विगतमा भएको उच्च मुद्रस्फीतिले उपभोक्तामा मार्कामा परिरहेका बेला यसपालि भने चार वर्षपछि पहिलो पटक मूल्यवृद्धि ७ प्रतिशतभन्दा कम हुने देखिएको छ । यसले उपभोक्तालाई केही राहत पुग्ने छ ।
खाद्य वस्तुको मूल्यमा आएको गिरावटका कारण यो सम्भव देखिएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्षको ६ महिनामा मूल्य वृद्धि ६ दशमलव ८ प्रतिशत छ ।
यसअघि २०६४ माघ अन्तिममा मूल्य वृद्धि ६ दशमलव ४ प्रतिशत थियो । यस वर्ष सरकारले मूल्य वृद्धिलाई ७ प्रतिशतमा सीमित राख्ने प्रक्षेपण गरेको छ ।
केन्द्रीय बैंकका तथ्यांकमा उपभोक्ता मुद्रास्फीतिलाई खाद्यान्नको प्रभाव कम भएको र गैरखाद्य वस्तुको बढेको देखिन्छ । यसअघि मूल्य वृद्धिमा सबैभन्दा ठूलो योगदान खाद्यान्नको महँगीले दिँदै आएको थियो ।
६ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचक ४ प्रतिशतले र गैरखाद्य तथा सेवा समूहको सूचक ९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष सोही समयमा यस्तो वृद्धि क्रम १७ दशमलव ६ र ६ दशमलव २ प्रतिशत थियो ।
यस वर्ष खाद्यान्न उत्पादन राम्रो भएको र भण्डारमा समेत उपलब्ध रहेकाले मूल्य घटेको राष्ट्र बैंकले जनाएको छ । 'यस वर्ष बन्द हडताल कम भएको र खाद्यान्नको उत्पादन पनि राम्रो भएकाले यो समूहको मूल्य वृद्धि कम भएर समग्रमा असर परेको हो,' राष्ट्र बैंकका एक अधिकारीले भने । यसका साथै भारतमा घटेको खाद्यान्नको मूल्यले समेत नेपालमा महँगी घटाउन सहयोग गर्ने राष्ट्र बैंक बताउँदै आएको छ ।
भ्वाइस ओभर इन्टरनेट प्रोटोकल -भिओआइपी) प्रविधि प्रयोग गरी अन्तर्राष्ट्रिय कल छल्ने गैरकानुनी कार्यमा एनसेलको ७१ प्रतिशत सिम कार्ड प्रयोग भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबी) ले जनाएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा सिआइबी प्रमुख उपेन्द्रकान्त अर्यालले 'भिओआइपी प्रविधि प्रयोग गरी अन्तर्राष्ट्रिय कल छल्ने कार्यमा एनसेलको ७० प्रतिशतभन्दा बढी सिम कार्ड भएको अनुसन्धानले देखाएको' जानकारी दिए ।
अनुसन्धानका क्रममा सिआइबीले अन्तर्राष्ट्रिय कल छल्न प्रयोग भएका १५ हजार ६ सय ५१ थान सिमकार्ड बरामद गरेको थियो । त्यसमध्ये ११ हजार १ सय ५ थान -७० दशमलव ९५ प्रतिशत) सिम एनसेलका छन् । त्यसैगरी नेपाल टेलिकमका ३ हजार ४ सय ३६ थान -२१ दशमलव ९५ प्रतिशत) सिम, युटिएलको ९ सय २९ थान -५ दशमलव ९३ प्रतिशत) सिम र १ सय १५ थान -० दशमलव ७३ प्रतिशत) स्काई/स्मार्ट सिम कार्ड अन्तर्राष्ट्रिय कल छल्न प्रयोग भएको सिआइबीको विवरणमा उल्लेख छ ।
विदेशी सिम समेत प्रयोग भएको अनुसन्धानले देखाएको छ । 'अन्तर्राष्ट्रिय कल छल्न ६६ थान विदेशी सिम प्रयोग भएको भेटिएको छ,' डिआइजी अर्यालले भने । यो संख्या अन्तर्राष्ट्रिय कल छल्न प्रयोग गरिएका कुल सिम संख्याको करिब ० दशमलव ४३ प्रतिशत हो ।
सिआइबीले अन्तर्राष्ट्रिय कल छल्न प्रयोग भइरहेका ३४ स्थानमा छापा मारी ७० जना पक्राउ गरेको जनाएको छ । प्रहरीले करिब ३ वर्षयता काठमाडौंका १६ र ललितपुरका ९ सहित उपत्यका बाहिर ११ स्थानमा छापा मारी ५४ नेपाली, १३ बंगलादेशी र ३ चिनियाँ नागरिक पक्राउ गरेको थियो । प्रहरीले उपत्यका बाहिर रुपन्देही, धनुषा, सुनसरी, सिरहा, झापा, पर्सा र मकवानपुरमा छापा मारेको थियो । 'संख्यामा थोरै देखिए पनि अनुसन्धानबाट भिओआइपी प्रविधि प्रयोग गरी अन्तर्राष्ट्रिय कल छल्न चिनियाँ नागरिक मास्टर माइन्ड भएको पत्ता लागेको छ,' अर्यालले भने, 'चिनियाँ नागरिक अन्तर्राष्ट्रिय कल छल्न बंगलादेश पुगेको र उनीहरूबाट प्रशिक्षित बंगलादेशी नेपाल आएर अन्तर्राष्ट्रिय कल छल्ने गैरकानुनी काम गरेको देखिएको छ ।'
