नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले एकीकृत नेकपा माओवादी नसच्चिए पुर्व राजा ज्ञानेन्द्रको जस्तै हालत बनाई दिने चेतावनी दिनुभएको छ । नेपाल बुद्धिजीवि परिषद् कार्य समिति कैलालीले आयोजना गरेको अन्तरक्रिया ओलीले माओवादीले दुई विकल्प नरोजे चाँडो सखाप हुने दावी गर्नुभयो । सङक्रमणकालिन अवस्थाको अन्त्यका लागि सविधानसभाको चुनाव आवश्यक रहेको ओलीको भनाइ छ । माओवादीलाई सविधानको ट्रयाक भन्दा बाहिर जान नदिने संविधानको रक्षकको हैसियतले राष्ट्रपतिकोे भुमिका आवश्यक रहेको ओलीले बताउनुभयो ।
शिक्षक सेवा आयोगले शिक्षकका लागि खुलाएको आवेदन दिने समय एक हप्ता थप गरेको थियो । यसअघि एक महिनाका म्यादसहित भोलिसम्म आवेदन दिने समय भएकोमा एक हप्ता थपिएको आयोगले जनाएको छ । १७ वर्षपछि आयोगले खुला विज्ञापन गरेको र आवेदन दिनेहरुको भीड बढिरहेकाले सुविधा दिन भन्दै समय थपिएको आयोगले बताएको छ । फागुन ४ गतेदेखि भने दोब्बर दस्तुर बुझाएर एक हप्ता आवेदन दिन पाइने पनि आयोगले जनाएको छ ।
एकीकृत नेकपा माओवादीको सातौं राष्ट्रिय महाधिवेशन मकवानपुरको हेटौडामा सुरु भएको छ । महाधिवेशनको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको छ । अध्यक्ष दाहालसहित उपाध्यक्ष द्वय डा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ लगायतका पार्टीका शीर्ष नेताहरु महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुनु भएको छ । एमाले, काङ्ग्रेस लगायतका राजनीतिक दलका नेताहरु पनि उद्घाटन सत्रमा उपस्थित भएका छन् । बिभिन्न मुलुकका राजदूत र कुटनितीज्ञहरुको पनि महाधिवेशनको उद्घाटनसत्रमा सहभागिता रहेको छ । उद्घाटन समारोहलाई अहिले बिभिन्न राजनीतिक दलका प्रतिनिधि,कुटनितिक नियोगका प्रतिनिधिहरुले सम्बोधन गर्नेक्रम चलिरहेको छ ।उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सातौं महाधिवेशनले पार्टीको मात्र नभइ सिङ्गो मलुकलको निकास, विकास र नेपाली समाजको आमुल परिवर्तनसँग महत्व राख्ने बताउनुभयो । जनताको अधिकारलाई सुनिश्चित गर्न र लोकतन्त्र तथा न्यायको पक्षमा समेत महाधिवेशनले उचित कार्यनिती पारित गर्ने उपाध्यक्ष श्रेष्ठको भनाइ छ । सङ्क्रमणकाललाई छिटोभन्दाछिटो निष्कर्षमा पु¥याउनको लागि आफूहरु लागेको जानकारी दिदै श्रेष्ठले महाधिवेशनसँगै मुलुकले उचित निकास पाउने पनि दावी गर्नभयो । हुप्राचौरमा सुरु भएको उद्घाटन समारोहअघि विभिन्न चार वटा नाकाबाट जुलुस समेत निकालिएको थियो । महाधिवेशनमा देशभरका झन्डै तीन हजार प्रतिनिधि सहभागी हुने माओवादीले जानकारी दिएको छ । महाधिवेशन सुरक्षाका लागि स्थानीय प्रशासनले १४ सय सुरक्षाकर्मी र पार्टीले झन्डै ६ सय वाईसीएल कार्यकर्ता परिचालन गरेको छ । हेटौडामा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । हेटौडा सहर यतिबेला महाधिवेशनको झन्डा, व्यानर र स्वागतद्वारहरूले सिङ्गारिएको छ । बन्दसत्र भने भोलिदेखि हेटौडा कपडा उद्योग परिसरमा हुने व्यवस्था गरिएको छ । २१ वर्षपछि हुन लागेको यो महाधिवेशनलाई एकीकृत माओवादीले एकताको महाधिवेशन भनेको छ । २०४८ सालमा छैटौ राष्ट्रिय महाधिवेशन भएको थियो
नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ केही घटाएको छ । दैनिक १४ घण्टा लोडसेडिङ गर्दै आएको प्राधिकरणले आइतवारदेखि लागू हुने गरी लोडसेडिङ दैनिक दुई घण्टाले घटाएर १२ घण्टामा झारेको हो ।प्रधानन्त्रीको ठाडो आदेशमा केही दिनअघि देखि अनौपचारिक रुपमा लोडसेडिङको समयमा केही हेरफेर गरेको प्राधिकरणले आगामी आइतवारदेखि औपचारिकरुपमै दैनिक दुई घण्टा घटाउन लागेको हो । नदीमा पानीको जलस्तर घट्ने क्रम तीव्र रहेता पनि भारतबाट आयातित विद्युत् आपूर्तिमा केही सुधार भएको तथा सूर्यास्तको समय परिवर्तन भएका कारण साबिकमा हुँदै आएको विद्युत्भार कटौतीको तालिकामा हेरफेर गरिएको प्राधिकरणले जनाएको छ ।यसअघि माघ ६ गतेदेखि हप्तामा ९७ घन्टा लोडसेडिङ गर्दै आएको प्राधिकरणले अब हप्तामा ८४ घन्टा विद्युत कटौती गर्ने छ । परिवर्तित तालिकाअनुसार अब हप्ताको सातै दिन १२ घन्टा विद्युत कटौती हुनेछ
एकीकृत माओवादीको शनिबारबाट हेटौँडामा हुन गईरहेको सातौ राष्ट्रिय महाधिवेशनलाई दृष्टिगत गरी हेटौँडा नगरपालिका क्षेत्रभित्र मादक पदार्थको बिक्री,वितरण र सेवनमा कडाई गरिएको छ ।
| Press release of General Convention of CPN Maoist |
जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबारबाट माघ २६ गतेसम्मका लागि साँझ परेपछि बिक्री वितरण र सेवनमा रोक लगाएको छ । शान्ति सुरक्षालाई चुस्तदुरुस्त राख्न साँझ परेपछि मदिराको बिक्री वितरण र सेवनमा निषेध गरिएको मकवानपुरका प्रजिअ भण्डारीले बताउनुभयो । जिल्ला प्रशासनले दैनिक साँझ ६ः०० बजेबाट भोलिपल्ट विहान ६ः०० वजेसम्मका लागि मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ (क) को अधिकार प्रयोग गरी प्रशासनले मादक पदार्थको विक्री, वितरण, सेवनलगायतका कानुनले निषेध गरेका कार्य नगर्न नगराउन भनेको छ । प्रशासनले सार्वजनिक सूचना प्रकाशित गरी सूचनाको बर्खिलाप गरे र गराइएको पाइएमा कानुन बमोजिम गर्ने जनाएको छ । nepalsambad.com ले यो खबर प्रकासित गरेको छ |
मेक्सिकोको एक तेल कम्पनीको कार्यालयमा विष्फोट हुँदा १४ जनाको ज्यान गएको छ । झण्डै १ सय जना घाइते भएका छन् । मेक्सिको सिटीमा रहेको पेमेक्स तेल कम्पनीको मुख्यालयमा विष्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विष्फोट भएको भवनबाट ३ हजार ५ सय मानिसलाई सकुशल उद्दार गरिएको छ । विष्फोटका कारण भवनका तीनवटा तलामा क्षति पुगेको छ । विष्फोटको कारण खुल्न नसकेपनि कम्पनीले विद्युत आपूर्ति गर्ने उपकरणमा आएको गडबडीका कारण घटना भएको हुन सक्ने आशंका गरेको छ । पेमेक्स कम्पनीमा यसअघि पनि विष्फोटका घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गएको सेप्टेम्बरमा उत्तरी मेक्सिकोमा रहेको पेमेक्सको प्राकृतिक ग्याँस कम्पनीमा विष्फोट हुँदा ३० जनाको ज्यान गएको थियो । त्यसअघि सन् १९८४ मा ग्याँस कम्पनीमा विष्फोट हुँदा ३ सय जनाको र त्यसको आठ वर्षपछि भएको अर्को विष्फोटमा २ सय जनाको ज्यान गएको थियो । १५ सय जना घाइते भएका थिए
