गत फाल्गुन २५ गते रिलिज भएको फिल्म 'रिदम' लाई दर्शकले जसरी रूचाएका छन् त्यसरी नै उक्त फिल्मको गीतलाई पनि उत्तिकै रूचाएको पाईएको छ । फिल्मका निर्देशक विकास आचार्यले दिएको जानकारी अनुसार फिल्मको पागल म बन्न सक्छु गीतको सिआरबिटी र पिआरबिटी गरेर ५० हजार भन्दा बढि डाउनलोड भईसकेको छ ।'जसरी नाइ नभन्नु ल फिल्मको गीतको रिङ व्याक टोनलाई रोचाईएको थियो त्यसरी नै रिदमको गीतको रिङ व्याक टोनलाई पनि रूचाईएको पाईएको छ, आचार्यले भने हिलेको स्पिडमा नै रिङ व्याक टोन डाउनलोड हुँदै भयो भने मात्रै पनि नाइ नभन्नु ल फिल्मको गीतलाई यसले उछिन्ने छ ।' नाइ नभन्नु लको रिङ व्याक टोनबाट मात्रै १२ लाख रूपैंया हात पारिसकेका निर्देशक आचार्यले रिदमबाट त्यो भन्दा बढि रकम हात पार्ने आश गरेको उनले बताए ।रिङ व्याक टोनको राईट लिएको बुढा सुब्बा म्युजिकले आफूलाई राम्रो रकम उपलब्ध गराएकोले पनि फिल्मको ३० % लगानी यसै रिङ व्याक टोनबाट उठ्न सक्ने बिश्वास उनको छ । नेपाल सहित बिश्वका अन्य केहि मुलुकमा पनि बुढा सुब्बा रिङ व्याक टोनको सुबिधा उपलब्ध गराउने तयारी गरेकाले निर्देशक आचार्यको बिश्वास बढेको हो । यो समाचार तयार पारूञ्जेल सम्म बुढा सुब्बाका सञ्चालक नवराज गिरीले टिपाएको रिपोर्ट अनुसार सिआरबिटीमा महिला र पुरूषको गरेर २१ हजार भन्दा बढि पटक डाउनलोड भएको छ भने पिआरबिटीमा ३० हजार भन्दा बढि पटक डाउनलोड भएको छ ।
दैनिक २ हजारको हाराहारीमा सो गित डाउनलोड भैरहेकोछ । प्रस्तुत गीतको शब्द रचना डा कृष्णहरि बरालले गरेका हुन् भने संगीत बसन्त सापकोटाको रहेको छ । स्वर भने स्वरूपराज आचार्य र रजिना रिमालले दिएका छन् । फिल्म नाइ नभन्नु ल को गीत पनि डा कृष्णहरि बरालले नै लेखेका हुन् र स्वर दिपक लिम्बु र रजिना रिमालले दिएका हुन् । संगीत भने महेश खड्काको रहेको थियो ।
यस्तै बिकास आचार्यले निर्देशक गरेको अर्को फिल्म 'म तिम्रो भईसकें' को गीत पनि निकै चर्चामा थियो तर रिङ व्याक टोन भने सोचे अनुरूपले डाउनलोड भएन । 'फिल्म खासै नचलेकाले पनि होला रिङ व्याक टोन धेरै डाउनलोड भएन,' निर्देशक आचार्यले भने । यो फिल्मको गीतमा पनि डा कृष्णहरि बरालको शब्द, बसन्त सापकोटाको संगीत तथा दिपक लिम्बु र रजिना रिमालको स्वर रहेको थियो ।
एसएलसी परीक्षाको पहिलो दिन म्याग्दीमा १७ परीक्षार्थी अनुपस्थित
आजदेखि सुरु भएको एसएलसी परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा म्याग्दीमा शान्ति पूर्णरुपमा सकिएको छ । म्याग्दीमा नियमिततर्फ १ र एक्जेम्टेडतर्फ १६ जना गरि १७ जना परीक्षार्थीहरु अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालय म्याग्दीले जनाएको छ । जिल्लामा कुल २ हजार एकसय ३२ जना विद्यार्थी थिए ।
एसएलसीको पहिलो दिनमै सल्यानमा तीनजना परीक्षार्थी कारवाहीमा
