काठमाडौ, जेष्ठ १७ -आजदेखि लागु हुनेगरी नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयावधि घटाएको छ । यो वर्ष वर्षात चाँडै सुरु भएर खोलानाला तथा नदीहरुमा पानीको वहाव बढेका कारण विद्युतगृह पूर्ण रुपमा चल्न थालेपछि लोडसेडिङको समय घटाइएको प्राविधकरणले जनाएको छ । बिजुली उत्पान बढेपछि प्राधिकरणले गर्दै आएको दैनिक ८ घण्टाको लोडसेडिङ घटाएको प्रबक्ता शेरसिंह भाटले जानकारी दिनुभयो । उद्योगहरुमा हुँदै आएको दैनिक १२ घण्टे लोडसेडिङ घटाएर १० घण्टा कायम गरिएको प्रबक्ता भाटले बताउनुभयो । भाटका अनुसार पानीको वहाव बढेसँगै सबै बिद्युतगृह पूर्ण क्षमतामा चल्न थालेका छन् ।
काठमाडौ, जेष्ठ १७ -आज मे ३१ तारिख अर्थात विश्व धूमपानविरुद्वको दिवस, नेपाल लगायत विश्वभरमा बिभिन्न कार्यक्रम गरी यो दिवस मनाइदै छ । सन् १९८७ देखि यो दिवस मनाउन लागिएको हो । सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवद्र्वन तथा प्रयोजनमा प्रतिबन्ध लगाउँ भन्ने नाराकासाथ सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरुले बिभिन्न कार्यक्रम गर्दैछन् । नेपालमा भने सुर्तीजन्य पदार्थको सेवनबाट प्रत्येक दिन ४६ जनाको मृत्यु हुने गरेको तथ्याङ्कहरुले देखाएका छन् । विश्व स्वास्थ्य सङ्गठनले चुरोट, विँडी, सिगार पाइप हुक्का, पानपराग, खैनी लगायतका सुर्तीजन्य पदार्थका कारण वार्षिक १७ हजारभन्दा बढि मानिसको ज्यान जाने गरेको बताएको छ । कुल जनसङ्ख्याको ३७ प्रतिशत अर्थात साढे ९८ लाख नेपाली सुर्तीजन्य पदार्थको प्रयोगकर्ता रहेको उल्लेखगर्दै विश्व स्वास्थ्य सङ्गठनले प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको उल्लेख गरेको छ । महिलाको बढ्दो सेवन दरले विश्वकै बढि धूमपान गर्ने महिलाको सूचीमा नेपाल परेको छ ।
काठमाडौ , जेष्ठ १७ - भारतको नया दिल्लीमा एपेन्डिक्स क्यान्सरको उपचार गराइरहेका बरीष्ठ चिकित्सक चित्रप्रसाद शर्मा वाग्लेलाई सरकारले आस्वासन मात्र दिएर झुक्याएको छ । सरकारले लामो समय दुर्गममा बसेर स्वास्थ्य सेवा पुर्याएकाले सम्पुर्ण उपचार खर्च ब्यहोर्ने प्रतीबद्धता गरेको थियो । मिडियामा डा.वाग्ले उपचार खर्च अभावमा उपचारबाट बन्चित हुनु परेको समाचार प्रकाशन तथा प्रसारण भएपछि डा. बाबुराम भट्राईको सरकारले सम्पुर्ण उपचार खर्च ब्यहोर्ने प्रतीबद्धता गरेको हो ।
रुपन्देही मुर्गिया घर भएका वाग्लेलाई सरकारले २५ वर्ष दुर्गम जिल्लाहरुमा खटाएपनि बिरामी हुँदा भने वास्ता गरेको छैन । झण्डै १२ वर्ष अर्घाखाँची जिल्ला अस्पतालमा प्रमुख रहेर सेवा गर्नुभएको वाग्ले डब्लुएचओको स्कलरसिपमा एमपिएच अध्ययनका लागि विदा लिएर थाईल्याण्ड पुग्नु भएको थियो |शर्मालाई त्यही क्याक्सर लागेको थाहा भएको थियो ।
रिटायर लाईफ विदाउनुपर्नै बेलाका चिकित्सक अहिले अस्पतालको शैयामा जीवनका लागि हारगुहार गर्नुपरेको छ ।
डा. वाग्लेले आफ्नो जीवन छोटो र साना बालबालीका भएकाले घरखेत बेचेर उपचार गराउन नसकेको बताउनु भएको छ । मेरो जीवन छोटो छ, सबै सकेर कसरी मर्ने ? बालबालीकालागी केहि त राखीदिनु पर्यो, बरु मर्छु सबै सकेर बाच्दिन’, उहाले भन्नुभयो ।
