भक्तपुरको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिभिटी)
स्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट गएराति ५ लाख २३ हजार रुपैयाँ चोरी
भएको छ। सेफ बाहिर राखेको पैसा चोरिए पनि सेफ भने सुरक्षति रहेको प्रहरीले
बताएको छ। चोरी अभियोगमा प्रहरीले बैंककै सुरक्षागार्डलाई पक्राउ गरेको छ।
चोरले बैंकभित्र रहेको स्टिलको दराजभित्रको १०० भन्दा तलको नोटको बन्डल चोरेर लगेको हो। प्रहरीले बैंकका सुरक्षागार्ड काँडाघारी निवासी उत्तमबहादुर खत्रीलाई नियन्त्रिणमा लिई अनुसन्धान थालेको हो।
सेफ सुरक्षित रहेको र बाहिरको पैसा हराएको पाएपछि घटनामा बैंककै सुरक्षा गार्डको संलग्नता हुनेसक्ने शंका प्रहरीले गरेको छ। 'सेफ बाहिर राखेको पैसा चोरिएको हो', घटनाको पुष्टि गर्दै महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख नवराज ढकालले भने- 'अनुसन्धानका लागि गार्डलाई नियन्त्रणमा लिएका छौं।'
राति १० बजेदेखि ड्यूडीमा रहेका खत्रीले आज बिहान ५ बजे बैंक चोरी भएको प्रहरीलाई जानकारी गराएका थिए।
बयस्क फिल्मका कलाकारहरुले कण्डम लगाउनु पर्ने लस एन्जलसको कानुनलाई अमेरिकाको दुई ठूलो पोर्न कम्पनीले चुनौती दिएका छन् ।विविड इन्टरटेन्टमेन्ट र क्याफिल प्रोडक्सनले उक्त कानुन अमेरिकी संविधानको अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको दावी गर्दै अदालतमा मुद्दा दायर गरेका छन् । कण्डम नलाउने जन्मसिद्ध अधिकार भएको भन्दै विविडका संस्थापक स्टीवनले भनेका छन्(’यो कानुनलाई उल्टाउन म प्रतिवद्ध छु ।’ यो कानुन कार्यान्वयन भए आफूहरुको व्यापार चौपट हुने र गैरकानुनी ढंगले फिल्म बन्ने व्यवसायी तथा कलाकारहरु बताउँछन् । बेलायती पोर्न स्टार किरन ली भन्छन्(’घरमा पोर्न फिल्म हेर्नेहरु कण्डमका साथ पोर्न हेर्न रुचाउँदैनन् ।’
मेजर बी नामले परिचित उक्त कानुनलाई स्थानीय मतदाताले गत नोभेम्बरमा पारित गरेका थिए । यो कानून कार्यान्वयनपछि क्यालिफोर्नियामा बयस्क फिल्म बनाउन अनुपति लिँदा कलाकारले कण्डम लगाउने सर्त राखिन्छ । यो कानुनले बयस्क फिल्ममा काम गर्ने कलाकारहरुलाई एड्सबाट बचाउने एड्स हेल्थकेयर फाउण्डेसनले जनाएको छ
onlinekhabar.com
मोबाइल फोन अहिले आम सर्वसाधारणको पहुँचमा पुगेको छ। मोबाइलले आममानिसको
जीवनशैली परिवर्तन गरेको छ। मोबाइल प्रविधिको अहिलेको बढ्दो विकास हेर्दा
लाग्छ, कुनै दिन मानिसले कल्पनासमेत नगरेका कुरा यसले सम्भव बनाइदिनेछ।
हाई टेक आइफोन, एन्ड्रोइड फोन, विन्डोज फोन, ब्लाकबेरीजस्ता स्मार्ट फोनले
यो सम्भव बनाउँदैछ। यसो हुनुमा यसमा प्रयोग गर्न मिल्ने मोबाइल एप्लिकेसन
पनि प्रमुख कारण हो। विदेशी एपहरूसँगै नेपालमा पनि यस्ता एपहरू निर्माण
गरिएका छन्, जसले यसका प्रयोगकर्तालाई प्रत्यक्ष सहयोग गर्दै आएका छन्। नेपाल लोडसेडिङ
