एको पाइएको छ |
राजधानीको बल्खुमा बधशालासहित माछा-मासुको होलसेल ‘बल्खु मिट मार्ट’ सञ्चालनमा आएको छ । मिट मार्टको मंगलबार अर्थमन्त्री शंकर प्रसाद कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । बल्खु कृषि तथा तरकारी बजार प्रालिले सञ्चालनमा ल्याएको मिट मार्टमा स्वच्छ तथा हाइजिनिक माछा, मासु र अण्डा उपलब्ध हुने बताइएको छ ।१६ वटा माछा-मासुका होलसेल पसलहरु रहेको मिट मार्ट ४ करोड लगानीमा सञ्चालनमा ल्याइएको कम्पनीले कार्यकारी निर्देशक रामकृष्ण कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार १ रोपनी क्षेत्रफलमा फैलिएको मिट मार्टमा अष्ट्रिच, कुखुरा र हाँसको मासु तथा अण्डाका साथै खसीको मासु, जिउँदा माछा, सी फुड्स लगायत उपलब्ध हुनेछ । मिट मार्टको आफ्नो व्यवस्थित बधशाला समेत रहेको छ । सबै भेराइटीहरु छुट्टा-छुट्टै रहने बजारका सल्लाहाकार गजेन्द्र विष्टले जानकारी दिनुभयो । मिट मार्टलाई सरकारले ३० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।यो समाचारonlinekhabar.com मा प्रकाशित छ |
मिट मार्टको उद्घाटन गर्दै अर्थमन्त्री कोइरालाले कृषिलाई व्यावसायिकरण नगरेसम्म विकास सम्भव नभएको स्पष्ट पार्नुभयो । सरकार उत्प्रेरक बनिदिएमा निजीक्षेत्र हरेक क्षेत्रमा लगानी गर्न उत्सुक रहेको उल्लेख गर्दै उहाँले मानव स्वास्थ्यको ख्याल गरेर निजीक्षेत्रबाट यस्ता काम हुनु आफैमा उपलब्धी भएको बताउनुभयो । मन्त्री कोइरालाले सहकारी अभियान, स्थानीय निकाय र वित्तीय संस्थाहरुका लागि पाठ भएको भनाइ राख्नु भयो । उहाँले भन्नुभयो- ‘कृषिमा लगानी गर्नु भनेको जोखिम मोल्नु हो भन्ने वाणिज्य तथा विकास बैंकहरु यसतर्फ आकषिर्त हुनुले पनि कृषिको महत्व बढ्दै गएको प्रष्ट भएको छ ।
कलाकार निर शाहले व्यक्तिको स्वतन्त्रताको सम्मान काँग्रेसले बाहेक अन्य पार्टीले गर्न नसक्ने दावी गर्नु भएको छ। उहाँले आफू जिवन प्रयत्न नै काँग्रेस भएको भन्द्यै शाहले काँग्रेसले नजितेमा संविधान पनि नबन्ने र मुलुकमा राजनीतिक स्थिरता पनि कायम नसक्ने वताउनुभयो ।शाहले काँग्रेसले बुहमत ल्याएमात्रै संविधान बन्न सक्ने भएकाले आफूले सवै चलचित्रकर्मीलाई लिएर अभियनाकै रुपमा काँग्रेसलाई जिताउन आजैवाट देशव्यापीरुपमा लाग्ने वताउनुभयो ।काठमाण्डौ क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहनु भएका नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहको चुनावी अभियानको कार्यक्रममा मंगलवार काठमाण्डौको अनामनगरमा भएको घरदैलो कार्यक्रमपछि आयोजित कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो ।मुलुकमा लोकतन्त्रको सम्मना काँग्रेसले मात्रै गर्न सक्ने भन्दै उहाँले काँग्रेसलाई जिताउन सबै लाग्नु पर्नेमा जोड पनि दिनुभयो । कार्यक्रममा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गीतकार किरण खरेललगायतका कलाकारहरु पनि सिंहको चुनावी अभियान अन्तर्रगत घरदैलो कार्यक्रममा सहभागी भएका थिए ।
पूर्वप्रधानमन्त्री तथा काठमाडौं २ का एमाले उम्मेद्वार माधवकुमार नेपाल मतदाता घरदैलो अभियानमा हेल्मेट नलाएका मोटरसाइकल चालकको पछाडी बसेर दौडिरहनु भएको देखिएको छ।यसले के प्रष्ट पार्छ भने, कानून सानाका लागिमात्रै हो, ठूलालाई होइन । माधव नेपालको कार्यक्रममा हिँडेका केहीले हेलमेट लगाएका थिए भने केहीले लगाएका थिएनन।पूर्वप्रधानमन्त्री तथा काठमाडौं २ का एमाले उम्मेद्वार माधवकुमार नेपाल मतदाता घरदैलो अभियानअन्तर्गत सोमबार काठमाडौंको मूलपानी-५ स्थित दलित वस्तीमा यसैगरी हेलमेट नलगाएका चालकको पछाडि बसेर कुदीरहनु भयो ।ट्राफिक नियम मिचेर हिड्नुभएको उहाले बिसुंखे टोलमा दलित समूदायलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले दलितका छोराछोरीलाई निःशुल्क शिक्षा तथा नर्सिङतर्फ निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्ने निर्णय आफ्नै नेतृत्वको सरकारले गरेको जानकारी दिनुभयो ।नेपालले दलित बस्तीमा पुगेर भन्नुभयो ‘वास्तविक रुपमै दलित समुदायलाई साहारा दिने पार्टी एमाले नै हो ।’मतदाता घरदैलो कार्यक्रमअन्तर्गत सोमबार नेपालले मूलपानीको वडा नं ५, ६ र ९ का मतदाताहरुसँग भेटघाट गर्नुभएको थियो ।