मेडिकल बोर्डले दश महिना अघि डा. वाग्लेको उपचार नेपालमा संभव नभएकाले दिल्ली जान सुझाव दिएको थियो ।उहाले उपचारका लागी हालसम्म २५ लाख भन्दा बढि निजी खर्च गरीसकेको र थप लाग्ने करीब ३० लाख रुपीया आफुले खर्च गर्न नसक्ने बताउनु भएकोछ । उहा ले सरकारबाट ५ लाख मात्र सहयोग पाएको बताउनु भएको छ ।
लामो समय निस्वार्थ दुर्गममा सेवा पुर्याउनुभएको डा. वाग्लेले सरकारको सहयोग पाए केहि समय बाच्न सक्ने आशा ब्यक्त गर्नुभएको छ । निस्वार्थ सेवा पुर्याउने ब्यक्तिलाई सरकारले सहयोग नगरे भोलीका दिनमा यस्ता ब्यक्ति पाउन नसक्ने बिशेषज्ञ चिकित्शकहरुको भनाई छ ।
डा. वाग्लेले अस्पताल बाटै फेरि नेपाल सरकार लाइ "राज्यले मेरो उपचारमा लाग्ने खर्च बेहोर्न नसक्ने हो भने कि मलाई गोली हानेर मारिदेओस्, कि देह त्याग्ने अनुमति देओस"भने गुनासो सहित को पत्र पठाउनु भएको छ ..त्यस पत्रमा यस्तो लेखिएको छ
डा.चित्र प्रसाद हेल्थ कोषमा सहयोग गर्न चाहनु हुने ईच्छुक महानुभावहरुले खाता नाम = ॐ हेल्थ फाउण्डेसन डा. चित्र प्रसाद हेल्थ कोष, नेपाल बैंक लिमिटेड चाबहिल शाखा, खाता नम्बर = ००६४ –११–००१३४८२ मा सहयोग रकम जम्मा गर्न सकिने छ ।

मकवानपुर जिल्ला भैँसे गाविस–१ स्थित कुलेखानी जलविद्युत् आयोजना–२ को एउटा ट्रान्सफर्मरको मर्मतसम्भार गरेर आज मध्याह्नबाट प्रथम चरणमा जम्मा १० मेगावाट विद्युत् उत्पादन सुरु गरेको सो आयोजनाले जनाएको छ।सो आयोजनाको हातामा जडान गरिएको तीनवटा ट्रान्सफर्मर २०७० वैशाख ३ गते राति विद्युत् सर्ट भई जलेका थिए।
कुलेखानी–२ बाट आज उत्पादित १० मेगावाट विद्युत् काठमाडौँको केन्द्रीय विद्युत् ग्रिडमा जोडिएको छ।
सो आयोजनाले पश्चिम क्षेत्रको गण्डकी जलविद्युत्बाट केही हप्ताअघि एउटा ट्रान्सफर्मर ल्याएको थियो।
उक्त ट्रान्सफर्मरलाई मर्मतसम्भार गरी आयोजना स्थलमा जडान गरिएको हो।
करिब डेढ महिनाअघि ट्रान्सफर्मरमा आगलागि भई करिब रु २६ करोड ४० लाखबराबरको क्षति भएको आयोजनाका प्रशासनिक अधिकृत शारदाविक्रम मल्लले बताए ।
अहिले कुलेखानी प्रथमको ६० मेगावाटमध्ये २० र दोस्रोको ३२ मेगावाटमध्ये १० मेगावाट विद्युत् उत्पादन भइरहेको छ।आगामी एक महिनाभित्र सबै ट्रान्सफर्मरको मर्मत गरी कुल ३२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख कृष्णप्र
साद यादवले बताए । रासस
कुलेखानी–२ बाट आज उत्पादित १० मेगावाट विद्युत् काठमाडौँको केन्द्रीय विद्युत् ग्रिडमा जोडिएको छ।
सो आयोजनाले पश्चिम क्षेत्रको गण्डकी जलविद्युत्बाट केही हप्ताअघि एउटा ट्रान्सफर्मर ल्याएको थियो।
उक्त ट्रान्सफर्मरलाई मर्मतसम्भार गरी आयोजना स्थलमा जडान गरिएको हो।करिब डेढ महिनाअघि ट्रान्सफर्मरमा आगलागि भई करिब रु २६ करोड ४० लाखबराबरको क्षति भएको आयोजनाका प्रशासनिक अधिकृत शारदाविक्रम मल्लले बताए ।
अहिले कुलेखानी प्रथमको ६० मेगावाटमध्ये २० र दोस्रोको ३२ मेगावाटमध्ये १० मेगावाट विद्युत् उत्पादन भइरहेको छ।आगामी एक महिनाभित्र सबै ट्रान्सफर्मरको मर्मत गरी कुल ३२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख कृष्णप्र
