सहकर्मी पत्रकारद्वारा ‘जबरजस्ती करणीको उद्योग गरेको’ भन्दै बिराटनगरकी एक महिला सञ्चारकर्मीले मोरङ प्रहरीमा किटानी जाहेरी दिएकी छन् । यसबारे छलफल गर्न शनिबार बसेको पत्रकार महासंघ मोरंग शाखाको बैठक विनानिश्कर्ष टुंगिएको छ ।स्थानीय बिएफएममा कार्यरत् महिला पत्रकारले सोही एफएमका सम्पादक भक्त राईविरुद्ध बुधबार मोरङ प्रहरीमा यस्तो उजुरी दर्ता गराएकी हुन् । एफएममा माघ ६ गते साँझ राईले काम सकेर घर जाने बेलामा समाचार कक्षमा चुकुल लगाएर बत्ती निभाई करिब ४ मिनेट नियन्त्रणमा लिई मुख थुनेर बलात्कारको असफल प्रयास गरेको तर, आफूले प्रतिरोध गरी उम्किएको पीडित पत्रकार रश्मी (नाम परिवर्तन) को जाहेरीमा उल्लेख छ । घटनापछि नेपाल पत्रकार महासंघमा न्यायका लागि पुगेकी रेडियोकर्मीले प्रहरीमा समेत उजुरी दिएकी छन् ।स्रोतका अनुसार एफएमका स्टेशन म्यानेजर सन्देशदास श्रेष्ठ र एफएमका कर्मचारीहरु मुद्दा फिर्ता लिनुपर्छ भन्दै जिल्ला प्रहरी कार्यालयसमेत पुगेका थिए । तर, प्रहरी निरीक्षक शुमा कार्कीले दबाबमा जाहेरी फिर्ता हुन नसक्ने जवाफ दिनुभएको थियो । महिलामाथि हुने हिंसाका घटनामा पीडकलाई कुनै पनि हालतमा उन्मुक्ति नदिनु भन्ने सरकारको कडा निर्देशन रहेकाले कसैको दबाब वा पीडितले चाहेर पनि प्रहरीले जाहेरी फिर्ता गर्न नसक्ने मोरङ प्रहरीले जनाएको छ ।नेपाल पत्रकार महासंघ मोरंगका अध्यक्ष विक्रम निरौलाले महासंघमा पनि पीडितको उजुरी परेको बताउनुभयो । आरोप लागेपछि शनिबार आफूले पत्रकार राईलाई महासंघबाट निलम्बन गर्ने प्रस्ताव गरेको तर, बहुमत साथीहरुबाट अस्वीकृत भएको अनलाइनखबरलाई बताउनुभयो । ‘भक्तजी महासंघको सदस्य हुनुहुन्छ, उहाँमाथि प्रहरीमा उजुरी परिसकेपछि प्रहरीको अनुसन्धानमा सहयोग होस् भनेर आफूले निलम्बनको प्रस्ताव राखेको र विगतको परम्परा पनि यही रहेको निरौलाले बताउनुभयो, ‘अब प्रहरीको अनुसन्धानलाई पत्रकार महासंघले सहयोग गर्छ । घटनाको निश्पक्ष छानविन हुनुपर्छ र दोषी देखिएमा कानूनी कारवाही हुनुपर्छ ।’ पत्रकार राईले आरोप अस्वीकार गरेको अवस्था रहेकाले अनुसन्धानबाट तथ्य पत्ता लगाइनुपर्ने निरौलाले बताउनुभयो ।
onlinekhabar.com
छोरा का कारण मनमा शान्ति नभएको भन्दै पूर्वरानी कोमल शाहले यसपटक आफ्नो जन्मदिन बाराको सिमरामा मनाउने भएकी छन् । जन्मदिन मनाउने क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले तराईका केही जिल्लाको भ्रमण गरेर आफूप्रतिको जनमत बुझ्ने तयारी गरेका छन् ।शासन सत्ता गुमेपछि पनि निर्मलनिवासमा जन्मोत्सव मनाउँदै आएकी पूर्वरानी कोमल शाहले बाराको सिमरास्थित पूर्वराजा ज्ञानेन्द्रका बालसखा प्रभुशमशेर राणाको दरबारमा मनाउन लागेकी हुन् । स्रोतका अनुसार थाइल्याण्डमा रहेका पूर्वयुवराज पारस लागुऔषधलगायतका काण्डमा मुछिएको र भेट्नसमेत नआएका कारण पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल चिन्तित छन् । उनकै चिन्ताले निर्मल निवासमा रहँदा मनमा शान्ति नभएपछि उनीहरु काठमाण्डौं बाहिर जान लागेको जनाइएको छ |
