पदीय दुरुपयोग गरी प्रहरीबाट गोडा धुवाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्ध परेको उजुरी सर्वोच्च अदालतले दरपीठ गरेको छ । गोरखाको गोरखकाली मन्दिर दर्शनका क्रममा गोडामा रगत लागेपछि लोकमानले सिपाहीलाई धुन लगाउनु भएको थियो ।
पत्रकार बाबुराम आचार्य र पर्वतराज घिमिरेले आइतबार सर्वोच्चमा निवेदन दिनु भएको हो । तर, संविधान संवत नभएको भन्दै सर्वोच्च रिट दर्ता गर्न नमानेको निवेदक आचार्यले अनलाइनखबरलाई जानकारी दिनुभयो ।अब रिछट निवेदकले दरपीठविरुद्ध निवेदन दिन सक्नेछन् । त्यसको सिधै इजलासमा सुनुवाईपछि रिट दर्ता हुने नहुने आदेश आउनेछ ।राष्ट्र तथा जनताको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई आफ्नो पद दुरुपयोग गरी व्यक्तिगत रुपमा गोडा धुन लगाउनु सम्पूर्ण नेपाली र प्रहरीको अपमान भएको निवेदनमा उल्लेख छ ।
www.onlinekhabar.com

पदीय दुरुपयोग गरी प्रहरीबाट आफ्नो खुट्टा धुवाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की विरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ । गोरखाको गोरखकाली मन्दिर दर्शनका क्रममा खुट्टा मा रगत लागेपछि लोकमानले सिपाहीलाई धुन लगाएका थिए ।पत्रकार बाबुराम आचार्य र पर्वतराज घिमिरेले आइतबार सर्वोच्चमा निवेदन दिएका हुन् ।तर रिट भने दर्ता भइसकेको छैन ।
राष्ट्र तथा जनताको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई आफ्नो पद दुरुपयोग गरी व्यक्तिगत रुपमा गोडा धुन लगाउनु सम्पूर्ण नेपाली र प्रहरीको अपमान भएको रिटमा उल्लेख छ । उक्त कार्यले प्रहरी ऐन, संविधानले दिएको मौलिक हक समेत कुठाराघात गरेको भन्दै रिटमा यस्ता काम नगर्न/नगराउन अन्तरिम आदेशको माग गरिएको छ । साथै लोकमानलाई निलम्बनसहित हदैसम्मको कारबाही गर्न समेत माग गरिएको छ ।
बडादसैंको अष्टमीका दिन अख्तियार प्रमुख लोकमान परिवारसहित मनकामना र गोरखकाली मन्दिर पुगेका थिए । पूजा गरिसकेपछि फर्कने क्रममा खुट्टामा रगत लागेपछि संगै रहेका डीएसपीको आदेशमा एक सिपाहीले वाल्टिनमा भएको पानीले उनको गोडामा लागेको रगत पखालि दिएका थिए ।

अमेरिकाको क्यालिफोर्नियामा चिकित्सकहरुले एक ‘अपत्यारिलो’ शल्यक्रिया सम्पन्न गरेका छन् । चिकित्सकहरुले पहिलो पटक आमाको गर्भमै रहेको शिशुको सफल शल्यक्रिया गरेका हुन् ।
चिकित्सकहरुले एक ‘अंगुर’मा परीक्षण पश्चात २५ साताको एक भ्रूण शिशुको शल्यक्रिया गरेर उक्त क्षेत्रमा एक नयाँ रेकर्ड बनाएका हुन् । बेलायती समाचार एजेन्सी ‘डेली मेल’का अनुसार चिकित्सकहरुले ११ सेन्टिमिटर लघु सुई, तार र बेलुनको मद्दतले उक्त भ्रूणको मुटुको शल्यक्रिया गरेका हुन् ।
शिशु पूर्ण रुपमा विकसित नभएको र शिशुको मुटु ‘ओखर’को आकारमा भएको अवस्थामा उक्त शल्यक्रिया निकै मुस्किल भएको चिकित्सकहरुले बताएका छन् । उनीहरुले उक्त शल्यक्रिया गर्न कयौं चुनौति समेत आइपरेको बताएका छन् ।समाचारका अनुसार उक्त शिशुको मुटुको एक ‘भल्ब’ एकदमै कम विकासित अवस्थामा थियो । जुन एक दुर्लभ रोगको सुरुवाती अवस्था भएको जनाइएको छ । सोही करण चिकित्सकले आमाको गर्भमै उक्त रोग निर्मुल गर्ने निर्णय गरेका थिए ।यो खबर hamrakura.com मा प्रकाशित छ |
