पर्साको मिर्जापुर गाविसमा गएराति गाँजा तस्कर समूह र सशस्त्र प्रहरीबीच दोहोरो भिडन्त भएको छ। गाँजा लिएर भारततर्फ जाँदै गरेको तस्कर र सशस्त्र प्रहरीको टोलीबीच राति करिब १ बजेतिर भिडन्त भएको हो। गस्तीमा रहेको प्रहरीलाई लक्षित गरी तस्कर समूहले गोली चलाएपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको प्रहरी चौकी मिर्जापुरका प्रहरी सहायक निरीक्षक वासु खड्काले जानकारी दिए।सो क्रममा प्रहरीले १३ राउण्ड हवाइ फायर गरेको र तस्कर समूहले नौ राउण्ड फायर गरेको पनि उनले जानकारी दिए। सो भिडन्तमा मानवीय क्षति नभएपनि सशस्त्र प्रहरीले एक क्विन्टल ५० किलोग्राम गाँजा बरामद् गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय पर्साले जानकारी दिएको छ।
यसैगरी सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयअन्तर्गतको भिस्वाको टोलीले गएराति नै भिस्वा-३ का स्थानीय मडल मियाँलाई तीन किलो चरेशसहित पक्राउ गरेको जनाएको छ।
यसैगरी विषालु सर्पको टोकाइबाट बाराको अमृतगन्ज-३ खजानीमा गएराति स्थानीय ३५ वर्षीय विनोद मुखियाको मृत्यु भएको छ।
सर्पको टोकाइबाट सिकिस्त बिरामी परेका मुखियाको प्रारम्भिक उपचार कलैया अस्पतालमा भएको थियो। त्यसपछि थप उपचारको लागि अस्पताल ल्याउने बित्तिकै आज बिहान उनको मृत्यु भएको नारायणी अस्पताल वीरगन्जले जनाएको छ। रासस
हरेक खानेकुराका आ–आफ्ना विशेषता छन् । तिनै खानेकुरामा पर्ने प्याजका आफ्नै विशेषता छन् । प्याजले यौनकार्यमा सकारात्मक प्रभाव ल्याउने तथ्य पत्ता लागेको छ । प्याजलाई तामसी भोजन वर्गमा राखिन्छ । उत्तेजनात्मक कार्यमा तीव्रता दिने गर्छ यसले । यद्यपि यौनक्षमता वृद्धिबाहेक अरुचि तथा अपचमा पनि प्याजले फाइदा नै पुर्याउँछ । यसबाहेक अन्य स्वास्थ्यसम्बन्धी समस्यामा पनि सकारात्मक प्रभाव पार्छ । शारीरिक सम्बन्धका दौरान हुने दुर्बलतालाई कम गर्न मद्दत पुग्छ । निम्न तबरले प्याजको सेवन गरिएमा फाइदा लुट्न सकिन्छ ।- सेतो प्याजको रस र अदुवाको रसमा मह या घ्यु ५–५ ग्राम मिसाएर दिनहुँ करिब एक महिनासम्म बिहान प्रयोग गर्ने । त्यस्तै, प्याजको रस र मह बराबर मात्रामा मिलाएर सर्वत बनाउने । १०–१५ ग्राम नियमित रूपमा सेवन गर्ने । यसले यौनक्षमता वृद्धि हुन्छ ।- शीघ्र स्खलनको समस्या हुनेका लागि पनि प्याज उत्तिकै लाभदायक छ । त्यसका लागि ५० ग्राम मह र सोही परिमाणको प्याजको रस मिसाएर सेवन गर्नु फाइदाजनक हुन्छ । यसको प्रयोग जाडो याममा २–३ पटक गर्न सकिन्छ भने गर्मीयाममा सूर्योदयभन्दा अगाडि एकपटक मात्र गर्नु राम्रो हुन्छ ।- वीर्यको मात्रा कम भएर सन्तानोत्पादनमा समेत प्रभाव परिरहेको हुन सक्छ । त्यस समस्याबाट छुटकारा पाउन प्याज पिसेर सख्खरसँग मिलाएर खाने गर्नुपर्छ । वीर्यको मात्रामा वृद्धि हुन्छ ।- कतिपयलाई यौनेच्छा नपलाउने समस्या पनि हुन सक्छ । यसबाट छुटकारा पाउन पनि प्याज उत्तिकै उपयोगी छ । एक किलो प्याजको रस, एक किलो मह, आधा किलो सख्खरसँग मिसाएर एउटा सफा डब्बामा राख्नुपर्दछ । एक महिनासम्म त्यसलाई नियमित सेवन गर्नाले यौनेच्छामा वृद्धि हुन्छ ।
सौर्य दैनिक ले छापेको छ
