सहिद स्मारक ए डिभिजनको सुपर लिगअन्तर्गत आज नेपाल आर्मी र फ्रेन्डस् क्लबबीच प्रतिस्पर्धा हुँदैछ । आजको खेल दिउँसो ४ बजेपछि काठमाडौंको दशरथ रङ्शशालामा हुँदैछ । अङ्क तालिकामा आर्मी २८ अङ्कसहित दोस्रोस्थानमा रहेको छ । यसैगरी २५ अङ्क जोडेको फ्रेन्डस् सातौं स्थानमा रहेको छ । आजको खेल आर्मीका लागि उपाधि नजिक पुग्न महत्वपूर्ण सावित हुने छ । आजको खेल दिउँसो ४ बजेपछि काठमाडौंको दशरथ रङ्शशालामा हुँदैछ । कुल एक करोड ४७ लाख रुपैँया पुरस्कार राशी रहेको ३९ औं संकरणको यो खेल विजेता टोलीले ७५ लाख रुपैँया पुरस्कबार प्राप्त गर्ने छ । यस्तै दोस्रो हुनेले ३५ लाख हात पार्ने छ भने तेस्रो हुनेले १५ लाख तथा चौथो हुने टोलीले ७ लाख रुपँैया पुरस्कार हात पार्ने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।
पोखरामा चौथो पश्चिमाञ्चल क्षेत्रीय पुष्प व्यापार मेला आज पनि जारी रहेको छ । ‘पोखराको प्रकृति र सुन्दरतामा शान, पुष्प व्यवसायको प्रवद्र्धनमा वातावरणीय पहिचान’ भन्ने नारासहित फ्लोरीकल्चर एसोसिएशन नेपाल जिल्ला समिति कास्कीले मेला आयोजना गरेको हो । फागुन २९ गतेसम्म चल्ने मेलामा तीन सय प्रजातीका फूल र फूलका बिरुवाहरुको प्रदर्शनीमा राखिएको छ भने मेलामा १८ वटा स्टल रहेका छन् । मेलाको पहिलो दिन एक हजार दर्शकले अवलोकन गरेका छन् भने एक लाख ७५ हजार मूल्य बराबरको आर्थिक कारोबार भएको फ्लोरीकल्चर एशोसिएशन कास्की अध्यक्ष दयाकुमार द्धवाले जानकारी दिनुभयो । मेला पोखरा सभागृहमा जारी छ ।
प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयनका लागि विराटनगरमा जारी सातौं महाधिवेशन चुनावी प्रक्रिया सुरु भएको छ । सहमतिका लागि गरिएको प्रयास सफल नभएपछि अध्यक्ष पदमा राजेन्द्र अर्याल र विष्णु रिजालको उम्मेद्वारी परेको छ । यसैगरी वरिष्ठ उपाध्यक्ष पदका लागि शरद अधिकारी, दुर्गाप्रसाद शर्मा र प्रकाश खतिवडाको उम्मेद्वारी परेको छ । महासचिव पदमा माधव नेपाल, लक्की चौधरी र बद्री खनालबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । जम्मा ५९ पदको नयाँ कार्यसमिति चयनका लागि दिउँसो साढे १ बजेदेखि ४ बजेसम्म मतदान हुने कार्यक्रम तय भएको छ । हिजोदेखि सुरु भएको महाधिवेशनको नेकपा एमाले अध्यक्ष झलनाथ खनालले उद्घाटन गर्नुभएको थियो ।
आफैले निर्माण गरेको चलचित्र ‘फेसबुक’ असफल भएपछि झरना आजकल गायब हुन थालेकी छिन । तर पछिल्लो जानकारी थाहा पाए अनुसार झरनाले आफू नयाँ घरको मर्मतमा व्यस्त भएको बताइन् । ‘फेसबुक’ चलेलगत्तै केही समय विदेशमा रहेको बताउँदै झरनाले नयाँ बर्षमा भैसेपाटीमा किनेको नयाँ घरमा सर्ने बताइन् ।काठमाण्डौको नयाँ बानेश्वरमा रहदै आएकी झरना अब भैसेपाटीमा १ बर्ष अघि खरिद गरेको करिब २ करोडको घरमा सर्दै छिन् । उनले यतिबेला आफू नयाँ घर सजाउन व्यस्त भएकाले पनि मिडियामा खासै नदेखिएको बताइन् ।श्रीमान् सुनिलकुमार थापा, एक छोरीको साथमा रहदै आएकी झरनाले नयाँ बानेश्वरको घर भने भाडामा दिने बताइन् । साढे २ तलाको बंगलालाई आफुले सोचेअनुसारको बनाउन व्यस्त भएको झरनाको भनाई छ ।