साद यादवले बताए । रासस
त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव स्थगित भएको छ। विश्वविद्यालयका पदाधिकारीहरु र चार राजनीतिक विद्यार्थी संगठनका प्रतिनिधिहरुबीच भएको छलफल पछि स्ववियू चुनाव स्थगित भएको नेविसंघका नेता वलदेव तिमिल्सिनाले जानकारी दिनुभएको छ। स्ववियू चुनाव जेठ २३ गते हुँदै थियो भने आज चुनावको लागि मनोनयन हुँदै यसपटकको स्ववियू चुनाव खेताला विद्यार्थी प्रकरणका कारण समेत चर्चा र विवादमा रहँदै आएको छ।उता पूर्वमा स्ववियु निर्वाचनलाई पूर्ण समानुपातिक प्रणाली अपनाएर गर्नुपर्ने माग राख्दै आह्वान गरिएको बन्दका कारण पूर्वका नौ जिल्लाको शैक्षिक संस्थाका साथै जनजीवन समेत प्रभावित भएको छ। स्ववियु निर्वाचनलाई समावेशी लोकतान्त्रिक प्रणाली र पूर्ण समानुपातिक प्रणालीअन्तर्गत लैजानु पर्ने आफ्नो पुरानो अडानलाई दोहोर्याउँदै आह्वान गरिएको बन्दका कारण लिम्बुवान क्षेत्रमा पूर्ण प्रभाव परेको छ। मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषद्अन्तर्गतका विद्यार्थी सङ्गठन र लिम्बुवानका विभिन्न पार्टीले आह्वान गरेको बन्दका कारण अरूण पूर्वका नौ जिल्ला सङ्खुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम, ताप्लेजुङ र पाँचथर जिल्लामा बन्दको प्रभाव परेका हुन्।स्ववियु निर्वाचनकै पूर्व सन्ध्यामा आएर धरानको महेन्द्र बहुमुखी क्याम्पसमा एमाओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी तथा नेविसङ्घ र अनेरास्ववियुबीच तीन दिनअघि भएको झडपका कारण धरानमा चारवटा क्याम्पसमा तालाबन्दी गरिएको छ। महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस र पिण्डेश्वर संस्कृत क्याम्पसमा तालाबन्दी भएका कारण ती क्याम्पसमा स्ववियु निर्वाचन हुने परिस्थिति प्रतिकूल हुन पुगेको छ।
यसैबीच
स्ववियू निर्वाचन सुनिश्चितताको माग गर्दै विद्यार्थीहरु राजधानीको विभन्न क्याम्पस अगाडी प्रदर्शनमा उत्रिएका छन। स्ववियूको चुनावको मिति स्थगित भएपछि विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन।
राजधानीको प्रदर्शनी मार्ग स्थित आर आर क्याम्पस, घण्टाघर नजिकै रहेको रहेको त्रिचन्द्र र बागबजारमा रहेको पद्म कन्या क्याम्पस अगाडी नेविसंघका विद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन।
उता
विद्यार्थी संगठनहरु विच विवादका कारण रोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल गराउन माग गर्दै ठमेलमा रहेको सरस्वती क्याम्पसका विद्यार्थीले रिले अनशन सुरु गरेका छन्। विहिवारबाटै क्याम्पस प्रशासन अगाडी विद्यार्थीहरुले अनशन सुरु गरेको नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य लाओस राईले जानकारी दिनुभयो।
यता
( तोकिएकै मितिमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको माग गर्दै राजधानीको पद्म कन्या क्याम्पसमा केही विद्यार्थीहरु रिले अनसन बसेका छन् । नेपाल विद्यार्थी संघकी शोभा भण्डारीको नेतृत्वमा ६ जना विद्यार्थीहरु बिहीबार बिहानबाट अनसन थालेका हुन् ।
