सर्लाही क्षेत्र न. ६ धनकौल(पश्चिम) को वडा न. ८ र ९ को मतदान केन्द्रमा गोली चलेको छ । गोलि चल्दा २ जना घाइते भएका छन् । घाइते दुवै तमलोपा कार्यकर्ता हुन् । त्यही क्षेत्रको बलरा वडा न. ५ ६ ७ को बुथ रहेको मदरसा नजिक सदभावना पार्टीका उम्मेदवार फकिरा महतो चढेको गाडीमा केही व्यक्तिले ढुंगा हानेका छन् र महतोलाई पनि सामान्य चोटपटक लागेको छ
दैलेखको चामुण्डामा मतदान सुरु भएको छ । विहान मतदान सुरु हुन केहीबेर अघि बैद्य माओवादीका कार्यकर्ता बुथ कब्जा गर्दै मतपेटिका र मतपत्र जलाएका थिए । बैद्य माओवादी आक्रमणमा उत्रिएपछि मतदान स्थलमा भागदौड मच्चिएको थियो भने प्रहरीले १७ राउण्ड हवाई फायर गरेको थियो । भागदौड तथा गोली चलाउने क्रममा १४ जना घाइते भएका छन् । उनीहरु मध्ये २ जनाको अवस्था गम्भीर छ । उनीलाई हेलिकोप्टरबाटै सदरमुकाम ल्याइँदैछ । हेलिकोप्टरबाट मतपत्र र मत पेटिका लगेपछि मध्यान्ह सवा १२ बजेबाट मतदान सुरु भएको छ ।
अहिलेसम्म देशभरि ४० प्रतिशत मत खसेको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्रालयका प्रवक्ता शंकरप्रसाद कोइरालाले दिनु भएको जानकारी अनुसार सबैभन्दा बढी इलाममा ५५ प्रतिशत मत खसेको छ । त्यस्तै धनकुटामा मध्यान्हसम्म करिव ५० प्रतिशत मतदान भएको छ । त्यसैगरी रामेछापमा पनि सोही हाराहारीमा मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । झापा जिल्लामा पनि मध्यान्हसम्ममा करिव ४५ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाकारी दिएको छ ।
एको पाइएको छ |
राजधानीको बल्खुमा बधशालासहित माछा-मासुको होलसेल ‘बल्खु मिट मार्ट’ सञ्चालनमा आएको छ । मिट मार्टको मंगलबार अर्थमन्त्री शंकर प्रसाद कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । बल्खु कृषि तथा तरकारी बजार प्रालिले सञ्चालनमा ल्याएको मिट मार्टमा स्वच्छ तथा हाइजिनिक माछा, मासु र अण्डा उपलब्ध हुने बताइएको छ ।१६ वटा माछा-मासुका होलसेल पसलहरु रहेको मिट मार्ट ४ करोड लगानीमा सञ्चालनमा ल्याइएको कम्पनीले कार्यकारी निर्देशक रामकृष्ण कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार १ रोपनी क्षेत्रफलमा फैलिएको मिट मार्टमा अष्ट्रिच, कुखुरा र हाँसको मासु तथा अण्डाका साथै खसीको मासु, जिउँदा माछा, सी फुड्स लगायत उपलब्ध हुनेछ । मिट मार्टको आफ्नो व्यवस्थित बधशाला समेत रहेको छ । सबै भेराइटीहरु छुट्टा-छुट्टै रहने बजारका सल्लाहाकार गजेन्द्र विष्टले जानकारी दिनुभयो । मिट मार्टलाई सरकारले ३० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।यो समाचारonlinekhabar.com मा प्रकाशित छ |