यसअघि ५२ लाखको महंगो गाडी किनेर झरना चर्चा आएकी थिइन|चलचित्र ‘वधशाला’ सेन्सरमै नपुगी प्रदर्शनमा रोक लागेपछि चलचित्रकर्मीले फागुन २५ लाई कालो दिनको रुपमा मनाएका छन् । काठमाण्डौको मण्डला थिएटरमा भेला भएका चलचित्रकर्मीहरुले सेन्सर नै नगरी राज्यको अर्को निकायले हस्तक्षेप गरेकोमा आपत्ती जनाए ।‘हामीले शान्ती प्रक्रिया भाड्छौ रे !’ लेखिएको कालो फेटा वाधेर चलचित्रकर्मीहरुले ‘वधशाला’ रोकको विरोध गरे । कार्यक्रममा निर्देशक यादव खरेल, हाँस्यकलाकार मनोज गजुरेल, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, नायिका रिमा विश्वकर्मा लगायतले सेन्सरमै नपुगी सिनेमा रोकिएकोमा विरोध गरे ।
मोहन डोटेलले निर्माण गरेको यो चलचित्रलाई मनोज पण्डितले निर्देशन गरेका हुन् । फागुन २५ अर्थात आजैका दिनबाट प्रदर्शनमा आउने भनिएको यो सिनेमालाई रक्षा मन्त्रालयको आग्रहमा संचारमन्त्रलायले रोक लगाएको थियो । चलचित्रले शान्ती प्रक्रिया भाड्छ भन्दै रक्षा मन्त्रलायले संचारमन्त्रलायलाई पत्र काटेको थियो । रक्षाको पत्र पश्चात सिनेमाका सेन्सर समेत नगरी प्रदर्शनमा रोक लगाइएको थियो ।नवनायिका सुरबी जैन बिष्ट यतिबेला चर्चामा छिन् । सिनेमा क्षेत्रमा लागेकासँग प्रेम र विवाह दुवै नगर्ने बताएकी सुरबीले गोविन्द राईले निर्देशन गरेको चलचित्र नागबेलीमा पनि अभिनय गरेकी छिन उनि संग ले गरेको यो कुराकानी ..................
मलाई पहिलेदेखि नै सिनेमा खेल्ने इच्छा थियो । बेलायतमा पढाई सकेर नेपाल आएपछि केही म्युजिक भिडियोमा काम गर्छु भन्ने थियो । तर एकाएक ‘समय’मा अफर आएपछि नाई भन्न सकिन र खेलें ।
· कस्तो पाउनु भयो त सिनेमा नगरी ?
यो क्षेत्रमा नआउँदा त मैले छ्या भन्थें । तर जब यो नगरीमा आएँ, साह्रै राम्रो लाग्यो । कम पैसा र सामान्य प्रविधिमा पनि हामी धेरै सशक्त सिनेमा निर्माण गरिरहेका छौं ।· सिनेमामा लाग्दा परिवारबाट कत्तिको अड्चन आएको थियो ?
मेरो परिवारले म यो क्षेत्रमा आउँछु भन्ने सोचेको थिएन । तर मैले जब सिनेमा खेल्छु भने सबै अचम्ममा परें । कसैले पनि खेल भनेनन् । तर पछि मैले कन्भिन्स गराएर काम गरें ।
· ‘समय’मा कस्तो भूमिका छ ?
म कलेजमा पढ्ने बोल्ड युवतीको भूमिकामा छु । केटा र केटीबीच कुनैपनि भिन्नता नदेख्ने युवतीको भूमिका मैले निर्वाह गरेको छु ।
· ‘समय’मा त थुप्रै उत्तेजक दृश्य दिनुभएको छ, हैन ?
प्रोमोमा देखिएको दृश्य मेरो नभएर अर्को एक नायिकाको हो । तर मैले बिक्कीसँग सामान्य सिन दिएको छु ।
· त्यस्तो दृश्य दिन गाह्रो भएन रु
२० जना मानिसको अघि हात समातेर किस खान त गाह्रो हुन्छ नि । सुरुवातमा बिक्की र अर्की एक नायिकाले खुलेर टङ किस, बेड सिन दिएकाले म डराएको थिएँ । मैले पनि यस्तै दृश्य दिनुपर्ने हो की भन्ने डर मलाई थियो । तर पछि सबैले सम्झाएपयिछ अघि सरें ।
· सिनेमा हेरिसकेपछि कस्तो लाग्यो त?
म अझै पनि मेरो क्यारेक्टरमा खुल्न सक्थें जस्तो लागेको थियो । क्यामेराको एंगलका बारेमा नवुझेकाले पनि मैले ५० प्रतिशत मात्र दिन सके जस्तो लाग्यो ।
· तपाईंको ‘समय’का नायक बिक्कीसग अफेयर भन्ने सुनिन्छ नि?