चिकित्सकहरुले एक ‘अंगुर’मा परीक्षण पश्चात २५ साताको एक भ्रूण शिशुको शल्यक्रिया गरेर उक्त क्षेत्रमा एक नयाँ रेकर्ड बनाएका हुन् । बेलायती समाचार एजेन्सी ‘डेली मेल’का अनुसार चिकित्सकहरुले ११ सेन्टिमिटर लघु सुई, तार र बेलुनको मद्दतले उक्त भ्रूणको मुटुको शल्यक्रिया गरेका हुन् ।शिशु पूर्ण रुपमा विकसित नभएको र शिशुको मुटु ‘ओखर’को आकारमा भएको अवस्थामा उक्त शल्यक्रिया निकै मुस्किल भएको चिकित्सकहरुले बताएका छन् । उनीहरुले उक्त शल्यक्रिया गर्न कयौं चुनौति समेत आइपरेको बताएका छन् ।समाचारका अनुसार उक्त शिशुको मुटुको एक ‘भल्ब’ एकदमै कम विकासित अवस्थामा थियो । जुन एक दुर्लभ रोगको सुरुवाती अवस्था भएको जनाइएको छ । सोही करण चिकित्सकले आमाको गर्भमै उक्त रोग निर्मुल गर्ने निर्णय गरेका थिए ।यो खबर hamrakura.com मा प्रकाशित छ |
अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक निकाय मानिन्छ । जसले पदीय दुरुपयोग गर्नेमाथि मुद्धा चलाउने गर्छ । तर अख्तियार प्रमुख लोकमानसिंह कार्कीले नै राष्ट्रसेवक प्रहरीलाई आफ्नो खुट्टा धुन लगाएर आफ्नो र अख्तियारको मात्रै होइन, नेपाल प्रहरीको समेत बेइज्जत गरेका छन् । सुरक्षासहित गोरखामा रहेको गोरखकाली मन्दिर दर्शन गर्न जाने क्रममा अख्तियार प्रमुख कार्कीले मन्दिरको ढोकामा प्रहरीलाई खुट्टा धुन लगाएका थिए ।दसैंको अष्टमीका दिन सुरक्षाकर्मीको दलबल सहित गोरखा पुगेका कार्कीले खुट्टा धोइदिने प्रहरीको ढाडमा समातेर उभिएका थिए । लोकमान पत्नी र छोरी लिएर आएका थिए। अख्तियारकै डिआइजी विरेन्द्रवावु श्रेष्ठ पनि साथैमा थिए। श्रेष्ठ गोरखाकै स्थायी बासिन्दा पनि हुन्। कार्कीलाई त्यहाँका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले स्वागत गरेर गोरखा दरबार पुर्याएका थिए ।मन्दिर दर्शन जाने क्रममा जुत्ता खोलेपछि कार्कीले उनकै सुरक्षाका लागि खटिएका एक प्रहरीबाट खुट्टा धुन लगाएका हुन् ।
भारतको जोधपुरमा रहेको आश्रममा एक बालिकासंग यौन शोषण गरेको आरोपमा जेलमा रहेका भारतीय धर्मगुरु आशाराम र उनका छोरा नारायण साई विरुद्ध बलात्कारको मुद्धा दायर गरिएको छ । भारतको सुरतमा बस्ने २ दिदीबहिनीले आशाराम र नारायण साईका विरुद्धमा शारीरीक शोषणको आरोप लगाएका छन् । विवाहीत दुवै जनाले आफूहरुमाथि लामो समय सम्म यौन शोषण हुने गरेको दावी समेत गरेका छन् ।
सूरतको जहांगीरपुरा थानामा उनीहरुविरुद्ध उजुरी दर्ता भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुवै दिदि बहिनीले आशाराम र उनका छोरालाई बन्धक बनाएको र मार्ने धम्की दिएको आरोप समेत लगाएका छन् । पहिले नै बालिकामाथि यौनशोषणको आरोप लागेका आशारामको विरुद्धमा अर्को पनि मुद्धा दायर भएपछि उनीमाथिको छानबिन अ