एसएलसी परीक्षाको पहिलो दिन आज सल्यानमा तीनजना परीक्षार्थी कारवाहीमा परेका छन् । शङ्खमुल उच्च माविमा रहेको परीक्षा केन्द्रबाट अमर्यादित क्रियाकलाप गरेको भन्दै तीनजना परीक्षार्थीलाई कारवाही गरिएको हो । उपसचिव भगवान पौडेलसहितको टोलीले अनुगमन निरीक्षणको क्रममा चिट फेला पारेपछि उत्तर पुस्तिका नियन्त्रणमा लिइएको केन्द्राध्यक्ष जितबहादुर भण्डारीले जानकारी दिनुभयो । अन्य परीक्षा केन्द्रमा भने आजको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी रामवन्धु सुवेदीले जनाउनुभयो
गार्ड खटिएका एक शिक्षक निष्कासन
आजबाट सुरु भएको एसएलसी परीक्षामा चिट चोराएको आरोपमा भोजपुरको उत्तरी कुदाककाउले केन्द्रमा गार्ड खटिएका एक शिक्षकलाई निष्कासन गरिएको छ । आज भएको अङ्ग्रेजी विषयको परीक्षामा चिट चोराउँदै गरेको अवस्थामा जिल्ला शिक्षा कार्यालयबाट खटिएको अनुगमन टोलीले फेला पारी ति शिक्षकलाई निष्कासन गरेको हो । निष्कासनमा परेका शिक्षकलाई शिक्षा ऐनअनुसार कारवाही गरिने जिल्ला शिक्षा अधिकारी योगराज भट्टराईले जानकारी दिनुृभयो । कुदाककाउले केन्द्रमा बाहेक अरु सबै केन्द्रमा मर्यादित रुपमा परीक्षा सम्पन्न भएको जिल्ला शिक्षा अधिकारीले जानकारी दिनुभएको छ । भोजपुरमा यस वर्षको एसएलसीमा नियमित र आंशिक दुवैतर्फ गरी ५ हजार ८९ जना विद्यार्थी सामेल भएका छन् भने १८ वटा केन्द्र निर्धारण गरिएको छ ।
अनियमितताको आरोपमा सर्लाहीमा एक एसएलसी परीक्षा निरीक्षक बर्खास्त ।।
अनियमितता गरेको आरोपमा सर्लाहीमा एक जना एसएलसी परीक्षा निरीक्षक कार्वाहीमा परेका छन् । सदरमुकाम मलंगवास्थित श्रीमती कृष्णादेवी उच्च मावि परीक्षा केन्द्रमा कार्यरत निरीक्षक मनोज रायलाई बर्खास्त गरिएको हो । अगर्वा उच्च माविका शिक्षक रायलाई अनियमितता नगर्न पटक पटक सचेत गराउँदा पनि अटेर गरेपछि हेटौडाबाट आएको क्षेत्रीय शिक्षा निर्देशनालयको टोलीले बर्खास्त गरेको जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माले जानकारी दिनुभयो । यो घटनाबाहेक सर्लाहीका अरु सबै परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा आज पहिलो दिनको एसएलसी परीक्षा सम्पन्न भएको उहाँले बताउनुभयो । उहाँका अनुसार सर्लाहीमा ३० वटा परीक्षा केन्द्र निर्धारण भएका छन् । जिल्लाका कूल १० हजार ५ सय परीक्षार्थीले एसएलसी दिइरहेका छन्
एसएलसीका बेला बिजुली नहँुदा घुर्काैलीका विद्यार्थी मर्कामा
एसएलसी परीक्षाका बेला गाउँमा बिजुली बन्द भएपछि सर्लाहीको घुर्काैली वडा नम्बर ४ का विद्यार्थी मर्कामा परेका छन् । स्थानीयका अनुसार घुर्काैली ४ स्थित चोकमा रहेको ट्रान्सफर्मर् बिग्रिएका कारण १० दिनेदेखि डेढ सय घरधुरीमा विद्युत अवरुद्ध भएको हो । पढ्नुपर्ने बेला बिजुली बाल्न नपाउँदा आफूहरुको पढाईमा बाधा पुगेको एसएलसीमा सहभागी स्थानीय परीक्षार्थीले गुनासो गरेका छन् । बिग्रिएको ट्रान्सफर्मर मर्मतका लागि प्राधिकरणले बल्ल आज लगेको तर कहिले बनाएर ल्याउने भन्ने कुनै निश्चित नभएको स्थानीय पवन खरेलले जानकारी दिनुभयो ।
