यही शुक्रबार बाट पर्दर्शनमा आउन लागेको चलचित्र 'मधुमास'को प्रिमियर नहुने भएको छ । निर्देशक तथा निर्माता सुदर्शन थापाले फिल्म 'मधुमास'को प्रिमियर नगरिने बताएका छन् । यस अघिका चलचित्रहरु
'मेरो एउटा साथी छ' र 'धन्दा' सँगै थापा निर्देशित 'के यो माया हो' र 'मेरो लभ स्टोरी'को प्रिमियर गरिएको थियो । तर पछिल्लो समयमा कुनै कुनै फिल्मले मात्रै प्रिमियर गर्ने गरेको पाइन्छ ।
'मधुमास' यही शुक्रबार देखी काठमाण्डौका १७ सहित मोफसलका केही मेजर स्टेशनबाट एकै चोटी प्रदर्शनमा आउँदैछ ।सस्पेन्स थ्रिलर लभ स्टोरीको फिल्ममा नायक आर्यन सिग्देल, पूजा शर्मा, मनोज आरसी र शिवाङ्गिनी राणा मुख्य भुमिकामा रहेका छन् ।

बिहे भएर घर आएको रात दुलाहा सुतेको कोठा नचिन्दा बेहुलीले अर्कै युवकसँग रात बिताउनु परेको छ |यो खबर हो चीनको । आफ्नो दुलाहा सुतेको कोठा जाने बेलामा भुलबस उनी अर्कै कोठामा छिरिन् । रातभर सोही कोठामा सुतेको युवकसँगै सुतेपछि बिहान पख उज्यालो भएपछि मात्र उनले त्यो युवक आफ्नो लोग्ने नभएको भनेर थाहा पाइन् ।समाचार अनुसार गुआंग्जी प्रान्तस्थित नापो क्षेत्रमा यस्तो घटना भएको हो । हुआंग थर भएकी ती युवती बिहे गरेर लोग्ने घर गएकी थिइन् ।लोग्नेको घरमा पार्टीको आयोजना गरिएको थियो र पार्टीमा धेरै मानिस समेत आएका थिए । रात परेसँगै सुत्ने तरखर भयो । उनी सुत्नुभन्दा पहिले बाथरुम गइन् । बाथरुमबाट फर्किँदा उनले आफ्नो खोपी भएको कोठा भन्ठानेर अर्कै कोठामा छिरिन् । उनलाई त्यो आफ्नो खोपी नरहेको र त्यहाँ आफ्नो लोग्नेको साथी सुतेको कुरा थाहा थिएन । त्यहाँ आफ्नै लोग्ने सुतेको होला भनि ढुक्कसाथ उनी पसिन् र सुतिन् । बिहानपख ब्यँझिनासाथ उनले बल्ल त्यो केटा आफ्नो लोग्ने नभएको चाल पाइन् र चिच्याउँदै कोठाबाहिर निस्किइन् ।ती महिला गुहार माग्दै र आफुमाथि बलात्कार भएको भन्दै रुँदै कराउँदै बाहिर निस्किएकी थिइन् । साथीकी बेहुलीसँग रात बिताउन पाएर मख्ख भएका रुआन नामका युवक भने आफुले कुनै अपराध नगरेको बताउँदै थिए । तर सबै गाउँलेले ती युवकले जानीजानी बेहुलीसँग सुतेको भन्दै २० हजार युआन क्षतिपूर्ति दिनुपर्ने निर्णय गरे । युवकले भने आफुसँग त्यत्रो पैसा नभएको र आफुले कुनै कसूर नगरेको भन्दै पैसा तिर्न मानेनन् । बलात्कृत भएँ भन्ने नव विवाहित युवती र उनको लोग्नेले त्यो विषयमा पुलिसमा उजुरी गरे । स्थानीय एक अदालतमा मुद्दा पनि चलाएयो र अदालतले साथीको बेहुलीसँग रात बिताउने ती युवालाई सफाइ दियो |