झ गम्भीर बनेको छ । भारतीय प्रहरीले यी मुद्धाहरुमा आवश्वयकता परे आशारामकी पत्नी र छोरीमाथि पनि छानबिन हुने बताएको छ ।
सेक्स स्क्यान्डलमा फसेका भारतीय गुरु आशाराम र उनको छोरा नारायण साईसँग काठमाडौंको नागाजुर्नमा रहेको आशोधाम समेत विवादमा तानिएको छ। आशाराम र उनको छोरा साईले आफुहरुसँग अप्राकृतिक सम्बन्ध राखेको दावीगर्दै जाहेरी दिएका दुई दिदिबहिनीहरुले साईले आफुहरुलाई उनले काठमाडौंको नागार्जुनमा रहेको आशोधाममा लगेको बयान दिएपछी आशोधाम विवादमा तानिएको हो।
भारतीय टेलिभिजन इन्डिया टिभीले नारायण साईले आफुलाई दुर्ब्यबहार गरेको दावी गर्ने युवतीको अर्न्तवार्ता प्रशारण गरेको थियो। सो अर्न्तवार्तामा ती युवतीले नारायण साईले आफुलाई फकाएर काठमाडौंको आशोधाममा लगेको र उन्मक्त भएर नाचिरहेका युवा–युवती देखाउँदै… युवा–युवतीको उन्मक्त जीवन हेर, कुनै संकोचको कुरै छैन’ भनेर उस्काएको बताएकी छिन्।
ति महिलाको बयान अनुसार, नारायण साईले उनलाई नागार्जुनमा रहेको ओशोधाममा तीन दिनसम्म राखेका थिए। पिडित युवतीको जाहेरी दर्ता भए लगत्तै नारायण साई प्रहरीको सम्पर्कवाट बाहिर रहेका छन्। केही दिन अगाडि नारायण साई भारतीय प्रहरीवाट जोगिन नेपाल आएर नागार्जुनको ओशोधाममै लुकेको भारतीय सञ्चारमाध्यमले दावी गरेका थिए। नेपाल प्रहरीले भने नागार्जुनमा रहेको ओशोधाममा प्रहरीले निगरानी बढाए पनि नारायण साई नभेटिएको बताइएको थियो। तर फेरि पछिल्लो अनुसन्धानमा उनी भारतीय भुमिमै रहेको भारतीय प्रहरीले नै पुष्टी गरेको बताइएको छ।
आशाराम र नारायण साईले आफुहरुसँग अप्राकृतिक सम्बन्ध राखेको र हत्या गर्ने धम्की समेत दिएको दावी गर्दै दुई दीदी बहिनीले सुरत प्रहरीमा जाहेरी दिएपछि यो प्रकरणले भारतमा मात्र नभइ यससँग जोडिएको नेपाल तथा अन्य क्षेत्रमा पनि यसको प्रभाव परेको छ। पिडित युवतीले सन् २००१ देखी सन् २००५ सम्म आशाराम र नारायण साईवाट पटक पटक यौन शोषणमा परेको दावी गरेकी छिन। आफ्नै आश्रममा एक नावालिगको यौन शोषण गरेको अभियोगमा आशाराम पहिल्यै पनि पक्राउ परिसकेका थिए।
सूरतको जहांगीरपुरा थानामा उनीहरुविरुद्ध उजुरी दर्ता भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुवै दिदि बहिनीले आशाराम र उनका छोरालाई बन्धक बनाएको र मार्ने धम्की दिएको आरोप समेत लगाएका छन् । पहिले नै बालिकामाथि यौनशोषणको आरोप लागेका आशारामको विरुद्धमा अर्को पनि मुद्धा दायर भएपछि उनीमाथिको छानबिन अझ गम्भीर बनेको छ । भारतीय प्रहरीले यी मुद्धाहरुमा आवश्वयकता परे आशारामकी पत्नी र छोरीमाथि पनि छानबिन हुने बताएको छ ।
सेक्स स्क्यान्डलमा फसेका भारतीय गुरु आशाराम र उनको छोरा नारायण साईसँग काठमाडौंको नागाजुर्नमा रहेको आशोधाम समेत विवादमा तानिएको छ। आशाराम र उनको छोरा साईले आफुहरुसँग अप्राकृतिक सम्बन्ध राखेको दावीगर्दै जाहेरी दिएका दुई दिदिबहिनीहरुले साईले आफुहरुलाई उनले काठमाडौंको नागार्जुनमा रहेको आशोधाममा लगेको बयान दिएपछी आशोधाम विवादमा तानिएको हो।