बिहिबार राजधानीको विभिन्न भाग जलमग्न भएको थियो ...काठमाडौँ को सबै सडकमा खोलो नै बगेको थियो..... जमेको पानीमा डुबेर २० भन्दा बढी गाडी बिगि्रदा सवारी जाम भएको थियो । जताततै भत्काइएको सडकको निर्माण नभइसकेकाले पानीको निकास हुन नसक्दा सडक जलमग्न भएको हो ।
बर्षाकै कारण राजधानीबाट बाहिर जाने र आउने उडान समेत रद्ध भएको थियो
चलचित्रकी नायिका सुमिना घिमिरेले मंगलबार साँझ अनलाइनखबरका रंग पत्रकार विजय ‘आवाज’ लाई ज्यान मार्ने धम्की दिएकी छिन् । बेलुकी साढे ५ बजे फोन गरेर नायिका घिमिरेले ‘टाउको झोलामा र खुट्टा खोलामा पुर्याइदिने’ धम्की दिएकी हुन् ।मंगलबार अनलाइनखबरमा ‘सोझीबाट हट हुँदा पनि चलिनन् सुमिना’ शीर्षकमा नायिका सुमिनाले खेलेका चलचित्र नचलेको र फिल्म घाटामा गएको समाचार प्रकाशित भएको थियो । समाचारमा नायिकाको व्यक्तिगत विषयमा कुनै टिप्पणी नगरी चलचित्रमा उनले सफलता पाउन नसकेको मात्र विश्लेषण गरिएको थियो । तर, यसै विषयलाई लिएर उनले पत्रकारलाई फिल्मी डायलगमा धम्की दिएकी हुन् ।फोनमा सुमिनाले मेरो बिरुद्धमा किन समाचार लेखेको, मेरो बारेमा नराम्रो र राम्रो दुबै समाचार नलेख भन्दै धम्काएकी हुन् । ‘तेरा बाउले बनाएको सिनेमा हो ? तँ साले प्रोड्युसर होस् ?’- सुमिनाले फोनमा भनिन् ।यस्तै उनले तँ साले खाते, भन्दै पत्रकार आवाजलाई मारेर फालिदिने धम्की दिएकी हुन् । ‘तँ सालेले मलाई चिनेको रैनछस्, तेरो टाउको झोलामा र खुट्टा खोलामा पुर्याइदिन्छु ।’- नायिका घिमिरेले फोनमा धम्काउदै भनिन् । करिब ४ मिनेट फोन गरेकी घिमिरेले पत्रकार आवाजलाई असभ्य भाषामा गाली गरेको अडियो रेकर्ड अनलाइनखबरसँग सुरक्षित छ ।
नेपाली मिडियामा चलचित्रहरु र त्यसमा अभियन गर्ने नायक नायिकाहरुका विषयमा समीक्षा हुनुलाई समान्य मानिन्छ । सुमिनाका बारेमा अनलाइनमा छापिएको समाचारमा सुमिनाले खेलेका चलचित्रबारे समीक्षा गरिएकोमा यसैलाई आधार मानेर ‘टाउको झोलामा खुट्टा खोलामा’ भन्दै नायिकाको धम्कीले उनी चलचित्रमा मात्रै असफल हैन, सांस्कृतिक स्तरको हिसाबले पनि कमजोर छिन् भन्ने देखाएको छ । नायिका जस्तो संस्कृतिकर्मीले यस्तो तल्लोस्तरको भाषा बोल्ला भनेर सभ्य समाजमा कल्पनासम्म गर्न सकिँदैन ।
अनलाइनखबरले खबर प्रकाशित गरेको छ |
गाली गरेको अडियो रेकर्ड
नेपाली सेनाको आग्रहमा सुचना तथा संचारमन्त्रलायले प्रदर्शनमा रोक लगाएको चलचित्र ‘वधशाला’ अन्ततः चल्ने भएको छ । चलचित्रलाई सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको चलचित्रका निर्माता मोहन डोटेलले बताए ।मनोज पण्डितको निर्देशनमा तयार भएको यो चलचित्रमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई लगायतका कलाकारको अभिनय छ । युद्धकालमा नेपाली सेना र तत्कालिन नेकपा माओवादी बिच भएको घटनालाई उठाएको चलचित्र वधशाला लाइ नेपाली सेनाले प्रत्यक्ष हस्तक्षेप गरेपछि यसको सर्वत्र विरोध भएको थियो ।

.jpg)
.jpg)
.jpg)
.jpg)