शिक्षा
»
लघुजलविद्युत आयोजनाले विद्युत महशुलको केही प्रतिशत रकम शिक्षामा लगानी गर्ने
लघुजलविद्युत आयोजनाले विद्युत महशुलको केही प्रतिशत रकम शिक्षामा लगानी गर्ने

सुर्खेत बावियाचौरका दुईवटा लघुजलविद्युत आयोजनाले विद्युत महशुलको केही प्रतिशत रकम शिक्षामा लगानी गर्ने भएका छन् । विद्युत महशुलको ३० प्रतिशत रकम तलवका रुपमा दिनेगरि बावियाचौरका ११ वटा विद्यालयमा एक÷एक जना शिक्षक राख्न लागिएको हो । सहकारीमार्फत् चलेको २४ किलोवाट क्षमताको नेपालकै पहिलो लघुजलविद्युत आयोजना बावियाचौर लघुजलविद्युत आयोजनाले बावियाचौर १ को नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मुर्मुरी, कालिका प्राथमिक विद्यालय तिखाकुना र वडानम्वर २ को शान्ति प्राथमिक विद्यालयमा शिक्षकलाई तलव दिनेछ । त्यस्तै, नवनिर्मित ५३ किलोवाट क्षमताको खमारीखोला लघुजलविद्युत आयोजनाले वडानम्वर ३ को विद्याज्योति उच्च माद्यमिक विद्यालय, वडानम्वर ४ को समूह प्राथमिक विद्यालय, वडानम्वर ५ को गौरीशंकर निम्न माद्यमिक विद्यालय, वडानम्वर ६ को यूवाज्योति निम्न माद्यमिक विद्यालय, वडानम्वर ७ को शहिदस्मारक प्राथमिक विद्यालय, वडानम्वर ८ को जनज्योति निम्न माद्यमिक विद्यालय, वडानम्वर ८ कै भगवति प्राथमिक विद्यालय र वडानम्वर ९ को नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा शिक्षकका लागी लगानी गर्नेछ । लघुजलविद्युत आयोजनाबाटै शिक्षामा पनि लगानी भएपछि आफुहरु खुसी भएको स्थानीय नागरिक कृपाराम थापाको भनाई छ । सर्वपक्षीय बैठक बसालेर शिक्षक नियुक्त गर्न आफुहरुले सवै विद्यालयमा पत्राचार गरिसकिएको खमारीखोला लघुजलविद्युत आयोजनाले जनाएको छ । आयोजनाका अध्यक्ष केशव पाठकले पत्राचार गरिएकामध्ये केही विद्यालयले निर्णय गरि शिक्षकको नाम पनि जानकारी गराइसकेको बताउनुभयो
0 comments