बारा जितपुर ३ की एक युवती दुईहप्ता देखि बेपत्ता भएकी छिन् । स्थानीय लालबाबु साहकी १८ वर्षिया छोरी रुपा पुष १८ गते देखि बेपत्ता भएकी हुन् । तीन महिनाअघि बारा लोसण्डा ८ का मोहित ठाकुर हजामसंग भागेर प्रेम विवाह गरेकी रुपालाइ अभिभावकले जबरजस्ती छुटाएपछि हराएकी हुन् । रुपा र मोहितले अभिभावकको मन्जुरी बिना तीन महिनाअघि झापाको एक मन्दिरमा गएर प्रेम विवाह गरेका थिए । रुपाका बुबा लालबाबु साहले आफ्नी छोरीलाइ मोहितले अपरहण गरेर लगेको भन्दै जिल्ला प्रहरी कार्यालय बाराको महिला तथा वालवालिका सेलमा उजुरी गरेपछि प्रहरीले मंसिर २९ गते दुबैलाई बोलाएर बिबाह गर्ने उमेर नपुगेको भन्दै रुपालाई अभिभावकको जिम्मा लगाएको थियो । त्यसको केही दिनपछि नै रुपा माइतीघरबाट बेपत्ता भएकी हुन् । रुपाका अभिभावकले गत पुष १८ गते राती रुपा घरबाट भागेको बताएका छन् । तर केटा पक्षले भने रुपालाई उनकै अभिभावकले बेपत्ता बनाएको आरोप लगाएका छन् । मोहित र उनका अभिभावकले रुपालाइ उनकै अभिभावकले बेपत्ता बनाएको भन्दै खोजी गरिदिन प्रहरी र मानवअधिकारकर्मीसंग अनुरोध गरेका अधिकारकर्मी विदुर खड्काले बताउनुभयो । मोहितको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सिमरा र महिला सेलको टोलीले रुपाको माइतीघरमा बुधबार छापा मारेको थियो
गृह मन्त्रालयले आज ३३ जना वरिष्ठ प्रहरी उपरीक्षक९एसएसपी० हरुको सरुवा गरेको छ । १४ अंचलका प्रहरी प्रमुखसंगै अन्य दरबन्दीमा रहेका एसएसपीहरुको सरुवा गरिएको हो । मेचीमा केशरीराज घिमिरे, कोशीमा यादवराज खनाल, सगरमाथामा भोगबहादुर थापा, बागमतीमा रमेशप्रसाद खरेल, नारायणीमा सवेन्द्र खनाल, गण्डकीमा केदारमानसिंह भण्डारी, धवलागिरिमा मिलन बस्नेत, लुम्बिनीमा मिङमार लामा, कर्णालीमा गणेशबहादुर गुरुङ, राप्तीमा उत्तमबहादुर सिंह, भेरीमा मधुप्रसाद पुडासैनी, सेतीमा लव विष्ट र महाकाली अंचल प्रहरी प्रमुखमा छविलाल जोशीलाई ल्याइएको छ । त्यस्तै, रणबहादुर चन्दलाई महानगरीय प्रहरी परिसर काठमाडौं, विजयलाल कायस्थलाई महानगरीय प्रहरी अपराध महाशाखा, सुबोध घिमिरेलाई लागु औषध नियन्त्रण ब्युरो, हेमन्तबहादुर पाललाई महानगरी आयुक्तको कार्यालय, रमेशप्रसाद फुयाललाई त्रिभुवन विमानस्थल, गोविन्दप्रसाद निरौलालाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, माधवप्रसाद जोशीलाई महानगरीय ट्राफिक महाशाखा, पशुपती उपाध्यायलाई प्रहरी कल्याण शाखा र पंकज श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय प्रशासन शाखामा सरुवा गरिएको छ ।