नेपाली जनता लोडसेडिङको मारमा छन्। यसबाहेक बिजुली आउने-जाने कुरा निकै ख्याल गर्नुपर्छ। अब भने लोडसेडिङ तालिका आफ्नो मो बाइल फोनमै उपलब्ध हुनेछ। त्यसका लागि आफ्नो स्मार्ट फोन एन्ड्रोइड अपरेटिङ सिस्टम हुनु आवश्यक छ। लोडसेडिङको हैरानी भोगिरहेका नेपाली विद्युत् उपभोक्तालाई लक्षित गरी यो एपको निर्माण भएको हो। नेपाल लोडसेडिङ नाम राखिएको यो एप्समा लोडसेडिङका लागि विद्युत् प्राधिकरणले बनाएका सातवटै समूह र तिनका तालिकासमेत उपलब्ध गराइएको छ। प्रयोगकर्ताले आफ्नो समूहको तालिकालाई होम स्क्रिनका रूपमा पनि राख्न सक्छन्। लोडसेडिङको समय थपघट हुनासाथ नयाँ तालिका डाउनलोड गर्न सकिन्छ। यो एप्सले लोडसेडिङ सुरु भएपछि कति समयपछि बिजुली आउँछ र बिजुली आएपछि कति समयपछि लोडसेडिङ सुरु हुन्छ भन्ने जानकारीसमेत दिन्छ। यो एप्स अफलाइनमा समेत चल्छ। यो एप्सको साइज २ सय ९४ केबीमात्र छ। यसबाहेक एप्पलमा बत्ती आयो नामको लोडसेडिङ तालिकाको एप्लिकेसन छ, जसमा आइओएस ५ इन्स्टल भएको आइफोन, आइप्याड र आइपड आवश्यक छ।
नेपाली क्यालेन्डर
क्यालेन्डर सबैलाई चाहिन्छ। कर्मचारी, विद्यार्थी, व्यापारीलगायत विभिन्न पेसामा आबद्ध व्यक्तिहरूका लागि यो एप बढी आवश्यक छ। कुनै पनि मिति थाहा पाउन अब क्यालेन्डरको आवश्यकता रहेन। नेपाली पात्रो नामको एपले हामीलाई चाडपर्वका बारेमा पनि जानकारी दिन्छ, यसले नेपाली र अंग्रेजी मितिलाई एक-अर्कामा परिवर्तन गर्न पनि मद्दत गर्छ। यो एपको आउटपुट नोकिया मोबाइल फोनमा अझ राम्रो दे खिन्छ। यसबाहेक नेपाली पात्रो नामको पनि एप छ जसलाई नेपाली युनिकोड र अंग्रेजी भाषामा हेर्न सकिन्छ। यसमा पनि विक्रम संवत्, नेपाल संवत् र इस्वी संवत् कन्भर्ट गर्न मिल्छ।
नेपाली एफएम
नेपाली एफएम फ्री एप हो। नेपालका सबै एफएमका आवाज यो एप बाट जहाँबाट पनि सुन्न सकिन्छ। जति राम्रो अनि महँगो मोबाइल भए पनि त्यसमा एफएम रेडियो हुँदैन। त्यसले एफएम रेडियो सुन्ने व्यक्तिलाई खल्लो लाग्न सक्छ तर पनि यसको विकल्पमा नेपाली एफएम एउटा एप हो जसले एफएम रेडियो आफ्नो मोबाइलमा सुन्न सम्भव बनाउँछ। यसका लागि आइफोन अपरेटिङ सिस्टम ४ दशमलव १ भन्दा माथिको हुनुपर्छ र डाउनलोड भएपछि यसलाई बजाउन वाइफाइ वा थ्रीजी कनेक्सन पनि आवश्यक हुन्छ।
टाइप नेपाली
नेपाली टाइप लेख्न मिल्ने एप नै टाइप नेपाली एप हो। नेपाली टाइप गर्न यो एपले साथ दिन्छ। यसको सहयोगले सजिलै नेपाली फन्ट टाइप गर्न सकिन्छ। टाइप नेपाली एप यसकै लागि बनेको हो भन्दा फरक पर्दैन। आफ्नो एप स्टोरमा निःशुल्क डाउनलोड गर्न सकिने यो एपले इन्टरनेट चलाउँदा नेपाली टेक्स्टमै लेख्न मद्दत गर्छ।
बाघचाल
मोबाइलमा थुप्रै विदेशी खेल खेलिन्छ। अब भने नेपालीले आफ्नै खेल मोबाइलमा मज्जाले खेल्न सक्छन्। नेपालीहरूबीच निकै लोकप्रिय खेल बाघचाल आफ्नै मोबाइलमा खेल्न मिल्ने एपको विकास भएको छ। बर्गाकार चार कुनामा बाघ हुन्छन् भने २० वटा बाख्रा हुन्छन्। दुई जनाबीच हुने यो खेल एन्ड्रोइड फोनमा एक्लै वा साथीसँग खेल्न सकिन्छ।
