आज गाउँकै हजुआमा पर्ने मेरो घरमा आउनु भयो । र मसँग धित मरुन्जेल
रुनुभयो । हजुआमाको रुवाइले मेरो मन पनि रोयो । लाग्ने मान्छे कठोर हुन्छ
भन्छन् तर मलाई बिश्वास लाग्दैन । भावना हो आँसु कसैको दुःख पीडामा यो
पग्लेर पानी बनेर बग्ने गर्दछ । त्यही भयो आज मेरो आँखामा । वृद्धावस्थातिर
उकालो चढ्दै गरेकी ती हजुरआमाको अनुहारमा हेर्छु । वर्षायामको झरी जस्तै
वगिरहेछ आँसु आँखाबाट ।
गाउँमा उनीहरुको जीवन सामानय र अनुकरणीय थियो पहिले । सबैजना उनीहरुलाई आदर गर्थे । तीन जनाको सुखी र आदर्श परिवार थियो । विहान सखारै उठ्थे दुबै बुढाबुढी नै । बुढा गोठधन्दामा लाग्थ्यो । बुढीचाहिँ घरधन्दातिर लाग्थिन् । गोठधन्दा सकेपछि घर नजिकैको धारामा स्नान गरी धोती फेरेर पूजा कोठामा गइ पूजाआजा गर्थ्यो । त्यसपछि एकआधा घण्टा रामायण गरिसक्दा बुढीले चिया पकाइसकेकी हुन्थिन् । बुढा चिया खाई लाग्थ्यो खेतिपातीको काम गर्न खेततिर ।
बुढाबुढीको जाय जन्मको रुपमा एउटा मात्र छोरो रत्नको जन्म भएको थियो । रत्न एउटा मात्र छोरो भएकोले केही काम लगाउदैनथे उनीहरु । तर पुलपुलिएर हो कि किन हो उसले एसएलसी पनि पास गर्न सकेन । अरु साथीहरु क्याम्पस पढ्न सहरतिर लागे ऊ भने एउटा गाडी किनेर गाडी चलाउन थाल्यो । त्यसको केही वर्ष पश्चात बुढाबुढीले रत्नको विहे धुमधामसँग गरेका थिए । वेहुली भित्र्याएपछि मसँग बुढाले अर्थात हजुवुवाले भनेका थिए हेर नाति हाम्रो घरमा पनि लक्ष्मी भित्रिन् । अब दुःखका दिन गए हाम्रा । तर छ महिना नपुग्दै ती बुढी अर्थात हजुरआमाको आँखामा आँसु देख्दा छक्क पर्छु म । उसको आँखाको आँसुको मुहान पत्ता लगाउन खोज्छु ।
किन रुनुभएको हजुआमा म प्रश्न गर्छु ।
बुढेसकालमा दुःख पाइने भो बाबु । रुँदै भन्नुहुन्छ ।
चारजनाको सुखी परिवार छ ठूलो परिवार पनि हैन । सम्पति पनि टन्नै छ किन दुःख पाउनु र खोतल्ने प्रयास गर्छु ।
सम्पतिले हुँदोरहेनछ बाबु । घरमा सबैजना मिलेर बस्न सकियो भने मात्र सुखले जीवन बित्ने रहेछ । अझै पनि हजुरआमाको आँखाबाट आँसु बग्दै छ ।
भाउजू पनि राम्रो हुनुहुन्छ । रत्न पनि राम्रै हुनुहुन्छ । त्यस्तो नराम्रो त म देख्दिन नि हजुरआमा म सोध्छु । हामी दुबैजना एकअर्काका श्रीमतिलाई भाउजू भनेरै सम्बोघन गर्छौ ।
के गर्नु र बाबु रुप मात्रै राम्रो भएर हुन्न रैछ वानी पनि राम्रो चाहिने रहेछ । छोरा आफ्नो भएपनि बुहारी आफ्नो हुँदोरहेनछ । फेरि छोरा पनि विहे गरे पछि अर्कै हुँदोरहेछ । सुँक्कसुँक्क गर्दै भन्नुहुन्छ ।
कस्तो होला यो संसार । आइमाइ-आइमाइ कहिले पनि मिल्न नसक्ने । मैले जाने बुझेँ र सुनेँ अनुसार जति पनि ब्यवहारिक मामलामा कलह र झगडा भएका छन् । ती सबै स्वस्नी मान्छेबाटे भएका छन् । के एक आपसमा मिलेर समझदारीमा आफ्नो समस्याको समधान गर्न सकदैनन् यिनीहरु ती आइमाई आफैँ हुन् पहिले एउटी प्यारी छोरी। पछि कसैको श्रीमती बुहारी सासू र सौता हुने । त्यही आइमाई घरबाट छोरी भएर माइत जाँदा आफू बुहारी भएको बिस्रदै आमासँग भउजु वा बुहारीको कुरा काटेदै दिन बिताउने आफ्नो जन्म दिने आमाबाबुलाई भूलि सासूससुराबाट श्रीमानलाई अलग गराउने कुनै दिन आफू पनि बुहारी भइ वुहार्तन खपेको बिर्सी बुहारीलाई सास्ती दिने र त्यही आइमाइ हो आइमाइकै श्रीमान खोस्न सौता भएर जाने । किन यस्तो हुन्छ यिनीहरुले नजानेर हो वा बुझ पचाएर आखिर आइमाइहरुले कति दिनसम्म लाग्नेमान्छे माथि दोष थुपार्ने हुन् भाइ फुटे गवार लुटे भनेझैँ भएन र हामीलाई अधिकार दिएनन् । अवसर दिएनन् । हामीलाई वरावर हक दिएनन् । के सबै कुराहरु लोग्ने मान्छेले कुम्ल्याएर राखेका छन् आफू सक्षम भए के लोग्ने मान्छेहरुले प्रतिस्थापित गर्न सक्थे अंशअंश भनेर आन्दोलन् गर्ने ठाउँमा उच्च शिक्षा अनिवार्य छोरीलाई दे भनेर भन्न किन कन्जुस्याइँ गर्छन् आफू सक्षम वा स्वाबलम्वी हुने कुरा किन उठाउदैनन् के सबैभन्दा ठूलो कुरो अंशै हो त यो त दिदीभाइ दाजुबहिनी वीच फाटो ल्याउने एउटा माध्यम होइन र माइतीचेली वैमन्यष्यता उब्जाउने बाटो भएन र यो किन घरधन्दे र कोठे कुरालाई लिएर एकआपसमा जोरीपारी हुन्छन् यस्ता धेरै कुराहरु उब्जायो मनमा ती बुढी हजुरआमाको रुवाइले । र अर्को सर्वब्यापी हुने स्वास्नीको कुरा किन सुन्छन् लोग्ने मान्छेहरु आफ्नो मातृत्व भूलेर । हुने कुरा पो सुन्नु पर्छ त । हुने नहुने सबै कुराहरु सुनेर हुन्छ मष्तिष्कमा तर्कवितर्क चलिरहन्छ ।
हजुरआमाको कुरा सुन्दासुन्दै टोलाउन पो पुगेछु । झल्यास्स हुन्छु । र फेरि सोध्छु ।
रत्नले केही भन्नुहुन्न त भाउजूलाई ?
