उत्तर कोरियाको नक्शा बनायो गुगलले
गुगलको नक्शा सम्बन्धि साइट गुगल म्याप्समा अहिलेसम्म उपलब्ध नभएको उत्तर कोरियाको नक्सा सार्वजनिक गरेको छ ।गुगलको म्याप मेकर टुल्सको प्रयोग गरी तयार पारिएको उत्तर कोरियाको नक्सांकनलाई गुगलले पहिलोपटक आफ्नो वेबसाइटमा उपलब्ध गराएको हो । यो टुल्समा सर्वसाधारणले उपलब्ध गराउने तथ्य तथा जानकारी र स्याटेलाइट तस्वीरको संयोजनबाट पूर्ण नक्सातयार पारिन्छ ।

गुगलम्याप मेकर कावरिष्ठ म्यानेजर जयन्त मेसोरले केहीवर्षको प्रयास पछि उत्तर कोरियाको पूर्ण नक्सा तयार पारिएको र अहिले गुगल म्याप्समा उपलब्ध भैसकेको जानकारी दिए । यो सँगै अब गुगल म्याप्समा गएर उत्तर कोरियाको विस्तृत नक्सा तथा जानकारी प्राप्त गर्न सकिनेछ,
विश्वमा सूचना प्रविधिको विकाश भैरहेपनि अरु विश्वबाट अलग्गै रहेको कम्युनिष्ट मुलुकउत्तर कोरियाको आन्तरिक वस्तुस्थिति तथा भौगोलिक अवस्थाका विषयमा अरु देशका मानिसले जानकारी पाउननिकै कठीन छ । निकै नियन्त्रित सासन व्यवस्था रहेको उत्तर कोरियामा मानिसहरुले गुगल चलाउन प्रतिबन्धित छ । त्यसकारण गुगलको यो नक्सा तयार गर्दा उत्तर कोरियालीहरुबाट सूचना तथा तथ्यांक प्राप्त हुन सकेन । लगभग पूर्ण रुपमा स्याटेलाइट तस्वीरमा आधारित उत्तर कोरियाको गुगल म्यापमा केही दक्षिण कोरियालीहरुले उपलब्ध गराएका सूचना र केहीकच्चा नक्साहरुको सहायतापनि लिइएको छ ।
0 comments