विज्ञहरुका अनुसार निर्वस्त्र भएर सुत्नाले व्यक्तिको स्वास्थ्यमा धेरै फाइदा पुग्छ । निर्वस्त्र सुताई व्यक्तिको शारीरिक मात्र नभएर मानसिक स्वास्थ्यका लागि समेत उपयोगी हुने बताइन्छ । विज्ञहरुका अनुसार महिलामा यौन रोगको जोखिम कम गर्न निर्वस्त्र सुताइ निकै फलदायी हुन्छ । खासगरी गुप्तांगमा हुने विभिन्न खालका संक्रमणको खतरा कम गर्न र गुप्तांग स्वस्थ राख्नका लागि निर्वस्त्र रुपमा सुत्नु आवश्यक हुने विज्ञहरुको ठम्याइ रहेको छ । निर्वस्त्र रुपमा सुत्दा महिलाको गुप्तांग हुने ढुसी तथा ब्याक्टेरियाको संक्रमण नियन्त्रण हुन्छ ।निर्वस्त्र सुत्नुको अर्को फाइदा भने मिठो निद्रा पर्नु हो । निर्वस्त्र सुताइले तपाइँलाई निद्राका बेला सितलता प्रदान गर्छ जसका कारण तपाइँलाई अझ गहिरो र मीठो निद्रा पर्छ ।
रातमा सुत्दा लुगा लगाएर सुत्ने बानीले व्यक्तिको सुन्दरतामा समेत असर पूराउँछ । विज्ञहरुका अनुसार सुत्दाखेरी लुगा लगाउने वा बढि न्यानो भएर सुत्दा मानिसको सरीरबाट मेलाटोनिन र ग्रोथ हर्मोनको उत्पादन कम हुन्छ । यस्तो हर्मोनको उत्पादन कम हुनु भनेको व्यक्तिमा छिटै बुढयौलीका लक्षण देखिनु हो । निर्वस्त्र सुत्नाले व्यक्तिको सरीरबाट यस्ता हर्मोनको उत्पादन बढि हुन्छ, जसका कारण बुढयौलीका लक्षणमा न्यूनिकरण मात्र होइन छाला र कपालको सुन्दरतामा पनि वृद्धि हुन्छ ।निर्वस्त्र भएर सुत्नुको अर्को फाइदा पनि छ । त्यो के भने मोटोपन घटाउनका लागि समेत निर्वस्त्र सुताइ कामयावी हुन्छ । राम्रो निद्रा नपर्दा कोर्टिसोल हर्मोनको उत्पादन बढि हुने र यो हर्मोनका कारण व्यक्तिलाई बढि भोक लाग्ने भएकाले धेरै खाने र सोही कारण मोटोपन बढ्छ । तर निर्वस्त्र सुत्दा पर्ने मीठो निद्राका कारण यो हर्मोनको मात्रा घट्न गई भोकमा सन्तुलन वा नियन्त्रण आउँछ जसका कारण मोटोपन नियन्त्रणमा समेत सघाउ पुग्छ ।निर्वस्त्र सुत्ने बानीले व्यक्तिमा आत्मविश्वासको लेभलमा पनि वृद्धि गर्ने विज्ञहरु बताउँछन् ।निर्वस्त्र सुत्ने मानिसले लुगा लगाएर सुत्नेले भन्दा बढि यौनसुख प्राप्त गर्छन् र उनीहरुको यौन जिवन पनि सफल बन्छ । जब दम्पतीहरु निर्वस्त्र रुपमा ओछ्यानमा सुत्छन् तब दुबैको नांगो छालाको स्पर्शले दुबैमा लभ हर्मोन भनिने अक्जीटोसिनको उत्पादन बढाउँछ । यसले व्यक्तिलाई सम्भोगका लागि सक्रिय बनाउँछ र इच्छा जागृत गर्छ अनि एक अर्कामा आकर्षण बढाउने काम गर्छ ।
onlinekhabar.com
भारतका एक जना पुरुष १० महिनादेखि रुखमै बसिरहेका छन् । उनको घर नभएकाले रुखलाई नै घर मानेर बसिरहेका होलान् भन्ने तपाइँको अनुमान होला । तर होइन, घरजम गरेका ती पुरुषले श्रीमतीका कारण रुखमा दिनरात कटाउनु परेको हो । हुनत ती पुरुष आफ्नै बुद्धिले रुख बासमा गएका हुन् । वास्तवमा उनले आफ्नी श्रीमतीलाई माफी मगाउन अनौठो उपाय अपनाएका हुन् । श्रीमतीले आफुलाई ढाँटेपनि माफी नमागेको भन्दै उनी रिसाएर घरमा नबसी रुखमा बस्ने गरेका छन् ।