के भन्थ्यो र बाबु । स्वास्नीले जसो भन्यो उसै । के गर्नु पहिले जानिएन । एउटा छोरो भइहाल्यो भनियो । अरु जन्माउनलाई बुढाले भन्दाभन्दै पनि मैले मानिन । आज यो गति भो । तिम्रो त हाम्रो रत्नेको जोइपोइ साथी हो । तिमीले सम्झाइदिन मिल्छ नि । लौन बाबु सम्झाइदेऊ । मान्छे र अन्नले पेट भर्ने भए अलि वुद्धि पलाउथ्यो कि आशा राख्नुहुन्छ ममाथि ।
भइहाल्छ नि । म आश्वासन दिन्छु ।
ल बाबु म जान्छु घरतिर । सबै घरधन्दा लथािलंग होला । बाचुन्जेल लाउनुखानु परिगो । उठ्दै भन्नुहुन्छ ।
भाउजूले धन्दा गर्नुहुन्न र म प्रश्न गर्छु ।
त्यस्तो गरेर घरब्यवहार मिलाउने काम गरे किन मेरो मन यसरी रुन्थ्यो होला । एउटा भाको छोरो थोत्रो गाडी लिएर हिड्छ । महिना दुई महिनामा आउँछ । बुहारी भने राम्राराम्रा लुगा लगाएर घुम्न जाने घर बसे सुत्ने र कोठाबाटै ननिस्कने । हामी गाउँको मान्छे खेतीपाती गर्नै परिगो । त्यतिका गाईबश्स्तु छन् । नगरौँ र नपालौँ भने पनि नहुने । आम्दानीको स्रोत भनेको त्यही हो । के गर्नु र बाबु । तिम्रो हजुरबा कहिले अधेँरो मुख लाएको देखेको थिइन तर आज बुढाको आँखामा आँसु देख्दा मेरो मन कसरी बुझ्छ उभिएर यति भनिसकेपछि लाग्छिन् घरतिर ।
हजुरआमा घरतिर गएपछि मेरो दुईवर्षे छोरीसँग खेलेर बस्छु । र हेर्छु अवोध छोरीको मुहारमा । के मेरी छोरी पनि हजुरआमाहरु अर्थात सासूससुराहरुलाई रुवाउने हुन्छिन् होला त भगवानसँग पूकारा गर्छु । कहिले त्यस्तो बुद्धि नआवस् घर भाड्ने किसिमको ।
भन्नलाई त हजुरआमालाई उसको छोरा बुहारीलाई सम्झाइदिन्छु त भनेँ तर कसरी सम्झाउने हो । म असमन्जस्य मा पर्छु । अर्काको घरायसी मामलामा चासो लिनु त्यति राम्रो होइन भन्छ मेरो मनले । फेरि सुत्ने बेलामा श्रीमतीलाई भन्छु हजुरआमाले भनेका कुराहरु । तर घरबुढीले भनिन् "तपाईँ मात्र हुनुहुन्छ उनीहरुलाई सझाइदिन अरु कोही छैनन् ? उसका दाजुभाइहरु छन् त उनीहरुले सम्झाइदे हुँदैन? वेकारमा दुश्मनी कमाउनलाई वाठो हुनु पर्दैन । कम्तकी छिन् ती रत्निनी दिदी!" म मेरी अर्धािगनीको कुरा स्वीकार्छु । म पनि त्यही लोग्ने मान्छे र त्यही आइमाईको श्रीमान न परेँ । त्यही पनि रत्नलाई चाहिँ भन्नुपर्ला भन्ने निर्णय गर्छु र ऊ आउने बाटो हेरेर बस्छु ।
मेरो मनले एउटा कुनाबाट मधुरो प्रश्न गर्छ के हजुरआमाले भनेझैँ एकभन्दा बढी बढी छोरा बुहारी भए यो रडाको हुँदैन थियो होला घरमा कि बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधैमाथि भनेजस्तै हो ।

सँगै हिँड्दाहिँड्दै उनको हातमा मुठी परेको मोबाइलमा घन्टी बज्यो ।
निकैबेरसम्म बज्न दिइरहिन् तिनले । एकपल्ट नम्बर हेरेर नउठाई हिँडिरहिन्
लुरुलुरु । पूरै घन्टी बजेर थाकेको मोबाइल फेरि थाल्यो बज्न । मैले भनेँ,
'उठाउन मीरा ! किन दुःख दिएको त्यसलाई ?
