सरकारलाई दबाव दिने आन्दोलनको घोषित कार्यक्रमअनुसार इमेजको प्रसारण बन्द गरिएको हो माघ २ गतेदेखि नेपाल टेलिभिजन र एनटीभी प्लस टेलिभिजन पनि बन्द"सुबिसु संचालक"

इमेज च्यानल स्वयंले च्यानल बन्द हुनुको कारण स्पष्ट हुन नसकेको समाचार प्रसारण गर्यो । त्यसका समाचार सम्पादक महेन्द्र बिष्टले भने ‘हामीले सरकारविरुद्ध समाचार बजाएका कारण दबाबमा बन्द गरिएको हुनसक्छ ।’ त्यसपछि प्रेस चौतारी र प्रेस युनियनलगायतका पार्टी निकट पत्रकारका संस्थाहरुले प्रधानमन्त्रीको दबाबमा इमेज टेलिभिजन बन्द गरिएको ठोकुवा गर्दै विज्ञप्ति निकाले ।
तर, इमेज टेलिभिजन बन्द गर्ने केवल टेलिभिजन संघका सदस्य एवं सुबिसु केवलका संचालक सुधीर पराजुलीले भने त्यस्तो हल्लालाई ‘बकम्फुसे हल्ला’ मात्र बताए । ‘हामी अहिले सरकारले ल्याएको संसोधित ऐनको बिरोध गरिरहेका छौं’ उनले भने( ‘सरकारलाई दबाव दिने आन्दोलनको घोषित कार्यक्रमअनुसार इमेजको प्रसारण बन्द गरिएको हो, प्रधानमन्त्रीको दबाबमा भन्नु बकम्फुसे हल्लामात्र हो ।’
माघ २ गतेदेखि नेपाल टेलिभिजन र एनटीभी प्लस टेलिभिजन पनि बन्द गर्न लागेको जानकारी गराउँदै पराजुलीले भने( ‘स्वयं प्रधानमन्त्री भट्टराई इमेज टीभीको बाषिर्कोत्सव कार्यक्रममा सहभागी भइरहेका बेला हामीले प्रसारण काटेका हौं, प्रधानमन्त्री कार्यालयको दबाब भन्नु धमिलो माछा मार्न खोज्नु हो ।’
आफ्ना माग पूरा नभए माघ ९ गतेदेखि सबै टीभीको प्रसारण बन्द गर्ने कार्यक्रम रहेको उनले बताए । आफ्नो आन्दोलनलाई इमेज टेलिभिजनले असहयोग गरेका कारण सबैभन्दा पहिले इमेज काटिएको पराजुलीले बताए ।
0 comments