चन्द्रमामा पहिलो पटक मानव पाइला टेक्ने अमेरिकी अन्तरिक्ष यात्री को निधन

आर्मस्ट्रङले सन् १९६९ को जुलाई २० मा चन्द्र धरातलमा पहिलो पटक मानव पाइला राखेका थिए। उनी नासाको अपोलो ११ मिसनको कमान्डर थिए।
आर्मस्ट्रङको परिवारले पनि एक वक्तव्य जारी गर्दै भनेको छ- 'तपाईँहरुलाई निलको सम्मानमा के गर्न सकिन्छ भन्ने लागेको होला, अर्को पटक खुला आकाशमा चन्द्रमा तपाईँतिर मुस्कुराइरहेको देख्नुभएमा निल आर्मस्ट्रङलाई सम्झुनस् र आँखा झिम्क्याइदिनुस्।'
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले निधनको खबर सार्वजनिक हुने बित्तिकै वक्तव्य निकाली मानव धरातलमा पहिलो पटक पाइला टेक्ने अन्तरिक्ष यात्रीको मृत्युको खबरले आफूहरु दुःखी भएको बताएको छ।
आर्मस्ट्रङले चन्द्र धरातलमा पाइला टेकेपछि बोलेको वाक्यलाई मानव इतिहास कै सबैभन्दा चर्चित वाक्यका रुपमा लिइन्छ। त्यतिबेला उनले भनेका थिए- यो मान्छेको एउटा सानो पाइला हुन सक्ला, तर मानवताका लागि यो ठूलो फड्को हो।
नागरिक न्युज डट काम ले यो समाचार प्रकाशित गरेको छ
0 comments