाली टेक्स्टमै लेख्न मद्दत गर्छ।
बाघचाल
मोबाइलमा थुप्रै विदेशी खेल खेलिन्छ। अब भने नेपालीले आफ्नै खेल मोबाइलमा मज्जाले खेल्न सक्छन्। नेपालीहरूबीच निकै लोकप्रिय खेल बाघचाल आफ्नै मोबाइलमा खेल्न मिल्ने एपको विकास भएको छ। बर्गाकार चार कुनामा बाघ हुन्छन् भने २० वटा बाख्रा हुन्छन्। दुई जनाबीच हुने यो खेल एन्ड्रोइड फोनमा एक्लै वा साथीसँग खेल्न सकिन्छ।
फन्टुस
फन्टुस देवनागरी लिपि इन्स्टल गर्ने र अक्षर परिवर्तन गर्ने एप हो। यो एपको मद्दतले हिन्दी, नेपाली र युनिकोड अक्षरहरू एन्ड्रोइड फोनमा प्रयोग गर्न सकिन्छ। अन्य अक्षर पनि यसमार्फत प्रयोग गर्न मिल्छ। यसका लागि रुट एक्सेस र बीजीबक्सको आवश्यकता भने पर्छ। नेटको आवश्यकता पर्ने यो एपमा युएसवी वा एसडी कार्डमा एप्स स्टोर गरिन्छन्।
मोबाइल बैंकिङ
हाम्रो दैनिक जीवनमा मोबाइल एउटा पाटो भएको छ। आर्थिक व्यवस्थापनका लागि पनि मोबाइलमा एपको विकास भएको छ। कुमारी बैंकले मोबाइल क्यास नामको पेमेन्ट प्रणाली लागू गरेको छ। यसबाहेक ग्लोबल बैंकले आफ्नो बैंकिङ कार्यका लागि ग्लोबल बंैक एप्लिकेसन नामको एप सञ्चालन गरेको छ। एप निर्माता स्वस्तिक प्रालिले आइफोन र एन्ड्रोइड फोनमा मिल्ने खालका ग्लोबल मोबाइल एप पनि निर्माण गरेको छ।
http://ekantipur.com/nep