चिट चोर्न नपाएपछि विद्यार्थी फर्किए ।।
परीक्षामा चिट चोरेरै भएपनि एसएलसी उत्तीर्ण गर्ने उद्देश्य लिएर बाहिरी जिल्लाबाट आएका सयभन्दा बढी विद्यार्थी त्यसै फर्किएका छन् । जसरी पनि परीक्षामा उत्तीर्ण गराउने भन्दै मोटो रकम लिएका ठेकेदार परीक्षाको मुखमा सम्पर्कविहीन भएपछि परीक्षा दिन आएकाहरु निन्याउरो मुख लगाउँदै घर फर्किन बाध्य भएका छन् । चितवन र मकवानपुरका गरी सयभन्दा बढी विद्यार्थीहरू आफू ठगीमा परेको भन्दै घर फर्किका हुन् । मकवानपुर र चितवनमा रहेका कोचिङ सेन्टर तथा ती सेन्टरमार्फत् सम्पर्क गराइएका दलालले प्रति विद्यार्थी १५ देखि २८ हजारसम्म असुलेर एसएलसी उत्तीर्ण गराउने ठेक्का लिएर रौहतट ल्याएका विद्यार्थी यसरी ठगीमा परेका हुन् ।
विघठित प्रतिनिधिसभामा प्रतिनिधित्व नभएका ४३ राजनीतिक दलहरुको मोर्चा सर्वदलीय राजनीतिक गठबन्धनले पनि प्रधानन्यायधिसको नेतृत्वमा चुनावी परिषद गठन गर्ने दलहरुको निर्णय र राष्ट्रपतिको समर्थनप्रति आपत्ति प्रकट गरेको छ ।
बहुजातीय समावेशी पार्टी, राष्ट्रिय एकता मञ्च, नेपाल समावेशी पार्टी लगायतका ४३ दलको गठबन्धनले विहीबार एक विज्ञप्ति निकालेर प्रधानन्यायधिसलाई प्रधानमन्त्री बनाएर अन्तरिम संविधान २०६३ को औचित्य समाप्त पारेको दावी गर्दै मुलुक चार दलको अधिनायकबादी सिण्डिेकेटको बन्धक बनेको आरोप गाएका छन् ।
यो निर्णयलाई नेपाली राजनीतिक र संबैधानिक ईतिहासकै कालो घटनाको रुपमा स्मरण गर्दै नउीहरुले त्यसप्रति गंभिर आपत्ति प्रकट गर्दै त्यसका विरुद्धमा संघर्षमा उत्रन आब्हान समेत गरिएको छ ।
उनीहरुले मुलुकमा संबैधानिक निकाय उपराष्ट्रपति र राष्ट्रपति मात्रै रहेको अवस्थामा उपराष्ट्रपतिको नेतृत्वमा चुनावी सरकार गठन गर्न आफूहरुले राष्ट्रपति र दलहरुको ध्यान आर्कषित गराएकोमा त्यसलाई बेवास्ता गरेको भन्दै आन्दोलनको चेतावनी दिएको छ ।
यता बहुजातीय समावेशी पार्टीले पनि आज छुट्टै विज्ञप्ति निकालेर चार दल, राष्ट्रपति र प्रधानमन्त्री खिलराज रेग्मी यूरोपियन यूनियन, अमेरिका र भारतको दलाल बनेको आरोप लगाउँदै उनीहरुलाई सार्वजनिक बहिस्कारगर्न आब्हान गरेको छ । अध्यक्ष शंकर थापाद्धारा जारी विज्ञप्तिमा आजको दिनलाई नेपाली ईतिहासकै काले दिनको संज्ञा दिदै यसका विरुद्ध आन्दोलनमा उत्रन सबैसँग आग्रह गरिएको छ ।
प्रधान न्यायाधीश खिलराज रेग्मीलाई राष्ट्रपति रामवरण यादवले अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षका रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। यसअघि राष्ट्रपति रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ अनुसार बाधा अड्काउ फुकाई संविधानको धारा ३८ (१) बमोजिम रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षका रुपमा नियुक्त गरेका थिए। रेग्मी नेतृत्वमा थप दुई जना मन्त्री बनेका छन्। माधवप्रसाद घिमिरेलाई गृह तथा परराष्ट्रको जिम्मेवारी दिइएको छ भने हरिप्रसाद न्यौपानेलाई कानुन न्याय, संसदीय व्यवस्था, संविधान सभा तथा श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको छ।
