डा। सूर्य पराजुली .
समयमै दिसा नहुनु वा दिसा हुँदा गाह्रो हुनु र कडा प्रकारको दिसा आउनुलाई कब्जियत वा दिसा गोटा पर्नु भनिन्छ । यस समयमा आउने कडा प्रकारको दिसामा साधारणतया भन्दा पानीको मात्रा कम पनि हुन्छ । कब्जियत वा दिसा गोटा पर्नु भनेको रोग होइन तर लक्षण हो । सामान्यतय शरीरको अन्य समस्याहरु जस्तो पाचन प्रणाली र पाचन प्रक्रियाको सम्बन्धमा मानिसको कम ध्यानाकर्षण हुने भएकोले नियमित रुपमा दिसा भएको छ वा छैन भनेर पनि थाहा नहुने अवस्था हुन्छ । यदि कुनै व्यक्तिले ३ दिनसम्म लगातार दिसा गरेको छैन अथवा दिसा गर्ने समयमा दुखेको वा गाह्रो भएको अनुभव गरेको छ भने त्यसलाई कब्जियत भएको बुझिन्छ ।
कारणहरु
अनियमित रुपममा दिसा गर्ने बानी, कडा प्रकारका खानाहरु खानु, रेसादारयूक्त खानाहरु रोटी, मकै, ढिडो, सागसब्जी तथा फलफुलहरु कम खानु, गर्भावस्था, झोल पदार्थ कम खानु, लामो समयसम्म औषधीको सेवन गर्नु, व्यायामको कमी, लामो समयको पखालाको कारणले शरीरमा पानी सकिनु वा कम हुनु, इन्टेस्टाइनल अब्सट्रक्सन तथा पेट र आन्द्रा सम्बन्धि कुनै रोग हुनु, मानसिक तनाब, आन्द्राको क्षयरोग तथा क्यान्सर हुँदा दीर्घकालीन रुपमा कब्जियत हुन सक्ने हुन्छ
शिक्षा मन्त्रालयले गेसपेपर प्रतिबन्ध लगाएपनि नवलपरासीमा अझै यसको छ्याप्छ्याप्ती विक्री वितरण भएको छ । नवलपरासीका गैडाकोट, रजहर, कावासोती, अरुणखोला, बर्दघाट, सुनवल, परासी लगायतका पुस्तक पसलहरुमा यसको छ्याप्छ्याप्ती विक्री वितरण भईरहेको छ । विद्यार्थीहरुको पठनक्षमतामा ह्रास ल्याएको भन्दै सरकारले गेसपेपरमा प्रतिबन्ध लगाएको थियो । नवलपरासीमा पुस्तक व्यवसायीहरुले यस बर्ष प्रकाशन भईसकेको गेसपेपरमा रोक नलगाएको भन्दै विक्री गरिरहेको छ । जिल्ला शिक्षा कार्यालय नवलपरासीका कर्मचारीहरुले भने कारवाही गर्ने नगर्ने विषयमा आन्यौलता रहेको जनाएको छ । स्पष्ट निर्देशन नआएकाले कारवाही र प्रतिबन्ध लगाउन अप्ठेरो भएको जिल्ला शिक्षा कार्यालय नवलपरासीका एक कर्मचारीले बताए । तर जिल्ला शिक्षा कार्यालय नवलपरासीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले भने नियम विपरित विक्री वितरण भएको पाइए कारवाही गरिने बताउनुभयो ।दलित विद्यार्थीलाई वितरण गरिने छात्रवृतिको दुरुपयोग भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । राजधानीमा दलित सेवासंघले आयोजना गरेको “उच्च शिक्षामा दलित युवाहरुको पहुँचको लागि अवसर, चुनौति र सरोकारवालाहरुको भुमिका” विषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले राज्यले दलितहरुलाई दिइने छात्रवृत्ति कनिका छरे सरह भएको बताएका हुन् । उनिहरुले दलित विद्यार्थीको नाममा आएको रकम केहि टाठाबाठाका छोराछोरीहरुले मात्रै पाएको भन्दै छात्रवृत्तिको सदुपयोग भए नभएको विषयमा अनुगमन गर्नु पर्नेमा जोड दिएका छन् । सोहि अवसरमा शिक्षा मन्त्रालयका प्रवक्ता रोजनाथ पाण्डेले शिक्षा क्षेत्रमा सरकारले लगानी गरे अनुसार दलित विद्यार्थीको उच्च शिक्षामा पहुँच पुग्न नसकेको बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले अन्य समुदायको तुलानामा दलित समुदायको शिक्षामा पहुँच शुन्य प्रतिशत रहेको बताउनु भयो । शिक्षा विभागका