दाङमा एक किशोरी माथि सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । हापुर गाविस ४ की १६ वर्षीया एक किशोरीलाई माघ १३ गते राती ९ बजे दुई युवाहरुले सुतिरहेको युवतीलाई लतारेर बाहीर निकाली घरदेखी केही टाढा लगेर सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो । हापुर २ का १९ वर्षीय देवेन्द्र गिरी र सोही ठाउँका १८ वर्षका माधव गिरीले सामुहिक बलात्कार गरेको पीडित किशोरीले बताउनु भएको छ । घटना भएको अर्को दिन १४ गते पीडित किशोरीले आफूलाई जबरजस्ती बलात्कार गर्ने ति युवाहरुको नाममा जाहेरी दिएपछि प्रहरीले अभियुक्तहरुलाई १६ गते पक्राउ गरेको थियो । पीडित किशोरीकी बुवा अर्को बिहे गरेर झापामा बस्दै आएको र आमा पनि विवाह गरेर अन्तै गएपछि मामा माइजुको घरमा बस्दै आउनु भएको छ ।
एकीकृत नेकपा माओवादीको शनिवारदेखि हेटौंडामा हुने महाधिवेशनलाई विपक्षी दलले पनि सहयोग गर्ने भएका छन् । सरकारविरुद्ध संयुक्त आन्दोलन परिचालन समिति गठन गरेर प्रदर्शन गर्दै आइरहेका दलहरुले महाधिवेशनमा भने सघाउने भएका हुन् । महाधिवेशनका लागि मकवानपुरका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माले, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले सहयोग गर्ने बताएका छन् । मकवानपुरमा नै महाधिवेशन हुन लागेको सहयोग गर्न लागिएको बताउँदै कांग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेले भन्नुभयो ‘सरकाविरुद्धको आन्दोलन अलग कुरा हो, महाधिवेशनमा अवरोध हुँदैन । सहयोगै हुन्छ, ढुक्क हुनुहोस् ।’ यस्तै नेकपा एमालेले पनि महाधिवेशनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । माओबादीको राजनीतिक कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता पनि एमालेले जनाएको छ । एमाले मकवानपुरका अध्यक्ष रामेश्वर रानाले माओबादीको कार्यक्रममा अबरोध नगरी सहयोग गर्ने बताउनुभयो । राजनीतिक गतिविधिमा अवरोध नगर्ने भन्दै एमालेले आन्दोलन पार्टीविरुद्ध नभई सरकारविरुद्ध भएको प्रष्ट पारेको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले पे्रस माथिको आक्रमण निन्दनिय भएको बताउनु भएको छ । नेपालमा प्रेस जगत र पत्रकार माथिको आक्रमण निन्दनिय भएको गाउँलेको तर्क थियो । राष्ट्रिय लोक संचारकर्मी नेपालले चौथो वार्षिकउत्सवको पूर्व सन्ध्यामा भएको बृहत ¥यालीमा गाउँलेले प्रेस माथिको आक्रमण रोक्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । प्रज्ञाभवन कमलादीबाट शुरु भएको र्याली शान्ती बाटिकामा पुगी कोणसमाभा परिणत भएको थियो । सभालाई लोक संचारकर्मी नेपालका अध्यक्ष गोविन्द गिरी, उपत्यका समन्वय समितीका प्रथम उपाध्यक्ष रमेशराज भट्टराईलगायले सम्वोधन गरेका छन् । यसैबीच लोक संचारकर्मी नेपालको चौथो बार्षिकउत्सवको अवसरमा भोलि प्रज्ञा भवन कमलादीमा बिविध कार्यक्रम हुने लोक संचारकर्मी नेपालका सचिब हरीवल्लभ नेपालले जानकारी दिनुभएको छ ।




.jpg)