सँगै हिँड्दाहिँड्दै उनको हातमा मुठी परेको मोबाइलमा घन्टी बज्यो । निकैबेरसम्म बज्न दिइरहिन् तिनले । एकपल्ट नम्बर हेरेर नउठाई हिँडिरहिन् लुरुलुरु । पूरै घन्टी बजेर थाकेको मोबाइल फेरि थाल्यो बज्न । मैले भनेँ, 'उठाउन मीरा ! किन दुःख दिएको त्यसलाई ?
बिस्तारै फोनलाई कानमा लगिन् र बोलिन्, 'हेल्लो !'
उतापट्टिबाट मसिनो पुरुष आवाज आयो ।
मोबाइलको आवाजसँगै उनको हिँडाइको गति धिमा भएको थियो । उनको हिँडाइको गतिलाई असहयोग गर्दै म अघि बढेँ ।
बिहानको कलिलो घामसँगैको सहनसकिने चीसो हावा शरीरका विभिन्न भागलाई र्स्पर्श गर्दै बगिरहेको थियो । बाटाका दुवै किनारमा आधाशताब्दि उँभो उमेर खाएका स्त्रीपुरूषहरू एक्लाएक्लै वा संयुक्त यात्रामा देखिन्थे । कोही खोच्याउँदै, कोही लट्ठी टेक्दै, कोही दौडँदै, कोही छिटोछिटो अघि बढिरहेका देखिन्थे । छिटै पुग्न खोजेझैँ देखिन्थे प्रायः सबैजना । नमस्ते गर्दै, हात उठाउँदै, कुकुर पच्छयाउँदै, धमाधम भएको थियो बिहानलाई । प्रायः एकै प्रकारका परिचित अनुहारहरू, एउटै समयमा भेट हुन्थ्यो, तै पनि कतिसँग चिनजान, परिचय आदि बिनै पनि बितिरहेको थियो समय । धेरैजसो परिचित बोल्ने सर्न्दर्भमा बन्द-हडताल र महँगीको विषय शिर्षकमा देखिन्थ्यो ।
मीरा र मेरो यो 'प्रातयात्रा' सुरू भएको पनि झन्डै चार वर्षभइसकेको छ । उमेरको हदले जागिरबाट अवकास पाएपछि पूर्णकालीक गृहवासपछि यस यात्राले निरन्तरता पाएको हो । जागिरे अवधिमा बसाइको अव्यवस्थाले गर्दा प्रायः खटाइएको ठाउँमा एक्लै बस्ने गरेको थिएँ । आफूसँगसँगै भुरालाई पनि स्कुल सरुवा गरिरहँदा उनीहरूको पढाइ बिग्रने हुनाले आमा र केटाकेटीलाई घरमै छाडेँ । प्रायः लामै जागिरे जीवन मैले एक्लै बिताएँ भने पनि हुन्छ । यस एक्लो जागिरे यात्रामा खाने, सुत्ने, कुनै कुरा पनि व्यवस्थित थिएनन् । साथीभाइहरूका लहैलहैमा लागेर खाने, खेल्ने कुरा पनि सिकियो । मनले बेठीक ठान्दाठान्दै पनि घरलाई ढाँटेर बेकामे कुरामा पैसा खर्च गरियो । पैसा खर्च भएको अर्को दिन मनमा निराशा र पश्चाताप झाँगिएर आउँथे । श्रीमती र छोराछोरीको अनुहार आँखामा नाच्दथ्यो । साथीभाइका अघि नजरशर्मी हुने भएर बेकारमा गरिएको खर्चको हिसाब आज दिमागमा बारम्बार आइरहन्छ ।
श्रीमती र छोराछोरीहरूमाथि अगाध स्नेह र प्रेम हुँदाहुँदै पनि आँखाको बाटो हुँदै मनको पर्दामा अनेक अनुहारहरू स्थापित हुँदै आउँथे । इच्छा र रहर नहुँदानहुँदै पनि कताकताबाट प्रेमजस्तो कुरा उम्रिदै आएको हुन्थ्यो । कुनै बेला कार्यालयका महिला साथीहरू, कुनै बेला डेरा वा घरपटीका छिमेकीहरू, कुनै बेला खाना वा खाजा खाने क्यान्टिनका सेविकाहरू आँखाबाट मनतिर ओर्लिंदै गरेको अनुभव हुन्थ्यो । उनीहरूको आफूसँग हुने प्रस्तुतिले कतिकति बेला आफूलाई सबैभन्दा धेरै माया गर्ने तिनै हुन् कि जस्तो लगी मन बहकिने गर्दथ्यो । महिलाको नबाँधिएको फुकेको कपालजस्तो जति बेला पनि असरल्ला छरिने यस मनले कैयौँ रूप र सौर्न्दर्यको यात्रा गर्यो । मानसिक रूपमा आकषर्णको यात्रामा घुम्दाघुम्दै एकाएक नराम्रो गरी अल्झिएको मन एउटा पीडाको लामो यात्रामा हेलिन पुग्यो । छोप्दाछोप्दै पनि त्यो कुनै कुनाबाट बिस्तारै देखिँदै गएछ । प्रेम एउटा यस्तो अनौठो र अप्ठ्यारो अनुभूति हो, जसलाई सकेसम्म लुकाउन मन लाग्छ र लुकाउनु नै पीडापूर्ण पनि हुँदै जान्छ । प्रेम कहाँ उम्रिन्छ र त्यो कसरी झाँगिदै जान्छ भन्ने कुरा कसैले भन्न सक्छ जस्तो मलाई लाग्दैन । कुनै काल, स्थान र उमेर विशेषले नबाधिने यस अनुभूतिले आक्रान्त हजारौँ मनस्थितिहरू जतासुकै असरल्ल देख्छु, अचेल म । सबै कुरा थाह भईभईकन पनि खेल्न मन लाग्ने कस्तो अप्ठ्यारो खेल हो यो । जब म एकान्तमा हुन्छु, एक्लै हुन्छु, उमेरको यस खुडि्कलामा अप्ठ्यारो गरी टेकेर पनि विगतको रङसँग खेल्न मन लाग्छ ।