उपनिर्देशक दुर्गा कडेंलले गरिबीका कारण अधिकांश दलित वालवालिका विद्यालय बाहिर रहेको भन्दै उनीहरुका लागि शिक्षामा पहुँच पुर्याउन विशेष रणनीति तय गरिएको जानकारी दिनु भयो । दलित अधिकारकर्मी हिरा विश्वकर्माले विद्यालय तहमा दिइएको छात्रवृत्ति र दलित विद्यार्थी भर्ना अभियान भ्रष्टाचारको रुपमा विकसित हुँदै गएको बताउनु भयो । उहाले दलित भर्ना कार्यक्रम र छात्रवृत्तिले केहि दलित विद्यार्थीलाई आकर्षण गरे पनि विद्यार्थी संख्या देखाएर विद्यालय व्यबस्थापन समितिका व्यक्ति र शिक्षकहरुको मिलेमतोमा रकम झिकि खाने माध्यम बनेको जिकिर गर्नु भयो । साथै उहाँले छात्रवृति वितरण गर्ने संघसंस्थाहरुसँग छात्रवृत्तिको लागि गरिविलाई मात्रै आधार नबनाउन पनि आग्रह गर्नु भयो ।
जिल्ला शिक्षा कार्यलय सिरहामा अहिले शिक्षक अनुमति पत्र (लाईसेन्स)
लिनेहरुलाई सास्ती भइरहेको छ । “सिरहाका जिल्ला शिक्षा अधिकारी हरि बस्ती
विगत ९÷१० दिन देखि काठमाडौँमा बसेको कारण उहाँको हस्ताक्षर विना शिक्षक
अनुमति पत्र दिन नमिल्ने कार्यालयका कर्मचारीले बताएका छन् । शिक्षक सेवा आयोगमा शिक्षक अनुमति पत्र आवश्यक भएकोले शिक्षक सेवा आयोगका फाराम भर्नेहरु मर्कामा परेका छन् । शिक्षक सेवा आयोगको फारम भर्ने अन्तिम मिति यहि माघ २५ गतेसम्म छ ।
पर्वतको शालिजा गाविसमा अवस्थित शालिजा उच्च माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षामा अध्ययनरत बालबालिकाहरु ब्रेललिपिको माध्यामबाट अक्षर चिन्न शुरु गरेका छन् । पछिल्लो समयमा स्रोत कक्षाको विकासका लागि सहयोगी निकायले चासो देखाएपछि उनीहरु ब्रेललिपिमार्फत अक्षर चिन्ह थालेका हुन् । स्थापनाकालमा स्रोत कक्षाको विकासका लागि समस्या भए पनि पछिल्लो समयमा जिल्ला शिक्षा कार्यालय, प्लान नेपाल, नेपाल अपाङ्ग उत्थान समाज लगायतका निकायहरुबाट सहयोग प्राप्त भएपछि अहिले स्रोत कक्षा सञ्चालनका लागि समस्या नभएको विद्यालयका प्राचार्य कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो । केही वर्षअघि जिल्लाकै सदरमुकामको छिमेकी गाविस पिपलटारीमा सञ्चालनमा आएको स्रोत कक्षा प्रभावकारी नभएपछि शालिजा उच्च माविमा स्थान्तरण गरिएको हो । विद्यालयमा अहिले १० जना दृष्टिविहिन बालबालिका अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।
मागको तुलनामा आपूर्ति बढेपछि पोल्ट्री व्यवसायमा लगानी गरेका देशभरका करिब ८ हजार कुखुरा पालक किसान पलायन भएका छन् । देशभरका कुखुरा पालक किसानहरूको संगठन राष्ट्रिय कुखुरा पालक किसान संघका अनुसार ७ देखि ८ हजार किसान यस पेसाबाट पलायन भएका छन् । 'देशभर १५ हजार हाराहारी किसान संघका सदस्य थिए,' संघका अध्यक्ष हेमचन्द्र शाहले भने, 'तर एक वर्षयता ७/८ हजार सदस्य अन्य पेसातर्फ लागेका छन् ।'संघका अनुसार बजार मागको दाँजोमा कुखुरा उत्पादन बढ्नु, बढ्दो लोडसेडिङ, फैलँदो बर्डफ्लु, ह्याचरी/पोल्ट्री उद्यमीहरूको एकाधिकार र जो पनि बिनाअध्ययन कुखुरापालनमै लागेका कारण यस पेसाबाट पलायन हुने बढेका हुन् । कुखुरा पालनबाट पलायन हुनेहरू तरकारी खेती, च्याउ खेती, व्यापार, पशुपालन, वैदेशिक रोजगारलगायत क्षेत्रमा सरेको संघको अनुमान छ ।'