संजय नामका ती पुरुषले आफ्नी तारा नामकी श्रीमतीलाई माफी मगाउन सकिन्छ की भनेर ९ महिनादेखि रुखमा बसेपनि अहिलेसम्म सफल हुन भने सकेका छैनन् । समाचार अनुसार वानारसीको रामगाउँका संजय र ताराबीच गएको वर्ष बिहे भएको थियो । बिहेपछि संजय जागिरको सिलसिलामा मुम्बइ गए । केही महिनापछि जब संजय छुट्टी मिलाएर घर फर्किए तब श्रीमतीको छिमेकी पुरुषसँग हिमचिम बढेको र लसपस भएको उनले देखे ।संजयले अर्कैसँग सल्केको ठहर गर्दै तारालाई गाली गरे । ताराले आफु सल्किएको कुरा अस्विकार गर्दै छिमेकीसँग कुरा गर्दैमा शंका नगर्न भनिन् । तर संजयले भने ताराले माफी नमागेसम्म आफुले स्वास्नीको रुपमा स्विकार नगर्ने अड्डी कँसे । उनीहरुको विवादले उग्र रुप लियो । माइतीपक्षका मानिस पनि जुटे । तर ताराले मरिगएपनि माफी माग्न नमानेपछि मार्च नौ तारेखका दिन संजय एकाएक एउटा अम्बाको रुखमा चढे अनि घोषणा गरेकी ताराले माफी नमागेसम्म उनी रुखबाट ओर्लिने छैनन् ।
बोटमा अम्बा छउञ्जेल त संजयले अरुले दिएको खाना खानै मानेनन् । तर जब रुखका अम्बा सकिए त भोकले सताउन थाल्यो र आमाले ल्याइदिएको खाना खान थाले । आफ्नो छोराले रुखबाट ओर्लिन नमानेको र जबरजस्ती ओरालेमा आत्महत्या गर्ने धम्की दिने गरेको संजयकी आमा बताउँछिन् । उनी रुखमै सुत्ने र त्यहीँ खाने गरेका छन् ।
onlinekhabar.com
आफ्नै ९ बर्षीया झड्केली छोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा गोठाटार-६ डेरा गरी बस्ने खोटाङ जिल्ला सतेश्वर-७ घर भएका ३० बर्षीय जंगबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ।राईले गत पुस २८ गते ती बालिकालाई जवरजस्ती करणी गरेको भनी बालिकाको आमाले माघ २ गते महानगरीय प्रहरी बृत्त बानेश्वरमा जाहेरी दिएपछि खटिएको प्रहरीले निज राईलाई पक्राउ गरेको हो। बालिकालाई स्वास्थ्य परिक्षणको लागि प्रसुती गृह थापाथली र निज राईलाई स्वास्थ्य परिक्षणको लागि बीर अस्पताल लगिएको छ।
उपराष्ट्रपति परमानन्द झाले देशको राजनीतिप्रति लक्षित गर्दै अहिले देशमा ग्रहण लागेको बताउनु भएको छ । मुलुक अस्तव्यस्त भएको र राजनितिक निकास निकाल्न दलहरु असफल हुदै गएको भन्दै उपराष्ट्रपति झाले देश अन्धकारमा रहेको बताउनुभयो । आजदेखि रौतहट सदरमुकाम गौरमा शुरु भएको सूर्य महायज्ञको उद्घाटन गर्दै यो महायज्ञले नेपालको राजनीतिलाई सही बाटोमा लैजाने पे्ररणा मिलोस् भन्नु भएको छ । स्थानीय गौर राइस मिलको प्रागंणमा शुरु गरिएको यज्ञमा सूर्यको विधिवत पूजा, शान्तिका लागि हवन र यज्ञ तथा रामधुन किर्तन र प्रवचन गरिने आयोजकले जनाएको छ । २०६३ चैत्र ७ गते भएको माओवादी हत्याकाण्डपछि चर्चामा आएको गौर राइस मिलमा त्यस यता पहिलो पटक धार्मिक कार्यक्रम भएको हो ।