लागूऔषध विरुद्धको राष्ट्रिय अभियानमा महानायक राजेश हमालले सक्रिय भूमिका निर्वाह गर्ने भएका छन् । काठामाडौंको पश्चिम भेगमा दिनानुदिन बढ्दै गएको लागूऔषध सेवन कर्ता र बेचविखनलाई मध्यनजर गरी सामुदायिक सेवा मञ्च स्वयम्भु र सामुदायिक प्रहरी सेवा स्वयम्भुले संयुक्त रुपमा सञ्चालन गर्ने लागू औषध विरुद्धको राष्ट्रिय अभियानमा महानायक राजेश हमालले सक्रिय भूमिका निर्वाह गर्ने भएका हुन् ।विजेश्वरीको होटलमा भएको लागूऔषध विरुद्धको राष्ट्रिय अभियान कार्यक्रममा बोल्दै महानायक राजेश हमालले भने- लागू औषधले एउटा मानव जीवन मात्रै होईन एउटा घर बर्बाद हुन्छ, समाज र देश बर्बाद हुन्छ यस्तो विनाशकारी पदार्थ लागूऔषध नियन्त्रणको अभियानमा मेरो सक्रिय भूमिका रहने छ ।अनलाइन खबर डट कम् ले यो समाचार प्रकाशित गरेको छ
नवगठित नेकपा-माओवादी उपाध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्रीले पद त्याग नगरेसम्म देशमा सहमतिको वातावरण नबन्ने बताएका छन्। पद त्याग्न इन्कार गरिरहे आन्दोलनबाट प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाउने उनले चेतावनी दिए।
२० वर्षसम्म यही सरकार टिक्न सक्ने एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दहालको भनाईलाई चुनौती दिँदै सरकारको आयु बढीमा तीन महिनामात्रै रहेको उनले दाबी गरे।
नेकपा-माओवादीसहित साना दलहरु सम्मिलित नेपाल संघीय जनगणतान्त्रिक मोर्चाका संयोजकसमेत रहेका गजुरेलले शनिबार पाल्पामा मोर्चाद्वारा आयोजित गोलमेच छलफलमा बोल्दै भने 'राष्ट्रिय सहमतिको विकल्प छैन, सहमतिका लागि बाबुरामले कुर्सी छाड्नुको पनि विकल्प छैन।' सहमतिको प्रमुख बाधक सरकार रहेको भन्दै प्रधानमन्त्री भट्टराई पदमै रहेसम्म कुनै सहमति नहुने उनले प्रष्ट पारे। 'जबरजस्ती कुर्सीमै टाँसिए बाबुरामलाई घिसारेर सडकमा ल्याउँछौं, अब बाबुरामको राष्ट्रघाती लिला हेरेर बस्न सक्दैनौं।' वर्तमान सरकारले नेपाललाई असफल राष्ट्र बनाउन भुमिका खेलेको उनले आरोप लगाए।
संविधान सभाबाट संविधान नबन्नुमा प्रमुख चारदलको सिन्डिकेट कारण रहेको गजुरेलले बताए। 'चारदलको सिन्डिकेट अब मान्य छैन, सबै दलहरु एकैठाउँ बसेर गोलमेचबाट देशलाई निकास दिनुपर्छ। चारदलले मात्रै गरेको निर्णय स्विकार्य छैन।' संविधान सभा सदस्यहरुले समितिमार्फत् समयमै आफ्नो दायित्व पुरा गरेपनि विवाद समाधान उपसमितिले संविधान अड्काएको उनले आरोप लगाए। एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दहाल संयोजक रहेको विवाद समाधान उपसमितिले संविधान निर्माणको काम रोकेर जेठ १४ मा संविधान सभा भंग गर्न भुमिका खेलेको उनको भनाई थियो।
संविधान सभा पुनस्थापना मान्य नहुने भन्दै उनले आफूहरुले प्रस्ताव गरेजस्तै गोलमेच सम्मेलन उपयुक्त बिधि हुने बताए। 'गोलमेचको आव्हान राष्ट्रपति वा प्रधानमन्त्री जसले गरेपनि आपत्ति छैन,' उनले भने 'पुनस्थापित सभाबाट निकास निस्कने कुनै सम्भावना छैन
नागरिक न्युज डट काम ले यो समाचार प्रकाशित गरेको छ
स्पस्टीकरणको चित्तबुझ्दो जवाफ नआएपछि राष्ट्र बैंकले नेपाल बंगलादेश (एनबी) बैंकका सञ्चालकलाई ५ लाख रुपैयाँ जरिवानासहित कारबाही गर्ने भएको छ। सञ्चालकहरुलाई जरिवाना र बिगो तिर्न भन्दै डुबेको रकम उठाउन केन्द्रीय बैंकले निर्देशन दिएको हो।'सुशासनको पालना नभएकाले कारबाही गर्न लागिएको हो,' राष्ट्र बैंकका एक सञ्चालकले भने, 'सञ्चालकका भगिनी संस्थालाई ऋण दिएको लगायत समस्या बैंकमा छन्।'
