तलगंगा आखा प्रतिष्ठान को नया दर्ता साखाको कम्प्युटर बिग्रिएर टोकन सिस्टम नचलेपछि आज बिहान करिव २ घण्टा सम्म आखा जाच गर्न गएका बिरामीले सास्ती खेप्नु परेको छ । बिहान ८ बजे देखि नया नाम दर्ता कार्य सुरु गरिनु पर्नेमा १० बजे सम्म पनि सुरु नहुदा करिव २०० जना नया बिरामीहरुलाई समस्या परेको हो,टोकन सिस्टमनै नचले पछि १० बजे देखि मुखले नै टोकन नम्बर बोलाउदै दर्ता सुरु गरिएको थियो।बिरामीले के भएको हो भनि सोध्दा त्यहा बसेका सहयोगीहरुले कम्प्युटरलाई चिसो लागेको भन्दै जबाफ दिएका थिए। पुरानो दर्ता कार्य भने सुचारु नै थियो तर ८ बजे देखि सुरु भनिएता पनि १५(२० मिनेट ढिला गरि सुरु गरिएको थियो।खास के भएर त्यस्तो समस्या आएको हो भनि बुझ्न जादा त्यहा बसेका सेक्युरेटी अफिसर आर बि रानाले सबै खुलाउन चाहेनन् उनले भने ुकम्प्युटर मा सानो समस्या आएको हो एकैछिन मा हुन्छु। तर बिहानको दर्ता समय अवधि भरिनै टोकन सिस्टम मा समस्या देखिएको थियो। जाच गराउन गएका केहि बिरामीले भने जहिले पनि एक एक निहु बनाएर अस्पतालले लापरबाही गर्ने गरेको गुनासो पनि गरे।


मंगलबार आयोजना भएको एक कार्यक्रममा मोडल तथा नव नायिका शिल्पा पोख्रेल वार्डरोप मालफक्शनको शिकार भएकी छन् । काठमाण्डौमा बढ्दै गरेको जाडोमा पनि शिल्पा वन पिस पहिरनमा आकर्षक देखिएकी थिइन् । तर बस्ने समयमा आफ्नो पहिरन नसम्हालेपछि उनले भित्रि बस्त्र देखाइहालिन । सार्वजनिक कार्यक्रममा छोटो पहिरनमा पुग्ने अधिकांश नायिकाहरुले क्यामेराबाट बच्नको लागि निक्कै सजकता अपनाएका हुन्छन् ।कतिपय चर्चाकै लागि यस्तो कुरामा सजगता देखाउदैनन् भने कतिपय भने थाहा नपाई वार्डरोप मालफक्शनको शिकार बन्न पुगेका हुन्छन् ।
onlinekhabar.com लिइएको तस्बिरहरु यस्तो छ
onlinekhabar.com लिइएको तस्बिरहरु यस्तो छ
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको प्रतिवेदनले नेपालमा भ्रष्टाचार गएको वर्षभन्दा केही कम भएको देखिएको छ । विश्वका १ सय ७७ देशको आज एकै पटक सार्वजनिक गरिएको प्रतिवेदनमा ३१ अङ्क पाउँदै नेपाल १ सय १७ औं स्थानमा रहेको प्रतिवेदनले जनाएको छ । आज राजधानीमा एक कार्यक्रम गरी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष विष्णुबहादुर क्षेत्रीले गएको वर्षभन्दा अङ्क केही बढी पाउनु सकारात्मक भए पनि भ्रष्टाचारको अवस्था उस्तै रहेको बताउनुभयो । नेपालले गएको वर्ष २७ अंक पाएकोमा यस वर्ष ३१ अंक पाएको हो । भ्रष्टाचार सूचकांकको औसत ५० अंक रहेकाले त्यो भन्दा कम अंक पाउने मुलुकमा भ्रष्टाचार व्याप्त रहेको मानिने ट्रान्सपरेन्सीको भनाइ छ । नेपालमा सार्वजनिक क्षेत्र, जवाफदेहिताको कमी भ्रष्टाचारीमाथि कारबाही हुन नसक्ने गरेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । यसवर्षको सूचीमा डेनमार्क र न्यूजिल्याण्ड कुल एकसय अंक मध्ये ९१ अंक पाउँदै सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बन्न सफल भएका छन् भने अफगानिस्ता, उत्तर कोरिया र सोमालिया ८ अंक प्राप्त गरी बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा समावेश भएका छन् । यसैगरी दक्षिण एसियाली मुलुकहरु मध्ये भुटानको ६३ अंक पाएको छ भने श्रीलंका, ३७, भारत ३६, पाकिस्तान २८ र बंगलादेशले २७ अंक पाएको छ । माल्दिभ्स भने सूचीमा समावेश नभएको जनाइएको छ । सूचकांकमा १०० अंकले कम भ्रष्टाचार भएको जनाउँछ भने ० ले धेरै भएको जनाउने पनि ट्रान्सपरेन्सीको विज्ञप्तिमा उल्लेख छ ।भ्रष्टाचार गर्ने मुलुकमध्ये नेपाल १ सय १७ औं स्थानमा