सरकारले रोकिएका टेलिभिजन च्यानलहरुको प्रसारण तत्काल सुचारु गर्न केबुल प्रदायकहरुलाई निर्देशन दिएको छ । सूचना तथा सञ्चार मन्त्रालयले आज विज्ञप्ती जारी गरी उक्त निर्देशन दिएको हो । केबुल सञ्चालकहरुको एउटा समूहले आइतबार साँझबाट इमज च्यानल तथा मंगलबारबाट सरकारी च्यानल नेपाल टेलिभिजन र त्यसैको एनटिभी प्लसको प्रसारण रोकेको छ । मन्त्रालयले केबुल प्रदायकहरुले राष्ट्रिय प्रसारण नियमावलीको प्रतिकुल हुने गरी केही टेलिभिजनको प्रसारण रोकेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल प्रसारण सुचारु नगरे कडा कारवाहीको चेतावनी समेत दिएको छ । यसअघि सञ्चार सम्वद्ध विभिन्न संघ संस्थाहरुले केही केबल प्रदायकहरुले इमेज, नेपाल टेलिभिजन र एनटिभी प्लसको प्रसारण रोकेको तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै सञ्चार मन्त्रालयमा ज्ञापन पत्र बुझाएका थिए । टेलिभिजन ब्रोडकास्टर्स नेपाल टिबीएन, नेपाल मिडिया सोसाइटी, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बान र सामुदायिक रेडियो प्रसारक संघले च्यानल प्रसारणमा पुर्याइएको अवरोधले गम्भीर आशंका उब्जाएको भन्दै निर्वाध सञ्चाल गराउन माग गरेको थियो । मन्त्रालयका प्रवक्ता नारायण प्रसाद संजेलद्वारा जारी विज्ञप्तीमा टेलिभिजन प्रसारणलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने उद्देश्यले राष्ट्रिय प्रसारणको छैटौं नियमावली संशोधन लागु गर्ने प्रतिवद्धता समेत जनाइएको छ । संशोधत नियमावलीबाट प्रत्येक केबुलका ग्राहक संख्या, त्यसबाट प्राप्त हुने सेवाको पारदर्शीता र राजस्व संकलनमा सकारात्मक प्रभाव पार्नेमा मन्त्रालय विश्वस्त रहेको भन्दै त्यस विपरीत काम नगर्न सचेत गराइएको छ । नेपाल केबुल टेलिभिजन महासंघले राष्ट्रिय प्रसारण निमावली छैटौं संशोधन जारी गरेको बिरोधमा च्यानलहरुको प्रसारण रोकेको जनाएको छ
भुकम्पीय जोखिमबारे थाहा पाउन सकिने सफ्टवेयर पहिलो पटक नेपालमा भित्रिएको छ । शहरी विकास तथा भवन निर्माण विभाग र युएन ह्याविट्याटको आयोजनामा आज बिहान काठमाडौमा भएको कार्यक्रममा सफ्टवेयर सार्वजनिक गरिएको हो । सफ्टवेयर मार्फत नेपालका विद्यालय र अस्पतालमा भुकम्पीय सुरक्षा कतिको छ भनेर थाहा पाउन सकिने विभागले जनाएको छ । विद्यालय र अस्पतालामा बढी भिडभाड हुने भएकाले जोखिम न्यूनीकरणका लागि सफ्टवेयर लागु गरिएको हो । यो सफ्ट्वेयर विभागको कार्यालय मार्फत निःशुल्क रुपमा पाउन सकिन्छ ।