घरमा भएका श्रीमती र छोराछोरीहरू गृहस्थीका महान् सदस्यहरू रहे पनि तिनीहरूका अतिरिक्त यस मनमा अर्कै स्वतन्त्र पात्रसत्ताको अनुभूति भइरहन्छ सधैँ । पत्नीबाहेक अरू कसैसँग शरीरसुखको अनुभव साटासाट गरेको नभए पनि मनको तहमा प्रेमका अनेक पर्दाहरू खुल्दै बन्द हुँदै गरिरहन्छन् ।
जोगिँदाजोगिँदै पनि प्रेमको अनौठो जालमा म फँसेछु नराम्रै गरी । उमेर, अवस्था र स्तर केही पनि मिल्दोजुल्दो थिएन । तिनीसँग बिहे गर्ने, घरजम गर्ने वा सँगै जीवन बिताउने इच्छा पनि थिएन । कहिलेदेखि कसरी म एकोहोरिएछु थाहै भएन । आफूलाई साधारणजस्तो लागेको कुरा देख्नेलाई असाधारण हुँदै गएछ । एक दिन एकाएक श्रीमती बिनाखबर डेरामा आइपुगिन् । उनको यो आगमन मेरा लागि ठूलै आपत्तिजस्तो भयो । उनी यसरी एकाएक बिनासूचना आउनाको कारण सोधेँ, उनले त्यस प्रश्नको खासै उत्तर दिइनन् । केवल मुसुक्क हाँसेर भनिन्, 'दिक्क लाग्यो, एक्लै बस्न, अनि...।'
केही दिन त्यत्तिकै बित्यो तर उनले घर फिर्ने लक्षणै देखाइनन् । एकदिन सोधेँ, 'मीरा ! घर जाने होइन - भुरा एक्लै छाडेर यहाँ कतिन्जेल बस्ने - उनीहरूको पढाइ बिग्रेला नि फेरि ।'
'भुराको पढाइ बिग्रिए अर्को वर्षसप्रिन्छ, ठूलाको बानी बिग्रिए कहिले सप्रिन्छ - म त अब नजाने गरी आएकी ।'
म झसङ्ग भएँ । अग्लो ठाउँबाट खसेझैँ । जुन कुरा लुकाउन म कत्ति प्रयत्न गरिरहेको थिएँ, उनले त्यसलाई निर्णय जस्तै सुनाइन् । आफैँसँग लाज, घिन र शरम उम्लिएर आयो । उनको अनुहार हेर्न कत्ति कठिन भयो त्यस क्षण । तर, उनको बुद्धिमानीको अगाडि म नतमस्तक भएँ । यस्तो अनौठो उपचार गरेकी थिइन् तिनले म आफैँभित्र पग्लिएर पानीपानी भएँ । त्यो साँझ मैले मीरालाई भनेँ, 'मलाई माफ देऊ, मैले आफैँलाई बिर्सिएँछु ।'
उनले भनिन्,'मैले किन माफ दिनु नि ! तपाईं आफूले आफैँलाई सम्झे भइगयो नि । म तपाईंलाई तपाईं को हो भन्ने सम्झाउन आएकी थिएँ । अब भोलि नै जान्छु ।'
नभन्दै भोलि बिहानै उठेर उनी बाटो लागिन् । आमा माइत गएको परबाट रुँदै हेरिरहेको भुराभुरी जस्तो मनको भएँ म त्यो दिनभरि । वास्तवमै मलाई त्यो दिन आफ्नो स्थितिको ज्ञान आफैँलाई झस्काउने गरी भयो ।
त्यसको एक हप्तापछि मैले त्यस कार्यालयबाट सरुवा लिइसकेको थिएँ । हिँड्ने बेलामा राधिका साह्रै रोइन् । मसँग उनलाई सम्झाउने कुनै शब्द थिएन । म उनलाई फेरि कुनै दिन लिन आउने कुरा पनि थिएन । हाम्रो प्रेमलाई झन्झन् झाँगिएको पार्ने रहर पनि थिएन । कुनै आश्वासन नै थिएन मेरो उनका लागि । खालि यत्ति मात्र भन्न सकेँ मैले, 'प्रेम र गृहस्थी एउटै कुरा होइन रहेछ राधिका ! मानिसले अन्तिम क्षणमा रोज्नुपर्दा गृहस्थी नै रोज्नुपर्ने रहेछ । प्रेमलाई छातीभरि निमोनियाजस्तो पालेर कहाँकहाँको गृहस्थीमा प्रवेश गर्नुपर्ने रहेछ । तिम्रो गृहस्थीको लागि शुभकामना ।'
उनी रोइरहेकी थिइन् । म लुरुलुरु गएर बसको सिटमा भरिएको थिएँ । यात्राभरि मेरा आँखा राधिकाकै आँशुले भिजेका थिए । कुनै बेला आफैँसँग रिस उठ्थ्यो, किन मैले त्यो कलिली केटीलाई सपना बुनिरहेको बेला भत्काउने आदेश दिइन । आमाले काखमा टाउको अड्याएर जुम्रा खोजिरहँदा फुस्स निदाएजस्तो म किन निदाएँ उनको अनौठो आग्रहसँग । मैले उनीमाथि सपना ओच्छ्याएको थिएन, तर के उनले मैलेजस्तै निरपेक्ष सपना बुनेकी थिइन् होला त ?