बलिउड नायिका करिना कपुरले पति सैफअली खानको लागि करवा चौथको ब्रत नबस्ने भएकी छिन् ।करिनाले आफूलाई ब्रतमा कुनै विश्वास नलाग्ने भन्दै सैफको लागि खाएरै कामना गर्ने बताएकी छिन् । उनले आफू भोको बस्दैमा पति प्रेम र पतिको उमेर नब
ढ्ने बताइन । उनले झनै धेरै खानेकुरा खाएर करवा चौथ मनाउने तयारी गरेको पनि जानकारी दिइन् ।
सन् २००० मा 'रिफ्युजी' खेलेर फिल्मी अभिनयमा छिरेकी करिनाले छोटो समयमै आफ्नो ग्ल्यामर र एक्टिङले बलिउडकी नम्बर एक नायिका बन्न सफल भइसकेकी छन् । पछिल्ला फिल्म 'हिरोइन' र 'सत्याग्रह' ले सोचेअनुरूप व्यापार गर्न नसके पनि करिनाको अवस्था भने अझै बलियो नै देखिन्छ ।

पदीय दुरुपयोग गरी प्रहरीबाट गोडा धुवाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्ध परेको उजुरी सर्वोच्च अदालतले दरपीठ गरेको छ । गोरखाको गोरखकाली मन्दिर दर्शनका क्रममा गोडामा रगत लागेपछि लोकमानले सिपाहीलाई धुन लगाउनु भएको थियो ।
पत्रकार बाबुराम आचार्य र पर्वतराज घिमिरेले आइतबार सर्वोच्चमा निवेदन दिनु भएको हो । तर, संविधान संवत नभएको भन्दै सर्वोच्च रिट दर्ता गर्न नमानेको निवेदक आचार्यले अनलाइनखबरलाई जानकारी दिनुभयो ।अब रिछट निवेदकले दरपीठविरुद्ध निवेदन दिन सक्नेछन् । त्यसको सिधै इजलासमा सुनुवाईपछि रिट दर्ता हुने नहुने आदेश आउनेछ ।राष्ट्र तथा जनताको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई आफ्नो पद दुरुपयोग गरी व्यक्तिगत रुपमा गोडा धुन लगाउनु सम्पूर्ण नेपाली र प्रहरीको अपमान भएको निवेदनमा उल्लेख छ ।
www.onlinekhabar.com

पदीय दुरुपयोग गरी प्रहरीबाट आफ्नो खुट्टा धुवाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की विरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ । गोरखाको गोरखकाली मन्दिर दर्शनका क्रममा खुट्टा मा रगत लागेपछि लोकमानले सिपाहीलाई धुन लगाएका थिए ।पत्रकार बाबुराम आचार्य र पर्वतराज घिमिरेले आइतबार सर्वोच्चमा निवेदन दिएका हुन् ।तर रिट भने दर्ता भइसकेको छैन ।
राष्ट्र तथा जनताको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई आफ्नो पद दुरुपयोग गरी व्यक्तिगत रुपमा गोडा धुन लगाउनु सम्पूर्ण नेपाली र प्रहरीको अपमान भएको रिटमा उल्लेख छ । उक्त कार्यले प्रहरी ऐन, संविधानले दिएको मौलिक हक समेत कुठाराघात गरेको भन्दै रिटमा यस्ता काम नगर्न/नगराउन अन्तरिम आदेशको माग गरिएको छ । साथै लोकमानलाई निलम्बनसहित हदैसम्मको कारबाही गर्न समेत माग गरिएको छ ।
बडादसैंको अष्टमीका दिन अख्तियार प्रमुख लोकमान परिवारसहित मनकामना र गोरखकाली मन्दिर पुगेका थिए । पूजा गरिसकेपछि फर्कने क्रममा खुट्टामा रगत लागेपछि संगै रहेका डीएसपीको आदेशमा एक सिपाहीले वाल्टिनमा भएको पानीले उनको गोडामा लागेको रगत पखालि दिएका थिए ।

