''नेताको अभाव महसुस गर्ने छ भने अर्कोतिर मधेसको राजनीतिमा एजेण्डाका आधारमा राजनीति अघि बढाउने नेताको पनि कमी महसुस''
त्यसैले उनी माऊबिहीन भएर छटपटाईरहेका फोरम गणतान्त्रिकका नेता कार्यकर्तालाई फकाई फुलाई गरेर घर फर्काउने दाउमा छन् । आफ्नो गिरेको साखलाई फेरि पुरानै ठाउँमा ल्याउन सकिन्छ भन्ने उनको आशा पलाएको छ । बाबुराम भट्टराईलाई साथ दिनकै लागि पार्टी फुटाएर सिंहदरबार कुदेका जेपीले मधेसका सबैलाई उछिन्दै हालिमुहाली गर्न थालेको बदला लिने बेला पनि यही हो ।
११ फागुन, काठमाडौं । जेपी गुप्ता भ्रष्टाचारको आरोपमा जेल जाँदा अरुलाई भन्दा बढी खुशी उपेन्द्र यादवलाई बनाएको छ । एकजना भ्रष्टाचारी जेल परे भनेर मात्रै उनलाई सन्तोष लागेको होइन ।
आफूलाई धोका दिंदै पार्टी फुटाएर गएको मान्छे बल्ल ठेगान लाग्यो भनेर उनलाई गद्गद् बनाएको हो । संविधानसभा चुनावमा मधेसको सबैभन्दा ठूलो शक्ति भएर उदाएको आफ्नो पार्टीलाई स्वाट्सुट्टै चोइटाएर ठुटो बनाएको बदला लिने उपयुक्त अवसर भएको छ यादवलाई अहिले ।
भमधेसी राजनीतिमा ढिलो आएर पनि रजाईं गर्न सफल एका जेपीको त्यो खाली ठाउँमा उभ्याउन यादव मात्रै होइन, विजयकुमार गच्छदार पनि कान ठाडा पार्दैछन् । एकातिर उपेन्द्रको पार्टी सहभागी नभएको मधेसी मोर्चाले पनि दह्रो नेताको अभाव महसुस गर्ने छ भने अर्कोतिर मधेसको राजनीतिमा एजेण्डाका आधारमा राजनीति अघि बढाउने नेताको पनि कमी महसुस हुने देखिन्छ । यस्तो अबस्थामा जेपीको स्थान कसले लिन्छ भनी मधेसी पार्टीका नेता कार्यकर्ता अड्कलवाजी गर्न थालेका छन् ।
जिल्ला अस्पताल बैतडीमा नियमित रुपमा कल्चर सेवा शुरु भएको छ । गतसालदेखि कल्चर सेवा शुरु भए पनि आवश्यक उपकरणको अभावमा सो सेवा नियमित रुपमा संचालन हुन सकेको थिएन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आवश्यक उपकरण प्रदान गरेपछि कल्चरसेवा शुरु भएको जिल्ला अस्पताल बैतडीका ल्याब टेक्निसयन ईश्वरी भुषालले जानकारी दिनुभयो । अञ्चल अस्पतालमा प्राप्त हुने सेवाहरुलाई जिल्ला अस्पताल मार्फत संचालन गर्नका लागि कल्चर सेवालाई नियमित गरिएको हो । बिरामीहरुलाई कुन प्रकारको औषधि प्रयोग गर्न उपयुक्त हुन्छ भन्ने कुराको पत्ता लगाउनका लागि कल्चर सेवा सुचारु गरिएको उहाँले बताउनुभयो । बैतडीमा कल्चर सेवालाई नियमित गर्ने क्रममा बैतडी पुग्नु भएका राष्ट्रिय जनस्वासथ्य प्रयोगशालाका माइक्रोबायोलोजिस्ट विष्णु उपाध्ययाले कल्चर सेवा शुरु भएकाले औषधिका कारण हुने प्रतिरोध नहुने बताउनुभयो । प्रयोगशालाको स्तरोन्नती गर्ने कार्यक्रम अनुसार जिल्ला अस्पताल बैतडीमा रहेको प्रयोगशालालाई उपकरण सहयोग गरिएको उहाँले बताउनुभयो । जिल्ला अस्पताल बैतडीमा कलेजो, मृगौलाको जाँचहरु नियमित रुपमा हुने उहाँले बताउनुभयो ।