मिट मार्टको उद्घाटन गर्दै अर्थमन्त्री कोइरालाले कृषिलाई व्यावसायिकरण नगरेसम्म विकास सम्भव नभएको स्पष्ट पार्नुभयो । सरकार उत्प्रेरक बनिदिएमा निजीक्षेत्र हरेक क्षेत्रमा लगानी गर्न उत्सुक रहेको उल्लेख गर्दै उहाँले मानव स्वास्थ्यको ख्याल गरेर निजीक्षेत्रबाट यस्ता काम हुनु आफैमा उपलब्धी भएको बताउनुभयो । मन्त्री कोइरालाले सहकारी अभियान, स्थानीय निकाय र वित्तीय संस्थाहरुका लागि पाठ भएको भनाइ राख्नु भयो । उहाँले भन्नुभयो- ‘कृषिमा लगानी गर्नु भनेको जोखिम मोल्नु हो भन्ने वाणिज्य तथा विकास बैंकहरु यसतर्फ आकषिर्त हुनुले पनि कृषिको महत्व बढ्दै गएको प्रष्ट भएको छ ।
कलाकार निर शाहले व्यक्तिको स्वतन्त्रताको सम्मान काँग्रेसले बाहेक अन्य पार्टीले गर्न नसक्ने दावी गर्नु भएको छ। उहाँले आफू जिवन प्रयत्न नै काँग्रेस भएको भन्द्यै शाहले काँग्रेसले नजितेमा संविधान पनि नबन्ने र मुलुकमा राजनीतिक स्थिरता पनि कायम नसक्ने वताउनुभयो ।शाहले काँग्रेसले बुहमत ल्याएमात्रै संविधान बन्न सक्ने भएकाले आफूले सवै चलचित्रकर्मीलाई लिएर अभियनाकै रुपमा काँग्रेसलाई जिताउन आजैवाट देशव्यापीरुपमा लाग्ने वताउनुभयो ।काठमाण्डौ क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहनु भएका नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहको चुनावी अभियानको कार्यक्रममा मंगलवार काठमाण्डौको अनामनगरमा भएको घरदैलो कार्यक्रमपछि आयोजित कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो ।मुलुकमा लोकतन्त्रको सम्मना काँग्रेसले मात्रै गर्न सक्ने भन्दै उहाँले काँग्रेसलाई जिताउन सबै लाग्नु पर्नेमा जोड पनि दिनुभयो । कार्यक्रममा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गीतकार किरण खरेललगायतका कलाकारहरु पनि सिंहको चुनावी अभियान अन्तर्रगत घरदैलो कार्यक्रममा सहभागी भएका थिए ।
पूर्वप्रधानमन्त्री तथा काठमाडौं २ का एमाले उम्मेद्वार माधवकुमार नेपाल मतदाता घरदैलो अभियानमा हेल्मेट नलाएका मोटरसाइकल चालकको पछाडी बसेर दौडिरहनु भएको देखिएको छ।यसले के प्रष्ट पार्छ भने, कानून सानाका लागिमात्रै हो, ठूलालाई होइन । माधव नेपालको कार्यक्रममा हिँडेका केहीले हेलमेट लगाएका थिए भने केहीले लगाएका थिएनन।पूर्वप्रधानमन्त्री तथा काठमाडौं २ का एमाले उम्मेद्वार माधवकुमार नेपाल मतदाता घरदैलो अभियानअन्तर्गत सोमबार काठमाडौंको मूलपानी-५ स्थित दलित वस्तीमा यसैगरी हेलमेट नलगाएका चालकको पछाडि बसेर कुदीरहनु भयो ।ट्राफिक नियम मिचेर हिड्नुभएको उहाले बिसुंखे टोलमा दलित समूदायलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले दलितका छोराछोरीलाई निःशुल्क शिक्षा तथा नर्सिङतर्फ निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्ने निर्णय आफ्नै नेतृत्वको सरकारले गरेको जानकारी दिनुभयो ।नेपालले दलित बस्तीमा पुगेर भन्नुभयो ‘वास्तविक रुपमै दलित समुदायलाई साहारा दिने पार्टी एमाले नै हो ।’मतदाता घरदैलो कार्यक्रमअन्तर्गत सोमबार नेपालले मूलपानीको वडा नं ५, ६ र ९ का मतदाताहरुसँग भेटघाट गर्नुभएको थियो ।