अर्यालले अन्तर्राष्ट्रिय कल छल्ने काममा करिब १ सय ५० जना संलग्न भएको अनुमानको आधारमा अनुसन्धान सुरु गरिएको बताए । 'अनुसन्धानबाट १ सय ५ जना व्यक्ति अन्तर्राष्ट्रिय कल छल्ने काममा संलग्न भएको देखियो,' उनले भने, 'त्यसमध्ये ३५ फेला परेका छैनन् ।'

''नेताको अभाव महसुस गर्ने छ भने अर्कोतिर मधेसको राजनीतिमा एजेण्डाका आधारमा राजनीति अघि बढाउने नेताको पनि कमी महसुस''
त्यसैले उनी माऊबिहीन भएर छटपटाईरहेका फोरम गणतान्त्रिकका नेता कार्यकर्तालाई फकाई फुलाई गरेर घर फर्काउने दाउमा छन् । आफ्नो गिरेको साखलाई फेरि पुरानै ठाउँमा ल्याउन सकिन्छ भन्ने उनको आशा पलाएको छ । बाबुराम भट्टराईलाई साथ दिनकै लागि पार्टी फुटाएर सिंहदरबार कुदेका जेपीले मधेसका सबैलाई उछिन्दै हालिमुहाली गर्न थालेको बदला लिने बेला पनि यही हो ।
११ फागुन, काठमाडौं । जेपी गुप्ता भ्रष्टाचारको आरोपमा जेल जाँदा अरुलाई भन्दा बढी खुशी उपेन्द्र यादवलाई बनाएको छ । एकजना भ्रष्टाचारी जेल परे भनेर मात्रै उनलाई सन्तोष लागेको होइन ।
आफूलाई धोका दिंदै पार्टी फुटाएर गएको मान्छे बल्ल ठेगान लाग्यो भनेर उनलाई गद्गद् बनाएको हो । संविधानसभा चुनावमा मधेसको सबैभन्दा ठूलो शक्ति भएर उदाएको आफ्नो पार्टीलाई स्वाट्सुट्टै चोइटाएर ठुटो बनाएको बदला लिने उपयुक्त अवसर भएको छ यादवलाई अहिले ।
भमधेसी राजनीतिमा ढिलो आएर पनि रजाईं गर्न सफल एका जेपीको त्यो खाली ठाउँमा उभ्याउन यादव मात्रै होइन, विजयकुमार गच्छदार पनि कान ठाडा पार्दैछन् । एकातिर उपेन्द्रको पार्टी सहभागी नभएको मधेसी मोर्चाले पनि दह्रो नेताको अभाव महसुस गर्ने छ भने अर्कोतिर मधेसको राजनीतिमा एजेण्डाका आधारमा राजनीति अघि बढाउने नेताको पनि कमी महसुस हुने देखिन्छ । यस्तो अबस्थामा जेपीको स्थान कसले लिन्छ भनी मधेसी पार्टीका नेता कार्यकर्ता अड्कलवाजी गर्न थालेका छन् ।
जिल्ला अस्पताल बैतडीमा नियमित रुपमा कल्चर सेवा शुरु भएको छ । गतसालदेखि कल्चर सेवा शुरु भए पनि आवश्यक उपकरणको अभावमा सो सेवा नियमित रुपमा संचालन हुन सकेको थिएन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आवश्यक उपकरण प्रदान गरेपछि कल्चरसेवा शुरु भएको जिल्ला अस्पताल बैतडीका ल्याब टेक्निसयन ईश्वरी भुषालले जानकारी दिनुभयो । अञ्चल अस्पतालमा प्राप्त हुने सेवाहरुलाई जिल्ला अस्पताल मार्फत संचालन गर्नका लागि कल्चर सेवालाई नियमित गरिएको हो । बिरामीहरुलाई कुन प्रकारको औषधि प्रयोग गर्न उपयुक्त हुन्छ भन्ने कुराको पत्ता लगाउनका लागि कल्चर सेवा सुचारु गरिएको उहाँले बताउनुभयो । बैतडीमा कल्चर सेवालाई नियमित गर्ने क्रममा बैतडी पुग्नु भएका राष्ट्रिय जनस्वासथ्य प्रयोगशालाका माइक्रोबायोलोजिस्ट विष्णु उपाध्ययाले कल्चर सेवा शुरु भएकाले औषधिका कारण हुने प्रतिरोध नहुने बताउनुभयो । प्रयोगशालाको स्तरोन्नती गर्ने कार्यक्रम अनुसार जिल्ला अस्पताल बैतडीमा रहेको प्रयोगशालालाई उपकरण सहयोग गरिएको उहाँले बताउनुभयो । जिल्ला अस्पताल बैतडीमा कलेजो, मृगौलाको जाँचहरु नियमित रुपमा हुने उहाँले बताउनुभयो ।