विश्व मिर्गौला दिवस स्वास्थ्यका क्षेत्रमा क्रियाशिल विभिन्न संस्थाहरुले कार्यक्रमको आयोजना गरेका छन् । जीवनका लागि मृगौला उपचार भन्ने नाराका विश्व मिर्गौला दिवस मनाउन लागिएको हो । नेपालमा सन २००६ सालदेखि मात्रै यो दिवस मनाउँदै आइएको छ । मानव शरीरको महत्वपूर्ण एवम् संवेदनशील अङ्ग मिर्गौलाको समयमै पहिचान र उपचारमा हेलचेक्र्याइँ गरेकै कारण समस्या बढ्दै गएको छ । मिर्गौला रोग कम गर्न, धूमपान र मध्यपान नगर्ने, तौल बढ्न नदिने, पानी बढी पिउने, १५ मिनेट बिहान हिँड्डुल गर्ने, स्वस्थकर खाना खाने, समयमै सुत्नेबानी गर्नाले यसको जोखिम कम गर्न सकिने वरिष्ठ मिर्गौैला रोग विशेषज्ञ ऋषिकुमार काफ्लेको भनाई छ । पछिल्लो जनगणनाअनुसार कूल जनसङ्ख्याको १० प्रतिशत अर्थात् २६ लाख मानिस मिर्गौला रोगको जोखिममा छन् ।
यसबर्षको प्रवेशिका परिक्षा एसएलसी आजबाट सुरु भएको छ । केहीबेर अघिबाट सुरु भएको परिक्षामा नियमिततर्फ चार लाख ३० हजार ९७ र एक्जेम्टेडतर्फ एक लाख १७ हजार ६८ गरी कूल ५ लाख ४७ हजार १ सय ६५ परिक्षार्थी सामेल भएका भएका छन् । आज पहिलो दिन अनिवार्य अग्रेजी विषयको परिक्षा भइरहेको छ । देशभर परिक्षा सञ्चालनका लागि एक हजार ७ सय ८६ परिक्षा केन्द्र तोकिएका छन् । देशभर परिक्षालाई मर्यादित बनाउन सुरक्षा व्यवस्था मजबुद पारिएको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । आजबाट सुरु भएको परिक्षा चैत ९ गतेसम्म सञ्चालन हुनेछ । परिक्षाको मर्यादा विपरित काम भए त्यस्ता व्याक्तिलाई १ लाख जरिवाना र ६ महिना सम्मको कैदको व्यवस्था गरिएको छ । एक परिक्षार्थीको सट्टा अर्कोले परिक्षा दिए २ बर्षसम्म परिक्षाबाट बन्चित गरिने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
सिन्धुलीबाट ५ हजारभन्दा बढीले एसएलसी दिँदै
आजदेखि एसएलसी परिक्षा सुरु भएको छ । यसपाली सिन्धुलीवाट ५ हजार ९ सय ३२ जनाले एसएलसि परिक्षा दिँदै छन् । यसका लागि जिल्लामा २१ वटा परिक्षा केन्द्र, २१ जना केन्द्राध्यक्ष र २१ जना सहायक केन्द्राध्यक्ष तोकिएको छ । साथै उत्तिकै संख्यामा निरिक्षकहरु पनि खटाइएको छ । शान्तिपूर्ण तरिकाले परिक्षा सम्पन्न गराउन प्रत्येक केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । परिक्षालाई व्यवस्थित गराउन जिल्ला शिक्षा कार्यालय र परिक्षा समन्वय समितिले निरन्तर अनुगमन गर्ने हिजो पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । एसएलसि परिक्षा व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गराउन जिल्लाका सम्पुर्ण राजनीतिक दल, समाजसेवी, वुद्धिजिवी, शिक्षक, कर्मचारी लगायत सम्पूर्णलाई जिल्ला शिक्षा कार्यालयले आग्रह समेत गरेको छ । साथै परिक्षार्थीहरुलाई निडर र शान्तिपुर्ण तरिकाले परिक्षा दिन पनि कार्यालयले अनुरोध गरेको छ ।