एकीकृत नेकपा माओवादीले दैलेखका पत्रकारहरुको सुरक्षाको ग्यारेण्टी लिने बताएको छ । एकीकृत माओवादीका प्रवतmा अग्नीप्रसाद सापकोटाले विस्थापित पत्रकारलाई निर्धक्कसंग दैलेख फर्किन आग्रह गर्नुभयो । नियमीत साप्ताहीक पत्रकार भेटघाट कार्यक्रम अन्तरगत पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा संचारकर्मीहरुसँग कुरागर्दे उहाँले पत्रकारहरु राजनीतिक आडमा भन्दा स्वतन्त्र रुपमा आन्दोलन गर्दा उपयुतm हुने बताउनुभयो । थोरै सङख्यामा रहेका बिपक्षी दलका नेता तथा कार्यकर्ताहरुले एकीकृत माओवादीको जिल्ला अधिवेसन बिथोल्न खोज्दा ठाउँ ठाउँमा तनाव उत्पन्न हुने गरेको उहाँले बताउनुभयो । प्रवतmा सापकोटाले जेठको दोश्रो साता सम्ममा निर्वाचन गराउने गरि स्वतन्त्र व्यतिmको नेतृत्वमा सरकार गठन गर्नु नै उपयुतm हुने बताउनुभयो । आउदो माघ २० गते देखि हुने महाधिवेसनको तयारी तिब्र पारिएको बताउदै उहाले आज सम्ममा ५० जिल्लाको अधिवेसन सकिएको जानकारी दिनुभयो ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले दुई चार दिन भित्रमा दलहरुबीच सहमति भएर निकास ननिस्किए जनता विद्रोहमा उत्रने बताउनु भएको छ । एमाओवादी महोत्तरीको जलेश्वरमा भएको पहिलो जिल्ला अधिबेशन उद्घाटन गर्दै प्रचण्डले संघियता सहितको संविधान निर्माणको लागि अव माओवादीले हस्तक्षेपकारी भूमिका खेल्ने बताउनु भयो । मधेशवादी पार्टीको जननी पनि माओवादी नै भएको तर्क गर्दै उहाँले अब संघियता सहितको संबिधान निर्माणको लागि मधेशबाट उठ्ने आन्दोलनको अगुवाई पनि माओवादीले नै गर्ने बताउनु भयो । २१ बर्ष अघि २०४८ सालमा भएको पार्टीको महाधिबेशनमा आफैले प्रस्तुत गरेको कार्यदिशाले सिङ्गो देशलाई नै उथलपुथल गर्ने गरी १० बर्षे जनयुद्ध भएर मुलुकमा राजनैतिक परिवर्तन भएको स्मरण गर्दै उहाँले संयोगले यहि माघ २० गतेदेखि हुने महाधिबेशनमा पनि पार्टीको कार्यदिशा प्रस्तुत गर्ने जिम्मा आफ्ने काँधमा आएको बताउनु भयो । अबको महाधिबेशनमा आफूले प्रस्तुत गर्ने कार्य दिशाले मुलुकको आर्थिक विकासको मार्ग पहिल्याउने प्रचण्डको भनाई थियो । कार्यक्रमा एमाओवादीका उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले सरकार र माओवादी विरुद्ध पत्रकारहरुलाई गलत ढंगले प्रयोग गर्ने प्रयत्न भैरहेको बताउनु भयो । प्रधानमन्त्री भट्टराईले पत्रकार र प्रेसको हितमा सरकारले दुई तीन दिन भित्रमै एकीकृत प्याकेज ल्याउने बताउनु भयो । त्यस्तो प्याकेज के हो भन्ने विषयमा भने उहाँले केहि बताउनु भएन |