जे होस्, एउटै घटनाले म दुई नारी हृदयबाट फालिएको थिएँ । मीराको मनभित्र म एउटा प्राविधिक 'लोग्ने'मात्र थिएँ । राधिकाको मनमा म निष्ठुरताको प्रतीक । आज पनि मीराका अघि मलाई गहिरा भावुक कुराहरू गर्न लाज लाग्छ । मेरो भावको नाङ्गो रूप देखिसकेकी उनका अघि मैले आफ्नै उपस्थितिलाई उभ्याउन सकिन । केवल कर्तव्यको एउटा दिग्दार लाग्दो यात्रामा हिँडिरहेकी जस्तो लाग्छ मलाई उनी । मुखले आजसम्म एक शब्द तलमाथि नबोलेकी भए पनि उनका आँखामा गृहस्थीको निरसता सधैँ उभिएको देख्छु । कैयौँपल्ट मैले माफी मागिसकेँ, तर उनी मुसुक्क हाँसेर यसरी टार्छिन्, मलाई लाजको बर्कोले गम्ल्याङ्ग छोप्छ घरीघरी ।
निकैबाटो हिँडिसकेछु, आफ्नै हिजोको स्मृतिको लौरो टेकेर । पछि र्फकेर हेरेँ, मीरा निकै पर बिस्तारै हिँड्दै आइरहेकी थिइन् । आफूभन्दा पाँच वर्षकान्छी तिनी पनि तीन बीसको छेउछाउ पुगिसकेकी छिन् । बाईस वर्षीय चन्चले केटीलाई बेहुली बनाएर आफ्ना घरमा भित्र्याएका दिन तिनको अनुहार हेरेर कहिले अघाउँला र म, जस्तो लागेको थियो । वास्तवमा जीवनमा कहिल्यै विरक्तिको भाव उत्पन्न भएन उनीप्रति । उनको अनुपस्थितिमा मभित्र सलबलाएको स्वच्छन्द लोग्ने मान्छेप्रति सधैँ व्रि्रोह गर्थें म, तर त्यत्तिकै थाकेको हुन्थेँ ।
मेरो घरगृहस्थी सम्हाल्न आएकी यिनले वास्तवमा पार लगाइन् एउटा ठूलै डुङ्गा । दुई छोरा र दुई छोरी आ-आफ्नै गृहस्थीमा प्रवेश गरिसके । जागीर र गृहस्थीका सिलसिलामा कोही देशभित्र कोही देशबाहिर कर्मक्षेत्रमा व्यस्त छन् । हामी बुढाबुढीलाई आवश्यक खर्च र टेलिफोनमाया दिन उनीहरू कन्जुसी गर्दैनन् । आज हामी एकअर्काको भर भएका छौं ।
जति हेर्छु त्यति माया लाग्छ उनको । मैले यिनीसँग प्रेम त गरिन, तर माया भने सुरु देखि नै गरेँ । जतिबेला पनि माया लागिरहन्थ्यो, तर त्यो माया कहिल्यै प्रेमजस्तो थिएन । सम्झौताको संसारमा प्रेमको उपस्थिति नहुँदोरहेछ । कहिलेकाहीँ लाग्छ, मानिसले हजारौं वर्षेखि जपेर ल्याएको यो प्रेमको आखिर के उपयोगिता छ - के अर्थ छ ?
छेउमा आइपुगेकी तिनलाई नियालेर हेरेँ । अनुहार एकदम निराश र दुःखीजस्तो थियो । बिहान घरबाट निस्कँदाको उज्यालो अस्ताइसकेको थियो, यो प्रात भ्रमणको रङ थिएन अनुहारमा । हेरेँ तिनको अनुहारको रङमा कुनै गृहस्थी वा पारिवारिक पीडाबाट उत्पन्न अभिव्यक्ति थिएन । त्यो सदाको भन्दा अनौठो र अपरिचित थियो । पहिला पनि बेलाबेला त्यस्सै उदाउँथ्यो उनको अनुहारमा त्यस्तो उदासी । अनि बिस्तारै हराउँदै गएको देखिन्थ्यो । उनको अनुहारमा उदाउने खुसी वा उदासी दुवैको कारण सोध्ने आँट मलाई कहिल्यै आएन । मैले उनको अनुहारमा हेरिरहँदा, उनले आफ्नो अनुहार भुइँतिरमात्र घोप्ट्याउँदै हिँडिरहिन् ।
घरमा आइपुग्दा पनि उनको उदासी हराएको थिएन । बाटामा मैले उनलाई भुलाउन के-के, के-के, भनिरहेँ तर ती कुनै कुरा पनि उनले मन दिएर सुनेजस्तो लागेन । यही बेला खेरीखेरी के सोधिरहनु, पछि आफैँ भन्लिन् नि भन्ने सोचेँ ।
साँझमा घर आइपुग्दा पनि मीराको अनुहार झन् अँध्यारो थियो । मनमा चीसो पस्यो । उनलाई केले त्यस्तो पार्यो होला ! सधैँ कस्ताकस्ता पीर लुकाएर हाँस्न सक्ने उनी झन्झन् अँध्यारिएकी थिइन् ।
मैले दुइटा मात्र रोटी खाएँ आज । सदा चारवटा खान्थेँ । उनले त एक गिलास दूधमात्र खाइन् । त्यत्तिकै घरको वातावरण अप्ठ्यारो भएको थियो । सोचेँ, 'अब धेरैबेर चुप लाग्नु हुँदैन, सोध्नुपर्छ ।'
तर मैले केही सोध्नै परेन । छेउमा आएर बसेकी उनी एकाएक मेरो कुममा टाउको अड्याएर रुन थालिन् । अलमल्ल भएँ म । मनमा चीसो पस्यो । केही ठूलै कुरा भएको हुनुपर्छ भन्ने लाग्यो । एकैचोटि मनमा अनेकौँ शङ्का उपशङ्काहरू उम्रिएर आए । आफैँबाट यो कुनै गल्ती भयो कि भनी चारतिर मन डुलाएँ ।
उनको टाउकोमा हात खेलाउँदै भनेँ,'किन यसरी रोएकी मीरा ! बिहान फोन आएदेखि नै तिमी दुःखी देखिन्छ्यौ, कसको फोन थियो त्यो ?'
