संविधानसभाको म्यादबारे वान की मुनको चासो

महासचिव वानका प्रवक्ता जारी गरेको विज्ञप्तीमा वानले नेपालमा नयाँ संविधान जारी नहुँदै नेपाली जनताको आशा तथा भरोसाको रुपमा रहेको संविधानभाको म्याद सकिन लागेकोमा चासो व्यक्त गर्नुभएको उल्लेख छ ।
महासचिव वानले सबै राजनीतिक दलहरुलाई विस्तृत शान्ति सम्झौताको सिमाभित्र रहन आग्रह गर्दै नेपालका सबै सरोकारवालाहरुलाई शान्त रहन तथा धैर्यता प्रदर्शन गर्न अपिल गर्नुभएको छ ।
0 comments