गत वर्षको वासलातमा देखिएको कैफियत सुधार नगरेको, प्र्रक्रिया नपुर्याई ऋण अपलेखन गरेको, लिलाम बोलकबोलको बैना रकम फिर्ता गरेको लगायतबारे राष्ट्र बैंकले एनबीलाई स्पष्टीकरण सोधेको थियो। शुक्रबार एनबीले स्पष्टीकरणको जवाफ फर्काएको थियो।
स्पष्टीकरण पठाउँदै केही सञ्चालकले बैंकबाट राजीनामा गरिसकेका छन्। एनबी समूहका तर्फबाट सञ्चालक भएका लक्ष्मीबहादुर श्रेष्ठ र पुष्पराज राजकर्णिकारले राजीनामा गरेका हुन्। त्यसपछि रिक्त सञ्चालकमा एनबीले राष्ट्र बैंक सञ्चालक समितिबाट २६ दिनअघि अवकास पाएका शम्भुशरण कायस्थलाई चयन गरिसकेको छ। बैंकको ऋण नतिरेर कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका अर्का सञ्चालक विष्णुराज अधिकारी राजीनामा दिने तयारीमा छन्। कारबाहीबाट जोगिन एनबी समूहका सञ्चालकले राजीनामा गरेका हुन्। राष्ट्र बैंकको सञ्चालक समितिमा छउन्जेल कारबाहीबाट जोगाएका कायस्थलाई एनबीले हतारहतार सञ्चालक बनाएको हो। एनबी समूहले प्रवर्द्धन गरेका बैंक तथा वित्तीय संस्थालाई कारबाही सिफारिस सञ्चालक समितिमा लैजाँदा कायस्थले जहिले पनि त्यसलाई रोक्न 'लबिङ' गरेको स्रोत बताउँछ। 'कायस्थजीसँग एनबी समूहका बैंक वित्तीय संस्थाको कुरा आउने बित्तिकै बहस सुरु हुन्थ्यो,' उनीसँगै काम गरेका अर्का सञ्चालकले भने, 'उहाँले जसरी भए पनि कारबाही अगाडि बढ्न नदिने उपाय लगाउनुहुन्थ्यो।'
कायस्थ सञ्चालक बन्नुअघि राष्ट्र बैंकले बंगलादेश बैंकको ऋण खाएर नतिरेका सञ्चालकबाट २ अर्ब ५० करोड रुपैयाँ उठाएको थियो। २०६४ साउन ८ गतेबाट कायस्थ राष्ट्र बैंकको सञ्चालक बनेपछि एनबीबाट एक पैसा पनि उठ्न सकेको थिएन। एनबी समूहले बंगलादेश बैंक, नेपाल क्रेडिट एन्ड कमर्स र श्रीलंका मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई प्रवर्द्धन गरेको छ। यसमध्ये श्रीलंका नेपाल बंगलादेश बैंकसँग एक वर्षअघि मर्ज भएको हो।
आठ वर्षअघि पनि नेपाल राष्ट्र बैंकले एनबी बैंकलाई कारबाही गरेको थियो। राष्ट्र बैंकले तत्कालीन सञ्चालक समितिलाई खारेज गरेर व्यवस्थापन लिएको थियो। राष्ट्र बैंकले जिम्मा लिएपछि बैंकमा सुधार आएको थियो।
स्रोतका अनुसार सञ्चालकले आफंैले लिएको ऋण नतिरेर अपलेखन गरिएको छ। ४० करोड रुपैयाँको यस्तो ऋण अहिले ब्याजसहित ५० करोड रुपैयाँको हाराहारीमा पुगिसकेको छ। श्रीलंका मर्चेन्ट बैंकका सम्पूर्ण सम्पत्ति तथा दायित्व स्वीकार्दाको ९० करोड रुपैयाँ ऋण पनि यसैगरी अपलेखन गरिएको छ। त्यो ऋण सञ्चालकले लिएका थिए।एनबी समूहले नै प्रवर्द्धन गरेको श्रीलंका मर्चेन्ट बैंकबाट पनि सञ्चालकले आफैंले ऋण लिएर भुक्तानी गरेका छैनन्। यस्तो ऋण नउठाएर अपलेखन गरी वासलातबाट हटाइएको छ। 'गलत प्रक्रियाले अपलेखन गरिएको यस्तो ऋण उठाउन सञ्चालकलाई निर्देशन दिइसकेका छौं,' राष्ट्र बैंक उच्च स्रोतले भन्यो।