अनौठो पाराले हेरिन् उनले मेरो अनुहार । पहिलोपल्ट उनी मलाई राम्ररी चिन्न खोजिरहेकी छिन् जस्तो लाग्यो । मेरा दुबै हात समातेर बडो दयनीय अनुहारले अनुनयपूर्वक बोलिन्, 'आज ३ बजे उनको देहान्त भयो । भोलि बिहानै हस्पिटल जौँ न है ।'
एकदम नै दबिएको र डराएको जस्तो थियो उनको आवाज ।
म अलमल्ल भएँ । सोधेँ, 'कसको देहावसान भयो ?'
मेरो आँखामा एकोहोरो हेरिरहिन् । तिनका आँखा कस्ताकस्ता अनौठा र एकोहोरो जस्ता थिए । कुनै प्रेत लागेको बिरामी धामीका अघि एकोहोरिएजस्तै एकोहोरी भएकी थिइन् तिनी । विस्तारै भनिन्, 'कहिलेकाहीँ फोनमा कुरा हुन्थ्यो । बिरामी छु भन्थे, तर यति चाँडै सकिएलान् भन्ने सोचेकी थिइनँ ।'
कहाँकहाँ हेरेर एक्लै आफैँसँग बोलेझैँ भन्दै गइन्, 'सधैँ जीवनका बारेमा सम्झाइरहन्थे । गृहस्थीको महत्व दर्शाइरहन्थे । प्रेमको अर्थ बुझाइरहन्थे । तपाईं नहुँदा पनि फोनबाट तपाईंका बारेमा सोधिरहन्थे, तपाईंको ख्याल राख्नु भनिरहन्थे । मलाई एक्लै एकान्तमा रमाइरहन पुग्ने उनी साथी थिए । तपाईंको गृहस्थीले टम्म भरिएकी म, उनको प्रेमले रमाएकी थिएँ ।'
पागल बरबराएझैँ गर्न लागिन् । मैले दुबै हातले उनको कुम हल्लाएँ ।
झसङ्ग भइन् उनी । एकछिनपछि आँखाको आँसु पुच्छदै भनिन्, 'मैले सारा जिन्दगी तपाईंलाई दिएँ । यो घरलाई संसार बनाएँ । तपाईंको सुखका लागि समर्पित भएँ । भोलि एकपल्ट तपाईं मेरा लागि समय दिनोस् । म उनको अन्तिमपल्ट अनुहार हेर्न चाहन्छु ।'
उनी मेरो काखमा घोप्टिएकी थिइन् । म कत्तिबेलासम्म रनभुल्लमा परेँ । निकैबेरपछि के भयो के भयो । त्यस्सै मन बटारिएर आयो । आँखा त्यत्तिकै भरिए आँसुले । उनको टाउको उठाएर अनुहार हेर्दै भनेँ, 'हुन्छ साथी ! भोलि बिहान म तिम्रो प्रेमीको मलामी जानेछु । तिमीसँगै यो शोकमा सामेल हुनेछु ।'
राति ब्युझिदा पनि उनी भित्तातिर फर्किएर ठूलोठूलो सास फेरिरहेकी थिइन् । नाक पुछिरहेकी थिइन् ।

Rakhi Sawant doesn't
seem to stop harping about how she's the original item girl. In fact,
not too long ago, Rakhi even took a dig at Malaika Arora Khan and Katrina Kaif about them doing item numbers.
But while Rakhi believes that Malaika and Katrina can't sizzle like she does, the item girl secretly seems to be aping Malaika. Or why else would she ask one of Malaika's costume designers to design the exact same thing for her too? When fashion designer Ashley Rebello, who designed for Malaika in Dabangg, when asked about Rakhi Sawant, he said, "It is better we don't talk about her. Every time I design something for Malaika Arora-Khan, the next day Rakhi calls me and asks me to design the same thing for her." Wonder what Rakhi has to say to this.

Television actor Sushant Singh Rajput seems to have benefitted from the fallout between Farhan Akhtar and filmmaker Abhishek Kapoor. Farhan and Abhishek worked together for their 2008 release, Rock On!!,
but if rumours are to be believed, Abhishek waited for Farhan's dates
for his next, Kai Po Che! for two years, after which the filmmaker had to rope in an all new cast and production house.
