उच्च माध्यमिक शिक्षा परिषदले गत जेठ महिनामा सञ्चालन गरेको कक्षा ११ को परीक्षाको नजिता शुक्रबार सार्वजनिक गर्ने भएको छ। परीक्षामा ४ लाख ३५ हजार १८ जना विद्यार्थी सहभागी थिए। जसमध्ये नियमिततर्फ दुई लाख ६५ हजार ४ सय ५७ र आंशिकतर्फ एक लाख ६९ हजार ४ सय ५७ विद्यार्थी सहभागी थिए।परीक्षा सञ्चालन भएको लामो समय बितिसक्दा पनि नतिजा सार्वजनिक नभएको भन्दै विद्यार्थी तथा अभिभावकले गुनासो गर्दै आएका थिए।
मातातिर्थ–६ बस्ने ६० बर्षीय सानुकाजी तामाङलाई हत्या गरेको अभियोगमा निजको कान्छी श्रीमती पूर्ण लक्ष्मी तामाङ र मातातिर्थ–९ लोङकोट बस्ने २२ बर्षीय बिशाल तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । पुस २२ गते ०२ः०० बजे मातातिर्थ–६ ढाक्सीङ जंगलको बाटो नजिक सानुकाजी ता
माङलाई खुर्पा तथा लठ्ठीले शरीरको माथिल्लो भागमा प्रहार गरी हत्या गरी लासलाई तरुल खनेको खाल्टोमा स्याउलाले छोपी राखेको अवस्थामा लास फेला परेको थियो । पुस २१ गते मृतक सानुकाजी र निजको श्रीमतीको बीचमा आचरणको बिषयलाई लिएर विवाद भए पश्चात पूर्णलक्ष्मी तामाङ रिसाई घरबाट बाहिर गएकी र मृतकले खोजतलास गर्ने क्रममा घरबाट अंदाजी २ सय मिटर तलतिर जंगलको बाटोमा बिशाल तामाङसंगै पूर्णलक्ष्मी तामाङ फेला परेकोमा सोही ठाँउमा उनीहरु तीन जनाबीच बादविवाद सुरु भई बिशाल तामाङले घाटी थिची लडाई दाउराको चिरपट तथा खुर्पाले टाउको तथा गालामा प्रहार गरी निजको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । फरार रहेकोमा उनीहरुलाई पुस २२ गते ०२ः०० बजे महानगरीय प्रहरी बृत्त थानकोटको सहयोगमा महानगरीय प्रहरी अपराध महाशाखाको बिशेष टोलीले पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले अन्य थप अनुसन्धान गरिरहेको छ

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित १३ औं समूहको प्रशिक्षक प्रशिक्षण तालिम समापन भएको छ ।प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक प्रहरी नायव महानिरीक्षक नारायण प्रसाद बास्ताकोटीले आज आयोजित एक समारोहबीच प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र बितरण गर्नुभयो । उक्त अवसरमा उहाँले तालिमको महत्वलाई ध्यान दिई तालिममा सिकेका ज्ञान,सिपलाई आफ्नो कार्यक्षेत्रमा अक्षरस पालना गर्न निर्देशन दिनुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक संदीप भण्डारीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । १६ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी नायव निरीक्षक १३ र प्रहरी सहायक निरीक्षक १० जना गरी कुल २३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो
स्वाईन फ्लूका कारण योजना आयोगका सह सचिव भवकृष्ण भट्टराईको निधन भएको छ । स्वाईन फ्लूका कारण ज्यान गुमाउने भट्टराई नै पहिलो व्यक्ति भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ । अमेरिका भ्रमणमा जानु भएका सह सचिव भट्टराई भ्रमणकै क्रममा बिरामी पर्नु भएको थियो । अमेरिकाबाट नेपाल फर्किने बित्तिकै काठमाण्डुको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तीन पटक ल्याव परिक्षण गर्दा भट्टराईलाई स्वाईन फ्लू भएको प्रमाणित भएको नर्भिक अस्पतालका प्रवक्ता आरपी मैनालीले बताउनु भयो ।