त्यो एउटा हल्ला मात्र हो । किनकी सिनेमासँगै खेलेपछि, प्रमोशनमा हिँडेपछि कुरा त आइहाल्छ ।
· अफेयर चै छ कि छैन त कसैसँग ?
मेरो अहिले कसैसँग पनि अफेयर छैन । र म यो क्षेत्रको मानिससँग सम्वन्ध राख्दिन । किनकी म एकदमै नौटंकी केटी हुँ । यो क्षेत्रको मानिसले मलाई सम्हाल्न सक्दैन ।
· नौटंकी भनेको चाहिँ कस्तो हो त ?
मलाई साधारण मानिसले झेल्ने सक्छ जस्तो लाग्दैन । सिनेमा नगरीको मानिस त नौटंकी देखेर रमाइलो मान्छ । तर झेल्न सक्दैन ।
· अब कस्तो सिनेमा खेल्ने रहर हो त ?
चुलबुले भन्दा पनि सिरियस भूमिका गर्न सक्छु जस्तो लाग्छ मलाई । दिमागी रुपमा बिरामी मानिसको भूमिका गर्न मन छ ।
· आफूले आफूलाई कसरी मूल्याँकन गर्नुहुन्छ ?
म खुलेर शुरुवातमा कसैसग पनि बोल्न सक्दिन । तर जब म कसैसँग बोल्छु अरुलाई बोल्न नै दिन्न । म धेरैजसो रिजर्बमा बस्छु ।
· पहिलो प्रेम याद छ नि ?
फस्ट लभ त मेरो एसएलसी पढ्दा भयो । मेरो कक्षाको फस्ट व्याइले मलाई लभलेटर लेखेको थियो । तर त्यो लभ सामान्य रुपमा नै सकियो । केटाकेटी खेलेजस्तै भयो । एसएलसी सकिने अन्तिम दिनमा प्रपोज गर्यो, रिजल्ट आउँदा सकिएको थियो ।
· त्यसपछि कसैसँग प्रेम गरिएन?
कलेज पढ्दा एकजना केटासँग प्रेम गरें । २ बर्ष साथी भएपछि उसले प्रपोज गर्यो । तर पछि म पढ्नका लागि बेलायत पुगें । उसले यहाँ अर्कै युवतीसँग लभ गरेको सुनें । अहिले उ मैले गल्ती गरें भन्दै फोन गर्छ । तर म एकपटक धोका दिने मानिसलाई माफ गर्न सक्दिन ।
· खानेकुरा मिठो के पकाउनुहुन्छ ?
आलु परौठा, मिठो पकाउँछु ।
· कुन नायक साह्रै मन पर्छ ?
कर्मा मन पर्छ । उसको हाउभाउ, उसले एक्सप्रेस गर्ने तरीका मन पर्छ । उसँग एउटा सिनेमामा काम गर्न मन छ । तर मनैदेखि भन्दा मलाई आदित्यनारायण झासँग सिनेमामा रोमान्स गर्ने सपना छ ।
· मनपर्ने कुनै तीनजना नायक ?
सलमान खान, लिओनार्डो, जेम मलिक ।
· नेपालका तीनजना सेक्सी नायक ?
नेपालमा सेक्सी खालका नायक पनि छन् र । तर चपली हाइटका राज घिमिरे सेक्सी लाग्छ ।
· आफू चाहिँ कत्तिको सेक्सी छु जस्तो लाग्छ?
म जति मेकअप गरेपनि, जति कपडा लगाएपनि सेक्सी देखिन्न । कसैले सेक्सी भनेनन् ।
· आफनो कुन अंग सेक्सी लाग्छ?
