दुई दिन अघि मात्रै माइक्रो ब्लगिङ ट्वीटर एकाउन्ट खोलेका प्रधानमन्त्री बाबुराम भट्टराईले आफूलाई मेन्सन गरेर सोधिएको प्रश्नको उत्तर दिएपछि ट्टीटर सञ्जालमा यसबारे चर्चा सुरु भएको छ ।'बिहारमा ५ बर्षमा विकास भयो, हामीले कतिन्जेल आशावादी बन्ने हो', भन्दै ओमभक्त उप्रेतीले ट्वीटरमा दुई दिन अघि सोधेको प्रश्नमा प्रधानमन्त्रीले मंगलबार जवाफ दिएका छन्,'बिहारमा जस्तै मलाई ५ बर्षसम्म बहुमतीय सरकार चलाउन दिनु, विकास गर्न सकिन भने गोली हाने हुन्छ ।'प्रधानमन्त्रीको तर्फबाट आएको यस्तो जवाफले मंगलबार दिउँसो ट्वीटर सञ्जालमा तरंग फैलिएको थियो । या स्माइए फरेभरको नाममा रवी शर्माले शोलार ऊर्जामा ध्यान दिन प्रधानमन्त्रीलाई गरेको अनुरोधमो जवाफमा प्रधानमन्त्रीले लेखेका छन्, 'मैले सोलार प्रबर्द्धन गर्न खोज्दैछु । सिंहदरबारमा पनि सोलार जडान गर्न भर्खरै सम्झौता गरिएको छ ।'मंगलबार बिहानै प्रधानमन्त्रीले आफ्नो ट्वीटरमा लोडसेडिङ दैनिक २ घण्टा घटाएको भन्दै ट्वीटेका थिए । गर्मीमा पनि १०-१२ घण्टा भन्दा बढी लोडसेडिङ हुन नदिने प्रण गरेका छन् । प्रधानमन्त्रीले ट्वीटरमा देखाएको सक्रियताबारे मिश्रति प्रतिक्रिया आएको छ ।प्रधानमन्त्रीको रहेक ट्वीटरमा युवालाई सम्बोधन गरिएको छ ।हालसम्मको उनलाई चार हजार तीनसय बढीले फलो गरेका छन् । यद्यपि उनले दुई नेपाली सहित अमेरिकी राष्ट्रपति बाराक ओमाबा र बिदेशी पत्रिकाको ट्वीटरलाई फलो गरेका छन् । ट्वीटरमा प्रधानमन्त्रीबाट फलो गरिएका व्यक्ति सञ्चारकर्मी प्रतिक प्रधान र रवीन्द्र मिश्र हुन् ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामीहरूले षड्यन्त्र गरी आफ्नो दललाई घेरा हालेर फसाउने गतिविधि गरिरहेको आरोप लगाउनुभएको छ । आज पार्टीको ताप्लेजुङ जिल्ला सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले बेलायतमा नेपाली सेनाका कर्णेल र दैलेखमा पत्रकार हत्याका आरोपितहरूलाई पक्राउ गरेर आफूहरूलाई तर्साउन खोजेको बताउँदै टाउकाको मूल्य ५० लाख तोकेको बेलासमेत हिम्मतका साथ लडेको पार्टीको नेता तथा कार्यकर्तालाई यसले कुनै असर नपर्ने बताउनुभयो । प्रतिक्रियावादीहरूले जतिसुकै कोसिस गरे पनि अहिले आफ्नो पार्टी ठूलो पार्टी बन्दै सरकारको समेत नेतृत्व गर्न सफल भइरहेको प्रचण्डको भनाइ थियो । उहाँले नेपाली राजनीतिमा अब नयाँ प्रक्रिया सुरु हुने बताउँदै नयाँ प्रक्रियाले सङ्घीयतासहितको नयाँ संविधान र पहिचानसहितको सङ्घीयता सुनिश्चित पार्ने दाबी गर्नुभयो । राजनीतिमा देखिएको तुवाँलो छिट्टै हट्ने दाबी गर्दै प्रचण्डले अब निराश नहुन पनि आग्रह गर्नुभयो ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राष्ट्रपतिले विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलबाट प्रधानमन्त्री तोक्नु पर्ने बताउनु भएको छ । सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले नवौं पटकसम्म म्याद दिँदा पनि निकास आउन नसकेपछि अब राष्ट्रपतिले नै विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको सुझावको आधारमा प्रधानमन्त्री तोक्नुपर्ने उहाँको भनाई थियो । नेकपा एमाले अछामको सातौं जिल्ला अधिवेशन उद्घाटनको लागि अछाम पुग्नु भएका महासचिव पोखरेलले पे्रस चौतारी अछामले गरेको पत्रकार सम्मेलनमा सहमतीको रटान मात्र लगाउनुभन्दा केही त्यागसमेत गरेर अहिलेको राजनीतिक सङ्कट समाधान गर्नुपर्ने बताउनुभयो । संविधान र कानूनमा भएका अड्चन हटाई ताजा जनादेशमा जानुको विकल्प नभएको बताउँदै उहाँले त्यसका लागि संबैधानिक, राजनीतिक र नैतिक आधार गुमाईसकेको अहिलेको सरकार हटाई सहमतिय सरकार गठन गनुपर्नेमा जोड दिनुभयो । पहिले काङ्ग्रेस सभापति सुशील कोईरालालाई सहमतीय सरकारको नेतृत्व दिन तयार भएको एकीकृत माओवादी अहिले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने कुरा गरीरहेकोले यो सत्ता लम्ब्याउने बहाना भएको पोखरेलले टिप्पणी गर्नुभयो ।
आज बिहान धादिङको ज्यामरुङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । धादिङको आरुघाटबाट काठमाडौंतर्फ आउंदै गरेको ना २ ख ४९८५ नम्बरको बस आज बिहान धादिङबेसी–आरुघाट सडकखण्डको ज्यामरुङ सात भकारे नजिकै पल्टदा ५ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यलय धादिङको अनुसार २ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा जिल्ला अस्पताल र एक जनाको थप उपचारको लागि काठमाण्डौ लैजाँँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृत्यु हुनेहरुमा धादिङ बुढाथुम ७ सातका २० वर्षिय लक्ष्मण दाहाल र सल्यानटार ८ देविथानका आठ वर्षिय रुपेश श्रेष्ठ रहेका छन् । अरुको पहिचान खुलेको छैन । बस सडकवाट अन्दाजी ५० मिटर तल खसेको छ । चालकले गाडी सहयोगी (खलासी) लाई चलाउन दिएका कारण दुर्घटना भएको त्यही गाडीका यात्रु उमेश कुमालले बताउनुभयो । करिब ५५ जना यात्रु बोकेर वस काठमाडौंका लागि छुटेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ३२ जनालाई थप उपचारको लागि काठमाण्डौ पठाइएको छ भने सामान्य घाइते भएको १३ जनाको जिल्ला अस्पताल धादिङमा उपचार भइरेहेको छ ।
एक जना पुरुषले आफ्नी श्रीमतीलाई लिंगले प्रहार गरेको आरोपमा जेल सजाय भोग्नु परेको छ । श्रीमतीमाथि लिंगले प्रहार गर्नु महिला हिंसाको एक रुप भएको आरोपमा विचरा ती पुरुषले ५ दिन जेलको हावा खानुपरो।
यो घटना हाम्रो देशको भने होइन, अमेरिकाको हो । मेन सहरका फ्रेड थोमस नामका ६२ वर्षीय ती पुरुषले यौन सम्पर्क राख्न नमानेको निहुँमा आफ्नै श्रीमतीको जिउमाथि लिंग बजारेका थिए । ३९ वर्षीया ती महिलाल आफुमाथि लोग्नेले यौन हिंसा गरेको उजुरी दिइन् । ती पुरुषलाई पक्राउ गरी केरकार गर्दा श्रीमतीलाई लिंगले हानेको कुरा स्विकार गरे ।
अन्ततः उनलाई प्रशासनले ५ दिनको जेल सजाय सुनायो । घरेलु हिंसा तथा दुव्र्यवहारमा संलग्न भएको आरोपमा ती पुरुषलाई १ वर्षसम्म निगरानीमा समेत राखिएको छ । श्रीमतीलाई लिंगले प्रहार गर्ने काम दोहोराएमा कडा सजाय गरिने चेतावनी अधिकारीहरुले दिएका छन् । ती पुरुषका वकिलले भने ती महिलाले अनलाइनमा भेटिएका एक पुरुषलाई भेट्न पाकिस्तान जाने योजना बनाएपछि रिसाएर थोमसले श्रीमतीलाई झपारेको दाबी गरेका छन् ।
onlinekhabar.com
गोरखामा एक महिला बलात्कार गरेको अभियोगमा प्रहरीले मुच्चोक गाविस १ झ्याल्लाका मनबहादुर पाख्रीलाई पक्राउ गरेको छ ।