बैंकले सम्पत्ति लिलाम गर्दा बोलकबोलबाट बाहिरिएको आफ्नै संस्थाको बैना रकमसमेत फिर्ता गरेको छ। कम्पनीले ४ करोडको सम्पत्तिको लिलामीमा भाग लिन ४७ लाख रुपैयाँ बैना दिएको थियो। पछि लिलामीमा भाग नलिने भएपछि बैंकले पूरै रकम भुक्तानी गरेको थियो।
अन्तर्राष्ट्रिय अभ्यासअनुसारै पनि बैना रकम भुक्तानी गर्न मिल्दैन। 'आफ्नै कम्पनीलाई लिलामीमा भाग लिन लगाएर पछि बैना फिर्ता गरिएको छ। यो रकम उठाउन पनि निर्देशन दिएका छौं,' राष्ट्र बैंक स्रोतले भन्यो। लिलामी प्रक्रियामा एनबी समूहका अध्यक्ष लक्ष्मीबहादुर श्रेष्ठको तर्फबाट युनाइटेड विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रवीन्द्रबहादुर सिंह संलग्न थिए। उनी अहिले बैंकिङ कसुर ऐनअन्तर्गत जेलमा छन्।
'बैंकलाई घाटा गराएजति रकम फिर्ता गराउन निर्देशन दिएका छौं,' स्रोतले भन्यो, 'तुरुन्तै फिर्ता गर्नुपर्छ। नभए राष्ट्र बैंक थप कडा कारबाहीमा जान्छ।'
नागरिक न्युज डट काम ले यो समाचार प्रकाशित गरेको छ
चन्द्रमामा पहिलो पटक मानव पाइला टेकेको इतिहास राखेका अमेरिकी अन्तरिक्ष यात्री निल आर्मस्ट्रङको ८२ वर्षको उमेरमा शनिबार निधन भएको छ। ८२ औँ जन्मदिनको दुई दिनपछि अगस्त ७ मा मुटुको बाइपास सर्जरी गरेका उनको निधन भएको परिवारले पुष्टि गरेको छ।निधनको पहिलो खबर अमेरिकाको एनबीसी न्युजले दिएको हो। मुटुको शल्यक्रियापछि स्वास्थ्यमा देखिएको जटिलता उनको मृत्युको कारण बनेको अमेरिकी सञ्चारमाध्यमहरुले बताएका छन्। आर्मस्ट्रङले सन् १९६९ को जुलाई २० मा चन्द्र धरातलमा पहिलो पटक मानव पाइला राखेका थिए। उनी नासाको अपोलो ११ मिसनको कमान्डर थिए।
आर्मस्ट्रङको परिवारले पनि एक वक्तव्य जारी गर्दै भनेको छ- 'तपाईँहरुलाई निलको सम्मानमा के गर्न सकिन्छ भन्ने लागेको होला, अर्को पटक खुला आकाशमा चन्द्रमा तपाईँतिर मुस्कुराइरहेको देख्नुभएमा निल आर्मस्ट्रङलाई सम्झुनस् र आँखा झिम्क्याइदिनुस्।'
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले निधनको खबर सार्वजनिक हुने बित्तिकै वक्तव्य निकाली मानव धरातलमा पहिलो पटक पाइला टेक्ने अन्तरिक्ष यात्रीको मृत्युको खबरले आफूहरु दुःखी भएको बताएको छ।
आर्मस्ट्रङले चन्द्र धरातलमा पाइला टेकेपछि बोलेको वाक्यलाई मानव इतिहास कै सबैभन्दा चर्चित वाक्यका रुपमा लिइन्छ। त्यतिबेला उनले भनेका थिए- यो मान्छेको एउटा सानो पाइला हुन सक्ला, तर मानवताका लागि यो ठूलो फड्को हो।
नागरिक न्युज डट काम ले यो समाचार प्रकाशित गरेको छ
अर्घाखाँचीमा बाँदर भगाउन प्रहार गरेको गोली लागेर एक बालकको मृत्यु भएको छ ।
सिधरा–८, सिलिङखोला बस्ने ४५ वर्षीय गुप्तबहादुर पुलामीले बाँदरलाई प्रहार गरेको भरुवा बन्दुकको गोली आफ्नै १२ वर्षीय छोरा चित्रबहादुर पुलामीलाई लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
छोराको हत्या गर्ने गुप्तबहादुरलाई प्रहरीले भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको जनाएको छ ।
यो समाचारलाई सौर्य दैनिक ले छापेको छ् |
सिधरा–८, सिलिङखोला बस्ने ४५ वर्षीय गुप्तबहादुर पुलामीले बाँदरलाई प्रहार गरेको भरुवा बन्दुकको गोली आफ्नै १२ वर्षीय छोरा चित्रबहादुर पुलामीलाई लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
छोराको हत्या गर्ने गुप्तबहादुरलाई प्रहरीले भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको जनाएको छ ।