मङ्सिर ४ गते भएको संविधानसभा चुनावको समानुताकितर्फबाट राजनीतिक दलहरुले पाएको सिट सङ्ख्या निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगले आज चुनावमा भाग लिएका दलहरूलाई निर्वाचन आयोगमा बोलाएर प्राप्त मत र सीट सङ्ख्याका बारेमा जानकारी गराउदै एक साताभित्र नाम सिफारिस गर्न आग्रह गरेको हो । समानुपातिक तर्फबाट सिट पाएका ३० दलमध्ये २१ दलका प्रतिनिधि आयोगमा पुगेनि एकीकृत नेकपा माओवादीसहित नौ दल अनुपस्थित थिए । दलहरुसँगको छलफलपछि निर्वाचन आयोगले पत्रकार सम्मेलन गरि आज अनुपस्थित भएका दलहरू पनि एकदुई दिनमै आयोगसँग सम्पर्क गरि नाम बुझाउने विश्वास व्यक्त गरेको छ । तोकीएको समयभित्र दलहरुले नामावली नबुझाए त्यसपछिको प्रवाधान के छ ? भन्ने संचारकर्मीहरूको प्रश्नमा प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले कुनै संवैधानिक र कानुनी व्यवस्था नभएकोले दलहरुलाई पर्खिनुको विकल्प नभएको बताउनुभयो । साथै उहाँले यसपालीको चुनावमा ४ अर्ब ८४ करोड रुपैया खर्च भएको जानकारी दिनुभयो । चुनावमा प्रत्यक्ष तर्फ ७८ दशमलव ३४ र समानुपातिक तर्फ ७९ दशमलव ८४ प्रतिशत मतदाताले मतदान गरेको र त्यसमध्ये प्रत्यक्ष तर्फबाट ८ दशमलव ९ प्रतिशत र समानुपातिक तर्फबाट ३ दशमलव २ प्रतिशत मत बदर भएको आयोगले जानकारी दिएको छ ।
![]() |
दाङ क्षेत्र नम्बर १ को ताजा परिणाम
काँग्रेस पार्वता डिसी चौधरी ७१७६
एमाले रेवतीरमण शर्मा ५९१०
एमाओेवादी नारायणी शर्मा ४५८८
दाङ क्षेत्र नम्बर ३ ताजा मतपरिणाम
काँग्रेसका राजु खनाल १४००४
एमालेका लक्ष्मण आचार्य ७२७८
एमाओवादीका निर्मल आचार्य ६६४२
दाङ क्षेत्र नम्बर ४ ताजा मतपरिणाम
काँग्रेसका बुद्धिराम भण्डारी ९९४०
एमालेका शंकर पोखरेल ७६९१
एमाओवादीका राजमी चौधरी ४४३३
दाङ क्षेत्र नम्बर ५ को ताजा मतपरिणाम
काँग्रेसका दिपक गिरी ९२७६
एमालेका उत्तरकुमार वली ६१६५
एमाओवादीका धीरज शेर्पाइली ४४११
काँग्रेस पार्वता डिसी चौधरी ७१७६ एमाले रेवतीरमण शर्मा ५९१०
एमाओेवादी नारायणी शर्मा ४५८८
दाङ क्षेत्र नम्बर ३ ताजा मतपरिणाम
काँग्रेसका राजु खनाल १४००४
एमालेका लक्ष्मण आचार्य ७२७८
एमाओवादीका निर्मल आचार्य ६६४२
दाङ क्षेत्र नम्बर ४ ताजा मतपरिणाम
काँग्रेसका बुद्धिराम भण्डारी ९९४०
एमालेका शंकर पोखरेल ७६९१
एमाओवादीका राजमी चौधरी ४४३३
दाङ क्षेत्र नम्बर ५ को ताजा मतपरिणाम
काँग्रेसका दिपक गिरी ९२७६
एमालेका उत्तरकुमार वली ६१६५
एमाओवादीका धीरज शेर्पाइली ४४११
धनुषा १कांग्रेस दिनेशप्रसाद पर्सैला यादव २८९९
स्वतन्त्र सर्वण यादव ३६५५
एमाओवादी रामचन्द्र झा १३०५
एमाले रत्नेश्वर गोइत १२५०
धनुषा २
कांग्रेस रामकृष्ण यादव ३५६०
एमाओवादी रामचन्द्र मण्डल २३८४
एमाले भोला साह १६९५
धनुषा ३
कांग्रेस विमलेन्द्र निधी २३१७
एमाले जुली महतो २२९४
एमाओवादी हरिदेव मण्डल ६०७
धनुषा ४
सद्भावना सञ्जयकुमार साह ३५८२
कांग्रेस रामसरोज यादव ३३०४
तमलोपा वृशेषचन्द्र लाल ७५३
धनुषा ५
एमाले रघुवीर महासेठ ७५१
कांग्रेस चन्द्रमोहन यादव ५२१
एमाओवादी विजय यादव ३११
धनुषा ६
कांग्रेस प्रेमकिशोर साह १९०९
राप्रपा नेपाल मनोज मल्ल १३५८
एमाले योगनारायण यादव ११३१
धनुषा ७
एमाले शत्रुधन महतो २०५०
कांग्रेस बासुलाल महतो १७९७
एमाओवादी रामकुमार महतो १४४३