फन्टुस
फन्टुस देवनागरी लिपि इन्स्टल गर्ने र अक्षर परिवर्तन गर्ने एप हो। यो एपको मद्दतले हिन्दी, नेपाली र युनिकोड अक्षरहरू एन्ड्रोइड फोनमा प्रयोग गर्न सकिन्छ। अन्य अक्षर पनि यसमार्फत प्रयोग गर्न मिल्छ। यसका लागि रुट एक्सेस र बीजीबक्सको आवश्यकता भने पर्छ। नेटको आवश्यकता पर्ने यो एपमा युएसवी वा एसडी कार्डमा एप्स स्टोर गरिन्छन्।
मोबाइल बैंकिङ
हाम्रो दैनिक जीवनमा मोबाइल एउटा पाटो भएको छ। आर्थिक व्यवस्थापनका लागि पनि मोबाइलमा एपको विकास भएको छ। कुमारी बैंकले मोबाइल क्यास नामको पेमेन्ट प्रणाली लागू गरेको छ। यसबाहेक ग्लोबल बैंकले आफ्नो बैंकिङ कार्यका लागि ग्लोबल बंैक एप्लिकेसन नामको एप सञ्चालन गरेको छ। एप निर्माता स्वस्तिक प्रालिले आइफोन र एन्ड्रोइड फोनमा मिल्ने खालका ग्लोबल मोबाइल एप पनि निर्माण गरेको छ।
http://ekantipur.com/nep
विश्वमा मोबाइल फोनका प्रयोगकर्ताको संख्या निकै आश्चर्यजनक ढंगले बढिरहेको छ । साँच्चीकै पछिल्ला वर्षहरुमा विकाशशील देशहरुमा मोबाइल प्रयोगकर्ताको संख्या यति विघ्न बढेको रहेछ की त्यो सुन्दा पनि हैरान लाग्नसक्छ । हो विश्वमा पछिल्लो २० वर्षमा मोबाइल प्रयोग कर्ताको संख्या करोडौँ प्रतिशतले बढेको हो ।
तथ्यांक अनुसार चिनमा सन् १९९२ मा १ लाख ७६ हजार जनासँग मात्र मोबाइल रहेकोमा सन् २०१२ मा १ अर्ब १ करोड जना मानिससँग मोबाइल फोन छ ।यस्तै अमेरिकामा सन् १९९२ मा मोबाइल प्रयोग कर्ताको संख्या १ करोड १० लाख रहेकोमा अहिले ३१करोड भन्दा बढि मोबाइल प्रयोगकर्ता पुगिसकेका छन् ।
यस्तै इण्डोनेसियामा २० वर्षअघि केबल ३५ हजार ५ सय ४६ जनासँग मात्र मोबाइल फोन रहेकोमा अहिले त्यो संख्या २५ करोड पुगेको छ ।जापानमा सन् १९९२ मा १७ लाख भन्दा केही बढि मानिससँग मात्र मोबाइल फोन थियो, जबकी सन् २०१२ मा १२ करोड १२ लाख जना जापानीको हातमा मोबाइल फोन छ । जर्मनीको कुरा गर्दा २० वर्ष अघि झण्डै १० लाख जना मोबाइल प्रयोगकर्ता रहेकोमा अहिले झण्डै एघार करोड छन् ।रोचक मोबाइल इतिहास त बंगलादेशको छ । २० वर्षअघि केबल अढाइ सय बंगलादेशी सँग मात्र मोबाइल फोन थियो । जबकी अहिले ८ करोड ६५ लाख बंगलादेशीसँग मोबाइल छ ।अझ रोचक कुरा त भारतको छ । सन् १९९२ मा भारतमा एक जना मानिससँग पनि मोबाइल फोन थिएन । जबकी अहिले ९१ करोड ९१ लाख भारतीय सँग मोबाइल फोन छ ।
त्यस्तै रुसमा २० वर्षअघि ८ हजार जनासँग मात्र मोबाइल फोन रहेकोमा अहिले झण्डै साढे २२ करोड रसियालीको हातमा मोबाइल छ ।अफ्रिकी मुलुक नाइजेरियामा पनि पछिल्लो २० वर्षमा मोबाइल प्रयोगकर्ताको संख्या सुन्यबाट ९ करोड नाघेको छ ।नेपालकै कुरा गरौँ २० वर्षअघि नेपालमा मोबाइल फोनको सुविधै थिएन । मोबाइल फोन सेवा सुरु भएको अझै पन्ध्र वर्ष पुगेको छैन । तर नेपालमा मोबाइल प्रयोगकर्ताको संख्या १ करोड ६५ लाख पुगिसकेको छ ।
onlinekhabar.com