चितवनबाट १२ हजार २ सय ७६ विद्यार्थी सहभागी
आजबाट सुरु भएको एस एल सी परीक्षामा चितवनबाट १२ हजार २ सय ७६ परीक्षार्थी सामेल भएका छन् । नियमित तर्फ १० हजार ४ सय ७६ र आंशिक तर्फ १ हजार ८ सय परिक्षार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालय चितवनले जनाएको छ । परीक्षाका लागि ३८ वटा परिक्षाकेन्द्र रहेका छन् । एसएलसी दिनेमा चारजना दृष्टिबिहीन छन् । शिविरमा रहेका माओवादी लडाकु सेनामा समायोजनका क्रममा बाहिरिएपछि यस वर्ष चितवनमा एसएलसीको परीक्षा केन्द्र २ वटा घटेका छन् । यसैबीच चितवनमा रजिष्ट्रेसन फारम भरेका ३ सय ८ जना विद्यार्थीहरु परीक्षाबाट बन्चित भएका छन् । शिक्षा नियमावली अनुसार कक्षामा ७५ प्रतिशत हाजिरी नभएका विद्यार्थीहरु रहेकाले उनीहरुले परिक्षा दिन नपाएका हुन्। नियमीततर्फ १० हजार ७ सय ८४ जना विद्यार्थीले फारम भरेको भए पनि मापदण्ड पुगेका १० हजार ४ सय ७६ परीक्षार्थीलाई मात्रै परिक्षामा सहभागि गराईएको शिक्षा कार्यालयले जनाएको छ ।
कास्कीबाट १० हजार ९ सय ४७ विद्यार्थी एसएलसीमा सहभागी
आज बाट शुरु भएको प्रवेशीका एस एलसी परिक्षामा कास्कीबाट १० हजार ९ सय ४७ जना विद्यार्थी सहभागी भएका छन् । विहान ८ बजे बाट शुरु भएको परिक्षामा आज पहिलो दिन विद्यार्थीहरु अंगेजी विषयको परिक्षा दिदै छन् । कास्कीबाट दृष्टिविहिन १२ जना ,सुस्तश्रवणका ११ जना ,खुल्ला विद्यालयबाट ६५ जना कारागारबाट ७ जना र सुधारगृह बाट १२ जना सहभागी भएका छन् । यस्तै पश्चिमाञ्चलमा रहेका १६ जिल्ला बाट नियमित तर्फ ८३ हजार २ सय ८९ जना र एक्जाम्टेड तर्फ १७ हजार ५ सय १३ विद्यार्थी सहभागी हुने क्षेत्रीय शिक्षा निर्देशनालयले पोखराले जनाएको छ ।
काभ्रे र सिन्धुपाल्चोकमा पत्रकारलाई एसएलसी परीक्षा केन्द्रमा प्रवेशका लागि छुट्टै पास छैन्
जिल्ला शिक्षा कार्यालय काभ्रे र सिन्धुपाल्चोकले आजबाट सुरु भएको प्रवेशिका परीक्षाका लागि जिल्लाका पत्रकारहरुलाई छुट्टै पास उपलब्ध गराएको छैन् । एसएलसी परीक्षालाई थप ब्यवस्थित र मर्यादित बनाउन पत्रकारहरुलाई परीक्षा केन्द्रमा प्रवेश र अनुगमनका लागि विशेष पासको ब्यवस्था नभएको जिल्ला शिक्षा अधिकारीहरुले बताएका छन् । एसएलसी परीक्षा अवधिभरका लागि मात्रै पत्रकार बन्ने परिपाटी फस्टाउन थालेपछि परीक्षा समितिको बैठकले नै पत्रकारहरुका लागि पास नदिने निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको अनुरोधमा काम गरिरहेको सञ्चार संस्थाकै प्रेस पासको आधारमा क्रियाशिल पत्रकारहरुले सम्बन्धित केन्द्राध्याक्षाको अनुमति लिइ परीक्षा केन्द्रको अनुगमन गर्न सक्ने ब्यवस्था मिलाइएको जिल्ला शिक्षा कार्यालय काभ्रेका शाखा अधिकृत शान्तिराम पौडेलले जानकारी दिनुभयो । क्रियाशिल पत्रकारहरुलाई मात्रै परीक्षा केन्द्रको अनुगमन गर्न आफु मातहातका केन्द्राध्यक्षहरुलाई सर्कुलर गरी सकिएको सिन्धुपाल्चोकका शिक्षा अधिकारी