लगानी थोपरियो, सहरी क्षेत्रमा मासुको आपूर्ति बढ्यो तर बजारको आकार बढेन अनि धेरै किसान घाटामा गए फार्म बन्द गरी पलायन हुनुको विकल्प नै भएन,' ९ वर्षदेखि राजधानीको काभ्रेस्थलीमा हिमाल पोल्ट्री फार्म सञ्चालन गरिरहेका अध्यक्ष शाहले भने । पोल्ट्री क्षेत्रमा घाटा बढेपछि उनी अघिका संघका अध्यक्ष गोकर्ण घिमिरे पनि यस बेला नेपालबाटै पलायन भइसकेका छन् । 'गोकर्णजी जितफुरफेदीको फार्म बन्द गरी २ वर्षअघि नै नेपाल छाडेर न्युजिल्यान्डतिर लाग्नु भो,' शाहले भने ।संघले केही महिनाअघि सार्वजनिक गरेको अनुमानित तथ्यांकअनुसार देशभर पोल्ट्री क्षेत्रमा मात्रै ३५ अर्बभन्दा बढी लगानी छ । संघमा आबद्ध सक्रिय सदस्यहरू घट्दै गएपछि किसानले राजधानीको बालाजुमा राखेको केन्द्रीय कार्यालय ८ महिनायता बन्द गरेका छन् । '३ हजार रुपैयाँ बहालमा केन्द्रीय कार्यालय थियो, उनले भने ।धेरै साथीहरू पलायन भएपछि कार्यालय नै हटाइदियौं,' पलायन हुने क्रम नरोकिएको मूलपानीका अर्का किसान मीनबहादुर विश्वकर्माले बताए । 'दाना उद्योगी, डिलर, कोल्ड स्टोर र ह्याचरीहरूको मनोमानी छ, किसानले त प्रतिचल्लामा ४० रुपैयाँसम्म घाटा बेहोर्नुपरेको छ,' महिना दिनअघि आन्दोलनमा समेत उत्रिएका विश्वकर्माले भने, 'जसरी जग्गा कारोबार डुब्यो त्यसरी नै यो व्यवसायमा पनि संकट आएको छ, सरकारले हस्तक्षेप नगरे हजारौं किसानको लगानी डुब्ने छ त्यो सबै बैकको ऋण हो। किसानको लगानी डुबाउनमा कुखुरा ओसार्ने सवारीसाधन, खरिद गर्ने डिलर, कोल्ड स्टोर, चल्ला दिन ह्याचरी र कमसल भिटामिन बिक्री गर्ने एग्रोभेटको पनि भूमिका रहेको शाहले बताए । किसानका अनुसार डिलरले फार्ममै गई कुखुरा राति तौलिने, ओसार्ने ड्राइभर सहचालकले बीचबाटैमा कुखुरा गायब गर्ने, फिड उद्योगीले कमसल र बिग्रेको दाना बिक्री गर्ने, एग्रोभेटले विदेशी ब्रान्डमा नेपालमै तयार पारिएका कमसल औषधि र भिटामिन बिक्री गर्ने समस्या देखिएका छन् ।बजार नपाएपछि किसानहरू चल्लाको संख्या पनि घटाउँदै छन् । 'डेढ लाखसम्म चल्ला पाल्ने किसानले अहिले ६/७ हजार चल्ला हालेको सुनिरहेको छु,' उनले भने । कृषि विकास मन्त्रालयका अनुसार राजधानीमा सबैभन्दा धेरै कुखुरा पालन हुने क्षेत्र जितपुरफेदी, धर्मस्थली र काभ्रेस्थली हुन् । तर यी क्षेत्रमा हाल किसानका फारम घट्दै गइरहेका छन् ।
चिउरा कुट्ने मुसलले हिर्काएर सिन्धुपाल्चोकमा मंगलबार राति दम्पत्तिको हत्या भएको छ ।टाउकोमा गहिरो चोट देखिएको दम्पत्तिको घटना स्थलमै मृत्यु भएको छ । मारिएकाहरुमा लिस्ती-५ भाल्दूङ गाउँका अन्दाजी वर्ष ६५ का भक्तबहादुर प्रधान तथा उनकी पत्नि मानकुमारी प्रधान छन् । प्रहरी निरीक्षक विष्णु लामिछानेका अनुसार दम्पत्तिलाई उनीहरुकै घरको मझेरीमा रक्ताम्मै अवस्थामा भेटिएको थियो ।सम्पत्ति लुटपाट गर्ने योजनामा उनीहरको हत्या गरिएको अनुमान प्रहरीले गरेको छ ।
बुटवल बसपार्कमा रोकिराखेको बसभित्रै किशोरी बलात्कृत भएकी छन् । रोल्पा नुवागाउँ गाविस–४ घर भई कामका लागि बुटवल आएकी १५ वर्षीया किशोरी सामूहिक बलात्कारको सिकार भएकी हुन् । तीन जनाबाट बलात्कृत भएकी उनको पाठेघर च्यातिएको छ भने उनी कहिले अचेत हुन्छिन त कहिले डराउने र चिच्याउने गरेको सौर्य सहितका आजका पत्रकपत्रिकामा खबर छ । ८ पुसमा बेलुका भएको घटना एक महिनापछि मात्र सार्वजनिक भएको हो ।
किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा बुटवल–९, दीपनगरका १७ वर्षीय भीमबहादुर सुनार, सोही ठाउँका २३ वर्षीय रमेश थापा र स्याङ्जाको वालिङ–१ का १९ वर्षीय हरि पाठकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका एसपी राजकुमार बैदवारले बताए ।
सौतेनी आमाको दुव्र्यवहार सहन नसकी गाउँकै एक युवाको सहयोगमा कामका लागि बुटवल आएकी किशोरीलाई बुटवल बसपार्कमा रोकी राखेको लु १ ख ३६०८ नम्बरको बसमा लगेर तीनजनाले सामूहिक बलात्कार गरेका थिए ।
मुख थुनेर हातखुट्टा बाँधेर नियन्त्रणमा लिएर बलात्कार गरिएको पीडित किशोरीले प्रहरीसामु बताएकी छन् । घटनाको एक महिनापछि तीनै अभियुक्तलाई इलाका प्रहरी कार्यालय बुटवलले सार्वजनिक गरेको हो । अभियुक्तमध्ये सुनारलाई ८ पुसमा उसकै बयानका आधारमा, अर्का अभियुक्त थापालाई ९ पुसमा घरैबाट पक्राउ गरेको थियो । उनीहरू पुर्पक्षका लागि थुनामा छन् । एक महिनाको खोजतलासपछि ८ माघमा पाठकलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
किशोरी बलात्कारपछि दाङ जाने गाडी चढाइदिन्छु भन्दै लैजाँदै गर्दा ८ पुसमा सुनारलाई गस्तीमा रहेको वडा प्रहरी कार्यालय बुटवलको प्रहरी टोलीले पक्राउ गरेको थियो, पीडितलाई बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचारार्थ लगिएको थियो । मुख्य अभियुक्त पक्राउ नगर्दासम्म घटनालाई प्रहरीले गोप्य राखेको बताएको छ । घटनामा संलग्न सबै पक्राउ भएपछि मात्रै प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो
गुगलको नक्शा सम्बन्धि साइट गुगल म्याप्समा अहिलेसम्म उपलब्ध नभएको उत्तर कोरियाको नक्सा सार्वजनिक गरेको छ ।गुगलको म्याप मेकर टुल्सको प्रयोग गरी तयार पारिएको उत्तर कोरियाको नक्सांकनलाई गुगलले पहिलोपटक आफ्नो वेबसाइटमा उपलब्ध गराएको हो । यो टुल्समा सर्वसाधारणले उपलब्ध गराउने तथ्य तथा जानकारी र स्याटेलाइट तस्वीरको संयोजनबाट पूर्ण नक्सातयार पारिन्छ ।
गुगलले आफ्नै तस्वीर खिच्न सम्भव नभएको वा असहज भएका स्थानको नक्सा तयार गर्न यो प्रविधिको प्रयोग गर्ने गरेको छ । सन् २००८ मा यो प्रविधि सुरु गरिएको थियो ।गुगलम्याप मेकर कावरिष्ठ म्यानेजर जयन्त मेसोरले केहीवर्षको प्रयास पछि उत्तर कोरियाको पूर्ण नक्सा तयार पारिएको र अहिले गुगल म्याप्समा उपलब्ध भैसकेको जानकारी दिए । यो सँगै अब गुगल म्याप्समा गएर उत्तर कोरियाको विस्तृत नक्सा तथा जानकारी प्राप्त गर्न सकिनेछ,
विश्वमा सूचना प्रविधिको विकाश भैरहेपनि अरु विश्वबाट अलग्गै रहेको कम्युनिष्ट मुलुकउत्तर कोरियाको आन्तरिक वस्तुस्थिति तथा भौगोलिक अवस्थाका विषयमा अरु देशका मानिसले जानकारी पाउननिकै कठीन छ । निकै नियन्त्रित सासन व्यवस्था रहेको उत्तर कोरियामा मानिसहरुले गुगल चलाउन प्रतिबन्धित छ । त्यसकारण गुगलको यो नक्सा तयार गर्दा उत्तर कोरियालीहरुबाट सूचना तथा तथ्यांक प्राप्त हुन सकेन । लगभग पूर्ण रुपमा स्याटेलाइट तस्वीरमा आधारित उत्तर कोरियाको गुगल म्यापमा केही दक्षिण कोरियालीहरुले उपलब्ध गराएका सूचना र केहीकच्चा नक्साहरुको सहायतापनि लिइएको छ ।