४६ बर्षिया स्थानीय महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका पाख्रीले अभियोग स्वीकार गरेको प्रहरीले जनाएको छ ।महिलाले घरमा कोही पनि नभएको मौका छोपेर आफुलाई वलात्कार गरेको उजुरी प्रहरीमा दिएकी थिइन् । पीडकलाई जबरजस्ती करणी अन्र्तगत मुद्दा प्रक्रियाअघि बढाएको गोरखाका प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिनुभयो ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक संकट समाधानका लागि आन्दोलन छाडेर सहमतिमा आउन विपक्षी दललाई आह्वान गर्नुभएको छ । उहाँले मुलुक अप्ठ्यारो अवस्थामा रहेको भन्दै सहमतिको माध्यमबाटै समस्याको समाधान खोज्न आग्रह गर्नुभयो । पार्टी कार्यालय पेरिस डाँडा कोटेश्वरमा पुस्तकालय तथा सूचना केन्द्रको उद्घाटन गनुहुँदै अध्यक्ष प्रचण्डले संविधानसभाको निर्वाचनबाट मात्रै समस्याको सामाधान हुने बताउनुभयो । उहाँले जेठको दोस्रो सातामा चुनाव गराउने विषयमा एकीकृत माओवादी तयार रहेको धारणा राख्नुभयो । उहाँले विपक्षी दलहरु निर्वाचनसँग डराएको पनि बताउनुभयो । एकीकृत माओवादी अध्यक्ष प्रचण्डले आउने महाधिवेसनबाट पार्टीले नयाँ दिशा र गति लिने पनि बताउनुभयो । उहाँले संसोधनवाद र दक्षिणपन्थका कारण कम्युनिष्ट आन्दोलनमा समस्या आएको पनि बताउनुभयो । प्रचण्डले दक्षिणपन्थी संशोधनवादको प्रतिनिधित्व एमालले र जडसूत्रीय संशोधनवादको नेतृत्व मोहन वैद्यले गरेको पनि टिप्पणी गर्नुभयो । पढ्ने सस्कृतिको विकास गर्ने भन्दै एकीकृत माओवादीको प्रचार विभागले पार्टी कार्यालयमा पुस्तकालय र सूचना केन्द्रको स्थापना गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणले आजदेखि लागू हुने गरी लोडसेडिङको समय बढाएको छ । नयाँ तालिकाअनुसार अब हप्तामा एक दिनबाहेक हरेक दिन १४ घण्टा लोडसेडिङ हुने भएको छ । एक दिन भने १३ घन्टा लोडसेडिङ हुने भएको छ । यसअघि सातामा ८४ घन्टा लोडसेडिङ हुँदै आएकोमा अब ९७ घन्टा पुग्नेछ । मागअनुसार बिजुली पु¥याउन सक्ने अवस्था नरहेकाले थप कटौती गर्नुपरेको प्राधिकरणले जनाएको छ । नदीहरूमा पानीको मात्रा घट्दै गएको र भारतले दिने भनिएको ३० मेगावाट विद्युत कटौती भएकोले पनि थप समस्या भएको प्राधिकरणको भनाइ छ । भारतबाट बिजुली ल्याउन नसकेमा यो वर्ष अझ बढेर दैनिक १८ घन्टासम्म लोडसेडिङ हुने बताइएको छ । सरकारले यस वर्ष बढीमा १२ मात्रै दैनिक लोडसेडिङ हुने जनाएको थियो । 
आन्दोलनरत चलचित्रकर्मीले चलचित्र विकास बोर्डमा फेरि ताला लगाएका छन् । झण्डै एक सय जना चलचित्रकर्मीले नाराजुलुस सहित गएर बोर्डमा ताला लगाएका हुन् । विभिन्न माग राखी आन्दोलनमा उत्रिएका चलचित्रकर्मीले ६ दिनअघि लगाएको ताला प्रहरीले बुधबार बल प्रयोग गरी खुलाएको थियो । माग पूरा गर्नुको साटो प्रहरी लगाएर ताला तोडेको भन्दै चलचित्रकर्मी आक्रोशित बनेका छन् । बोर्डको स्वायत्तता, बोर्डमा चलचित्रकर्मीको नियुक्ति, बक्स अफिसको व्यवस्था लगायत माग राखेर चलचित्र सम्बन्धि विभिन्न ११ वटा संस्था आन्दोलनमा छन्| प्रहरीले शान्तीपूर्ण आन्दोलनमा रहेका करिब ४ दर्जन फिल्मकर्मीलाई पक्राउ गरेको छ |प्रहरीको पक्राउमा नायिका करिष्मा मानन्धर, अभिनेत्री बसुन्धरा भुषाल, लक्ष्मी गिरी, नायिकाहरू सुमिना घिमिरे, ऋचा सिंह ठकुरी, पूजना स्त्री, अभिनेत्री मौसमी मल्ल, कलाकार संघका अध्यक्ष नवल खड्का, द्धन्दकलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठ, निर्देशक सुरेश दर्पण पोखरेल, श्याम भट्टराई, एमएस अग्रज, बिमल पौडेल, नायक मुकेश ढकाल लगायतका फिल्मकर्मीको साथमा फिल्मीखबरकर्मी अनुप भट्टराई र अनलाईनखबरका बिजय आवाज रहेका छन् । एकतर्फी रुपमा आफ्नो बल प्रयोग गरेर सरकारले आफूहरूको आन्दोनललाई जति रोक्न खोजेपनि माग पूरा नभएसम्म यो आन्दोलन नरोकिने आन्दोलनरत फिल्मकर्मीहरुले जनाएका छन् |


.jpg)

.jpg)
.jpg)