१ सय ५० जना यौनकर्मी महिलाले जागिर गर्ने र एक दिनमा १ हजार पुरुषको यौनकेा भोक मेटाउने लक्ष्यका साथ अस्टियाको राजधानी भियनामा युरोपकै सबैभन्दा ठूलो वेश्यालय खुल्ने भएको छ ।उक्त सुविधासम्पन्न वेश्यालयमा डेढ सय जना सुन्दरी वेश्याहरुले दिनहुँ ग्राहकको चित्त बुझाउनेछन् । वेश्यालयभित्र सम्भोगको सुविधा त हुने नै छ त्यसका अलवा रेष्टुरेन्ट, ब्युटिपार्लर, जिमखाना तथा सैलुन समेत रहने बताइएको छ ।आफ्नो वेश्यालय चार तारे होटलभन्दा सुविधासम्पन्न हुने दाबी मालिकको छ । वेश्यालयमा सेवा दिने यौनकर्मी युवतीहरु समेत निकै सेक्सी तथा सुन्दर हुने उनी बताउँछन् ।डेढ सय ओछ्यान रहेको उक्त वेश्यालयमा चौबिसै घण्टा उपचार सेवा समेत उपलब्ध हुनेछ । वेश्यालयले सहरै भरी चौबिसै घण्टा ग्राहक ल्याउने र पूराउने सेवा समेत उपलब्ध गराउनेछ ।
वेश्यालयले समय समयमा विभिन्न खालका सेक्स महोत्सव तथा प्रदर्शनीको आयोजना गर्ने समेत बताएको छ । यद्यपि उक्त सुविधासम्पन्न विशाल वेश्यालय ठ्याक्क कुन ठाउँमा खुल्नेछ भन्ने कुरा भने बताइएको छैन । विरोध प्रदर्शन हुने डरले अहिले एकिन स्थान खुलासा नगरिएको भएपनि उद्घाटन हुने दिनमा ठूलै सरप्राइज दिने धोको त्यसका संचालकको छ ।
होन्डुरसका प्रहरीले हालै सुनको एके ४७ बन्दुक र चाँदीका गोली बरामद गरेपछि यो कुराको खुलासा भएको हो ।होन्डुरस प्रहरीले लागु औषध कारोबारीले प्रयोग गर्ने गरेका अनुमान गरिएको उक्त सुन लेपन गरिएको बन्दुक र दुइ वटा चाँदीका गोली हालै बरामद गरेको छ । उक्त बन्दुको मूल्य झण्डै ५० हजार अमेरिकी डलर पर्ने विश्वास गरिएको छ ।निकै कलात्मक उक्त बन्दुक एक लागु औषध कारोबारी जत्थाको आधार इलाकामा प्रहरीले संचालन गरेको सर्च अभियानका बेला फेला परेको हो । त्यस क्रममा अरु हतियार तथा विभिन्न पासपोर्ट समेत बरामद भए । बन्दुक निकै उत्कृष्ट डिजाइज तथा कालिगढी कलाको नमूना भएको प्रहरी प्रमुखको भनाइ छ ।
अरुमाथि अपशव्द बोल्ने, अश्लील शव्द बोल्ने वा गाली बेइज्जती गरेको आरोपमा कोही मानिस पक्राउ परेको कुरा सुनिएकै हो । तर के यस्तै आरोपमा चरा पक्राउ परेको कुरा कहिल्यै सुन्नुभएको छ ? सायद यो असम्भव जस्तो विषय सुन्ने कुरै भएन । न त चरा अपशव्द बोल्छ, न त यस्तो आरोञपमा चरालाई अभियुक्त झैँ पक्राउ नै गरिन्छ भन्ने स्भाविक मान्यता होला तपाइँको । तर तपाइँको यो मान्यतालाई गलत सावित गर्ने एक अनौठो घटना चीनमा घटेको छ ।
चीनको एक चिडियाखानाका अधिकारीहरुले चिडियाखाना आउने पर्यटकलाई अश्लील शव्द बोलेर हैरान पारेको आरोपमा एक डांग्रे अर्थात् सारौँ चरालाई पक्रिएका छन् । अपशव्द बोलेको आरोपमा पक्राउ गरिएको चरालाई एकल हिरासतमा राखिएको बताइएको छ ।