गेहनाथ गौतमले बताउनभुयो । काभ्रेमा यो वर्ष ३९ वटा परीक्षा केन्द्र मार्फत नियमित तर्फ ८ हजार ३१ जना र एक्जाम्टेड तर्फ १ हजार २ सय ५८ गरी जम्मा नौ हजार २ सय ८९ जना परीक्षार्थीले आजको अग्रेँजी विषयको परीक्षा दिइरहेका छ । सिन्धुपाल्चोकमा नियमित र एक्जाम्टेड गरी २४ वटा केन्द्र मार्फत पाँच हजार ९ सय ७९ जना विद्यार्थीहरु परीक्षामा सहभागि छन् । काभ्रेमा एसएलसी परीक्षामा सहभागि हुने विद्यालयको संख्या बढेपनि विद्यार्थी संख्या भने गएको वर्ष भन्दा ३३ जना कम छ । यसपालिको एसएलसीमा एक सय ३८ वटा सामुदायिक विद्यालयले सात हजार २ सय ८९ जना र ६६ वटा निजी विद्यालले दुई हजार विद्यार्थी परीक्षामा सहभागिता गराएका छन् ।

अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षका रुपमा प्रधानन्यायाधीश खिलराज रेग्मीले सथपग्रहण गर्दै हुनुहुन्छ । दलहरुको गएरातीको सहमति अनुसार आज बिहान ९ बजेका लागि सपथ ग्रहणको कार्यक्रम तय गरिएको छ । दलहरुबीच ९ बजे नै सपथग्रहणको कार्यक्रम तय गरिए पनि तयारीका लागि केही समय लाग्न सक्ने राष्ट्रपति कार्यालयले जनाएको छ । सरकार प्रमुखको जिम्मेवारी दिन लागिएका प्रधानन्यायाधीश रेग्मीलाई राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ गराउनु हुनेछ । गएराती ११ बजे नै शपथ गराउने तयारी भए पनि अन्तिम समयमा आज बिहानका लागि सारिएको हो । आज प्रधानन्यायाधीश रेग्मीले अन्तरिम मन्त्रिपरिषद्को अध्यक्षका रुपमा सपथग्रहण गरेपछि उहाँ सर्वोच्च अदालतको जिम्मेवारीबाट निस्कृय रहनुहुनेछ । दलहरुबीच भएको ११ बुदे सहमति अनुसार रेग्मीले निजामति सेवाका पूर्व प्रशासक र स्वतन्त्र व्यक्ति रहेको ११ सदस्यीय मन्त्रिपरिषद् गठन हुनेछ । २३ वैशाख २०६८ देखि प्रधानन्यायाधीशका रुपमा कार्यरत रेग्मी पदमै रहेर मुलुकको कार्यकारी प्रमुख बन्ने नेपालकै पहिलो व्याक्ति हुनुहुन्छ । दलहरुको सहमति अनुसार रेग्मी नेतृत्वको सरकारले आगामी ७ असारभित्र संविधानसभाको निर्वाचन गर्नुपर्नेछ । रेग्मीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति रामबरण यादवले मन्त्रिपरिषदले सिफारिस गरेको २५ बँुदे बाधा अड्काउ फकाउ अध्यादेश स्वीकृत गरिसक्नु भएको छ । प्राविधिक कारणले काबु बाहिरको परिस्थिति उत्पन्न भई निर्वाचन हुन नसके रेग्मी नेतृत्वको सरकारलाई आगामी मंसिर मसान्तसम्मको अन्तिम समयसीमा तोकिएको छ । तर, अर्को मिति भने उच्चस्तरीय राजनीतिक समितिको सहमतिमा मन्त्रिपरिषद्ले तय गर्ने सहमति गरेको छ ।