अर्थमन्त्री वर्षमान पुनले असुरक्षाको कारण देखाउँदै दैलेखका पत्रकारले जिल्ला छाडेकोमा दुःख व्यक्त गर्नु भएको छ । दैलेखका पत्रकारको सुरक्षाको लागि सरकार प्रतिवद्ध रहेको बताउँदै जिल्ला छाडेका पत्रकारलाई जिल्ला फर्केर निर्धक्क काम शुरु गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । एकिकृत नेकपा माओवादी धादिङको दोसं्रो जिल्ला सम्मेलन उद्घाटन गर्न धादिङ आउनुभएको बेला क्रान्तिकारी पत्रकार सघं जिल्ल शाखा धादिङले धादिङवेशिमा आयोजना गरेको पत्रकार भेटघाटमा यस्तो बताउनुभएको हो । उहाँले दुवै पक्ष बसेर छलफल गरी समस्या समाधान गर्न पनि आग्रह गर्नुभयो । एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य तथा अर्थमन्त्री बर्षमान पुनले माओवादीको महाधिवेशन अगाडी सहमति हुने संभावना कम भएको बताउनुभएको छ ।
माओवादीले हत्या गरेका दैलेखका पत्रकार डेकेन्द्र थापाले गाएको गीत ‘घुम कर्णाली फर्की यताको...’ म्यूजिक भिडियो आज ललितपुरमा सार्वजनिक गरिएको छ ।पाटनको यलमाया केन्द्रमा स्व.पत्रकार थापाको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । थापाले दैलेखी देउडा भाकामा गाएको गीतको म्यूजिक भिडियो उनी मारिनु भन्दा केही बर्ष अगाडि छायांकन गरिएको थियो । म्यूजिक भिडियोमा कर्णालीको किनारमा बसेर थापाले गाएका एउटा मात्र गीत छ ।
म्यूजिक भिडियोको निर्माण तथा निर्देशन पत्रकार ध्रुव बस्नेतले गरेका हुन् । सोही अवसरमा पत्रकार थापाको जीवनीमा आधारित बृत्तचित्र ‘न्यायको लडाई’ पनि प्रदर्शन गरियो ।
पत्रकार थापाको माओवादीले अपहरण गरेको ४५ दिनमा हत्या भएको, हत्यापछि नेपाल पत्रकार महासंघ र राष्ट्रिय मानव अधिकार आयोगको पहलमा शव उत्खनन् गरेका घटनाक्रमहरु वृत्तचित्रमा समेटिएका छन् ।
म्यूजिक भिडियोको निर्माण तथा निर्देशन पत्रकार ध्रुव बस्नेतले गरेका हुन् । सोही अवसरमा पत्रकार थापाको जीवनीमा आधारित बृत्तचित्र ‘न्यायको लडाई’ पनि प्रदर्शन गरियो ।
पत्रकार थापाको माओवादीले अपहरण गरेको ४५ दिनमा हत्या भएको, हत्यापछि नेपाल पत्रकार महासंघ र राष्ट्रिय मानव अधिकार आयोगको पहलमा शव उत्खनन् गरेका घटनाक्रमहरु वृत्तचित्रमा समेटिएका छन् ।
सरकारविरुद्ध आन्दोलनमा रहेका काङ्ग्रेस एमालेलगायत विपक्षी दलका कार्यकर्ताहरूले आज एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भक्तपुर प्रवेशमा रोक लगाउन प्रदर्शन गरेका छन् । अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री भट्टराई पार्टीको पाँचौ जिल्ला अधिवेशनमा सहभागी हुन भक्तपुर पुग्ने थाहा पाएपछि उनीहरूले अरनिको राजमार्गमा चक्काजाम गर्दै प्रदर्शन गरेका हुन् । विपक्षी दलका कार्यकर्ताहरूले चक्काजाम गरेपछि सडक खुलाउने क्रममा प्रहरीसँग झडप भएको थियो । अरनिको राजमार्गमा प्रदर्शन भएपछि प्रधानमन्त्री वैकल्पिक बाटो भएर भक्तपुर पुग्नुभएको थियो । स्थानीय प्रशासनले भक्तपुरको सुरक्षा व्यवसथा कडा पारेको जनाएको छ । कालोझण्डा बोकेर बिरोधमा उत्रिएका बिपक्षी दलका र्कायर्कतामाथि प्रहरीले लाठीचार्ज गर्दा तीन जना घाइते भएका छन् । र्दलभ थापा, र्पूण परियार र रोशन पौडेल समान्य घाइते भएका हुन् । तीनै जना कांग्रेस र्कायर्कता भएको बताइएको छ ।