मध्य चीनको उहान स्थित जिउफेंग चिडियाघरमा यस्तो घटना भएको हो । उक्त डंग्रे चरालाई चिडियाखानाले लालन पालन गरी बोल्ने तालिम दिएर पाहुनाको स्वागत गर्ने जिम्मा दिएको थियो । सुगालाई जस्तो बोल्न सिकाइएको उक्त मैना चरालाई चिडियाखानामा आउने पाहुनासँग मीठा सम्वाद गरी स्वागत गर्न अह्राइएपनि त्यो चराले एकाएक पाहुनाहरुलाई फोहोर तथा अश्लील शव्द बोलेर गाली गर्न थालेपछि चिडियाखानाका अधिकारीहरु नै अचम्ममा परेका थिए ।आफुहरुले उक्त चरालाई सभ्य भाषा सिकाएको भएपनि चिडियाखाना घुम्न आएका कतिपय उरन्ठेउला युवाहरुले बोलेको अश्लील शव्दको सिको चराले गरेको र सोही अश्लील शव्द बारम्बार बोल्ने गरेको अधिकारीहरुको दाबी छ ।
अश्लील शव्द बोल्ने क्रम बढेपछि उक्त चरालाई समातेर एक्लै पिञ्जडामा राखिएको छ, ता की यस्तो शव्द बोल्ने उसको बानी छुटोस् र उसको त्यस्तो बोली भाषा अरु चराले पनि नसिकून् ।
यो प्रजातिको चराको निकै तिक्ष्ण स्मरण शक्ति हुने र मान्छेको बोलीको सहजै नक्कल गर्न सक्ने भएकाले केही आगन्तुकले बोलेको अश्लील शव्दलाई टपक्क टिपेर बोलेको हुनसक्ने अनुमान अधिकारीहरुको छ । एक अधिकारीका अनुसार चिडियाघरमा आउने केही युवाहरुले उक्त चरालाई नजिकै गएर अश्लील शव्द सुनाएर बोल्न लगाउने गरेका थिए ।
अहिले त्यस चरालाई सभ्य भाषा बोल्न सिकाउन चिडियाखानका कर्मचारी जुटिरहेका छन् । खराब बोल्ने बानी नछुटेसम्म उक्त चरा थुनामुक्त हुनेछैन । चिडियाखाना व्यवस्थापनले त्यहाँभित्र रहेका तालिमप्राप्त पंक्षीहरुलाई अपशव्द नसिकाउन आग्रह गर्दै चिडियाघर भित्र ठाउँठाउँमा सूचना समेत टाँसेको छ ।
रबिन्द्र गौतम,
दिल्लीमा दामिनिको बलात्कार पछि महिला हिंसा विरुद्धका चर्का नाराले देश तथा विदेश तात्न थाल्यो र नेपालको झापाको दमकमा एक युवती सामुहिक बलात्कारको सिकार बन्न पुगिन| बैदेशिक रोजगार बाट फर्किएकी सीता राइ "नाम परिवर्तन "एयेरपोर्ट मा लुटीईन आखिर चारै तिर एक्कासी महिला हिंसा किन बढ्यो ? एसको कारण के? एक ठाउमा घटना भयो भनेर ए हामीले नि गर्नु हुन्छा भनेर यो घटना भएको हो या चेतना जागरूप भएर घटना बाहिर आयो.चेतना जगरुओ भएको भए किन बलात्कार भयो त? किन हिँसा गरेता?न अनि चेतना जगरूप नभएको भए केहि कुरा बाहिर आएको थिएन आहिले सबैतिर किन आयो? के आज सम्म कसैले कसलाई बलात्कार गरेको थिएन होलाता? के पत्यार लाग्दो प्रस्न हो यो? अह पक्कै पनि हैन |आज सम्मत जति हिँसा भए पनि बाहिर आउन सकेको थिएन त्यसैले हामीलाई थाहा नभएको हो| तर पछिल्लो समयमा महिला हिंसाले रेडियो टेलिभिजन,विभिन्न अखबारहरु अनि गाऊ-सहर दन्दनी बालेको छ | आखिर के हो महिला हिँसा ? यो किन हुन्छा ? भारत कि २३ बर्सिय दामिनी{वास्तविक नाम ज्योति सिङ्ग पाण्डे'} को प्रेमी संग फिल्म हेरेर फर्कदै गरेको बेलामा सामुहिक रुपमा बलात्कार गरियो| दुइ छाक हात मुख जोड्न गाह्रो भएकै कारण अर्कैको पासपोर्ट मा विदेश पुगेर फर्किएकी सीता राई को एरपोर्ट मै दुर्वेबहर गरियो र अस्मिता लुटियो,झापामा एक युगल जोडी चियाको बोट संगै माया साटासाट गरिरहेको बेला प्रेमीलाई निर्घात कुटपिट गरेर रात भरि उनलाई लुटियो | किन???....