यो वर्षको एसएलसी परीक्षा बिहीबारदेखि सुरु हुँदै छ । सरकारले एसएलसीमा अनियमितता गर्नेलाई कडा कारबाही गर्ने जनाएको छ । निर्देशिकामा अनियमितता गर्नेलाई एक लाख जरिवानाका साथै ६ महिनासम्मको जेल सजायको व्यवस्था छ ।'परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०६८ अनुसार अनियमितता गर्ने कसैलाई बाँकी राखिने छैन,' शिक्षा मन्त्री दीनानाथ शर्माले मंगलबार अन्तरक्रियामा भने, 'चिट चोराउने, लेखेर/लेखाएर विद्यार्थीलाई अनियमितता गराउने शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारीदेखि परिचालित सुरक्षाकर्मी कसैलाई छाडिने छैन ।' मन्त्री शर्माले परीक्षाको गुणस्तरमा सरकारले सम्झौता नगर्ने उल्लेख गरे । परीक्षा नियन्त्रक खगराज बरालले तयारी पूरा भएको बताए । परीक्षा चैत १ देखि ९ सम्म बिहान ८ देखि ११ बजेसम्म हुनेछ । परीक्षामा नियमितर्फ ४ लाख ३० हजार ९७ र एक्जेम्टेडतर्फ १ लाख १७ हजार ६८ जना सहभागी हुँदै छन् । एक हजार ७ सय ८६ परीक्षा केन्द्र राखिएको छ । केन्द्रैपिच्छे केन्द्राध्यक्ष, २ हजार ६ सय ५५ सहायक केन्द्राध्यक्ष, २१ हजार ८ सय ९० निरीक्षक, ७ हजार २ सय ९७ सहयोगी र १७ हजार ८ सय ६० सुरक्षाकर्मी परिचालन हुने बरालले बताए ।
डोटीबाट एसएलसी ३६ सय परीक्षार्थी सहभागी हुने
भोलिदेखि सुरु हुने एसएलसी परीक्षामा डोटीबाट ३६ सय विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लामा रहेका ७१ सामुदायिक र ४ संस्थागत गरि कूल ७५ वटा विद्यालयका परिक्षार्थीहरु सहभागी हुने परीक्षाका लागि जम्मा ११ वटा परिक्षा केन्द्र तोकिएको छ । परीक्षाको सबै तयारी पनि पुरा भइरहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । यसैबीच डोटीको रामपुर परीक्षा केन्द्रमा केन्द्राध्यक्ष अम्बिकाप्रसाद पोख्रेलको अध्यक्षतामा आज बसेको बैठकले बुडर बजारमा मदिरा बेचविखनमा पूर्ण प्रतिबन्ध लगाएको छ भने स्थानीय कल्याण सिहं धामीको अध्यक्षतामा परीक्षा सहयोग समिति गठन गरेर टाढाका विद्यार्थीहरुका लागि सस्तो र सुलभरुपमा बसोबास र खानाको प्रबन्ध मिलाउने निर्णय पनि भएको छ ।
पाल्पामा एसएलसीमा सहभागी परीक्षार्थीले अनिवार्य पोशाक लगाउनुपर्ने
एसएलसी परीक्षामा सहभागि पाल्पाका परिक्षार्थीहरुले अनिवार्यरुपमा पोशाक लगाउनु पर्ने भएको छ । सम्बन्धित विद्यालयको पोशाक लगाएर नगए परीक्षा दिन नपाउने गरी सबैलाई जानकारी गराइएको छ । यसपालीको परीक्षालाई अनुशासित र मर्यादित बनाउनका लागि पोशाकलाई अनिवार्य गरिएको जिल्ला शिक्षा कार्यालय पाल्पाका उपसचिव टिकाराम शर्माले बताउनुयभो । साथै परीक्षार्थीले ज्याकेट लगाउन तथा पछ्यौरा र सल ओढ्नसमेत नपाउने भनिएको छ ।
जुम्लाको एक केन्द्रमा एसएलसी परीक्षाको जिम्मा महिलालाई मात्र
जिल्लाका ११ वटा परिक्षा केन्द्रमध्ये कर्णाली माध्यमिक विद्यालय अनामनगर केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्षदेखि सबै निरीक्षकको जिम्मा महिलालाई दिइएको छ । केन्द्रध्यक्ष माध्यमिक विद्यालय अनामनगरका प्रधानाध्यापक कान्तिका सेजुवाल र सहायक केन्द्राध्यक्ष शिक्षिका तारा खत्री रहनुभएको छ । यो वर्षदेखि हरेक परीक्षा केन्द्रमा महिला शिक्षिका बढी सहभागी गराउने नीति लिएको जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ । यस वर्ष जुम्लाबाट करिब २६ सय विद्यार्थी सहभागी हुँदैछन् ।