भारतीय टेलिभिजन इन्डिया टिभीले नारायण साईले आफुलाई दुर्ब्यबहार गरेको दावी गर्ने युवतीको अर्न्तवार्ता प्रशारण गरेको थियो। सो अर्न्तवार्तामा ती युवतीले नारायण साईले आफुलाई फकाएर काठमाडौंको आशोधाममा लगेको र उन्मक्त भएर नाचिरहेका युवा–युवती देखाउँदै… युवा–युवतीको उन्मक्त जीवन हेर, कुनै संकोचको कुरै छैन’ भनेर उस्काएको बताएकी छिन्।ति महिलाको बयान अनुसार, नारायण साईले उनलाई नागार्जुनमा रहेको ओशोधाममा तीन दिनसम्म राखेका थिए। पिडित युवतीको जाहेरी दर्ता भए लगत्तै नारायण साई प्रहरीको सम्पर्कवाट बाहिर रहेका छन्। केही दिन अगाडि नारायण साई भारतीय प्रहरीवाट जोगिन नेपाल आएर नागार्जुनको ओशोधाममै लुकेको भारतीय सञ्चारमाध्यमले दावी गरेका थिए। नेपाल प्रहरीले भने नागार्जुनमा रहेको ओशोधाममा प्रहरीले निगरानी बढाए पनि नारायण साई नभेटिएको बताइएको थियो। तर फेरि पछिल्लो अनुसन्धानमा उनी भारतीय भुमिमै रहेको भारतीय प्रहरीले नै पुष्टी गरेको बताइएको छ।
आशाराम र नारायण साईले आफुहरुसँग अप्राकृतिक सम्बन्ध राखेको र हत्या गर्ने धम्की समेत दिएको दावी गर्दै दुई दीदी बहिनीले सुरत प्रहरीमा जाहेरी दिएपछि यो प्रकरणले भारतमा मात्र नभइ यससँग जोडिएको नेपाल तथा अन्य क्षेत्रमा पनि यसको प्रभाव परेको छ। पिडित युवतीले सन् २००१ देखी सन् २००५ सम्म आशाराम र नारायण साईवाट पटक पटक यौन शोषणमा परेको दावी गरेकी छिन। आफ्नै आश्रममा एक नावालिगको यौन शोषण गरेको अभियोगमा आशाराम पहिल्यै पनि पक्राउ परिसकेका थिए।
सामाजिक सञ्जालका माध्यमबाट चुनाव प्रचारप्रसारका लागि कांग्रेसले प्रत्यक्ष तर्फका ८० उम्मेदवारको फेसबुक एकाउन्ट खोलेका छन् सामाजिक सञ्जालको प्रभाव बढी हुने भएकाले सबै उम्मेदवारले इमेल र फेसबुक एकाउन्ट खोल्ने अभियानअन्तर्गत ८० जनाजतिको फेसबुक एकाउन्ट खोलेको हो ।कांग्रेसको पक्षमा जनमत बढाउन पार्टी कार्यालयले छुट्टै आइटी सेक्सनमार्फत प्रचारको यस्तो शैली थालिएको नेता दीपकुमार उपाध्यायले जानकारी दिए। ‘बढ्दो सामाजिक सञ्जाल र प्रयोगपछि चुनावी प्रचारलाई उपयोगी बनाउन फेसबुक एकाउन्ट खोल्नेदेखि पेजसमेत बनाइएको हो,’ उपाध्यायले भने,यो समाचार नया पत्रिका दैनिकले छापेको छ |
नेपाल विद्युत्त प्राधिकरणको पावर व्याकअपका रुपमा रहादै आएको कुलेखानी जलाशय भरिन अब ८५ सेमि बाँकी छ । असोजमा पनि लगातार वर्षात भएकाले सञ्चित पानीको सतह बढेपछि लोडसेडिङ कम हुने विश्वास प्राधिकरण अधिकारीले गरेका छन् ।जलाधार क्षेत्रमा सोमबारदेखि बुधबार विहानसम्म वर्षात भएकाले कुलेखानी भरिन लागेको हो । बिहीबार दिउसोसम्म कुलेखानी जलाशयमा १ हजार ५ सय २९ दशमलव १५ सेन्टिमिटर पानीको सतह रहेको छ । जलाशय भरिन अब ८५ सेन्टिमिटरमात्र बाँकी छ |कुलेखानी जलाशयमा १ हजार ५ सय ३० मिटर पानी अट्ने क्षमता छ । विद्युत्त प्राधिकरणका एक प्राविधिकले कुलेखानी भरिनै लागेका यो वर्ष गत वर्ष जस्तो लोडसेडिङको मार व्यहोर्नुनपर्ने बताए ।
