
ललितपुर बल्खुचोकको एक घरमा छापा मारेर प्रहरीले पाँच भारतीय महिलालाई पक्रेको छ। घर भाडामा लिएर कोठी चलाएको अभियोगमा प्रहरीले आइतबार छापा मारेको हो। बल्खुचोक नजिकैको घरमा भारतीय महिलाले यौनकोठी चलाएको र ग्राहकसँग तीन हजारदेखि पाँच हजारसम्म रकम लिएर युवती उपलब्ध गराउने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरीले छापा मारेको थियो।ललितपुर प्रहरीस्रोतका अनुसार घरमा भेटिएकी सञ्चालिका तारा क्षेत्री र चार जना भारतीय किशोरी फेला परेका थिए। स्रोतका अनुसार कोठाको निरीक्षण गर्दा सो घर यौनधन्दाका लागि प्रयोग हुने गरेको पुष्टि भएको थियो।प्रहरीस्रोत अनुसार पक्राउ परेका सबै भारत दार्जिलिङका हुन्। प्रारम्भिक अनुसन्धानमा सिंहले तीन महिनाअघि बल्खुमा घरै भाडामा लिएर कोठी चलाउने गरेको खुलेको छ।सिंहले ग्राहकसँग पैसा लिँदै गरेको र बार्गेनिङ गरेको भिडियो क्लिपसमेत फेला परेको प्रहरी दाबी छ।
आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन। असार महिनाभरी हिलोमा पसी खेतीपातीको काम सकेपछि शरीरमा हिलोबाट निस्केका घाउखटिरा तथा शरीर चिलाउने समस्याबाट मुक्त हुन आज साँझ लुतो फाल्ने प्रचलन छ । लुतो फाल्दा साँझमा कुरिलो र तितेपाती आगोमा सल्काई अगुल्टो “लुतो लैजा” भनी चारैदिशा फाल्ने र नाङ्लो ठटाई घरको मूलढोका बन्द गर्ने गरिन्छ ।साउनेसङ्क्रान्तिलाई किसानले खेतीपातीको काम सकेपछि मनोरञ्जनका रूपमा आˆना चेलीबेटीलाई बोलाई रमाइलोसँग मनाउने चाडका रूपमा पनि लिने गरिन्छ ।

गाईजात्रा, नागपञ्चमी, जनैपूणिर्मा, श्रावणी मेला, पञ्चदान, कुसे औँसी, हरितालिका, इन्द्रजात्रा, कुमारीयात्रा, अनन्तचतुर्दशी, सोह्रश्राद्ध, बडादसैँ, रुद्रायणीनाच, तिहार, बालाचतुर्दशी, गौरापर्व, छठ, योमह्री पूणिर्मा, स्वस्थानी पूजालगायतका धार्मिक एवम् सांस्कृतिक पर्व दक्षिणायनमा पर्छन् ।श्रावण महिना सनातन हिन्दू धर्माबलम्बीले विद्या, धन, असल पति तथा पुत्रलाभका लागि शिवजीको व्रत, पूजा, आराधनाको महिनाका रूपमा लिने गरेका छन् ।
यसैबीच साउने सोमबारको ब्रत लिने भक्तजनहरुको आज पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरहरुमा विहानैदेखि घुइँचो लागेको छ । साउन महिनामा पर्ने हरेक सोमबार ब्रत बसे मनले चिताएको कुरा पुग्ने जनविश्वास छ । यस पटकको साउन महिनामा पाँचवटा सोमवार परेकोले यसको महत्व अझ वढि रहेको छ । हरियो रङ्गका बस्त्र, चुरा र मेहंदी लगाए भगवान शिवजी खुसी भई मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । पशुपति विकासकोषले भक्तजनलाई पशुपतिनाथको दर्शन गर्न सजिलो होस भनेर विशेष व्यवस्था गरिएको छ । यसैबीच, साउन महिनाभरी महादेवको आराधनामा बोल बम यात्रा गर्ने चलन पनि छ ।