"सेक्स बिनाको प्रेम सुगन्ध बिनाको फूल जस्तै"`: शुष्मा

रिलिज पूर्व शुष्मा कार्कीको बिभिन्न स्क्यान्डलले चर्चामा आएको सो फिल्मको नयाँ प्रोमो सार्वजनिक गरिएको छ । सो प्रोमोमा नायिका कार्कीले सेक्सको बिषयमा आफ्नो धारणा प्रस्तुत गरेकी छिन् । आधुनिक युवायुवतीको जीवनकथालाई चित्रण गरेको बताईएको बिन्दासमा अहिलेको युवाहरूको बढ्यो सेक्स प्रतिको विकृतिलाई यथार्थ रूपले प्रस्तुत गरिएको छ ।
मधुकुमार श्रेष्ठको प्रस्तुतीमा राजु केसीले निर्माण गरेको फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् । फिल्ममा शुष्माका अलावा शुसान्त कार्की, अशोक फुयाल, रोशनी घिमिरे, मधुकुमार श्रेष्ठ लगायतको अभिनय रहेको छ । संगीतले बजार तताईरहेको सो फिल्मका गीतमा अर्जुन पोखरेल संगीत भरेका हुन् ।
0 comments