अमेरिकाको क्यालिफोर्नियामा चिकित्सकहरुले एक ‘अपत्यारिलो’ शल्यक्रिया सम्पन्न गरेका छन् । चिकित्सकहरुले पहिलो पटक आमाको गर्भमै रहेको शिशुको सफल शल्यक्रिया गरेका हुन् ।
चिकित्सकहरुले एक ‘अंगुर’मा परीक्षण पश्चात २५ साताको एक भ्रूण शिशुको शल्यक्रिया गरेर उक्त क्षेत्रमा एक नयाँ रेकर्ड बनाएका हुन् । बेलायती समाचार एजेन्सी ‘डेली मेल’का अनुसार चिकित्सकहरुले ११ सेन्टिमिटर लघु सुई, तार र बेलुनको मद्दतले उक्त भ्रूणको मुटुको शल्यक्रिया गरेका हुन् ।
शिशु पूर्ण रुपमा विकसित नभएको र शिशुको मुटु ‘ओखर’को आकारमा भएको अवस्थामा उक्त शल्यक्रिया निकै मुस्किल भएको चिकित्सकहरुले बताएका छन् । उनीहरुले उक्त शल्यक्रिया गर्न कयौं चुनौति समेत आइपरेको बताएका छन् ।समाचारका अनुसार उक्त शिशुको मुटुको एक ‘भल्ब’ एकदमै कम विकासित अवस्थामा थियो । जुन एक दुर्लभ रोगको सुरुवाती अवस्था भएको जनाइएको छ । सोही करण चिकित्सकले आमाको गर्भमै उक्त रोग निर्मुल गर्ने निर्णय गरेका थिए ।यो खबर hamrakura.com मा प्रकाशित छ |
चिकित्सकहरुले एक ‘अंगुर’मा परीक्षण पश्चात २५ साताको एक भ्रूण शिशुको शल्यक्रिया गरेर उक्त क्षेत्रमा एक नयाँ रेकर्ड बनाएका हुन् । बेलायती समाचार एजेन्सी ‘डेली मेल’का अनुसार चिकित्सकहरुले ११ सेन्टिमिटर लघु सुई, तार र बेलुनको मद्दतले उक्त भ्रूणको मुटुको शल्यक्रिया गरेका हुन् ।शिशु पूर्ण रुपमा विकसित नभएको र शिशुको मुटु ‘ओखर’को आकारमा भएको अवस्थामा उक्त शल्यक्रिया निकै मुस्किल भएको चिकित्सकहरुले बताएका छन् । उनीहरुले उक्त शल्यक्रिया गर्न कयौं चुनौति समेत आइपरेको बताएका छन् ।समाचारका अनुसार उक्त शिशुको मुटुको एक ‘भल्ब’ एकदमै कम विकासित अवस्थामा थियो । जुन एक दुर्लभ रोगको सुरुवाती अवस्था भएको जनाइएको छ । सोही करण चिकित्सकले आमाको गर्भमै उक्त रोग निर्मुल गर्ने निर्णय गरेका थिए ।यो खबर hamrakura.com मा प्रकाशित छ |
अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक निकाय मानिन्छ । जसले पदीय दुरुपयोग गर्नेमाथि मुद्धा चलाउने गर्छ । तर अख्तियार प्रमुख लोकमानसिंह कार्कीले नै राष्ट्रसेवक प्रहरीलाई आफ्नो खुट्टा धुन लगाएर आफ्नो र अख्तियारको मात्रै होइन, नेपाल प्रहरीको समेत बेइज्जत गरेका छन् । सुरक्षासहित गोरखामा रहेको गोरखकाली मन्दिर दर्शन गर्न जाने क्रममा अख्तियार प्रमुख कार्कीले मन्दिरको ढोकामा प्रहरीलाई खुट्टा धुन लगाएका थिए ।