के आफ्नो प्रेमी संग फिल्म हेर्न जान पाउने अधिकार दामिनिको थिएन?सीता राईले आफ्नो पेट पल्नको लागि बिदेशमा गएर दुख गरेर कमाउनु उनको रहर थियो? गल्ति त उनले गरेकी थिईन अर्कैको पासपोर्ट लिएर तर उनलाई त्यो सजाए दिने काम अदालत को थियो सोधपुछ अदालतले गर्थ्यो एअरपोर्टका कर्मचारी र पुलिसले हैन| अनि चिया बगानमा गएर प्रेमी प्रिमिका माया प्रेमका कुरा गर्न पाउदैनन? बिचरा के गल्ति गरेका थिए र तिनीहरुले?,,,,,,,,,
हुन त बिचरा भन पनि आफैमा लाग लगेर औछ मलाई किनकि मैले सबै कुरा यी घटना भए पछि मात्र लेख्न सिके| मैले महिला हिंसाको बारेमा पहिला नै किन लेखिन? यी घटना भए पछि मात्र तपाइको मुख बाट ति वाक्य निस्के होलान च... च...,कस्ता पनि हुन्छन है मान्छे त्येस्ता लै त मार्न पाए पनि हुन्थ्यो | हो त्येही सोचले भएको हो महिला हिँसा | येदि तपाइले यी घटना हुनु भन्दा पहिले नै केहि गरेको भए यो घटना हुन्थ्यो? विभिन्न अखबार,रेडियो,टेलिभिजन ले यस बारेमा घच्घह्चाई रहेको भए आज यस्तो हुने थिएन होला |अलि गतिलो नीति नियम कानुन बनेको भए यस्तो हुने नै थिएन|आज दिनकै घटना भैरहेको छ , चेलीको अस्मिता पल पलमै लुटीइरहेकोछ, यहा आफ्नै दाजुभाइले आफ्नै दिदीबहिनीलाई जबर्जस्ति गरिरहेकाछन | जे हुनु भैसकेपछि भने विभिन्न संघ सस्थाहरुले बिरोध गर्दै भुस्याहा कुकुर झैँ बाटोमा निस्केर भुकिरहेका छन्|
के आफ्नो प्रेमी संग फिल्म हेर्न जान पाउने अधिकार दामिनिको थिएन?सीता राईले आफ्नो पेट पल्नको लागि बिदेशमा गएर दुख गरेर कमाउनु उनको रहर थियो? गल्ति त उनले गरेकी थिईन अर्कैको पासपोर्ट लिएर तर उनलाई त्यो सजाए दिने काम अदालत को थियो सोधपुछ अदालतले गर्थ्यो एअरपोर्टका कर्मचारी र पुलिसले हैन| अनि चिया बगानमा गएर प्रेमी प्रिमिका माया प्रेमका कुरा गर्न पाउदैनन? बिचरा के गल्ति गरेका थिए र तिनीहरुले?,,,,,,,,,
हुन त बिचरा भन पनि आफैमा लाग लगेर औछ मलाई किनकि मैले सबै कुरा यी घटना भए पछि मात्र लेख्न सिके| मैले महिला हिंसाको बारेमा पहिला नै किन लेखिन? यी घटना भए पछि मात्र तपाइको मुख बाट ति वाक्य निस्के होलान च... च...,कस्ता पनि हुन्छन है मान्छे त्येस्ता लै त मार्न पाए पनि हुन्थ्यो | हो त्येही सोचले भएको हो महिला हिँसा | येदि तपाइले यी घटना हुनु भन्दा पहिले नै केहि गरेको भए यो घटना हुन्थ्यो? विभिन्न अखबार,रेडियो,टेलिभिजन ले यस बारेमा घच्घह्चाई रहेको भए आज यस्तो हुने थिएन होला |अलि गतिलो नीति नियम कानुन बनेको भए यस्तो हुने नै थिएन|आज दिनकै घटना भैरहेको छ , चेलीको अस्मिता पल पलमै लुटीइरहेकोछ यहा,आफ्नै दाजुभाइले आफ्नै दिदीबहिनीलाई जबर्जस्ति गरिरहेकाछन|जे हुनु भैसकेपछि भने विभिन्न संघ सस्थाहरुले बिरोध गर्दै भुस्याहा कुकुर झैँ बाटोमा निस्केर भुकिरहेका छन्| पत्रकारहरु सामुहिक बलात्कार अनि महिला हिँसा भन्दै कलम घुमाइरहेकछन् अनि रेडियो टी.भी ले निर्बाद रुपमा खिकिरहेका छन् के अब यो सबै गरेर एक लुयिय्की नारी पहिलेकी जस्तै हुन्छिन ?लुतिय्को अस्मिता फर्कनछ उनको ? जे भयको छ त उनलाई भएको छ ,पिडा छ त उनि संग छ .नौटंकी गर्दै बिदेसी पैसा खेलाउन पल्केका हरुले प्रधानमन्त्री निवास अगाडी गएर थाल ठटाएर नाटक किन देखाउनु? अनि मिडियाले पनि फलानो ले फलानोलाई यस्तो गर्यो उस्तो गर्यो भनि किन खोक्नु?महिला हिँसा विरुद्ध को काम गर्थे भने त सिता राइ लुटीनु भन्दा पहिले नै कुन महिलालाई कसले के गर्दै छ भनेर किन थाहा पाएनन? अनि राज्य ले किन गतिलो कानुन बनाउन सकेन? अब भन्नुस दोषी को?बलात्कार गर्ने हो? उ पनि दोषी हो तर उसको लिङ्ग नै काटेर फलदिने अब?कि उसलाई मृत्युदण्ड दिनु पर्छ ?महिला हिंसा विरुद्ध काम गर्दै हिड्ने भनौदा हरुले बनाइदिय्को लिङ्ग होर काट्नु पर्छ भन्ने? अनि तिनीहरु को हुन् मृत्युदण्ड दिनु पर्छ भनि हुकुम लगाउने? जे दण्ड दिन्छ त सरकार ले दिन्छ ....मैले महिला अधिकारबादी को उछितो काड्न खोजेको हैन यी सबैको कुनै तुक नभयको मात्र भनेको हु|