यो समाचारलाई सौर्य दैनिक ले छापेको छ् |
अज्ञात रोगका कारण कालिकोट जिल्लाको ख्मिना गाविसस्थित कालिका निमाविमा अध्ययनरत चार छात्राको मृत्यु भएको छ ।अज्ञात रोगकै कारण ६५ भन्दा बढी विद्यार्थी बिरामी परेका छन् । विद्यार्थी विरामी परे पछि भदौ–६ गतेबाट विद्यालय बन्द भएको प्रधानाध्यापक मानबहादुर बुढाले बताए ।कालिकोट जनस्वास्थ्य कार्यालयलाई बारम्बार जानकारी गराउँदा पनि वेवास्ता भएको बुढाले गुनासो गरे ।
स्थानीय बासिन्दाले रोगको उपचार गर्न माग गरेर स्थानीय प्रशासनमा निवेदन दिएका छन् ।
स्थानीय बासिन्दाले रोगको उपचार गर्न माग गरेर स्थानीय प्रशासनमा निवेदन दिएका छन् ।
A NATO airstrike in eastern Afghanistantargeting a group of insurgents near the Pakistani border killed at least 12 militants Friday, the international military coalition said.
Pakistani intelligence and Afghan officials said Mullah Dadullah, the self-proclaimed leader of the Pakistani Taliban in Pakistan's Bajur tribal area was killed, although they offered conflicting reports on the exact location of the strike. NATO could not confirm that a senior militant had been killed.
Conflicting reports out of the rugged and remote regions along the Afghan-Pakistan border are common shortly after an attack.Kunar provincial official Aslam Gul Mujahid said the airstrike killed 20 people, including Dadullah. Pakistani intelligence officials said Dadullah and 19 others were killed, but they said the airstrike took place in Pakistan's Bajur region, just across the border from Kunar.
The Pakistani intelligence officials, who spoke on condition of anonymity because they were not authorized to brief the media, said the strike occurred after a cross-border attack by Pakistani Taliban militants who came from Afghanistan.Two Pakistani militiamen also were killed, local tribesmen said on condition of anonymity out of fear for their safety.
The Pakistani intelligence officials said the militiamen and army soldiers fought the militants for hours but eventually repelled the attack.Pakistani Taliban spokesman Ahsanullah Ahsan claimed responsibility for the attack on the outpost in a telephone call to The Associated Press.
It was unclear whether Pakistani and coalition officials coordinated the strike or whether NATO fired on the militants after noticing activity on the border.Pakistan has criticized Afghan and U.S.-led coalition forces for not doing enough to stop cross-border attacks by Taliban militantsagainst targets inside Pakistan.Also in the east, authorities said Friday that insurgents kidnapped three Afghan soldiers and another man from a bus in eastern Afghanistan and killed all four.



.jpg)

