कुलेखानी भरिनै लाग्यो 'लोडसेडिङ घट्न सक्ने'

कुलेखानी जलाशयमा १ हजार ५ सय ३० मिटर पानी अट्ने क्षमता छ । विद्युत्त प्राधिकरणका एक प्राविधिकले कुलेखानी भरिनै लागेका यो वर्ष गत वर्ष जस्तो लोडसेडिङको मार व्यहोर्नुनपर्ने बताए ।
जलाशय भरिएपछि मात्र कुलेखानी सञ्चालनमा ल्याउने सोचमा विद्युत्त प्राधिकरण रहेको छ । ‘बुधबार र विहीबार मंगलबारको जस्तै वर्षात भएको भए विहीबार दिउसोसम्ममा जलाशय भरिन्थ्यो’, कुलेखानी प्रथमका प्रमुख रामकुमार यादवले भन्नुभयो, ‘अब एक दुई दिनमा जलाशय भरिन्छ । यो समाचार कान्तिपुर दैनिकले छापेकोछ ।
0 comments