The episode worked in Sushant's favour because he auditioned for the
role originally meant for Farhan and immediately bagged it. For this
film, he even let go of offers from big banners, says a source. The
insider confirms, "He had to sign a three-film contract with the current
production house. This role really excited him." The film, based on
Chetan Bhagat's novel Three Mistakes of my Life, stars Sushant, Amit Sadh and Raj Kumar Yadav (of Ragini MMS fame)
along with Amrita Puri (of Blood Money). The cast and crew have wrapped
up their schedule in Ahmedabad and are headed to Hyderabad.
Interestingly, they shot at Ahmedabad's Sabarmati grounds where Daniel
Craig's latest James Bond movie, Skyfall, was scheduled to be shot but they couldn't secure permission. "The
ground is very sacred as it is related to Mahatma Gandhi. We feel that
this is the reason why the Bond team was denied permission to shoot
there," says a source from the film unit. The shooting of KPC
was stalled for a while in Ahmedabad because of the extreme heat.
Incidentally, both Sushant and Amit had to be hospitalised and the
shooting resumed only after the duo was fit to face the camera again.
The scenes were shot at real locations without any sets being created. One of Amit's close friends
reveals that when Amit bagged this role, he was just recovering from
his break-up with Neeru Bajwa. "But he is a happy man now. He had spent
years to build Neeru's career and now that she has broken up with him,
he wants to concentrate on his career."
चौथौं दिनमा सुटिङ चलिरहेको फिल्म 'मञ्जरी' का चार फिल्मकर्मी अत्याधिक
तापक्रमले गर्दा बिरामी हुन पुगे । शनिबार ४४ डिग्री तापक्रम भईंदिंदा सहन
नसकेर बिरामी भएका फिल्मकर्मीलाई हस्पिटल नै भर्ना गर्नुपर्यो ।
निकै गर्मी स्थान मानिने बुटवलमा छायाँकनरत फिल्मका कलाकार सरिता भण्डारी,
सहायक निर्देशक किशोर भट्ट र स्पट व्याय बिष्णु मैनाली ताप सहन नसकेपछि
बेहोसै हुने गरेर बिरामी भएका हुन् । उनीहरू बिरामी भएपछि निर्माण युनिटले
स्थानिय सिटी अस्पतालमा उपचार गराएको थियो । अहिले सकुसल भई उनीहरूले
आफ्नो कामलाई निरन्तरता दिईसकेका छन् ।फिल्मको कथा नै बुटवल क्षेत्रमा घटेको यथार्थ घटना भएकाले सुटिङ सोही
स्थानमा गर्नु परेकाले गर्मी सहेर भएपनि काम गर्न बाध्य भएको निर्देशक गणेश
देब पाण्डेले फिल्मीखबरलाई जानकारी गराए । उनले भने, '४४/४५ डिग्री
तापक्रममा सुटिङ गर्न गार्हो त हुन्छ नै तर पनि हामी राम्रो प्रोडक्ट
निकाल्न मेहनतका साथ गरिरहेका छौं ।' बुटवल, भैरहवा र नारायणगढमा २५ दिनको
सेड्यूलमा काम गरेर युनिट काठमाण्डौ फर्कने निर्देशक पाण्डेले बताए ।
यता दुई दिन काम गरेर फिल्मकी कलाकार रष्मि भट्टले युनिटलाई थाहै नदिई
अर्को सुटिङमा गई दिंदा निर्माण युनिट अर्को तनावमा पर्यो । निर्देशक
पाण्डे भन्छन्, 'उहाँले अर्को फिल्ममा पनि एग्रिमेन्ट गर्नुभएको रहेछ
त्यसैले अर्को युनिटबाट चर्को दबाब आएकाले उहाँ जानु भाको हो र त्यसपछि
हामीले उहाँको सट्टामा कोपिला थापालाई एग्रिमेन्ट गरि काम गराईसक्यौं ।'
कलाकारहरू प्रोफेस्नल नभईंदिदा फिल्मकर्मीले यस्ता दु:ख बेलाबेला बेहोर्दै
आउनु परेको यथार्थता रहेको पाण्डेको भनाई छ ।टुका इन्टरटेन्मेण्टको व्यानरमा नरेश पाण्डे र महेश चालिसेले निर्माण
गरिरहेको सो फिल्ममा गौरव पहाडी र सुजाता कोईराला मुख्य भुमिकामा छन् । यि
दुई नयाँ अनुहारले टिनेजर केटाकेटीको प्रेमकथालाई प्रतिनिधित्व गर्दै अभिनय
गरेका छन् । साथमा टिका पहाडी, बिष्णु रिजाल, सरिता भण्डारी र कोपिला
थापाको मुख्य भुमिका रहनेछ । कालिप्रसाद बाँस्कोटाको संगीत र गम्भिर
बिष्टको करियोग्राफी रहने सो फिल्ममा भारतबाट आएका नेपाली महेश पौडेललाई
सिनेमाटोग्राफरको जिम्मा दिईएको छ । महेशलाई क्यामेरामा केहि भारतिय
प्राबिधिकले साथ दिएका छन् ।
स्क्रिप्टमा ज्यादा अष्लिलता देखिएको भन्दै चलचित्र विकास बोर्ड
अर्न्तगतको स्क्रिप्ट छनोट समितीले फिल्म `9 O`Clock` को स्क्रिप्ट खारेज
गरिदिएको छ । सामाजिक मर्यादालाई ख्याल नगरी स्क्रिप्ट बनाईएको भन्दै
खारेज गरिएको समिती सदस्य सुरेश दर्पण पोखरेलले फिल्मीखबरलाई जानकारी गराए
।
केहि दिन अगाडी टाईटल दर्ता नगरी सुटिङ गरेको भन्दै विकास बोर्डले उक्त
फिल्मको सुटिङ रोकेको थियो । तर अहिले आएर स्क्रिट पनि पास नभए पछि फिल्म
निर्माण युनिट तनावमा रहेको छ । समिती सदस्य दर्पणका अनुसार निर्माण