झापाको मेचीनगर र दमक नगरपालिका डेंगीको उच्च जोखिममा रहेको देखिएको छ । बाल जागरण मन्च मेचीनगरको सहकार्यमा मेची बस व्यबसायी संघ मेचीनगर र नाईट चेस क्लब काँकरभिट्टाको सहयोग तथा नेपाल मेडिकल भोलियन्टर्स सोसाईटी "डाक्टर साथीको" संयोजन मा शुक्रबार मेचीनगरमा भएको अन्र्तरक्रियामा, बिज्ञहरुले प्रस्तुत गरेको तथ्याङ्कले जिल्लाका यी दुईवटा नगरपालिका उच्च जोखिममा रहेको देखाएको हो ।डेंगीरोग अनुसन्धानकर्ता डाक्टर सूर्य पराजुलीले प्रस्तुत गर्नुभएको तथ्याङ्कमा ईपिडेमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन २०१३ मा ७ सय भन्दा बढि डेंगी संक्रमित प्रमाणित भई सकेको उल्लेख छ । जसमध्ये झापा जिल्लामामात्र १ सय ९४ जना फेला परेका थिए । कुल संक्रमित मध्ये मेचीनगर नगरपालिकामा ८३ र दमक नगरपालिकामा ५८ जना रहेको डाक्टर पराजुलीले बताउनु भयो । डेंगी शिक्षा अभियान २०१३—२०१४ को तथ्याङ्क अनुसार नेपालमा पहिलो पटक सन २००४ मा एकजना जापानी स्वयमसेविकामा सक्रमण देखिएको डेंगीले दुईबर्षपछि नेपालमा महामारीको रुप लिएको थियो ।सन २००६ मा १ सय ४० जना संक्रमित भएको अनुमान गरिएकोमा ३२ जनामा डेंगी पुष्टि भएको तथ्याङ्कमा उल्लेख छ । प्रस्तुत तथ्याङ्कमा त्यो बर्ष ४ हजार ५३७ जनामा डेंगी संक्रमण भएको अनुमान गरिएकोमा ९ सय १७ जनामा डेंगी संक्रमित भए
को पुष्टि भएको र पाँचजनाको डेंगीकै कारण मृत्यू भएको उल्लेख छ । सन २००७ मा २७, २००८ मा १० , २००९ मा ३० जनामा संक्रमण भएको बताईएको छ । सन २०११ मा करिब १ हजार १ सय ९२ जनालाई डेंगी संक्रमण भएको अनुमान गरिएकोमा २ सय २४ जनामा डेंगी संक्रमित प्रमाणित भएको र सन २०१२ मा डेंगी संक्रमण नेपालका बिभिन्न ठाउँमा फाटफुटट् देखिर्दै जादा ७२ जनामा फेला परेको अनुसन्धानले देखाएको डेंगी रोग अनुसन्धानकर्ता डाक्टर पराजुलीले बताउनु भयो।

नेपाली सेनाले उच्चस्तरको अनुशासन तथा आचरण कायम राख्न तथा सुरक्षित, मर्यादित र समान वातावरण सृजना गर्ने उद्देश्यले “लैङ्गिक आचरणसम्बन्धी निर्देशिका २०७०” र “महिला सैनिक निर्देशिका २०७०” लागु गरेको छ । यस लैङ्गिक आचरणसम्बन्धी निर्देशिकाले आ–आप्mनो कार्यस्थलमा महिला मैत्री वातावरण सृजना गरी महिलाविरुद्ध हुन सक्ने कुनै पनि कार्यलाई सुन्य सहनशिलता नीतिको प्रभावकारी कार्यान्वयन गर्न मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ । निर्देशिकामा विभिन्न लैङ्गिक हिंसाको परिभाषा, उजुरी तथा सजायसम्बन्धी व्यवस्थाहरु समावेश गरिएको सैनिक जनसम्पर्क निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ । यसैगरी महिला सैनिक निर्देशिकाले नेपाली सेनामा सेवारत महिलाहरुलाई तोकिएको समुहमा नियुक्ति भई काम गर्न, उक्त समुहको सेवा सुविधा प्राप्त गर्न, सो समुहको माथिल्लो तहसम्म क्षमता तथा योग्यताको आधारमा बे–रोकटोक बृति बिकासको सुनिश्चितता प्रदान गर्ने जनाएको छ ।
तलगंगा आखा प्रतिष्ठान को नया दर्ता साखाको कम्प्युटर बिग्रिएर टोकन सिस्टम नचलेपछि आज बिहान करिव २ घण्टा सम्म आखा जाच गर्न गएका बिरामीले सास्ती खेप्नु परेको छ । बिहान ८ बजे देखि नया नाम दर्ता कार्य सुरु गरिनु पर्नेमा १० बजे सम्म पनि सुरु नहुदा करिव २०० जना नया बिरामीहरुलाई समस्या परेको हो,टोकन सिस्टमनै नचले पछि १० बजे देखि मुखले नै टोकन नम्बर बोलाउदै दर्ता सुरु गरिएको थियो।बिरामीले के भएको हो भनि सोध्दा त्यहा बसेका सहयोगीहरुले कम्प्युटरलाई चिसो लागेको भन्दै जबाफ दिएका थिए। पुरानो दर्ता कार्य भने सुचारु नै थियो तर ८ बजे देखि सुरु भनिएता पनि १५(२० मिनेट ढिला गरि सुरु गरिएको थियो।खास के भएर त्यस्तो समस्या आएको हो भनि बुझ्न जादा त्यहा बसेका सेक्युरेटी अफिसर आर बि रानाले सबै खुलाउन चाहेनन् उनले भने ुकम्प्युटर मा सानो समस्या आएको हो एकैछिन मा हुन्छु। तर बिहानको दर्ता समय अवधि भरिनै टोकन सिस्टम मा समस्या देखिएको थियो। जाच गराउन गएका केहि बिरामीले भने जहिले पनि एक एक निहु बनाएर अस्पतालले लापरबाही गर्ने गरेको गुनासो पनि गरे।