दसैंको अष्टमीका दिन सुरक्षाकर्मीको दलबल सहित गोरखा पुगेका कार्कीले खुट्टा धोइदिने प्रहरीको ढाडमा समातेर उभिएका थिए । लोकमान पत्नी र छोरी लिएर आएका थिए। अख्तियारकै डिआइजी विरेन्द्रवावु श्रेष्ठ पनि साथैमा थिए। श्रेष्ठ गोरखाकै स्थायी बासिन्दा पनि हुन्। कार्कीलाई त्यहाँका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले स्वागत गरेर गोरखा दरबार पुर्याएका थिए ।मन्दिर दर्शन जाने क्रममा जुत्ता खोलेपछि कार्कीले उनकै सुरक्षाका लागि खटिएका एक प्रहरीबाट खुट्टा धुन लगाएका हुन् ।
भारतको जोधपुरमा रहेको आश्रममा एक बालिकासंग यौन शोषण गरेको आरोपमा जेलमा रहेका भारतीय धर्मगुरु आशाराम र उनका छोरा नारायण साई विरुद्ध बलात्कारको मुद्धा दायर गरिएको छ । भारतको सुरतमा बस्ने २ दिदीबहिनीले आशाराम र नारायण साईका विरुद्धमा शारीरीक शोषणको आरोप लगाएका छन् । विवाहीत दुवै जनाले आफूहरुमाथि लामो समय सम्म यौन शोषण हुने गरेको दावी समेत गरेका छन् ।
सूरतको जहांगीरपुरा थानामा उनीहरुविरुद्ध उजुरी दर्ता भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुवै दिदि बहिनीले आशाराम र उनका छोरालाई बन्धक बनाएको र मार्ने धम्की दिएको आरोप समेत लगाएका छन् । पहिले नै बालिकामाथि यौनशोषणको आरोप लागेका आशारामको विरुद्धमा अर्को पनि मुद्धा दायर भएपछि उनीमाथिको छानबिन अ
झ गम्भीर बनेको छ । भारतीय प्रहरीले यी मुद्धाहरुमा आवश्वयकता परे आशारामकी पत्नी र छोरीमाथि पनि छानबिन हुने बताएको छ ।
सेक्स स्क्यान्डलमा फसेका भारतीय गुरु आशाराम र उनको छोरा नारायण साईसँग काठमाडौंको नागाजुर्नमा रहेको आशोधाम समेत विवादमा तानिएको छ। आशाराम र उनको छोरा साईले आफुहरुसँग अप्राकृतिक सम्बन्ध राखेको दावीगर्दै जाहेरी दिएका दुई दिदिबहिनीहरुले साईले आफुहरुलाई उनले काठमाडौंको नागार्जुनमा रहेको आशोधाममा लगेको बयान दिएपछी आशोधाम विवादमा तानिएको हो।
भारतीय टेलिभिजन इन्डिया टिभीले नारायण साईले आफुलाई दुर्ब्यबहार गरेको दावी गर्ने युवतीको अर्न्तवार्ता प्रशारण गरेको थियो। सो अर्न्तवार्तामा ती युवतीले नारायण साईले आफुलाई फकाएर काठमाडौंको आशोधाममा लगेको र उन्मक्त भएर नाचिरहेका युवा–युवती देखाउँदै… युवा–युवतीको उन्मक्त जीवन हेर, कुनै संकोचको कुरै छैन’ भनेर उस्काएको बताएकी छिन्।
ति महिलाको बयान अनुसार, नारायण साईले उनलाई नागार्जुनमा रहेको ओशोधाममा तीन दिनसम्म राखेका थिए। पिडित युवतीको जाहेरी दर्ता भए लगत्तै नारायण साई प्रहरीको सम्पर्कवाट बाहिर रहेका छन्। केही दिन अगाडि नारायण साई भारतीय प्रहरीवाट जोगिन नेपाल आएर नागार्जुनको ओशोधाममै लुकेको भारतीय सञ्चारमाध्यमले दावी गरेका थिए। नेपाल प्रहरीले भने नागार्जुनमा रहेको ओशोधाममा प्रहरीले निगरानी बढाए पनि नारायण साई नभेटिएको बताइएको थियो। तर फेरि पछिल्लो अनुसन्धानमा उनी भारतीय भुमिमै रहेको भारतीय प्रहरीले नै पुष्टी गरेको बताइएको छ।
