'धडकन भित्र' को छायाँकन सकियो
एउटा गायकको जीवन संघर्षलाई चित्रण गरिएको चलचित्र 'धडकन भित्र' को छायाँकन सकिएको छ । गत माघ १५ गते शुरू गरिएको सो चलचित्रको छायाँकन बिचमा केहि ब्रेक भई २७ औं दिनका दिन आईतवार इन्डक्ल्याप गरियो ।

२१ औं चलचित्रको रूपमा मदन घिमिरेले यस चलचित्रलाई निर्देशन गरेका हुन् भने रत्न देउला, क्यानन श्रेष्ठ, संजिब खत्री चलचित्रका निर्माता हुन् । काठमाण्डौ आसपासका क्षेत्रमा सुटिङ गरिएको सो चलचित्रमा बसन्त सापकोटाको संगीत रहेको छ । कलाकारलाई क्यामरामा कैद गर्ने काम शम्भु सापकोटाले गरे भने पटकथा र संवाद शिबम अधिकारीले लेखेका हुन् ।
चलचित्रको सुटिङ सकेर हाल काठमान्डौमा नै आराम गरिरहेका नायक प्रशान्त तामाङ केहि दिनमा प्रहरीको जागिर खान कलकत्ता जानेछन् । इन्डियन आईडल बनेपछि एकाएक चर्चामा आएका भारतिय मुलका यि नेपालीले अभिनय गरेको यो चौंथो नेपाली चलचित्र हो । यसअघि उनले अभिनय गरेका चलचित्र गोर्खा पल्टन, किन मायामा र अंगालो यो मायाको प्रदर्शनमा आईसकेका छन् ।
0 comments