दिनदिनै राम्रा छोरी चेली दिदीबहिनीहरु असुरक्षित बन्दै गैरहेकाछन कहिँ कतै कसैले केहि गरि पो हाल्ने हो को भनेर त्रासै त्रासमा बस्नु परेको अवस्था छ |मानब अधिकार कर्मीहरुले भने धर्ना र नारा बाजी गर्दै नौटंकी देखाइरहेकाछन,पराइले दुर्वेबहर गर्न खोज्दा आफु गएर बचाउनु पर्ने ठाउमा पराइ बाट उम्केर आफ्नो घर आएकी चेलीलाई आफ्नै दाजुभाई भन्न पनि लाज लाग्ने हरुले लुटीरहेका छन् यहा | अनि नेता त्यसमा धुखा मनाउ गर्दैछन,ध्यानाकर्सन जनाउदैछन ,अनि महिला अधिकारकर्मीहरु थाल बोक्दै सडक तताउछन |
अहिले १,२ ओटा हिंसा बाहिर आएको मात्रै हो यस्ता कयौ घटना दूरदराज मा रहेका महिला माथि अनि कयौ सहर र राजधानीका गल्लि गल्लि मा दिनदाहदै भैरहेका छन्
वास्तबमा भन्नु पर्दा महिला हिँसा हुनुमा दोषी हामी नै हौ |हाम्रो सोचले गर्दा यस्ता हिंसा हुन्छन,अनि अर्को कुरा पनि के तपाइलाई थाहा छ? हाम्रा बाउ बाजेका पालामा यस्ता कुनै हिंसा भएको सुन्नु भएको छ?छैन | किनकि त्यति बेला आफ्नो सस्कृति परम्परा बाट टाढा रहन पाइन्थेन ,मैले कुसस्कार र अन्धबिस्वास अगाल्नु भन्न खोजेको भने हैन तर पछिमी सस्कृति भित्रिनु भएन मात्र भन्न खोजेको हु|
तपाइलाई थाहा छ एउटी नारी अहिले जति छोटो बस्त्र लगाउछिन उनि उनको नजरमा त्येतिकै राम्रो देखिन्छिन र आफुले त्येसैमा महिला अधिकार प्राप्त गरेको भ्रममा रमाउछिन |तर उनलाई थाहा छैन कि आफु माथि हुने हिँसा को कारण पनि त्येही हो भनेर| एक चोटी सोचौ त ,,एक महिला छोटो बस्त्र पहिरिएर बस मा यात्रा गर्दै छिन हाम्रो समाजका जो सुकै मानब अधिकार सम्बन्धि पाठ सिकाउने गुरु किन नहोस ती महिला लाइ तल देखी माथि सम्म एक झलक हेर्न भ्याईहाल्छ |तर त्यही नारी ले आफ्नो सरिर राम्रो संग धकेकी छिन भने जस्तो सुकै कुदृस्टी ले हेर्ने व्यक्ति ले पनि उ प्रति नकारात्मक सोच बनाउन सक्दैन|हो एक मुख्य कारण यो पनि हो महिला हिंसाको |
भगवानका पाला मा पनि दुसासनले द्रौपदी को साडी तानी दुर्वेवाहर गर्न खोज्दा कृष्ण ले बचाएका थिए| कृष्ण ले किन त्यसो गरे त? १६,१०८ गोपिनी बनाउदै हिडेका कृष्णले पनि त तमासा हेरेर बसेको भए हुन्थ्यो त तर उनले त्यसो गरेनन...... एक चोटी सोचौत?....कलि युगमा पनि एक नारि आफ्नो धर्म,कर्तब्य,सस्कार र विश्वास लाइ आत्मसाथ गर्दै हिडीरहेकिछिन र उनलाई कसैले दुर्वेवाहर गर्न खोज्दै छ भने हजारौ कृष्णहरु आएर दुर्वेवाहर गर्ने विरुद्ध खानिदैनन होला त?
यहा त उही लक्ष्मी रुपी नारी अस्लिलता फैलाउन खप्पिस भैरहेकी छिन,अस्लिल चलचित्र खेल्न माहिर बनिरहेकी छिन,अनि जति छोटो बस्त्र पहिरियो उनको महिला अधिकार पनि त्यति नै उचो हुने भ्रमको खेति गरिरहेकी छिन |अनि महिला अधिकारकर्मीहरुले पनि हामी स्वतन्त्र हुन पाउनु पर्छ भन्दै आफ्नो हक माग्दै उफ्री रहेकाछन|
ति महिला दिदि अनि आमाहरुले किन बुझेनन कि हाम्री छोरी चेलीहरुलाई पछिमी सस्कृतिहरुले अँगालो हाल्दै कुदिरहेको छ भन्ने कुरा,अनि किन बुझेनन् कि एक मायाको नाटक गर्दै लक्ष्मी समान पबित्र छोरीको ति कोमल अंगमा पापै पापले भरिएको फलाम को मुस्लो समान हातले निमोथिरहेको छन भन्ने कुरा? त्यसलाई टुलुटुलु हेरेर बस्ने अनि त्यो महिला स्वतन्त्रता हो भन्ने? खै त बुझेको नारी को हुन् भन्ने कुरा ?..... हो यही कारणले भयको हो महिला हिँसा ...