यसैबीच प्रधानमन्त्रीको विरोधमा आज भक्तपुरमा पत्रकारहरूले पनि कालोपट्टी बाँधेर समाचार सङ्कलन गरेका छन् । पत्रकारहरूको सुरक्षास्थिति गम्भिर बन्दै गएको र दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्नहरूलाई कारवाही नगर्न प्रधानमन्त्रीले आदेश दिएपछि पत्रकारहरूले त्यसको विरोध गर्दै आएका छन् । जिल्ला अधिवेशनको क्रममा एकीकृत माओवादीले भक्तपुरको त्यौमडीमा सभा गरेको थियो ।
भारतले आज आफ्नो ६४ औं गणतन्त्र दिवस मनाउँदै छ । नयाँ दिल्लीको राजपथमा गणतन्त्र दिवसका अवसरमा विशेष समारोहको आयोजना हुँदैछ । विशेष समारोहमा राष्ट्रपति प्रणव मुखर्जीले भारतको झन्डा फहराउनु हुनेछ । यसैगरी विशेष परेडको कार्यक्रम पनि आयोजना हुँदैछ । परेडमा भारतको सैन्य क्षमता र अरू सांस्कृतिक विविधता प्रस्तुत गरिने कार्यक्रम छ । विशेष परेड समारोहमा भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक प्रमुख अतिथिको रूपमा सहभागी हुनु हुने छ ।
गणतन्त्र दिवसका लागि भारतको राजधानी नयाँ दिल्लीसहित मुख्य सहरहरूको सुरक्षा व्यवस्था कडा पारिएको छ । नयाँ दिल्लीमा मात्रै २५ हजार सुरक्षाकर्मी परिचालन गरिएको भारतीय सन्चार माध्यमहरूले जनाएका छन् । सुरक्षा व्यवस्था प्रभावकारी बनाउनका लागि समारोहस्थल आसपासमा एकसय ५० सीसीटीभी क्यामरा राखिएका छन् । २६ जनवरीकै दिन भारतमा संविधान जारी भएको थियो । सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समाजवादी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई भारतलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएको छ ।
आजदेखि स्वस्थानी व्रत सुरु भएको छ । आजैदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दू नेपालीका घरमा सात्विक भावले श्रद्धभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजा आरधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी व्रतकथा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार रहेर तपस्या गरी मनोकाङ्क्षा पूर्ण भएको कथासँग जोडिएको छ । शिव पार्वतीको विवाह भइसकेपछि लोकल्याणका निम्ति परम्परागत रूपमा व्रतवकथा प्रचलित हुँदै आएको मानिन्छ । सुख, सन्तोष उन्नति तथा परामार्थमा शिवलोक पाउने कामनाका साथ जगदीश्वर महादेवको स्तुति एवम् भक्तिपूर्वक पौष शुक्ल पूर्णिमादेखि सुरु गरिने श्री स्वस्थानी परमेश्वरीको व्रत, पूजन, तथा कथा श्रवण गर्ने क्रम माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहन्छ ।






.jpg)