युनिटले स्क्रिप्ट खारेज भएपछि नयाँ स्क्रिप्ट ल्याएको थियो तर फिल्मको नाम
दर्ता नयाँ प्रक्रियाबाट गर्नु पर्ने भएपछि सो फिल्मको सुटिङ अगाडी बढ्न
सकेको छैन ।
निर्माण युनिटले अब नयाँ स्क्रिप्ट दर्ता गरि फिल्म सुटिङ गर्नुपर्ने
हुन्छ । `9 O`Clock` को एक साता जति सुटिङ भईसकेको थियो । अहिले आएर सुटिङ
रोक्नु पर्दा निर्मातालाई ठूलो घाटा लागेको छ । शुरूमा फिल्मको नाम 'A 69'
राखिएको थियो तर बोर्डले सो नाम अश्लिल भएको भन्दै परिवर्तन गर्न सल्लाह
दिएपछि युनिटले '9 O'clock' राखेको हो ।
यस्तै स्क्रिप्ट छनोट समितीले भक्त मुभि मेकर्सको फिल्म 'वार' को
स्क्रिप्ट पनि खारेज गरेको छ । सो फिल्मको स्क्रिप्टमा पनि अष्लिल भएको
भन्दै खारेज गरिएको सदस्य दर्पणले बताए । समितीले अहिले थुप्रै स्क्रिप्टको
अध्ययन गरिरहेको छ र ति मध्ये केहि फिल्मको स्क्रिप्ट खारेज हुन सक्ने
बताएको छ ।
उदयपुरको सदरमुकाम गाईघाटस्थित एक होटलमा
पेप्सीको बन्द बोतल भित्र अखाद्य वस्तु फेला परेको छ । २ सय ५० मिलिलिटरको
पेप्सीको बोतल भित्र स्वादिस्ट प्रिति नामको स्विट सुपारीको २ वटा प्याकेट
भेटिएको हो ।
बसपार्क लाईनको एक खाजा पसलमा ग्राहक दिपक पराजुलीले पेप्सी खाने क्रममा
उक्त वस्तु फेला पारेका हुन । ग्राहकलाई दिन निकालेको पेप्सीको बन्द बोतल
भित्र पलास्टिकको खोल भेटेपछि होटल सञ्चालकले स्थानीय सञ्चारकर्मीलाई खबर
गरेका थिए ।
करिव तीन ईन्च लम्वाई र दूई ईन्च चौडाईका दूई ओटा प्लाष्टिकका टुक्रा सहितका बोतल भेटिएको हो ।
एकीकृत माओवादीका नेताहरुले राजतन्त्र
फर्काउने योजना अन्र्तगत मोहन बैद्य पक्षले पार्टी विभाजन गरेको आरोप
लगाएका छन । राजधानीमा भएका छुट्टा छुट्टै कार्यक्रममा माओवादी नेताहरु
बर्षमान पुन र हरिबोल गजुरेलले राजतन्त्र फर्काउने योजना अन्र्तगत पार्टी
विभाजन गरिएको आरोप लगाए । राजधानीमा भएको कार्यक्रमपछि संचारकर्मीसँग कुरा
गर्दै अर्थमन्त्री समेत रहेका एमाओवादी नेता पुनले राजतन्त्र फर्काउने
योजना अन्र्तगत गोलमेच सम्मेलनको कुरा उठाइएको दाबी गर्नुभयो ।
आजै राजधानीमा भएको अर्को कार्यक्रममा
माओवादी पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले पनि राजतन्त्र फर्काउने
उद्देश्य र रिमको योजनामा पार्टी विभाजन गरिएको आरोप लगाउनुभयो । १२ बूँदे
सहमतिको विरोध गर्नुले पनि राजतन्त्र ब्यूत्याउँन खोजिदैछ भन्ने कुराको
पुष्टी गरेको उहाँको भनाई थियो ।गजुरेलले पार्टी विभाजन गर्नेहरु समय क्रममा पछुताउनुको विकल्प नहुने दाबी समेत गर्नुभयो ।
The United States expressed alarm that its protégés in the Egyptian
army were abusing hopes for democracy by ordering more military rule
just as the Muslim Brotherhood was claiming victory in the country's
first free presidential election.
The Islamists' self-assurance was contested by the other candidate in the run-off race, a former general who was prime minister when Hosni Mubarak was ousted last year by an army anxious to save itself from the revolution in the streets.
But there was still no result from the two-day poll, although independent officials privately spoke of a likely win for Islamist Mohamed Morsy over military man Ahmed Shafik.
Yet whatever the outcome - and one electoral supervisor said it might not be announced until Thursday - the new president was shorn in advance of much of his power by a decree issued by the ruling Supreme Council of the Armed Forces (SCAF) just as polling stations closed and two days after it had dissolved a new, Islamist-led parliament.
In protest, the liberal urban youth movements which were in the vanguard of protests at Cairo's Tahrir Square 16 months ago, as well as the Brotherhood and other supporters of the uprising, plan a major demonstration there later on Tuesday.
"This decree just makes plain the hegemony of SCAF," said Khaled Ali, a liberal lawyer eliminated in the first round of voting. "This decree strips the president of the powers he was elected to have and gives those to the military council."
The constitutional declaration, one more twist in Egypt's halting progress toward democracy since the Arab Spring, effectively means that a July 1 deadline promised for a handover to civilian rule has been reduced to semantics, since the new civilian president looks to be very close to powerless.
Liberals and Islamists called it a "military coup".
U.S. "DEEPLY CONCERNED"