जलाशय भरिएपछि मात्र कुलेखानी सञ्चालनमा ल्याउने सोचमा विद्युत्त प्राधिकरण रहेको छ । ‘बुधबार र विहीबार मंगलबारको जस्तै वर्षात भएको भए विहीबार दिउसोसम्ममा जलाशय भरिन्थ्यो’, कुलेखानी प्रथमका प्रमुख रामकुमार यादवले भन्नुभयो, ‘अब एक दुई दिनमा जलाशय भरिन्छ । यो समाचार कान्तिपुर दैनिकले छापेकोछ ।
अमेरिकाको लस एन्जल्समा एक ट्वाइलेट रेष्टुरेन्ट संचालनमा आएको छ । म्याजिक रेष्टरुम क्याफे नामको उक्त रेष्टुरेन्ट अमेरिकाको पहिलो शौचालय रेष्टुरेन्ट हो । उक्त रेष्टुरेन्टका सबै चिजबिज तथा खानेकुरा शौचालयकै अवधारणामा आधारित छन् । तर त्यो साँच्चीकै शौचालय भने होइन अर्थात् त्यहाँ दिसापिसाब भने गरिँदैन र दिशा गर्ने भाँडोमा बस्ने र खाने गरिन्छ ।अझ रोचक कुरा त के भने त्यहाँका खानाका परिकारका नाम पनि घिनलाग्दा अर्थात् दिसा पिसाबकै प्रकार छन् । सुनौलो लिँडे भात, कालो लिँड, गन्हाउने लिँड, दुइ नम्बरको रगते जस्ता नाम दिइएको छ खानेकुरालाई । त्यहाँ खानेकुरा पनि ट्वाइलेटमै प्रयोग हुने भाँडोमा पस्किइन्छ र कमोटमाथि बसेर खानुर्छ ।चिनीया व्यवसायी यो यो ली ले उक्त शौचालय रेष्टुरेन्ट खोलेका हुन् । त्यस्तै ट्वाइलेट रेष्टुरेन्टले चीन र ताइबानमा निकै लोकप्रियता कमाएपछि उनले अमेरिकामा पनि खोलेका हुन् । लस एन्जल्सको यो ट्वाइलेट रेष्टुरेन्ट अक्टोबर ११ का दिनदेखि विधिवत रुपमा संचालनमा आएको छ तर यसको औपचारिक विशेष उद्घाटन यो महिनाको अन्त्यतिर हुने बताइएको छ ।
हिमालय क्षेत्रमा पाइने भनिएको रहस्यमयी जीव 'यति' भालुको प्रजाति भएको एक बेलायती अनुसन्धानकर्ताले दाबी गरेका छन् । लन्डनस्थित अक्सफोर्ड विश्वविद्यालय मानवीय आणुवंशिक अनुसन्धानका प्राध्यापक ब्रायन स्काइजले उक्त जीव प्राचीन ध्रुवीय (पोलार) भालु र खैरो भालुको वर्णशंकर प्रजाति मात्र भएको अनुसन्धान निष्कर्ष सार्वजनिक गर्दै यस्तो दाबी गरेका हुन्।
धेरै वर्षदेखि पर्वतारोही र स्थानीयले हिमाली क्षेत्रमा मानिसजस्तो अनौठो जीव 'यती' सँग जम्काभेट भएको दाबी गर्दै आए पनि ठोस प्रमाण नहुँदा हिममानव हिमाली क्षेत्रको रहस्यमै थियो।प्राध्यापक स्काईजले हिमालयन क्षेत्रको पश्चिमी क्षेत्रमा पर्ने उत्तर भारतको लद्दाख र भुटानबाट हजार किलोमिटर पूर्वी क्षेत्रमा भेटिएको अज्ञात जनावरको रौको डीएनए परीक्षण गरेका थिए । त्यसबाट प्राप्त नतिजालाई उनले आफूसँग सुरक्षित सबै डीएनए परीक्षणका नतिजासँग तुलना गरेका थिए ।
यस्तो गर्दा हिमाली क्षेत्रमा भेटिएको रौको डीएनए नर्वेको प्राचीन ध्रुवीय भालुको चिउडोको डीएनए नतिजासँग मेल खाएको उनको प्रतिवेदनमा भनिएको छ । ध्रुवीय भालु ४० हजारदेखि एकलाख २० हजार बर्षपहिलोसम्म अस्तित्वमा थिए । त्यो बेला ध्रुवीय भालु र खैरो भालु भिन्न प्रजाति बन्दै थिए ।
लद्दाखमा भेटिएको रौ ४० बर्ष अघि शिकार गरिएको जनावरको अवशेषको रुपमा फेला परेको र भुटानमा भेटिएको रौ भने एक चलचित्र निर्मार्ताले १० बर्ष बासको झारीमा फेला पारेका थिए । स्काईजले यो नतिजा एकदमै आश्चर्यजनक भएको बताउँदै नतिजालाई व्याख्या गर्नको लागि थप अनुसन्धानको खाँचो रहेको बताएका छन् ।