आँखा चाहिँ एकदमै सेक्सी लाग्छ ।
अब म रक्सी पिउँदिन।' मदिरापानकै कारण मेरो वैवाहिक जीवनमा मात्र होइन सांगीतिक करियरमै नकारात्मक प्रभाव पारिरहेको थियो।उनले भनिन गीत रेकर्डिङको क्रममा समेत मदिरापान गरेपछि गीत रेकर्डिङ गर्नै गाह्रो परेको गुनासो कतिपय संगीतकारहरुको थियो। सञ्चारमाध्यममा समेत बारम्बार मदिरा पिएर मातेको समाचार आएपछि उनी विवादमा समेत पर्दै आएकी थिइन्। कतिपयले उनको यो घोषणालाई पत्याएका समेत छैनन्।अहिले आएर उनले आगामी दिनमा आफूले मादकपदार्थ सेवन नगर्ने बताएकी छिन्। अञ्जुले भनेकी छिन् — 'मदिरा पिउनै हुँदैन भन्ने होइन तर म भने अब यसबाट टाढा भएकी छु ।
एएफसी च्यालेन्ज कप छनोट फुटबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । सोमबार भएको आफ्नो दोस्रो खेलमा घरेलु टोली नेपाल बंगलादेशसँग २(० ले स्तभ्द भएको हो ।
हारसँग नेपालको अघिल्लो चरणको प्रवेश कठिन भएको छ । पहिलो खेलमा नदर्न मारियानालाई ६(० ले हराएको नेपालले अघिल्लो चरण प्रवेशको सम्भावना जिवितै राख्न प्यालेस्टानलाई हराउनै पर्छ भने बंगलादेश र नदर्न मारियानाबीचको खेलको नतिजा कुर्नुपर्छ ।
लगातार २ खेल जितेको प्यालेस्टाइन ६ अंकका साथ समूहको शीर्ष स्थानमा छ भने ३ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । समान अंक जोडेको बंगलादेश गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ । पुछारमा रहेको दर्नद मारियानाले भने अंकको खाता नै खोल्न सकेको छैन ।त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले सुरुमा नै दुई वटा अबसर खेल पाल्यो । त्यसलगतै बंगलादेशले पनि राम्रा मौका गुमायो ।
निकै प्रतिस्पर्धात्मक खेलमा २७ औं मिनेटमा बल क्लियर गर्ने क्रममा रक्षक किरण चेम्जोङले फल गरेको भन्दै रेफ्रीले पेनाल्टी दिए, जसमा रोनीले गोल गरे । पेनाल्टीको निर्णयप्रति असन्तुष्टी जनाउँदै दर्शकले चर्को हुटिङ गर्नुका साथै मोबाइलको झटारो हानेपछि केहीबेर खेल अवरुद्ध भयो । रेफ्री, एन्फा र एएफसीका अधिकारीहरुबीचको छलफलपछि फेरि खेल सुरु भएको थियो ।
त्यसपछि पहिलो हापमा नेपालले खेलमा र्फकने केही मौका गुमायो । ३७ औं मिनेटमा जगजित श्रेष्ठको पासमा कप्तान सागर थापाले हानेको बल बारको केहीमाथिबाट जाँदा दर्शक चुकचुकाए । दोस्रो हापको सुरुमा नै भरतको प्रहार बारमा लागेपछि नेपालले बराबरी गर्ने मौका गुमायो । ५७ औं मिनेटमा काउन्टर आक्रमणमा रोनीले नै गोल गरेपछि नेपाल २(० ले पछि पर्यो ।
चलचित्र वधशालाले शान्ति प्रक्रिया भाँड्ने भन्दै रक्षा मन्त्रालयले सञ्चार मन्त्रालयलाई दोस्रोपटक पत्राचार गरेको छ । रक्षाले महिना दिनअघि सञ्चारमन्त्रलायलाई पत्र लेखी वधशालाको सेन्सर नभएको भए सेन्सरमा रोक लगाउन सेनालाई उधृत गर्दै आग्रह गरेको थियो । रक्षाले पत्र काटेपछि सञ्चारमन्त्रलायले चलचित्र बिकास बोर्डमा पत्र काटी वधशालालाई रोक लगाउन भनेको थियो ।रक्षा मन्त्रालयले सिनेमा नै नहेरी वधशाला रोकेकोमा चौतर्फी विरोध भएको थियो । विरोधपछि रक्षाले सञ्चार मन्त्रलायको नाममा पुनः पत्र काटी वधशालाले शान्ती प्रक्रिया भाड्ने जनाउादै आफैं विचार गर्न मन्त्रालयलाई आग्रह गरेको हो । रक्षाको पत्र पश्चात सोमबार सञ्चार मन्त्रालयमा वधशालाको सेन्सरमा रोक लगाउने गरी टिप्पणी उठाइएको छ ।
सञ्चार मन्त्रालयले सेन्सरमा रोक लगाउने तयारी गरेपछि वधशाला युनिटले रक्षा मन्त्रायल समेतको जिम्मा सम्हालेका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई भेट्ने प्रयास गरेका छन् ।
यसैवीच चलचित्र वधशालाको सेन्सरमा समेत रोक लगाएको प्रति नेपाल चलचित्र निर्देशक समाजले आपत्ति जनाएको छ । समाजका कायम मुकायम महासचिव एम।एस।अ्रगजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मनोेज पण्डित निर्देशित चलचित्र ‘वधशाला’ लाई रक्षा मन्त्रालय र सञ्चार मन्त्रालयबाट सेन्सरमा अवरोध पुर्याउने काम भएको हुँदा निर्देशक समाज आपत्ति व्यक्त गर्दछ ।’
फागुन २५ गतेबाट प्रदर्शनमा आउने भनिएको यो चलचित्रको सेन्सर हुन सकेको छैन । निर्देशक समाजले सिनेमाको सेन्सर समेत नगर्न भनी रक्षाले पत्र काटेको १ महिना पछि बल्ल आफ्नो धारणा सार्वजनिक गर्नु आफैमा आश्चर्यको बिषय छ ।


+modified.jpg)