महिला हिँसा विरुद्ध आन्दोलन गर्ने,बन्द हड्ताल गर्ने,थाल,कुचो अनि पकाउने भाडा बोक्दै हिड्नु भन्दा पनि आफ्नो घर समाज गाउ बाट एक महिला भनेको को हो? र उनको दायित्व के हो?धर्म के हो?त्यो बुझ्नु आवस्यक छ | र राज्य ले पनि अस्मिता लुटीसकेपछि उनको अस्मिता बापतको रकम दिने होइन गतिलो नियम कानुनको व्यवस्था गर्नु पर्छ | जनचेतना जगाउनु पर्छ,दूरदराज मा गुम्सिएर बसेका महिला अगाडी बढ्न उज्यालो बाटो देखाउनु पर्छ | अनि मात्र महिला हिँसा कम गर्न सकिन्छ| हिँसा गर्नेको लिङ्ग काट्नु पर्छ भन्दै छोटो छोटो बस्त्र लगाएर उफ्रिने अनि प्रधानमन्त्री निवास अगाडी बसेर थाल ठोकदैमा महिला हिँसामा कमि आउन सक्दैन |
तपाइले कहिल्यै जनावरमा हिँसा भएको सुन्नु भएको छ ? महिला जनावर बलात्कारको सिकार बनेको थाहा पाउनुभएको छ ? हामी त पृथ्वी को सर्वश्रेष्ठ प्राणि खै त?हामी त पशु समान पनि रहेनछौ त?हिँसा का कुरा गरिरहदा यहा महिला भन्दा पुरुस बादी दोषी देखिन्छ चाहे उसले गल्ति गरेको होस् या नगरेको होस् यो किन?के महिलालाई चाहि योनइच्छा हुदै हुदैन?सुनेको छु यसमा पुरुस भन्दा महिला कयौ गुना बढी हुन्छन रे खाएर जे होस् यसले निकै प्रभाव परिरहेको हुन्छ महिला र पुरुस को भिन्नतामा |हो यही हो मुख्य कारण हिम्साको |पुरुषले यस्तो गर्यो उस्तो गर्यो, किन यो सब ? के महिलामा केहि चाहाना हुदैन?,,,,युवा वर्ग को भनाइ सापटी लिएर भन्नु पर्दा त अझ एक प्रेमीले प्रेमिकालाई फोन गरेर राख्ने बेलामा उसले प्रेमिका लाइ चुम्बन खाएन भने उ प्रेमी संग रिसाउछे ,अनि मोटर साइकलमा बस्दा प्रेमीको सासै रोकिने गरि समाउन नपाए उसले नेपालको लोडसेडिंग झैँ बनाउछे प्रेमलाई | मैले अन्त्य मा किन पनि यो कुरा निकालेको हु भने हाम्रो सोचलाई परिवर्तन गर्नु पर्यो के महिला के पुरुस सबै बराबर ठान्नु पर्यो,चेतना जगरूप सबैमा हुनु पर्यो,पछिमी सस्कृति भित्रिनु भएन,महिला आधिकार बादी हु भन्दै ठुला कुराहरु गर्नु भएन,महिला र पुरुस बीच भिन्नता होइन सकारात्मक सोचको बिकाश हुनु पर्यो र राज्य ले गतिलो कानुन बनाउनु पर्यो अनि बल्ल हिंसाहरु न्यूनीकारण हुन सक्छन |
अवैध लागु पदार्थ ओसारपसारमा सम्लग्न भएको आरोपमा म्याग्दीमा प्रहरीले तीन महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको दरबाङ बजारबाट आइतबार अवैध लागु पदार्थ गाँजासहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा जिल्लाकै रुम(२ की तारादेवी शेरचन, मागी दर्जी र दीपा रोका रहेको प्रहरीले जनाएको छ। उनीहरुसँगबाट २० किलो गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक रामचन्द्र पौडेलले बताए। प्रारम्भिक अनुसन्धानमा ती महिलाले गाँजा बुटवलतर्फ हिँडाएको भेटिएको छ। जिल्लाकै बिकट मानिने रुम गाविसमा व्यवसायिक रुममै गाँजा खेती गरेको सुराकीको आधारमा प्रहरीले त्यस क्षेत्रबाट आउनेलाई निगरानीमा राखेको थियो। पक्राउ परेका महिलालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याइएको छ।