आशाराम र नारायण साईले आफुहरुसँग अप्राकृतिक सम्बन्ध राखेको र हत्या गर्ने धम्की समेत दिएको दावी गर्दै दुई दीदी बहिनीले सुरत प्रहरीमा जाहेरी दिएपछि यो प्रकरणले भारतमा मात्र नभइ यससँग जोडिएको नेपाल तथा अन्य क्षेत्रमा पनि यसको प्रभाव परेको छ। पिडित युवतीले सन् २००१ देखी सन् २००५ सम्म आशाराम र नारायण साईवाट पटक पटक यौन शोषणमा परेको दावी गरेकी छिन। आफ्नै आश्रममा एक नावालिगको यौन शोषण गरेको अभियोगमा आशाराम पहिल्यै पनि पक्राउ परिसकेका थिए।
सूरतको जहांगीरपुरा थानामा उनीहरुविरुद्ध उजुरी दर्ता भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुवै दिदि बहिनीले आशाराम र उनका छोरालाई बन्धक बनाएको र मार्ने धम्की दिएको आरोप समेत लगाएका छन् । पहिले नै बालिकामाथि यौनशोषणको आरोप लागेका आशारामको विरुद्धमा अर्को पनि मुद्धा दायर भएपछि उनीमाथिको छानबिन अझ गम्भीर बनेको छ । भारतीय प्रहरीले यी मुद्धाहरुमा आवश्वयकता परे आशारामकी पत्नी र छोरीमाथि पनि छानबिन हुने बताएको छ ।
सेक्स स्क्यान्डलमा फसेका भारतीय गुरु आशाराम र उनको छोरा नारायण साईसँग काठमाडौंको नागाजुर्नमा रहेको आशोधाम समेत विवादमा तानिएको छ। आशाराम र उनको छोरा साईले आफुहरुसँग अप्राकृतिक सम्बन्ध राखेको दावीगर्दै जाहेरी दिएका दुई दिदिबहिनीहरुले साईले आफुहरुलाई उनले काठमाडौंको नागार्जुनमा रहेको आशोधाममा लगेको बयान दिएपछी आशोधाम विवादमा तानिएको हो।
भारतीय टेलिभिजन इन्डिया टिभीले नारायण साईले आफुलाई दुर्ब्यबहार गरेको दावी गर्ने युवतीको अर्न्तवार्ता प्रशारण गरेको थियो। सो अर्न्तवार्तामा ती युवतीले नारायण साईले आफुलाई फकाएर काठमाडौंको आशोधाममा लगेको र उन्मक्त भएर नाचिरहेका युवा–युवती देखाउँदै… युवा–युवतीको उन्मक्त जीवन हेर, कुनै संकोचको कुरै छैन’ भनेर उस्काएको बताएकी छिन्।ति महिलाको बयान अनुसार, नारायण साईले उनलाई नागार्जुनमा रहेको ओशोधाममा तीन दिनसम्म राखेका थिए। पिडित युवतीको जाहेरी दर्ता भए लगत्तै नारायण साई प्रहरीको सम्पर्कवाट बाहिर रहेका छन्। केही दिन अगाडि नारायण साई भारतीय प्रहरीवाट जोगिन नेपाल आएर नागार्जुनको ओशोधाममै लुकेको भारतीय सञ्चारमाध्यमले दावी गरेका थिए। नेपाल प्रहरीले भने नागार्जुनमा रहेको ओशोधाममा प्रहरीले निगरानी बढाए पनि नारायण साई नभेटिएको बताइएको थियो। तर फेरि पछिल्लो अनुसन्धानमा उनी भारतीय भुमिमै रहेको भारतीय प्रहरीले नै पुष्टी गरेको बताइएको छ।