मंसिर ४ गते हुने दोस्रो संविधानसभा निर्वाचनका लागि नेपाली
काँग्रेसले आज पार्टीको घोषणापत्र सार्वजनिक गरेकोछ कांग्रेस मुख्यालय सानेपामा बिहीबार महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्र सार्वजनिक कार्यक्रममा सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र नेता शेरबहादुर देउवा अनुपस्थित थिए । त्यस्तै काँग्रेसको घोषणापत्रमा पहिचान र सामर्थ्य सहितको ७ प्रदेशको प्रस्ताव गरिएको छ तर १३ प्रदेशको अवधारणामा छलफल गर्न सकिने विकल्पसहितको घोषणापत्र काँग्रेसले तयार पारेको छ ।
काँग्रेसले संविधासभा गठन भएको एक वर्षभित्रमा सबै पक्षसँग समन्वय गरि संविधान निर्माण गर्ने संकल्प गरेको छ । सविंधान निर्माणका क्रममा सहमतीको अधिकतम प्रयास गरिने, सहमती नभएमा मतदान प्रकृयामा जाने र विवादित बिषयलाई जनताका बिचमा लगेर भए पनि १ बर्ष भित्र देशलाई नयाँ संविधान दिने उल्लेख गरिएकोछ।त्यसैगरि २०७१ जेठ भित्र स्थानिय निकायको निर्वाचन गराउने कुरालाई पनि घोषणा पत्रमा प्राथमिकताका साथ राखिएको छ।
घोषणापत्रको पुर्ण पाठ यहा राखिएको छ : congress_manifesto

नेपाली कथानक चलचित्र नाइ नभन्नु ल को सिक्वेल फिल्म नाइ नभन्नु ल २ बन्ने भएको छ र सुटिङ पनि सुरु भैसकेको छ ।नायक सुरज सिंह ठकुरी र प्रियंका कार्कीले पहिलो टेक दिएर सुटिङ शुरु गरिएको हो| वान टाईम सिनेमाको व्यानरमा तयार हुने यो चलचित्रलाइ विकाश आचार्यले निर्देशन गर्दैछन भने करिब ३५ दिनको सुटिङ सेड्यूल सहित सुटिङ शुरु गरिएको जानकारी पाइएको छ । यस फिल्ममा सुरज र प्रियंकाको अलावा सरोज खनाल,जीवन लुईटेल, अनुभव रेग्मी, सिताराम कट्टेल धुर्मुसु, सरिता लामिछाने लगायतको अभिनय पनि रहनेछ ।
लामो समयदेखि एपेन्डिक्स क्यान्सरबाट ग्रस्त डा. चित्रप्रसाद वाग्लेको निधन भएको छ । आइतवार राजधानीको धापासिस्थित ग्रान्डी अस्पतालमा भर्ना हुनुभएकको वाग्लेको विहीवार मध्यान्ह उपचारका क्रममा निधन भएको हो । अस्पतालका अनुसार वाग्लेको अपरान्ह १२ बजेर ५ मिनेटमा निधन भएको जनाएको छ ।अर्घाखाँचीमा १२ वर्ष चिकित्सकका रुपमा सेवा गर्नु भएको उहाको उपचारका लागि देश र विदेशबाट लाखौ रकम उठाइएको थियो।चिकित्सक वाग्लेले १३ महिनासम्म भारतको गान्धी अस्पताल उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नभएपछि थप उपचार गराउन सो अस्पतालले अमेरिका र क्यानडामध्ये एक अस्पतालमा रिफर गरेको थियो ।१ करोड ३० लाख बढी लाग्ने उपचार खर्च जुटाउन नसक्दा वाग्ले काठमाडौ फर्कनुभएको थियो । वाग्लेको उपचारका लागि देश विदेशमा रहेका नेपालीले अभियान चलाइरहेका थिए । उहाको मृत्यु हुनुअघिसम्म पनि सहयोगीहरू रकम लिएर अस्पतालमै पुगेका थिए । वाग्लेको उपचारका लागि जुटेको २० लाख बढी रूपैयाँ पनि जम्मा भइसकेको थियो । वाग्लेका ६ र ८ वर्षीय दुई छोरी र ११ वर्षीय अपाङ्ग छोरा छन् ।
यही शुक्रबार बाट पर्दर्शनमा आउन लागेको चलचित्र 'मधुमास'को प्रिमियर नहुने भएको छ । निर्देशक तथा निर्माता सुदर्शन थापाले फिल्म 'मधुमास'को प्रिमियर नगरिने बताएका छन् । यस अघिका चलचित्रहरु
'मेरो एउटा साथी छ' र 'धन्दा' सँगै थापा निर्देशित 'के यो माया हो' र 'मेरो लभ स्टोरी'को प्रिमियर गरिएको थियो । तर पछिल्लो समयमा कुनै कुनै फिल्मले मात्रै प्रिमियर गर्ने गरेको पाइन्छ ।
'मधुमास' यही शुक्रबार देखी काठमाण्डौका १७ सहित मोफसलका केही मेजर स्टेशनबाट एकै चोटी प्रदर्शनमा आउँदैछ ।सस्पेन्स थ्रिलर लभ स्टोरीको फिल्ममा नायक आर्यन सिग्देल, पूजा शर्मा, मनोज आरसी र शिवाङ्गिनी राणा मुख्य भुमिकामा रहेका छन् ।